Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
धर्म निरपेक्षताबारे केही कुरा

चैत्र ६, २०७४

  •               रोशन जनकपुरी

 कुनै  धर्म  वा  जातिविशेषको  वकालत  वा  आसक्तिले  उसलाई  संकीर्ण  बनाउँंछ  ।  अझ  प्रचण्ड  र  पासा·  जस्ता  माओवादी  नेताहरु  जस्ले  घोषितरुपमा नै आफूलाई माक्र्सवादी–लेनिनवादी–माओवादी भनेका थिए, उनिहरु जस्ताको हकमा यसप्रकारका कार्यले विशेष अर्थ राख्दछ । राजनेता वा  राज्यले  व्यक्तिको  आस्थाको  सम्मान  गर्नु  एउटा  कुरा  हो  भने  आफ्नै  धारणा विपरीत त्यस्ता कार्यमा सामेल हुनु फरक कार्य हो ।

 दोस्रो कार्यकालको निम्ती निर्वाचित उपराष्ट्रपति नन्दकिशोर  पुन  ।।।पासाङ्ग’ले  हात  जोडेर  पूजा–पाठ  गरिरहेका तस्वीर मिडियामा आएपछि चर्चाको विषय बनेको  छ  ।  हुन  त  कसैले  पूजापाठ  गर्नु  वा  नगर्नु  उसको व्यक्तिगत स्वतन्त्रता र आस्थाको विषय हो र सामान्य कुरो हो । तर उपराष्ट्रपति पासाङ्गले पूजापाठ गरिरहेको  तस्वीर  चर्चामा  आउनु  र  टिकाटिप्पणी  हुनुको पछाडी उनको विगत र वर्तमानको परिचय हो । उपराष्ट्रपति    पासाङ्ग    विगतमा    माओवादी    जनसेनाका प्रमुख कमान्डर थिए । उनको वर्तमानको परिचयपनि  कम्युनिस्टको  नै  छ  ।  कम्युनिस्टहरु  विचारमा  अनिश्वरवादी  हुन्छन्  भन्ने  तथ्य  भनिरहनु  पर्दैन । यस अर्थमा भन्नु पर्दा यो उपराष्ट्रपति पासाङ्गको वैचारिक पलायन हो । हो, उनले आफूलाई म अब देखि कम्युनिस्ट रहिन र इश्वरवादी भएँं भनेर घोषणा गरेभने  केही  भनिरहनु  पर्दैन  ।  वामपन्थी  नेताहरु  भित्र  वैचारिक  पतनको  यो  रुप  प्रस्तुत  गर्ने  उनि  पहिलो भने होइन । यसभन्दा पूर्व झपाली विद्रोहको नायक र नेपालको नेल्सन मन्डेला भनिने मोहनचन्द्र अधिकारीले  भारतको  वृन्दावनमा  सन्यासीको  रुप  धरेको,  माओवादी  जनयुद्धका  सर्वोच्च  कमान्डर  पुष्पकमल  दाहाल  प्रचण्डले  भैसीपूजा  गरेको  आदि  कयौँं कम्युनिस्ट नेताहरुको पूजापठ गरिरहेको तस्वीर प्रकाशित भइसकेका छन् । व्यक्तिगत स्तरमा यसको खासै महत्व छैन पनि । तर   सैद्धान्तिक   र   विचारधारात्मक   स्तरमा   यसले  राजनेताको  विश्वसनीयताको  प्रश्न  अवश्य  खडा  गर्दछ  ।  अझ  सम्विधानले  घोषित  गरेको  धर्मनिरपेक्ष राज्यको कुनै नेताले यस प्रकारको धार्मिक आयोजनमा सामेल हुन्छ भने यो राज्यको तटस्थतामा समेत  प्रश्नचिन्ह  खडा  गर्दछ  ।  सैद्धान्तिकरुपमा  धर्मनिरपेक्षताका  मूख्यतः  दुईवटा  विशिष्टताहरु  छन्  — पहिलो, यो पूर्णतः धर्मप्रति उदासीन धारणा हो र दोस्रो,  यो  मूख्यतः  राज्यको  निम्ती  हो  ।  बहुधार्मिक  राज्यहरुमा राज्यको तटस्थता र सबैप्रति समानभावको रुपमा धर्मनिरपेक्षताको विकास भएको हो । वस्तुतः यो राज्यको धार्मिकता प्रतिको दृष्टिकोण हो । धार्मिक राज्यहरु कुनै एक धर्मप्रति समर्पित हुन्छन् भने  बहुधार्मिक  र  बहुसांस्कृतिक  राज्यहरु  धर्मप्रति  उदासीन हुन्छन् र उनको एकमात्र दायित्व जनताको हित र समृद्धि हुन्छ । यस अर्थमा लोकतन्त्रको निम्ती धर्मनिरपेक्षता आवश्यक तत्व छ भने धर्मनिरपेक्षताको निम्ती  राज्यलाई  लोकतान्त्रिक  हुनु  आवश्यक  छ  ।    धर्मनिरपेक्षताको  सिद्धान्तले  धर्मकेन्द्रित  समाजको  स्थानमा एउटा यस्तो समाजको वकालत गर्दछ जस्मा मानिसहरु आपसी सहयोग र मैत्रीभावबाट बाँंधिएका होउन,  ज्ञान  विज्ञान  र  तर्कको  आधारमा  निर्णय  लिउन  ।  धर्मनिरपेक्षताको  विचारले  मानवतावादी  लक्ष्यहरुको प्राप्तिमा कुनै देवता वा पैगम्बरभन्दापनि मानिसको  विवेकको  पक्ष  लिन्छ  ।  जतिबेला  हाम्रो  समाजमा  धार्मिक  विभेद  र  कटुता  बढदै  गै  रहेको  छ, यस्तोमा धर्मनिरपेक्षता राज्यको निम्ती वैकल्पिक हुने गर्दछ । यस  अर्थमा  धर्मनिरपेक्षता  धार्मिक  राज्यको  विपरीत विचार हो । धर्मनिरपेक्ष राज्यहरुको निम्ती धर्म व्यक्तिको नितान्त वैयक्तिक विषय अर्थात धर्म मान्नु  र  नमान्नु  व्यक्तिको  नीजि  विषय  हुनुपर्दछ  ।  राज्य  यस  कार्यमा  आफू  सामेल  हुनुहुँंदैन  ।  यसले  उसको तटस्था भंग हुनसक्दछ ।  तर बुर्जुआ र छद्म लोकतान्त्रिक राज्यहरुमा बहुमत धार्मिक समुदायको दबाबमा    धर्मनिरपेक्षताको    परिभाषामा    समेत    परिवर्तन आएको देखिन्छ । हाम्रो मित्र राष्ट्र भारतमा धर्मनिरपेक्षतालाई   ।।।सर्वधर्म   समभाव’को   रुपमा   सम्वैधानिकरुपमा  व्याख्यायित  गरिएको  छ,  तर  अहिले नरेन्द्र मोदीको नेतृत्वमा दक्षिणपन्थी भारतीय जनता  पार्टीको  सरकार  आएपछि  संकीर्ण  हिन्दुवाद  बढदै गएर अन्य धर्मावलम्बीहरुले दबाब महुूसस गर्न थालेका छन् । हुन त त्यहाँं धार्मिक कटुता र धार्मिक अस्थिरता  भारतको  विभाजन  देखिकै  हो  ।  तथापि  भाजपाको एकल धार्मिक आक्रमक नीतिको कारण भारतीय  सहिष्णु  समाज  खलबलिएको  र  अस्थिरता  बढदै  गैरहेको  प्रति  समाजशास्त्रीहरुले  पटक–पटक  चिन्ता व्यक्त गर्दैआएका छन् । हामी   नेपालीहरु   भर्खर   गणतन्त्रमा   पाइला   टेक्दै   छौँं   ।   नेपालको   सम्विधानले   राज्यलाई   धर्मनिरपेक्ष  घोषित  गरेपनि  यस्को  परिभाषा  अझै  अपूर्ण नै छ । नेपालको सम्वैधानिक प्रावधान अनुसार धर्मनिरपेक्षताको अर्थ ।।।सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षण र धार्मिक स्वतन्त्रता’ मात्र हो । धर्मनिरपेक्षताले राज्यको धर्मसम्बन्धी दृष्टिकोण स्पष्ट पार्दछ ।  त्यो  के  हो  भने  जनताको  हित  र  समृद्धिको  दायित्व बाहेक राज्यको कुनै धर्म हुँंदैन । राज्य कुनैपनि धर्म विशेषप्रति आग्रही हुँंदैन । यसैकारण राजनेताहरु कुनैपनि धार्मिक कृत्यहरुमा सामेल हुनुहँंदैन । राज्यको निम्ती  मन्दिर–मस्जिद  आदि  धार्मिक  देवालयहरु  पुरातन   संग्रहालयको   दृष्टिले   संरक्षणयोग्य   मात्र   हुनुपर्दछ  ।  बहुधार्मिक  राज्यहरुमा  राजनेताहरु  कुनै  धर्मविशेषको कार्यक्रममा भाग लिँंदा उसको धार्मिक तटस्थता  भंग  हुने  गर्दछ  र  अन्य  धार्मिक  समुदायमा  राज्यप्रति अविश्वास जन्मने गर्दछ । शुरुमा यो अविश्वास सामान्य झैँं देखिएपनि पछि यो गम्भीर हुँंदै जान्छ र धर्मलाई हतियार बनाएर सत्ताको राजनीति   गर्ने   चतुर   राजनीतिबाजहरुले   यसलाई   भोटको  उपकरणको  रुपमा  प्रयोग  गर्न  थाल्दछन्  ।  यो  बाहिर  आलोचित  भएपनि  राजनीतिक  वृत्तभित्र  स्वीकृत  विधिझैँं  कायम  हुनजान्छ  र  परिणामस्वरुप  समाज  निरन्तर  धार्मिक  अस्थिरतामा  फँंस्दै  जान्छ  ।  भारत,  पाकिस्तान,  बाङ्गलादेश,  श्रीलंका  आदि  हाम्रै  छिमेकीहरु  यस्का  उदाहरणहरु  हु्न्,  जहाँं  धार्मिक  अस्थिरता  एउटा  लाइलाज  सामाजिक  रोग  जस्तै  देखिन्छ । हाम्रो सम्विधानमा गणतन्त्र र धर्मनिरपेक्षता लेखिनुको  मूख्य  कारण  यस  देशमा  सामन्तवाद  विरुद्धको संघर्षमा र राजनैतिक परिवर्तनको संघर्षमा देशका सबै संस्कृति, धर्म र समुदायका मानिसहरुले भाग  लिएका  छन्,  बलिदान  दिएका  छन्  ।  अतः  कुनैपनि  राजनेताले  सार्वजनिकस्तरमा  धर्मविशेषको  कृत्यमा राजकीयस्तरमा भाग लिँंदा उसको तटस्थता प्रभावित  हुनेछ  ।  नेपालमा  बहुसंख्यक  जनता  हिन्दू  धार्मिक समुदायमा छन् । अझ ऐतिहासिकरुपमा नेपाल हिन्दू शासकहरुबाट शासित  रहँंदै  आएको  छ  ।  त्यसैले  राज्यका  विविध  आयामहरुमा   हिन्दू   प्रभाव   देखिनु   अस्वाभाविक   होइन, तर राजनेताहरुले सार्वजनिक जीवनमा यसबाट बच्नु  आवश्यक  देखिन्छ  ।  किनभने  अहिलेको  नेपाल  बहुजातीय,  बहुधार्मिक  र  बहुसांस्कृतिक  राज्य  हो  ।  अझ अहिलेको सम्बैधानिक गणतान्त्रिक संघीय राज्य देशका  सबै  धर्म,  संस्कृति  र  जातीय  समुदायहरुको  संघर्ष, त्याग–तपस्या र बलिदानको परिणाम हो । यस्मा सबैको हक लाग्दछ । यस दृष्टिले राजनीतिज्ञहरु कुनै मन्दिर वा मस्जिद वा चर्चमा माथा टेक्नुभन्दा कुनै स्कूल, नहर, वृद्धाश्रम, अनाथाश्रम, आदि जनमुखी कार्यको शिलान्यास वा उद्घाटन गर्नु बढी उचित देखिन्छ । प्रसंगवश यहाँं यो भन्नु उचित हुनेछ कि देशमा जतिबढी धार्मिक मन्दिर र मस्जिद आदिहरुको निर्माण बढदै जान्छ, समाजमा विभेद र विभाजनको मात्रा उतिकै बढदै जान्छ । यसको विपरीत स्कूल आदि धर्मनिरपेक्ष स्थलको निर्माणले सामूहिक मानवीय चेतनाको विकास गराएर समाजमा सामाजिक   निकटताका   अवसरहरु   सृजना   गर्दे   जान्छ  ।    तर  भोटको  राजनीति  र  राजनीतिज्ञहरुको  निजी  धर्माकांक्षा  यति  प्रबल  छ  कि  राजनेताहरुमा  सार्वजनिकरुपमा  धार्मिक  कृत्यहरुमा  सामेल  हुनु  दिनहूँं  सामान्य  कार्य  जस्तै  देखिन्छ  ।  मन्दिरहरुको  उदघाटन,  धार्मिक  प्रवचनहरुमा  प्रमुख  अतिथिको  रुपमा राजनेताहरुको उपस्थितिले धर्मनिरपेक्ष राज्यको खिल्ली दिनहुँं उडाएको देखिन्छ । विगतमा    भारतीय    व्यापारी    योगी    बाबा    रामदेवको  औषधि  फ्याक्ट्रीको  उद्घाटन  राष्ट्रपति  विद्या  भण्डारीले  गर्नु  र  प्रचण्ड,  झलनाथ  खनाल  जस्ता  प्रमुख  नेताहरुले  रामदेवको  योगशिविरमा  विशिष्ट  अतिथिको  रुपमा  उपस्थित  हुनु  र  माला  लगाउनु  यसका  उदाहरणहरु  हुन्  ।  बौद्धिक  वर्गको  एउटा हिस्साले धर्मनिरपेक्षताको बहसलाई व्यक्तिको धार्मिक  स्वतन्त्रता  अथवा  धर्ममान्ने  स्वतन्त्रतालाई  निषेध गर्ने कार्यको रुपमा व्याख्या गरेर एक प्रकारको भ्रम  छर्ने  गरेको  पाइन्छ  ।  यसैकारण  देशमा  रहेका  अल्पसंख्यक धार्मिक समुदायपनि भ्रमित भएर यसको विपक्ष  उभिने  गरेको  पाइन्छ  ।  सत्ताच्युत  भएको  प्रतिगामी  सामन्तवादी  शक्तिसमेतले  यस  भ्रमलाई  कायम  राखेर  समाजमा  अस्थिरता  फैलाउन  चाहन्छ  र  आफु  पुनः  सत्तामा  फर्कने  दाउ  खोज्ने  कोशीस  गर्दछ । अतः राजनेताहरुले इमान्दारीपूर्वक धर्मनिरपेक्ष आचरण गर्नुले पनि वास्तविक अर्थमा भ्रम निवारण तथा लोकतन्त्रको समृद्धिमा बल पु¥याउँंछ । प्रश्न  उठ्छ,  त्यसोभए  राजनेताहरुको  व्यक्तिगत  धर्म  हुनु  हुँंदैन  ?  एउटा  राजनेता  व्यक्तिगतरुपमा  कुनै  धर्म  मान्नु  वा  नमान्नू  उसको  निजी  आस्था  र  विवेकको कुरो हो । यसमा कसैको आपत्ति हुनु हुँंदैन । तर  राजनेता  भनेपनि  व्यक्ति  सार्वजनिक  हुनजान्छ  र  राज्यको दायित्व उसको हुन जान्छ । यस्तोमा कुनै धर्म वा जातिविशेषको वकालत वा  आसक्तिले  उसलाई  संकीर्ण  बनाउँंछ  ।  अझ  प्रचण्ड  र  पासाङ्ग  जस्ता  माओवादी  नेताहरु  जस्ले  घोषितरुपमा  नै  आफूलाई  माक्र्सवादी–लेनिनवादी–माओवादी  भनेका  थिए,  उनिहरु  जस्ताको  हकमा  यसप्रकारका  कार्यले  विशेष  अर्थ  राख्दछ  ।  राजनेता  वा  राज्यले  व्यक्तिको  आस्थाको  सम्मान  गर्नु  एउटा  कुरा  हो  भने  आफ्नै  धारणा  विपरीत  त्यस्ता  कार्यमा  सामेल हुनु फरक कार्य हो । कम्युनिस्ट    विचार    अनिश्वरवादी    विचार    हो  ।  यस्ले  धर्मलाई  मानवीयताको  बाटोमा  एउटा  बन्धन  र  दुःखको  कारणको  रुपमा  मान्दछ  ।  त्यसैले  कम्युनिस्ट विचारका अनुयायीहरु जनताको धर्ममान्ने स्वतन्त्रतालाई   सम्मान   गरेपनि   आफू   धर्मप्रति   आलोचनात्मकरुपमा  नै  प्रस्तुत  हुन्छन्  ।  उनिहरुको  विचारमा पूर्णरुपमा मुक्त हुन मानिसले धर्मसमेतभन्दा माथी उठनु पर्दछ र एउटा वैश्विक मानवीय परिधिको निर्माण गर्नु पर्दछ । यहाँं पासाङ्गको चर्चा यसै सन्दर्भमा गरिएको हो । पहिलो,  उनि  आफूलाई  एउटा  कम्यूनिस्ट  विचारको  भन्दछन्  ।  यस  आलोचनाबाट  मुक्ति  पाउन  उनले  आफूलाई कम्युनिस्ट भन्न छाड्नु पर्दछ । यो ती सबै कम्युनिस्टहरुको हकमा लागू हुन्छ, जस्ले आफूलाई कम्युनिस्ट विचारको अनुयायी ठान्दछन्। दोस्रो, एउटा राजनेताको रुपमा उनले राज्यको धर्मनिरपेक्ष तटस्थता भंग न होस भन्ने त सचेत हुनै पर्दछ । अफसोस धर्मनिरपेक्षताको यो परिभाषाको धज्जी त पहिले सम्विधानले नै उडाएको छ र सत्ता, भोट र अर्थलोलुप राजनैतिक परम्परामा राजनीतिबाजहरुबाट यस्तो  जनपक्षीय  अपेक्षता  मूर्खता  नै  हुनेछ  ।  तर  जनताले त यसबारे सचेत बहस गर्नैपर्ने देखिन्छ ।

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...