Tue, 07 Aug 2018
ताजा समाचार
अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते || इन्डोनेसिया र चीनमा भूकम्प || एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो || जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार || दुई मन्त्रीलाई शपथः चार महिला || रु २१ अर्ब ८० करोड राजश्व संकलन || पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत || भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा नयाँ संरचना बन्दै || मन्त्री विश्वकर्माद्वारा निरीक्षण || आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने || ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ || पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट || क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट || म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित || सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि || गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत || मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत || दोलखामा ४.२ रिक्टरको परकम्प || घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व || राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित || आँखा पाक्ने रोगका बिरामी बढे || सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष || ट्याक्टर दुर्घटनामा दुईको मृत्यु || विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति || स्वास्थ्य सेवा केन्द्रमा सिलबन्दी || दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ : मन्त्री अधिकारी || प्रदेश नं १ : दुई विधेयक पारित || पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री || डुबेर बालिकाको मृत्यु || क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो || राष्ट्रसंघीय महासचिव जापान जाने || प्रदेश नं. ७ प्रदेशसभा सदस्यद्वारा समसामयिक विषयमा ध्यानाकर्षण || महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न : मुख्यमन्त्री राउत || काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने || बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान || पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम || शोक प्रस्ताव पारित || कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृत्यु || नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ || नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार ||
अव्यवस्थित मानव संसाधनमा अभ्यासरत नेपाल

माघ १२, २०७४

  •  दिपेश कर्ण,वीरगंज

ईश्वरको सर्वश्रेष्ठ रचना भनी मानवलाई चिनिन्छ ,आदिकालका मानवीय जीवनशैली र आजको कालखण्डमा विज्ञान प्रविधि,चिकित्साशास्त्र,सभ्यता तथा जीवनशैलीमा विकासलाई नियालेर हेर्ने हो भने उपरोक्त कथन यथार्थ रहेको सहजै बोध हुनजान्छ । सभ्यताको विकासक्रम जारी रहयो र अर्थतन्त्रले पनि विस्तार प्राप्त गर्दै गयो तत्पश्चात विनिमयको आधारशिलामा निर्भर अर्धतन्त्रको छाँयामा संगठनले पूँजी विस्तार र राष्ट्रहरुले ढुकुटी भरेपुरेको हेरेर आनन्दानुभुति गर्न थाले । यस विद्युतीय गतिको मानवीय जीवनशैलीमा केही असमाजिक बिषाक्त पनि जीवन र पोषण पाइरहेका थिए र ती थिए ‘अमानवता र भ्रष्टाचार’ । जसले लोभरुपी दलदलमा मात्र आफनो स्वार्थ नै हेर्न चाहयो र जुन मानवलाई उपयोग गरि  धनआर्जन गरिन्थ्यो उक्त मानवमाथिको अमानवीय र असामाजिक शोषण बढाउँदै लग्यो,सारा अर्थतन्त्र धारासाही हुनथाल्यो,गरिब अझः गरिब हुनथाले भने पूँजीपतिको सम्पदा उल्कागतिले बढदैगयो । यदाकदा नेपालमा केही यस्तै झलझल्को हेर्नसकिन्छ ।आज यहाँ साधन र स्रोतहरुको भण्डार विद्यमान  छन्,सीपालु–अर्धसिपालु जनशक्ति प्रस्तुत छन् ,रोजगारीका विभिन्न योजनाहरुलाई कागजमा प्रस्तुत गरेर बर्षेणी करोडौँका बजेट निर्धारण गरिन्छन् , सरकार–सरोकारवाला छन,श्रम मन्त्रालय विद्यमान रहेको छ भने श्रमिकको हकहित र सुरक्षाका परिक्षेद एवं धारा बोकेको श्रम ऐन,२०७४ समेत कार्यान्वयनमा नरहेको हैन तर पनि देशको एउटा विशाल जनसमुदाय बेरोजगारी र दरिद्रतामा दयनीय जीवनयापन गर्न बाध्य छन यहाँ ।

प्रसिद्ध लेखक गेरी डेजलरले भर्ना,छनोट,तालिम,पुरस्कार र मूल्यांकन समाहित राख्ने नीति र अभ्यासलाई मानव संसाधन व्यवस्थापन भनी सम्बोधन गरेका छन जुनकि मानिस वा मानवपक्षको व्यवस्थापनका लागि तयार गरिएको होस र सूक्ष्म दृष्टिकोणले अवलोकन गर्दा नेपालमा केही ठुल्ठूला व्यावसायिक संगठनहरुले प्रसंशनीय तवरले मानव संसाधनलाई वास्ता र सम्मान गरेको भेटिन्छ यहाँसम्मकि कतिपय मध्यमस्तरका व्यावसायिक संगठनहरुमा समेत संगठनको पूँजी,कारोबार र प्रकृतिअनुरुप आफना कामदारलाई राम्रो सुविधा र तलबआदि प्रदान गरि संगठनमा तिनको कदरलाई कायम राख्ने प्रयास गरिएको भेट्नसकिन्छ तर राष्ट्रलाई मध्येनजर राखेर बृहत्स्तरमा कुरा गर्ने हो भने वर्तमान समयसापेक्षमा नेपालको जनशक्तिलाई त्यसमा पनि खासगरि युवावर्गतिर रोजगारी र बजतको सन्दर्भमा सरकार र सरोकारवालाको पहल,कार्यशैली र तत्परताले निःसंकोच निराशा र आश्चर्यलाई उत्पन्न गर्छ ।

कुल ग्राहस्थ उत्पालन बृद्धि दर २०१३।१४मा ६.०% बाट घटेर २०१५।१६मा ०.६%मा आएको छ । २०१५।१६ मा कुल ग्राहस्थ उत्पादनको मात्र ४३.०% राष्ट्रिय बचत रहेको अवस्थामा राष्ट्रमा रोजगारी र बचत प्रोत्साहन लगायत मानव संसाधनको समुचित व्यवस्थापनमा जनसुदायमा असंतोषको अनुभवलाई बुझन खासै अप्ठयारो छैन । आजको नेपालले शिक्षाको महत्वलाई प्रोत्साहानात्मक ढंगले बुझेको छ जसको प्रमाण आजको कालखण्डमा शिक्षातर्फ सम्बन्धित निकायको जहाँ खासै सराहनीय ध्यानाकर्षण नरहेको अवस्थामा पनि उच्च शिक्षातर्फ जनशक्तिको प्रभावकारी संख्यालाई हेरेर लिनसकिन्छ  । अन्तरराष्ट्रिय श्रम संगठनको तथ्यांक बाट १५–२४वर्ष उमेरका युवाको बेरोजगारी

१९९८।९९ मा २.४% मा रहेको अवस्थामा २००८ मा ३.५% मा बढेको छ र बेरोजगारी दर १९९८।९९ को १.८%बाट बढेर २००८ मा २.१% पुगेको छ । यो दर कुल जनसंख्याको आधारमा कम हेरिएतापनि नेपालको समग्र अर्थव्यवस्थाका आधारमा अप्रसंन्नताको कारण बन्न पर्याप्त छन् । किनकि २०१५।१६को तथ्यांकानुसार कुल ग्राहस्थ उत्पादनको ३२.१% कामदारले पठाएको रकम रहेको छ किनकि देशमा रोजगारीको उप्लब्धतामा अभाव र भए भरका रोजगारीमा मन्त्रालयको अनुगमन,निरीक्षण र नियन्त्रण पक्कापनि प्रसंशनीय रहेको छैन जसको फलस्वरुप शिक्षा र योग्यताअनुरुपको पारिश्रमिक र सहुलियत नपाएर या त जनशक्ति काम छोडछन् या विदेश पलायन हुन बाध्य हुन्छन् । त्यस्तै कृषि र जंगलतर्फ ७३.९% रोजगारी रहेको छ यस्को ठुलो कारण सक्षम मानव संसाधनले देशमा उचित पारिश्रमिक र सुविधाबगैरका निजी संगठनतर्फ जागिर गर्नुभन्दा र परिवारका हातमुखजोर्ने दायित्वका कारण विवश भएर कृषि र जंगलतर्फका काममा लागेका रहेछन् किनकि शिक्षित जनशक्तिलाई विज्ञान–प्रविधि,पूर्वाधार निर्माण,जलविद्युत उत्पादन,व्यवसायमा र कृषि तर्फनै राम्रो प्रविधि र सुविधा–सहुलियत प्रदान गरेर विश्वव्यापि स्तरमा देश समृद्ध बनाउन तर्फ सरकारबाट अग्रसर गराउन सकिएन ।

          सन् २०१५ मा आएको विनाशकारी भुकम्पले भएभरको अर्थव्यवस्थालाई धराशायी पा¥यो,२०१३।१४ मा ५.९%रहेको आर्थिक बृद्धि झरेर २०१४।१५ मा सीधा २.७% र तत्पश्चात २०१५।१६ मा हतोत्साहित तवरले ०.६% हुनपुग्यो । लाखौँको संख्यामा बेरोजगारीले स्थान प्राप्त गर्नपुग्यो,अबको देशमा रोजगारीको माग अझ विशाल थियो । सरकार मौन,श्रममन्त्रालय मौन,देशको अर्थव्यवस्था हेर्नै अर्थमन्त्रालय मौन तर यो मौनताले श्रम गरि,जागिर गरि कमाईखाने मानिसको परिवारले दुईछाक भोजन पाउनेथिएनन् फलस्वरुप नेपालबाट श्रमिक बनी विदेशीने चाहना गर्ने नेपालीहरुको संख्या बढयो । २०१५को भुकम्पलाई नेपालले अवसरको रुपमा लिई भौतिक पूर्वाधार निर्माण,प्रविधि बिकास,पर्यटन विकास आदि जस्ता क्षेत्रहरुमा प्रभावकारी योजना र बजेट कार्यान्वयन गरि बेरोजगार मानव रुपि संसाधनलाई स्वदेशमै रोजगार प्रदान गर्न सक्थ्यो र यसले निर्माण क्षेत्रलाई ठुलो सहयोग पुग्ने थियो ।

          अर्थव्यवस्थाको सबभन्दा ठुलो शत्रुमा म बेरोजगारीलाई मान्छु किनकि यसले राष्ट्रको आयमा बृद्धि त गर्दै गर्दैन बरु राष्ट्रको बचत,कुल ग्राहस्थ उत्पादन,अन्तरराष्ट्रिय समुदायसमक्ष प्रतिव्यक्ति आय आदिमा नकारात्मक असर पु¥याउनुको साथै असमाजिक गतिविधिहरुमा बृद्धि गराउँछ । खालि बसेका जनशक्तिले बन्दहडताल,हुलदंगामा लाग्ने तर्फको सम्भावनामा बृद्धि हुँदैजान्छ । सरकारले स्नातक,स्नातकोत्तरको डिग्री प्रदान गर्ने अनुमति त विश्वविद्यालयहरुलाई दिएको रहेछ तर उक्त डिग्री बोकेकाहरुको लागि निजामति,शिक्षक आदि सेवाहरुतर्फ सरकारी जागिरको बाटोलाई भागिरथपथ बनाएको छ । निजी कम्पनीहरुतिर जागिर खानेहरुको दुःख र गुनासो सुन्न्ो श्रममन्त्रालयको कान र कारवाही गर्ने हात जनताले अझपनि भेटाउनसकेका छैनन् । आज एक अमेरिकि डलर बराबर नेपाली रुपैयाँ करिब १०१ भन्दामाथि रहकोछ,नेपाली मुद्राको मुद्रास्फिति कायमै छ,महंगाई आफनो चरममा रहेको छ तरपनि यसको अनुपातमा उच्चशिक्षा हासिलगरेका मनग्य युवा जनशक्तिले दयनीय तलब र नभएझैँ हेरिने सुविधाभएको जागिर खाई बस्नुपरेको बाध्यता सर्वविदितै छन् । आज नेपाल आयातमुखि व्यवसाय गर्ने प्रकृतिको राष्ट्रको रुपमा जगपरिचित हुनलागेको अवस्था छ किनकि यहाँका धेरैजसो व्यावसायिक संगठनहरुको कारोबार आयातमै निर्भर रहेको छ । अन्तरराष्ट्रिय श्रमसंगठनको तथ्यांकानुसार २०१५।१६मा वस्तु तथा सेवाहरुतर्फ ःकुल ग्राहस्थ उत्पादनको १०.७% मात्र निर्यात र ३९.४% आयात रहेको देखियो । त्यसमा पनि केन्द्रिय तथ्यांक विभागको अनुसार २०१२।१३ मा नेपालमा कुल ग्राहस्थ उत्पादनको मात्र ६.२% अंश उत्पादनक्षेत्रले आगटेको अवस्थामा धेरैजसो व्यावसायिक संगठणहरु ऋायात–निर्यातमुखी कारोबारमै आधारीत रहेका छन् । त्यसता निजीफर्म वा कम्पनीहरुमा कार्यरत श्रमिकको अवस्था तिनका आयको  वातावरण र सुविधा आदि विषय सायद सरकार र सरकारी निकायको लागि चासो विषयवस्तुनै बन्न सकेन । श्रम ऐन,२०७४ को परिच्छेद–५ को दफा १९,२०,२१ वास्तविकतामा श्रमिकका लागि सहयोगी बन्न सकेका छन वा छैनन्,नेपालमा दक्ष–अर्धदक्ष बेरोजगार मानवरुपी संसाधन विद्यमान रहेको अवस्थामा पनि गैर नेपाली जनशक्तिले रोजगार पाएको परिस्थिति तर्फ श्रम ऐन,२०७४ को परिच्छेद–६ को दफा २२ धरातल स्तरबाट कत्तिको कार्यान्वित रहेको भन्ने केन्द्रिय मन्त्रालयले कहिले अनुगमन र नियन्त्रण गरेको अभ्यासमा खासै देखिएको रहेनछ ।

          सम्भावनाले परिपूर्ण रहेको, प्राकृतिक सुन्दरताले भरिएको, दक्ष–अर्धदक्ष सबैखाले मानवीय संसाधनको धनी राष्ट्रभएर पनि यहाँका जनताले बेरोजगारी र कम आयमा विवश भएर कामगर्नुलाई सराहनीय मानव संसाधनको व्यवस्थापन त अर्थशास्त्रले पकैपनि भन्दैनहोला । राष्ट्रलाई अहिले आवश्यकता छ प्रभावकारी र आधुनिक औद्योगिक नीतिको जसले निर्यातलाई सहज र प्रोत्साहनमुलक बनाओस् । जलसम्पदामा संसारमै सबभन्दा सर्मद्ध राष्ट्रहरुको सुचिमापर्ने नेपालले ८३००० मेगावाट उत्पादन गर्नसक्ने विद्युतमा एउटा तथ्यांकअनुसार नेपाल विद्युत प्राधिकरणले ५६४ मेगावाट विद्युत वितरण गरेको पाईएको छ त्यसमा पनि २१० मेगावाट भारतबाट आयातित समाहित रहेको छ । वल्र्ड ट्राभल एण्ड टुरीज्म काउन्सिलका अनुसार २०१२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटनतर्फको योगदान मात्र ४.३% रहेको देखियो जबकि विश्वकै १० सबभन्दा उच्चशिखरहरु मध्येबाट मात्र नेपालमा ८ सबभन्दा उच्चशिखरहरु रहेका छन् । विश्वसम्पदा सूचीसमेतमा परेका पर्यटकीय नेपालका धरोहरहरु यसैदेशमा छन्,संसारमा सबभन्दा बढी अवलम्बन गरिएका धर्महरुमध्येमा पर्ने बौद्धधर्मका देवता भगवान् श्री गौतमबुद्धको जन्मस्थल नेपाल रहेको जगजाहिर नै छन्,रामायणकालका मिथिलाका राजा र मातासीताका पिता राजा जनकको राज्यको राजधानी जनकपुरधाम पनि नेपालमै विद्यमान रहेको छ,प्राकृतिक,धार्मिक,साँस्कृतिक पर्यटकीय केन्द्रबिन्दुका अपार सम्पदाहरुको धनी भएर पनि नेपालले क्षमताअनुरुप पर्यटनबाट आयआर्जन गर्ननसकनु देशको अर्थतन्त्रको लागि गम्भीरविषय वस्तु हो ।

          नेपालमा राम्रो सडक चाहिएको छ,सस्तो र पर्याप्त बिजुली चाहिएको छ,सस्तोदरमा दुरसंचार र इन्टरनेटको आवश्यकता रहेको छ,कृषितर्फ आधुनिकता र जनउत्सुकताको खाँचो देखिएको छ,पर्यटनबिकास र सम्वद्र्धनको आवश्यकता छ,भौतिकि पूर्वाधारहरुको खाँचो रहेकोछ,वनसंरक्षणलाई मध्येनजर गरेर आयुर्वेदिक चिकित्सा प्रणालीमा र स्वास्थ्यसेवा तर्फ सरकारी चासो र क्रियाशिलताको आवश्यकता देखिएकोछ यी सबका लागि सडक विभाग,स्वास्थ्यमन्त्रालय,वनविभाग,भौतिक पूर्वाधार तथा यातायात व्यवस्था,सँस्कृति तथा पर्यटनबिकास आदि मन्त्रालयहरु छन्,सरकार छ तर जनशक्तिले बेरोजगारीको मारखप्नुपर्ने बाध्यताले नै देशको प्रतिव्यक्ति आय दयनीय रहेकोछ । यी सबै अव्यवस्थित मानवसंसाधन का उदाहरण हुन । राष्ट्रका बेरोजगार मानव रुपी संसाधनलाई देशभित्रकै समस्त बिकास र निर्माणका योजनाहरुमा रोजगार प्रदान गरियो र श्रमिकको कार्यवातावरणको समय–समयमा सरकार पक्षबाट समुचित निरीक्षण,नियन्त्रण गरियो भने रोजगारिका लागि जनताले खासै कष्टसहनुपर्ने बाध्यता हटेरजान्छ भने कार्यस्थलमा श्रमिकको हकहित,अधिकार र कर्तव्यको पनि सुनिश्चितता पक्का पनि बढेर जान्छ भन्ने मेरो विश्वास रहेको छ । यसले देशको मुद्रास्फिती नियन्त्रण गर्न सघाउनुको साथै अन्तरराष्ट्रियस्तरमा नेपालको आर्थिक,सामाजिक,साँस्कृतिक छवि सुदृढिकरणमा टेवा पु¥याउँछ ।

                                                          ।। ईति शुभम् ।।

गार्डेज, अफगानिस्तान : अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम...

जाकार्ता : इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार...

न्यूयोर्क : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार...

हरारे : जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा...

चितवन : आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम...

धनगढी : प्रदेश नं ७ को भौतिक पूर्वाधार तथा...

काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा...

काठमाडौँ : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको...

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको...

इश्लामावाद, पाकिस्तान : पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सेहवाज...

लस एन्जलस, संयुक्तराज्य अमेरिका : क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको...

बागो, म्यानमार : दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण...

मस्को : यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई...

बेइजिङ : गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी...

काठमाडौँ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि...

काठमाडौँ : दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको...

म्याग्दी : जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको...

तुलसीपुर : राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी...

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई...

रोल्पा : गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा...

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको...

काठमाडौँ : अनुगमनका क्रममा क्लिनिक सञ्चालनसम्बन्धी कुनै पनि कागजातहरु फेला...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी...

विराटनगर : प्रदेश नं १ को प्रदेश सभाको आज बसेको...

दोलखा : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा...

बनियानी, झापा : झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको...

दाम्बुल्ला, श्रीलंका : श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा...

धनगढी : प्रदेश नं ७ प्रदेशसभाको आज बसेको बैठकको विशेष...

महेन्द्रनगर, धनुषा : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित...

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं...

गोरखा । उनी काठमाडौंको खानदानी परिवारमा जन्मिएका थिए । बाबु...

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु...

काठमाडौँ,: राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक...

नयाँ दिल्ली । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक...

काठमाडु । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता...

काठमाडु । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको...