Mon, 16 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
मधेश—सत्ताका ' स्पीन डक्टर ’

चैत्र २, २०७४

  • धर्मेन्द्र झा

प्रदेश २ को लोकप्रिय मतको अवस्थाको विश्लेषण गर्ने हो भने यहाँ कांग्रेस करिव पहिलो अवस्थामा छ । यो अलग कुरा हो, प्राविधिकरुपमा कांग्रेसले अपेक्षितरुपमा संसदीय र प्रादेशिक सिट हाथ पार्न सकेन । यही परिणामलाई आधार मानेर माथि पहिलो अनुच्छेदमा उल्लेख गरिएजस्तैका सज्जनहरुले कांग्रेससरहित मधेश र नेपालको चाहना राख्दै त्यहिअनुकूलको निष्कर्ष निकाल्ने प्रयत्न गर्ने हो र यस्ता दृष्टिकोणबाट सत्तालाई प्रभावित पार्ने प्रयत्न गर्ने हो भने यो अधुरो, अपूर्ण र एकांगी दृष्टिकोणमात्र हुने छैन बरु आग्रही र निजी आस स्वार्थप्रेरित धारणा हुने कुरामा शंका हुन सक्दैन । यी वास्तवमा स्पीन डक्टरहरु हुन् जो सत्तालाई आफू अनुकूलमात्र सञ्चालित भएको देख्न चाहन्छन् । 

पूर्वी मधेशतिरका एक सज्जन जो काठमाडौमा सरकारी जागिरे छन्, ले सामाजिक सञ्जाल फेसबुकमार्फत् एउटा टिप्पणी सार्वजनिक गरे, कांग्रेसमुक्त भारत भनेको त त्यसको प्रभाव नेपालमा पो पर्यो । केन्द्रिय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसबाहेकका सबै दल सरकारमा जाने भए । म ती सज्जनलाई व्यक्तिगतरुपमा राम्ररी चिन्दछु । उनको पृष्ठभूमीबारे पनि मलाई सामान्य जानकारी छ । उनी केही वर्षअघिसम्म कांग्रेसलाई नै समर्थन गर्थे, पछि मधेशकेन्द्रित दलतर्फ आकर्षित भए । गएको चुनावमा उनले एमाले र माओवादीलाई गाली गरेर (सामाजिक सञ्जाल साक्षी छ) मधेशकेन्द्रित दलका पक्षमा खुलेरै मत मागेका थिए । चुनावका वेलासम्म उनले एमालेलाई उग्रराष्ट्रवादीको कित्तामा उभ्याउँदै मधेशविरोधीको दर्जा दिएका थिए । समय पविर्तनशील छ । उनी पनि परिवर्तित भए, यसलाई अस्वाभाविक मान्न सकिँदैन, हुँदैन । अहिले एमाले र माओवादीको कित्तामा मधेश उभिएको अवस्थामा उनी सरकारको गुणगानमा व्यस्त छन् । यो उनको व्यक्तिगत कुरा हो । कसैसँग खासै सरोकार राख्ने कुरा भएन । यसमा आपत्ति मान्नुपर्ने कुरा पनि भएन । तर प्रवृत्तिगतरुपमा शायद यस्ता दृष्टिकोण विश्लेषणका विषय बन्न सक्छन् । विश्लेषण्योग्य यस कारणले पनि कि यस्ता दृष्टिकोण बोक्नेको मनशाय धेरै हदसम्म छिटोभन्दा छिटो सत्ताको नजिक पुग्ने र शासनलाई आफ्नो पक्षमा प्रभावित पार्ने हुने गर्दछ । यस्ताखालका प्रवृत्तिबाट सरकारले आफूलाई मुक्त राख्न सकेन भने आमजनताले परिवर्तनको आभाष गर्न पाउने छैनन् । सरकार यसतर्फ गम्भीर हुुनु आवश्यक छ । माथिको प्रसगं एक सामान्य सन्दर्भमात्र हो तर यस्ता अनेकौं पिपलपातेहरुको ओइरो अहिले जताततै पर्याप्त देख्न सकिन्छ ।माथिको सन्दर्भ केन्द्रीय सरकारका सम्बन्धमा मात्र होइन, प्रदेश नम्बर २ का सम्बन्धमा पनि अवस्था यस्तै छ । व्यक्तिगतरुपमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु असल छन् । उनीहरुको छवी तुलनात्मकरुपमा राम्रो छ । मधेशका मुद्दाबारे जानकार छन् । मधेश आन्दोलनको राप र तापबाट खारिएका छन् । तर उनीहरुको कार्यशैली पनि माथि उल्लेखित प्रवृत्तिका धारकहरुले प्रभावित बनाउने प्रयास गरेका छन् र गर्नेछन् । सरकारको काम कार्यवाहीलाई तिनले आफूकेन्द्रित गर्ने प्रयास गर्नेछन् । यसका केही उदाहरण पनि देखिइसकेको छ । सरकारले यस्ता प्रवृत्तिहरुबाट आफूलाई पृथक राखी मधेशको अधिकार र समुन्नतिका लागि पूर्वाग्रहरहित ढंगले क्रियाशील हुन सक्नुपर्दछ । ृरकारको सफलता यसैमा निर्भर गर्दछ ।  निश्चित पनि राजनीतिमा मूल्य र मान्यताको अत्यन्तै महत्वपूर्ण स्थान हुन्छ । अहिले सरकारमा रहेकाहरुको निश्चित पनि केही दलीय मूल्य र मान्यता छन् । यसमा शंका छैन । तर यही आधारमा मात्र असल र प्रभावकारी शासनको परिकल्पना व्यर्थ हुन्छ । चुनावमा होमिने वेलासम्म दलहरुका आफ्ना विचार, आस्था, दृष्टिकोण, दर्शन, मूल्य र मान्यता महत्वपूर्ण हुनछन्, थिए । तर चुनाव सम्पन्न भएपश्चात र केही विजयी र पराजित भएपछि निर्वाचनकालीन तुसहरुलाई विर्सन सक्नुपर्छ वा उचित व्यवस्थापन गर्न सक्नुपर्छ । अझ विजयी दल, जसले सरकारको नेतृत्व गर्छ, ले यो यथार्थ  गम्भीरतापूर्वक मनन् गर्नु जरुरी छ । यसको साटो इवी साध्ने र वहिष्करणको नीति अख्तियार गर्ने हो भने त्यसबाट प्रदेश र आमजनताको भलो नहुने निश्चित छ ।  देशमा एक किसिमले राजनीतिक परिवर्तन भएको स्वीकारिनु पर्छ । लोकतान्त्रिक संघीय गणतन्त्रात्मक पद्धतिमा देश गएपछि पहिलोपटक देशमा यसअनुकूलको शासन व्यवस्था सञ्चालनको स्थिति आएको छ । यस अवस्थामा न्यूनतम कुराहरमा दलहरुबीच सामञ्जस्य हुनु आवश्यक छ । तर यो यथार्थलाई लत्याएर केही खास व्यक्तिहरु सत्ताको वरिपरि केन्द्रित भई दलहरुबीच दुरी बढाउने प्रयत्नमा छन् भने यसलाई स्वाभाविक मान्न सकिँदैन । राजनीतिमा शास्त्रीयरुपमा ।।।स्पीन डक्टर’ को उल्लेख गर्ने गरिन्छ । स्पीनको अर्थ हो घुम्नु वा घुमाउनु । डक्टरको अर्थ हो विज्ञ । अर्थात् स्पीन डक्टरको सोझो अर्थ हो, घुमाउने कलामा पारंगत अर्थात् विज्ञ । यसको राम्रो उदाहरण क्रिकेट खेलमा पाउन सकिन्छ । यस खेलमा ।।।स्पीन वल’ भन्ने श्व्दावली प्रयोग गरिन्छ । यसको तात्पर्य हो, घुमाएर वल फ्याँक्नु र वल्लेवाजलाई भ्रममा पारेर उसको विकेट लिनु । राजनीतिमा ।।।स्पीन डक्टर’को अर्थ हो, सत्ताको केन्द्रीय तहको वरिपरि अर्को तह विकसित हुनु जसले सत्तालाई मुख्य विष्यवस्तुबारे जानकारी प्राप्त गर्नबाट रोक्ने प्रयत्न गर्दछ । आमजनता र आमविचारलाई समबन्धित ठाउँमा पुग्नबाट रोक्दछ । यसले अमजनतालाई यसरी घुमाउँछ कि सम्बन्धित ठाउँमा पुग्न नै दिँदैन । अहिले प्रदेश नम्बर २ का सन्दर्भमा पनि यस्तै यस्तै अवस्थाको सिर्जना हुन खोजेको छ भन्दा अस्वाभाविक हुँदैन ।  हो, पछिल्लो निर्वाचनमा कांग्रेस पराजित भएको छ । कांग्रेसले यो पराजय स्वीकार गरी लोकतान्त्रिक मूल्य—मान्यतालाई आत्मसात गरेको छ । कांग्रेसमा सत्ता सञ्चलनको राम्रो अनुभव छ । अहिले प्रदेश सत्तामा आएकाहरुको विगत पनि कांग्रेससँग नजिक रहेको छ । त्यसैले आपसी समबन्ध विकसित गर्न सत्ता सञ्चालकहरुलाई कठीन नहुनुपर्ने हो । प्रदेशको विकासमा कांग्रेसको साथ पनि आवश्यक छ । प्रदेश २ को लोकप्रिय मतको अवस्थाको विश्लेषण गर्ने हो भने यहाँ कांग्रेस करिव पहिलो अवस्थामा छ । यो अलग कुरा हो, प्राविधिकरुपमा कांग्रेसले अपेक्षितरुपमा संसदीय र प्रादेशिक सिट हाथ पार्न सकेन । यही परिणामलाई आधार मानेर माथि पहिलो अनुच्छेदमा उल्लेख गरिएजस्तैका सज्जनहरुले कांग्रेससरहित मधेश र नेपालको चाहना राख्दै त्यहिअनुकूलको निष्कर्ष निकाल्ने प्रयत्न गर्ने हो र यस्ता दृष्टिकोणबाट सत्तालाई प्रभावित पार्ने प्रयत्न गर्ने हो भने यो अधुरो, अपूर्ण र एकांगी दृष्टिकोणमात्र हुने छैन बरु आग्रही र निजी आस स्वार्थप्रेरित धारणा हुने कुरामा शंका हुन सक्दैन । यी वास्तवमा स्पीन डक्टरहरु हुन् जो सत्तालाई आफू अनुकूलमात्र सञ्चालित भएको देख्न चाहन्छन् । यिनका कुरामा लागेर मधेश—सत्ता सञ्चालन हुने हो भने भोलीका दिनमा कित्ताकाटको राजनीति प्रारमभ हुन सक्ने खतरालाई अस्वीकार गर्न सकिँदैन । यसो भएछ भने यो कसैका लागि पनि हितकर नहुने निश्चित छ । देशमा संघीयताको प्रादुर्भाव मधेश आन्दोलनले गरेको हो । यसमा प्रत्येक मधेशवासीको कुनै न कुनैरुपमा समर्थन छ । अतः संघीयतालाई सफल बनाउन पनि मधेशले नै भूमिका निर्वाह गर्नु अपरिहार्य छ । यस कार्यका लागि मधेश—सत्ताले कांग्रेसलगायत सबै राजनीतिक दललाई गोलवद्ध गर्नु जरुरी छ । तर हुन सक्छ स्पीन डक्टरहरुलाई यो कुरा स्वीकार्य नहोस र उनीहरु सत्ता र विपक्षीबीचको दुरीलाई अझ बढी बढाउन भूमिका निर्वाह गरुन । तर अहिलेलाई विश्वास गरौं, सत्ताका सञ्चालकहरुले यो कुरा बुझ्नेछन् र स्पीन डक्टरहरुको स्वार्थ पूरा हुन दिन छैनन् । सत्ताका सञ्चालकहरुले बुझ्नु जरुरी छ, यस्ता चैते समर्थक अर्थात् नयाँ स्पीन डक्टरहरुको स्वार्थ सत्तालाई सफल बनाउनुभन्न्दा पनि उनीहरुको आफ्नो निजी स्वार्थ पूरा गर्नु नै हो । उनीहरु प्रतिवद्ध राजनीतिक कार्यकर्ता होइनन् । अस्ति एकथरि राजनीतिक विचार बोक्दथे । हिजो एकथरि राजनीतिक आस्थाको नजिक भए र आज एकथरि राजनीतिक आदर्शका हिमायती बनेका छन् । यो सामान्य कुरा मधेश—सत्ताका सञ्चालकलाई थाहा छैन भनेर मान्न सकिँदैन । यदी थाहा छ भने सरकारका सदस्यहरुले यस्ता स्पीन डक्टरहरुलाई समय छँदै चिन्नेछन् र यिनलाई आफूहरुभन्दा टाढा राख्ने प्रयत्न गर्नेछन् । अहिले मधेशलाई विकास र उन्नति चाहिएको छ । यस कार्यमा जो जो आवश्यक छन्, जसको अपरिहार्यता छ, जो उचित र अनिवार्य छन् सरकारले त्यस्ताको सहयोग र योगदान प्राप्त गर्ने प्रयास गर्नेछ, विनाकुनै आग्रर र पूर्वाग्रह । होइन, राजनीतिक आग्रहका आधारमा सबैजसो अवसर यिनै स्पीन डक्टरको वरिपरि घुम्ने र आवश्यक नीति पनि यिनकै सक्रियता र स्वार्थमा निर्माण हुने अवस्था आउँछ भने त्यसले उज्जवल मधेशको भविष्यको निश्चित हुने छैन । सम्बन्धित पक्षलाई यसको हेक्का हुनु अत्यन्त जरुरी छ । चेतना होस ।

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...