Mon, 16 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
परिवर्तनको लहर वाहिर कांग्रेस

पौष २३, २०७४

  •  किशोर नेपाल

देशमा तीन तहको चुनाव भयो, वामपन्थीहरु जिते, लोकतन्त्रवादी गठवन्धन पराजित भयो भन्ने सामान्य तथ्य अहिलेको महत्वपूर्ण विषय होइन । चुनावमा को हार्यो वा को जित्यो भन्ने विषय प्रमुख होइन । अवको छ महिनापछि नेपालका जनताले देशको, प्रदेशको र स्थानीय तहको सर्वाधिकार आफनो हातमा लिइ सक्नेछन । त्यतिवेला, नेपालकै इतिहासमा पहिलोपटक स्थानीय विकासका लागि करोडौं–करोडको कोष स्थानीय तहको अधीन र नियन्त्रणमा हुनेछ । धारा, पानी, सडक र बत्ती जस्ता विकासका सामान्य पूर्वाधारहरु जस्ता सुविधा पाउनका लागि समेत हिजो कार्यालयको सामान्य प्रमुखले निर्णयगर्दा “नाईं र हुन्न” भन्ने जुन सामाजिक र प्रशासनिक परिस्थिति हुन्थ्यो त्यो अव रहने छैन । तर, यो त्यतिवेला मात्रै सम्भव छ जव नागरिकहरु आफना अधिकारका प्रति मात्रै होइन, त्यो भन्दा बढी कर्तव्यका प्रति जागरुक हुनेछन । जव उनीहरु हिजोको पीडक र दासत्वपूर्ण अवस्थाको अन्त्यका लागि सजग र सक्रिय हुनेछन । पध्दति वदलिदैमा त्यसैसंग पारम्परिक संस्कार वदलिने पक्कै होइन । तर, चेतनाको विस्तारले परिवर्तनलाई सघाउँछ । यतिवेला नेपाल परिवर्तनको पहिलो घुम्तीमा छ । पूर्ण परिवर्तनका लागि अझै धेरै यस्ता घुम्तीहरु पार गर्र्नै पर्दछ ।
डा. रबीन्द्र समीरले आफनो फेसबुकको भित्तामा लेख्दै स्थानीय तहमा सवारी लगायतका सुविधा जुटाउन हुन थालेको होडलाई नयाँ नयाँ राजाका लागि सुविधा जुटाउने होडको संज्ञा दिनु भएकोछ । नेपालमा सुविधाको बढदो चाहना र प्रवृत्तिका वारे डा. समीरको टिप्पणी केही कटाक्षपूर्ण भएपनि निकै राम्रो र सन्तुलित छ । अहिलेसम्म सुविधाहरुको खोजीले सताइएका जनता र देशको क्रन्दनका वारेमा डा.समीरको भनाइसंग असहमतिको कुनै कारण छैन । तर, अहिलेको परिवर्तन राजनीतिमा मात्रै होइन, सवैतिर आएको हो । हाम्रो सामाजिक चलन, आर्थिक व्यवहार र विकास गतिविधिमा अव हुने परिवर्तन सामान्य अवस्थामा मापनगर्न सकिने खालका हुने छैनन । देश संघीय संरचनामा गै सकेपछि पनि हामी पुरानै विरासतका कुरामा अल्झियौं भने निश्चय पनि परिवर्तन तमाशामा परिणत हुन्छ । देशमा एकअर्काले एकअर्कालाई विश्वासगर्ने सामान्य अवस्था पनि रहँदैन । अहिलेसम्म देश आफैले हाँकेको भ्रममा वाँची रहेका हाम्रो राजनीतिक नेतृत्वले विकासको नाममा माखोपनि मारेका छैनन । अव पनि, त्यही अवस्था रहेको खण्डमा देश अराजक प्रवृत्तिको महाजालमा पर्नेछ । त्यसवेला को कता पर्नेछन ? को कता उभिनेछन ? कसैले भन्न सक्दैन ।
देशका विभिन्न स्थानीय तहमा, प्रदेशमा र केन्द्रीय तहमा निर्वाचित जन प्रतिनिधि र दलहरुले देशको अवस्था अनुसार सुविधाको उपभोगगर्ने चाहनाराख्नु खराव कुरा होइन । तर, त्यस्तो सुविधा जनताका सामान्य सुविधा र आवश्यकताका मूल्यमा हुनुहुँदैन । कुनै नगर वा गाउँपालिकाले आफनो स्रोतको जायज उपयोग गरेर कार्यालयको क्षमता वढाउने काममा लगानी वढाउँछ भने त्यसलाई अन्यथा मान्नु हुँदैन । निर्वाचित जन–प्रतिनिधिहरुको सुविधाका साथै जनताले पाउने वा पाउनुपर्ने सेवा तिव्र गतिले वढनु पर्दछ भन्नेमा कसैको दुइ मत हुन सक्दैन । जन–प्रतिनिधिहरुले स्रोतको सुव्यवस्थापन गरेर स्थानीय तहको विकास र आम्दानी दुवै वढाउन सक्दछन भने उनीहरु आपूmले प्रदान गरेको सेवा वापत निश्चित पारिश्रमिक लिन योग्य हुन्छन । पारदर्शी हिसावले कुनै काम हुन्छ भने त्यसमा जनता पनि सकारात्मक हुन्छन । जन–प्रतिनिधिको नाममा विभिन्न सुविधा असूल्ने तर जनताको समस्यामा अलिकति पनि चासो नदेखाउने भ्रष्टतन्त्रका संचालकहरुका वारेमा जनतालाई थाह छ । एक्काइशौं शताव्दीको यो समयमा कोही पनि आफनो वृहत्तर हितकाप्रति अज्ञानी रहन सक्दैन । नेपालका सन्दर्भमा भन्ने हो भने यहाँका सवै राजनीतिक दल र तिनका नेताले जनताको एजेण्डा वोक्न छाडेका छन । सत्ता स्वार्थमा अलमलिएका नेताहरुले जतिसुकै चाहेपनि अहिलेको जस्तो पथभ्रष्ट अवस्था धेरै लामो समय रहन पाउने छैन ।
अहिले नयाँ राजनीतिक संघीय व्यवस्था र त्यस अनुरुपको राजनीतिक परिस्थितिमा जान, सम्भवतः प्रक्रियागत अलमलले होला, निकै ढिलो भएको महसूस गरी रहेका छन जनताले । नेपाली कांग्रेस नेतृत्वको सरकार विधि र प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरणको मनस्थितिमा देखिन्छ । यो मनस्थितिले कांग्रेसभित्रको हताशालाई प्रतिविम्वित गर्दछ । अहिले भएका चुनावहरुमा कांग्रेसले आफनो साख स्थापितगर्न सकेन । संविधान सभाको पहिलो निर्वाचनमा पराजित हुँदा पनि दोस्रो स्थानमा आएको दल अहिले तेस्रो स्थानमा झर्नु भनेको कम अपमानजनक परिस्थिति होइन । मोरंगमा स्वनामधन्य महिला नेता नोना कोइरालाको सुपुत्र शेखर कोइरालाको पराजय र कैलालीमा प्रधानमन्त्री शेरवहादुर देउवाकी अर्धांगिनी आरजू देउवाको हार यसको सानो उदाहरण होला । कांग्रेसका यस्ता धेरै नेता या त पार्टी सभापति शेरवहादुर देउवाका या पार्टी महामन्त्री शशांक कोइरालाका कारणले हारेका छन । कांग्रेसका सामान्य कार्यकर्ताहरु जव आफनै शीर्ष नेताका कारण चुनाव हार्दछन भने कसको के लाग्दछ ?
अहिलेको अवस्थामा कांग्रेसले आफनो अस्थायी सत्ताको अवधि लम्व्याउनुको कुनै अर्थ छैन । यसले कांग्रेसलाई सत्तालोलुप दलको रुपमा चित्रण गर्नेलाई नै वल पुर्याउनेछ । वामपन्थी राष्ट्रपति, वामपन्थी प्रशासनका मूलीहरु, वामपन्थी नेताहरुको यो वहुतायतमा कांग्रेस किन अलमलिइ रहेको छ ? कसैसंग यसको जवाफ छैन । प्रधानमन्त्री देउवा किन अहिलेसम्मको आफनै चरित्रका विरुध्द कुर्सीमा जवर्जस्ती लादिएका छन ? कि उनको नयाँ राजनीतिक वंशको प्रारम्भ यहीबाट हुने हो ? यतिवेला के गुमाउन वाँकी छ कांग्रेसले ? यो समय कांग्रेसले भविष्यका लागि शक्ति–संग्रहको समय हुनुपर्ने हो ।
अघिल्लो साता, साथीहरु कृष्णमुरारी भण्डारी र चन्द्रशेखर कार्कीले “सदृश्य” का लागि नेपाली कांग्रेसको आर्थिक नीतिका निर्माता डा. रामशरण महतसंगवार्ता गरेका थिए । वार्तामा डा. महतले विना छलछाम, विना झिझक भनेका छन ः राजनीतिमा स्थायी त स्वार्थमात्र हुने रहेछ । जीवनको उत्तराध्र्दमा आएर डा. महतले सांकेतिक रुपमा भएपनि यति वोल्नु ठूलै कुरा हो । अव डा. महतले आपूmलाई उदाहरणका रुपमा प्रस्तुतगर्दै सत्ता र स्वार्थको राजनीतिबाट विदा लिनु पर्दछ । नयाँ आउने नेतृत्वले धेरै त केहीगर्ने होइन, २०५२ सालदेखि लगातार अन्यायको शिकार भै रहेका कांग्रेसीहरुको मान मर्दन रोकेपनि ठूलै कुरा हुन्छ । नेपाली लोकतन्त्रका सर्वमान्य नेता गणेशमानका सुपुत्र प्रकाशमान सिंह यो पटक पुगनपुग आठसय भोटवढी ल्याएर पराजयबाट जोगिए । यो न उनको विजय हो, न उनी जन्मेका कुलको । यस्ता उदाहरण टिपे धेरै भेटिएलान ।  
राजनीतिमा नयाँ मान्यता स्थापित हुन लागेको वेलामा कांग्रेस त्यसको जीवन्त साक्षी वन्न नपाउनु कांग्रेसीहरुका लागि दुखद कुरा हो । तर, जतिसुकै दुखद भएपनि अहिलेका लागि कांग्रेस पन्छिनु नै उत्तम हुनेछ ।

 

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...