Tue, 07 Aug 2018
ताजा समाचार
अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते || इन्डोनेसिया र चीनमा भूकम्प || एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो || जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार || दुई मन्त्रीलाई शपथः चार महिला || रु २१ अर्ब ८० करोड राजश्व संकलन || पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत || भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा नयाँ संरचना बन्दै || मन्त्री विश्वकर्माद्वारा निरीक्षण || आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने || ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ || पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट || क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट || म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित || सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि || गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत || मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत || दोलखामा ४.२ रिक्टरको परकम्प || घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व || राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित || आँखा पाक्ने रोगका बिरामी बढे || सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष || ट्याक्टर दुर्घटनामा दुईको मृत्यु || विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति || स्वास्थ्य सेवा केन्द्रमा सिलबन्दी || दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ : मन्त्री अधिकारी || प्रदेश नं १ : दुई विधेयक पारित || पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री || डुबेर बालिकाको मृत्यु || क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो || राष्ट्रसंघीय महासचिव जापान जाने || प्रदेश नं. ७ प्रदेशसभा सदस्यद्वारा समसामयिक विषयमा ध्यानाकर्षण || महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न : मुख्यमन्त्री राउत || काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने || बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान || पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम || शोक प्रस्ताव पारित || कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृत्यु || नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ || नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार ||
झटारो चुनावी चन्द्रमा

मंसिर ८, २०७४

व्यङग्य बिम्मी शर्मा

निर्वाचनको बेला चन्द्रमा पनि नेताहरुको नजिक आउँछ वा देखिन्छ । शायद आँखा तेजिलो भएर होला ? त्यही भएर विभिन्न राजनीतिक दल र नेताहरुले आफ्नो चुनावी घोषणापत्रमा चन्द्रमालाई सामेल गरेका छन् । नेनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलीको गोली दाग्दै आगामी पाँच वर्षमा नेपालले चन्द्रमामा रकेट ठाउने भविष्यवाणी गरेका छन् । श्री ओली महोदय कहाँ ज्योतिष बन्नुु पर्नेमा गलत कैरियर रोजेर राजनीतिमा आएर पैसा कमाउनबाट वञ्चित भए । हो राजनीतिमा आएर ठग धन्दाबाट उनी मालामाल त पक्कै भए तथा चर्चित पनि भए । तर उनी हुनु पर्नेचाँहि ज्योतिष नै हो ।

ओली महोदयले अर्को भविष्यवाणी गरेका छन् आगामी पाँच वर्षमा नेपालका काही पनि रहने छैनन् । अब नेपालका सबै गरीबहरुलाई चन्द्रमामा खे ितगर्न र पानीको खोज गर्न पठाइ दिएपछि कहाँबाट बच्छन् त ? न रहन्छ बाँस न बज्छ बाँसुरी । ओली महोदयको दिमागलाई त मान्नै पर्दछ बाई । कति टाढाको सोच्छन् उनी ? साँच्चैका दूरदर्शी अभिनेता हुन् यिनी । जुन देशका जनताले दिवालीमा रकेट बाल्न र उडाउन पाउँदैनन् त्यही देशका दूरदर्शी अभिनेताले चन्द्रमामा रकेट पठाउने क्या रमाइलो कुरा गर्छन् है । महाकवि देवकोटाले भन्या जस्तो ‘उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक’ जस्तै ओलीले आफु आगामी निर्वाचनबाट यो देशको प्रधानमन्त्री भएमा चन्द्रमामा रकेट पठाउने उद्धेश्य राखेका छन् ।

अब यो रकेट दिवालीको बेलामा बोतलमा राखेर पड्काइने फुसफुसे हो कि ओली महाशयले भन्या जस्तै घुसघुसे हो त्यो त पाँच वर्षपछि थाहा होला ? तर अहिले देखि नै ओलीभक्त हनुमानहरु चन्द्रमामा जानकालागि तयारी गर्न थालिसके । रकेटको पुच्छर समातेरै भए पनि यी हनुमानहरु चन्द्रमामा पुग्ने दिवा स्वप्नमा पौडी खेल्दै छन् । स्थानीय चुनावमा ओलीले मोनो रेल र मेट्रो रेलको सपना बाँडेर भोट जिते । राजधानीका जनता मनको लड्डु घीउसँग खाँदैछन् सपनामा मोनो र मेट्रो रेल चढेर । पाँच वर्ष सम्मा जब मोनो रेल र मेट्रो रेल चढेर जनता मतदाता वाक्क हुनेछन् त्यसपछि उनीहरुले रकेट चढ्ने छन् त्यो पनि चन्द्रमामा जाने । मिल्ने भए नेपालका जग्गा दलालहरुले अहिले देखि नै चन्द्रमाको जग्गा प्लटिगँ गरेर बेच्न शुरु गरी सक्थे होलान् ? तर अहिले ओली महोदयको बालकोट कारखानामा रकेट बन्न शुरु नभइ सकेकोले बिचराहरु हातमा हात बाँधेर बसेका छन् । कुन दिन ओलीको उखाने बोलीले हरियो झण्डा देखाउँछ अनि रकेट बनेर हामी सबै फुरुरु त्यही रकेटमा चढेर चन्द्रमाको यात्रा गर्ने छौं । त्यहाँको सडक त पक्कै कच्ची न होला नत्र आकाशगँगामा दुर्घटना हुन बेर छैन हाम्रो । त्यो बेला कसले उद्धार गर्ला हाम्रो ? कि सिधै स्वर्ग पुगिने हो ?

हाम्रो देशका नेताहरु स्वपनद्रष्टा हुन् त्यसैले यस्तो सपना हेर्छन् जुन सम्भव नै छैन । असम्भव सपना हेर्नु र जनता पनि त्यसैलाई हेर्न कर गराउनु हाम्रो देशका नेताहरुको विशेषता हो । जुन विशेषता अरु देशका नेताहरुमा विरलै पाइन्छ । हावाबाट बिजुली, सोलारबाट बिजुलीको सपना हेरेर हामी ब्यूँझे कै थिएनम् ओली महोदयले हाम्रो सपनाको रिल तकिया मै आएर बढाइ दिए । ताकि हामी उठेर उनले बाँडेको सपनाको यथार्य र भ्रमको बारेमा कुनै खोजबिन नगरौं । जनताले प्रश्न गर्न थालेपछि नेतालाई गार्हो हुन्छ । सक्ने भए ओली महाशयले देशका जम्मै नागरिकको थुतुनो काटेर आफ्नो मात्र राख्थे होलान् ? तर के गर्नु देशमा कैँची बन्दैन र पो । त्यसैले त बोलीको गोली चलाइ रहन्छन् उनी ।

नेकपा एमालेको चुनाव चिन्ह सूर्य अनि उसले आफ्ना मतदातालाई आकर्षित गर्न चन्द्रमालाई रोजेको छ । सूर्य तातो चन्द्रमा चिसो, अनि सूर्य दिउसो उदाउने चन्द्रमा राति उदाउने । यसरी एक अर्काको समानान्तर रहेका ग्रह र उपग्रहहरुलाई ओली ले एउटै घर अर्थात आफ्नो पार्टीमा ल्याइदिए । त्यो कम्ताको ठूलो कुरा हो र ? नेकपा एमालेले माओवादीसँग एकता र सहकार्य गरेर जसरी विपरीत बग्ने हावालाई एउटै पाइपमा घुसाउने काम गरेको छ त्यस्तै हो सूर्यको चन्द्रमासँग मिलन । ओलीले केही दिन अघि कमरेड प्रचण्डसँग एउटै माला लगाएर गलामा गला मिलाउँदै सहकार्य गरे त्यसले सूर्य र चन्द्रमाको मिलनलाई अर्थयाएको छ । सूर्य त आगोको डल्लो हो त्यसलाई छुने र त्यहाँ रकेट कसले पुर्याउने ? त्यसैले शितलता बर्साउने चन्द्रमामा नेपालले रकेट पठाउने भविष्यवाणी गरेर भविष्यमा हनिमुन मनाउने जोडीलाई अहिले देख नै काउकुती लगाइ दिएका छन्  रकेटमा चढेर मह खाँदै चन्द्रमामा पुग्नुको मज्जा प्रेमी जोडीलाई बाहेक अरु कसलाई थाहा हुन सक्छ र ?

त्यसैले अरु देशका अभिनेताहरु सिनेमा बनाउँछन् अनि हाम्रो देशका ओली जस्ता नेता कम अभिनेता बढीहरु सपना बनाउँछन् र देखाएर आफ्ना मतदातालाई मुर्ख बनाउँछन् । मतदाता मुर्ख र अन्धा छन् त्यसैले त ओली जस्ता नेताले थुतुनोमा राखेर बोलीको गोली चलाइ रहन्छन् । मर्ने कोही हैनन् क्यार मात्र केहीबेर ओली विदुषकको उखान, टुक्का सुनेर हाँस्छन् र रमाइलो गर्छन् । देशको राजनीतिमा कति गम्भीर नेता मात्र हुनु ? कसै, कसैले कामेडी पनि त गर्नु पर्यो नि बाबै । तो लगे रहो ओली भाइ ।

गार्डेज, अफगानिस्तान : अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम...

जाकार्ता : इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार...

न्यूयोर्क : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार...

हरारे : जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा...

चितवन : आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम...

धनगढी : प्रदेश नं ७ को भौतिक पूर्वाधार तथा...

काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा...

काठमाडौँ : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको...

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको...

इश्लामावाद, पाकिस्तान : पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सेहवाज...

लस एन्जलस, संयुक्तराज्य अमेरिका : क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको...

बागो, म्यानमार : दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण...

मस्को : यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई...

बेइजिङ : गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी...

काठमाडौँ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि...

काठमाडौँ : दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको...

म्याग्दी : जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको...

तुलसीपुर : राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी...

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई...

रोल्पा : गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा...

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको...

काठमाडौँ : अनुगमनका क्रममा क्लिनिक सञ्चालनसम्बन्धी कुनै पनि कागजातहरु फेला...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी...

विराटनगर : प्रदेश नं १ को प्रदेश सभाको आज बसेको...

दोलखा : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा...

बनियानी, झापा : झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको...

दाम्बुल्ला, श्रीलंका : श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा...

धनगढी : प्रदेश नं ७ प्रदेशसभाको आज बसेको बैठकको विशेष...

महेन्द्रनगर, धनुषा : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित...

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं...

गोरखा । उनी काठमाडौंको खानदानी परिवारमा जन्मिएका थिए । बाबु...

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु...

काठमाडौँ,: राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक...

नयाँ दिल्ली । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक...

काठमाडु । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता...

काठमाडु । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको...