Tue, 11 Dec 2018
ताजा समाचार
महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ ||
राजा महेन्द्रको बाटोमा एमाले

भाद्र १८, २०७४


  • किशोर नेपाल


नेपाली कांग्रेस र नेपालका कम्युनिष्टहरुको मेलको सूत्रधार थिए मनमोहन अधिकारी । उनको पार्टी सानो थियो । पार्टीको तुलनामा उनको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिष्ठा अविजित थियो । 
अधिकारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको डिजाइनमा कांग्रेस र कम्युनिष्ट एकता सम्भव भयो । संयुक्त वाममोर्चा यही डिजाइनको उपलव्धि थियो । २०४५–४६ को त्यो आन्दोलन ५६ दिन चल्यो । 
राजा वीरेन्द्रले निर्दलीय व्यवस्थाको विघटन गरे । कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा कांग्रेस वामको संयुक्त अन्तरीम सरकार वन्यो । सरकार संचालनमा आइ परेका समस्याहरुको समाधानमा अधिकारीले सँधै सहयोग गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता प्रदीप नेपालले शनिवार आफनो फेसबुक स्टेटसमा लेखेका छन, ‘हामी भारतको विरुध्द कुनै काम गर्दैनौ – एउटा तमसुक । म मरे पनि मेरो देश वाँची रहोस – एउटा कामना । कुन अग्रगामी ? कुन प्रतिगामी ?’

यो स्टाटसको अर्थ वुझिदैन । तर, यसमा आएका प्रतिक्रियाहरुले रहस्य खुल्दै जान्छ । प्रदीप नेपालले कांग्रेस–माओवादी गठवन्धनलाई लोकतन्त्रको खलनायक वनाएका छन । राजा महेन्द्रप्रतिको श्रध्दा र विश्वासलाई आफनो फेसबुक वालमा नउप्किने गरी टाँसेका छन ।

केही वर्षअघि प्रदीप नेपाल गम्भीर रुपले अस्वस्थ्य भए । त्यसवेला देखि नै उनी पार्टीको दैनिक गतिविधिमा त्यति सक्रिय देखिदैनन । यसको मतलव एमालेको महत्वपूर्ण निर्णयमा उनको भूमिका हुँदै हुँदैन भन्ने होइन । पार्टीभित्र उनको पकड मानिसले सोचेजति कमजोर छैन ।

अहिले पनि, प्रदीप नेपाल पार्टीको रणनीतिक भूमिकामा छन । एमालेका अध्यक्ष केपी ओलीका उनी स्वाभाविक सल्लाहकारहुन । नेपाल मदन भण्डारी वाहेक अरु कसैलाई नेता मान्दैनन । उनले कसैलाई मान्नुपर्ने आवश्यकता पनि पर्दैन । 

उनी विभिन्न पार्टीहरुका वीच चलखेलका विज्ञ हुन । जन–आन्दोलनपछिका पहिलो निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनावको घोषणा गरेपछि काठमाडौंबाट उम्मेदवार हुनुभएका कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई एमालेकी विद्या भण्डारीले चुनावमा पराजित गरेकी थिइन । त्यतिवेला, प्रदीप नेपाल नै त्यो चुनावी कर्मकाण्डको मुख्य पुरोहित थिए । प्रधानमन्त्री कोइरालालाई जसरी भएपनि भट्टराईलाई हराउनु थियो ।

त्यसैले एमालेका प्रभावशाली नेतासंग उनको भलाकुसारी स्वभाविक थियो । त्यसका लागि फिट थिए प्रदीप । उनैले प्रधानमन्त्री निवास वालुवाटारमा भट्टराईको उम्मेदवारी विरुध्द युवा संघ नेपालको परेड खेलाएर शक्ति प्रदर्शन गरेका थिए ।

नेपालका कम्युनिष्टहरु राजतन्त्रका विरोधी होइनन । राजा महेन्द्रले संसदीय प्रजातन्त्रका विरुध्द सैनिक कारवाहीगर्दा तत्कालीन कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझी राजाको समर्थनमा उभिएका थिए । उनको त्यो समर्थनका विरुध्द पुष्पलाल श्रेष्ठको विरोध कर्कलाको पातको पानीको अवस्थामा थियो । देशबाट वाहिरिएका पुष्पलालको केही लागेन ।

रायमाझीको नेतृत्वमा त्यो बेलाका कम्युनिष्टहरुले देशमा अनेक थरी पूmल पूmलाएर राजाको शासन अकण्टकराख्न मेहनत गरे । यसका विरुध्द अभियान चलाउन नखोजिएको थिएन । कम्युनिष्टहरु आफैंपनि विभिन्न दस्तावेज र समूहहरुको वखेडामा अल्झिए ।

अभियान चलाउने परिस्थिति पनि विद्यमान थिएन ।
नेपाली कांग्रेस र नेपालका कम्युनिष्टहरुको मेलको सूत्रधार थिए मनमोहन अधिकारी । उनको पार्टी सानो थियो । पार्टीको तुलनामा उनको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिष्ठा अविजित थियो । अधिकारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको डिजाइनमा कांग्रेस र कम्युनिष्ट एकता सम्भव भयो । संयुक्त वाममोर्चा यही डिजाइनको उपलव्धि थियो । २०४५–४६ को त्यो आन्दोलन ५६ दिन चल्यो ।

राजा वीरेन्द्रले निर्दलीय व्यवस्थाको विघटन गरे । कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा कांग्रेस वामको संयुक्त अन्तरीम सरकार वन्यो ।

सरकार संचालनमा आइ परेका समस्याहरुको समाधानमा अधिकारीले सँधै सहयोग गरेका थिए । भट्टराई नेतृत्वको यो संयुक्त सरकार सफल भयो । देशका लागि नयाँ संविधान वन्यो । तर, त्यो नयाँ संविधान अपूर्ण रहेको हेक्का कसैले राखेन । २०४७ सालमा वनेको संविधान २०५७ सम्मपनि टिकेन ।

२०६२–६३ को आन्दोलनले देशमा अलग परिस्थितिको निर्माण गर्यो । मूलधारका राष्ट्रिय दलहरु र माओवादीका वीच दिल्ली सम्झौतापछि भएको जन–आन्दोलन सफल भयो । आन्दोलन मार्फत जनादेश पाएका राजनीतिक दलहरुले संविधान सभाको चुनाव गराए ।

चुनाव परिणामले राजतन्त्रलाई अनावश्यक ठहर्यायो । नेपालको राजतन्त्र इतिहास वन्यो ।तर, संविधान सभाले संविधान लेख्न सकेन । अल्पमतमा परेका कांग्रेस र एमालेको भूमिका पनि निकै संकुचित वनेको थियो । यही परिवेशमा माओवादीको हातमा रहेको नेतृत्व कसैले कल्पना नै नगरेको ठाउँमा पुग्यो । तै, जसरी भएपनि चुनाव गराउने एजेण्डा कार्यान्वयन भयो । संविधान सभाको नयाँ निर्वाचनले कांग्रेसलाई पहिलो, एमालेलाई दोस्रो र माओवादीलाई तेस्रो तहमा ल्यायो ।

दोस्रो संविधान सभाले संविधान वनाउने निश्चित भएपछि समाजलाई एक अलग प्रकारको व्दन्व्दमा धकेल्ने प्रयासहुनु अस्वाभाविक थिएन । यही क्रममा हिन्दू राज्य र हिन्दू राजाका कुरा निकै उछालियो ।हिन्दू एजेण्डामा कांग्रेस एमाले र माओवादीका प्रमुख नेताहरुको अगुवाइ रह्यो । तर, संविधान आन्दोलनको स्पीरिटमा वन्यो । यसको कार्यान्वयनमा दलहरुले आफनै स्वार्थका कारण जटिलता ल्याए ।  यतिवेला जव देश प्रादेशिक र संघीय संरचनाको चुनावमा लागेको छ एमालेले फेरी एकपटक राजतन्त्रको दुहाइ दिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र एमालेका नेतागण महेन्द्रको देशभक्तिबाट अभिभूत भएका छन ।

उनीहरुले महेन्द्रको देशभक्तिका वूँदालाइ चुनावी नारा वनाएका छन । उनीहरुको धारणा यस्तो देखिन्छ कि चुनावमा वहुमत आउने हो भने उनीहरुले देशलाई महेन्द्रकै बाटोमा हिंडाउनेछन । 
एमाले नेतृत्वको अहिलेको पूरै मनस्थिति राजनीतिक एकाधिकारको पक्षमा देखिएकोछ । आफनो प्रतिस्पध्र्दीलाई अस्वस्थ्य प्रतिस्पध्र्दामा अल्झाउने नीति लिएकोछ एमालेले । कस्तो नीति लिने ? यो एमालेको कुरा हो । तर, विपक्षीका रुपमा रहेका कांग्रेस–माओवादीले पनि यो कुरा ठम्याउन सकेका छैनन ।
दुइ नम्वर प्रदेशमा एमालेको चुनावी उपस्थितिमा पनि यो कुरा स्पष्टसंग देखिनेछ । दुइ नम्वर प्रदेशमा एमालेका विरुध्द देखिएको विरोध राजनीतिक भन्दा पनि आक्रोशको प्रदर्शनका रुपमा देखिएकोछ । नेपाली कांग्रेस, राजपा र माओवादीका कार्यकर्ता प्रदेशमा सक्रिय छन । स्थानीय पर्यवेक्षकहरुको रायमा उनीहरुकोसक्रियता मात्रैले एमालेलाई रोक्न सक्दैन । एमाले अहिले राजावादी विचारमा राष्ट्रवादी मुलम्वा चढाएर राष्ट्रवादका नाममा जनताको समर्थन आफूतिर तान्न खोज्दैछ । 


एमालेका रणनीतिकारहरुले राष्ट्रवादको नाराले धेरै मानिसलाई आकर्षितगर्ने अनुमान गरेपनि परिवर्तित समयमा त्यस्तो अवस्था उपस्थित हुन कठिन देखिन्छ । दलहरुको वीचमा मतको सन्तुलन मिल्नु कठिन देखिन्छ । यस्तोमा धाँधलीका आर्थिक हतकण्डाले कामगर्न सक्दछन ।


मधेशलाई तीखो आँखाले हेरी रहेका विश्लेषकहरु पूर्व पश्चिम राजमार्गको उत्तरी भागमा एमालेको वर्चस्व रहेको वताउँछन । उनीहरुको यो विश्लेषण पूरै गलत होइन । तर, परिवर्तित समयमा यहाँका जनताको राजनीतिक विश्वासमा पनि परिवर्तन आएको देखिएको छ । यो क्षेत्रका कतिपय मतदाता कांग्रेस–एमालेपार्टीको तुलनामा राजपालाई मत दिने मनस्थितिमा रहेका छन ।


प्रदीप नेपालको फेसबुक स्टाटसको लक्ष्य दुइ नम्वरको स्थानीय तहको चुनावलाई प्रभावितगर्ने हिसावले मात्रै आएको होइन । दुइ नम्वरमा त त्यसको अलिकति प्रयोग र परीक्षणमात्रै गरिएको हो । एमालेले देशमा डँढेलो झै फैलिएको भ्रष्टाचार र अराजकता रोक्न प्रादेशिक र संघीय निर्वाचनमा महेन्द्र राष्ट्रवाद, चीनियाँ सहयोग र अत्याधुनिक विकासलाई चुनावी नारा वनाउने प्रचूर सम्भावना छ । यसलाई कांग्रेस, राजपा र माओवादीले कति वुझेका छन ? भन्न सकिदैन ।

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...