Mon, 16 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
मधेसमा जातीय विभेदको अवस्था र असर

चैत्र ७, २०७४

  •                 सञ्जय मित्र

 जातिप्रथा मुख्यतः हिन्दू समुदायमा बढी देखिन्छ । यसै कारण हिन्दू समुदायबाट कतिपय मानिस अन्य धर्म अपनाएका छन् । अहिले पनि हिन्दू धर्म अपनाउने भन्दा हिन्दू धर्म छाडेर अन्य धर्म अपनाउनेको संख्या ठूलो छ । विगत जे सुकै होला तर वर्तमानमा क्रिश्चियन बनेकोहरुमध्ये अधिकांश हिन्दू समुदायका नै छन् । अन्य समुदायभन्दा हिन्दू समुदाय निकै उदार हो । पहिले धेरै थिचोमिचो थियो । छुवाछुत प्रथा हिन्दू समुदायमा विद्यमान थियो । अहिले पनि कतिपय ग्रामीण समुदायमा छुवाछुत प्रथा विद्यमान छ । अन्य सम्प्रदायमा जातीय विभेद छैन भन्न खोजेको होइन । मुस्लिम समुदायभित्रको कुर्बान हवारी समुदायले आफ्नो पहिचानको कुरो उठाइरहेको एउटा कार्यक्रममा सहभागी हुने मौका पाएको थिएँ । त्यहाँ पनि अल्पसंख्यक मुस्लिम समुदायभित्रको पहिचानको कुरो रहेको छ अर्थात मुस्लिम समुदायभित्र पनि आन्तरिक जातीय विभाजन रहेको छ, पहिचानको कुरो रहेको छ र पहिचानको लागि आन्तरिक रुपमै प्रयास गरिरहेको पनि देखिन्छ ।

 आफैँमा मधेस धार्मिक, साँस्कृतिक, भौगोलिक तथा जातीय विविधतको प्रदेश हो । भूगोलमा सानो भए पनि मधेसको भूगोल विविधताले भरिएको छ । चुरे पर्वतमालाको फेदीदेखि भारतको सिमानासम्म र पूर्वमा कोसी नदीदेखि पश्चिममा चुरेसम्मको पूर्वपश्चिम लाम्चो परेको आठ जिल्लाको भूभागमा पहाड, वन, सिमसार तथा समथर जमिन रहेको छ । यसले चिसो वातावरण त छैन तर बाँकी सम्पूर्ण भूगोलको नेपालको परिचय यसको भूगोलले बोकेको छ । धर्मको दृष्टिले हेर्ने हो भने मुख्य रुपमा हिन्दू धर्मावलम्बीको बाहुल्य छ । यहाँ दोस्रो ठूलो धर्मावलम्बीको रुपमा इस्लाम धर्मावलम्बी छन् । जनसंख्याको दृष्टिले नेपालमै सबैभन्दा बढी मुस्लिम भएको जिल्ला यसै प्रदेशको रौतहट हो ।  क्रिश्चियन, बौद्ध, सिख र अन्य धर्मावलम्बी पनि यस प्रदेशका बासी हुन् । अल्प संख्यामा रहे पनि क्रिस्चियनहरु बढ्ने क्रम जारी छ । यसरी धार्मिक दृष्टिले पनि यो प्रदेश विविधतायुक्त रहेको छ । जब भूगोलमा विविधता हुन्छ तब संस्कृति स्वतः प्रभावित हुन्छ किनभने भूगोलको प्रभाव संस्कृतिमा परेको हुन्छ नै । यसै गरी जब धार्मिक आस्था फरक पर्छ तब संस्कृतिमा पार्थक्य ल्याउँछ नै । भूगोल र धार्मिक अवस्था दुवै फरक परेपछि संस्कृतिमा पनि विविधता यहाँको सम्पत्ति बन्न पुगेको छ । यहाँका मुख्य चाडपर्वहरु छठ र होली हुन् । दशैँ पनि विस्तारै ठूलो पर्वको रुपमा आफ्नो विस्तार गरिरहेको छ । ईदलाई भव्यतापूर्वक मनाइन्छ । तर दाहाको स्वरुप भने साँघुरिँदै गएको देखिएको छ । क्रिश्चियनहरुले पनि आफ्नो पर्वलाई भव्यतापूर्वक मनाएको देखिन्छ । लोकजीवनमा सिख धर्मावलम्बीको संस्कृतिप्रति निकै चासो छ तर सामान्यतया हिन्दू धर्मको संस्कृतिभन्दा धेरै भिन्नजस्तो लाग्दैन, यद्यपि यो आधिकारिक भने होइन । सिख धर्मावलम्बीको संस्कृतिको प्रभाव मधेस प्रदेशको सहरी क्षेत्रमा भने देखिएको छ । बौद्ध धर्मावलम्बीले वैशाख पूर्णिमालाई अत्यन्त भव्यताका साथ मनाउँदै आएका छन् । मुख्यतः उत्तरी मधेसमा पूर्वदेखि पश्चिमसम्म बौद्ध धर्मावलम्बीको प्रभाव रहेको देखिन्छ ।जातिप्रथा मुख्यतः हिन्दू समुदायमा बढी देखिन्छ । यसै कारण हिन्दू समुदायबाट कतिपय मानिस अन्य धर्म अपनाएका छन् । अहिले पनि हिन्दू धर्म अपनाउने भन्दा हिन्दू धर्म छाडेर अन्य धर्म अपनाउनेको संख्या ठूलो छ । विगत जे सुकै होला तर वर्तमानमा क्रिश्चियन बनेकोहरुमध्ये अधिकांश हिन्दू समुदायका नै छन् । अन्य समुदायभन्दा हिन्दू समुदाय निकै उदार हो । पहिले धेरै थिचोमिचो थियो । छुवाछुत प्रथा हिन्दू समुदायमा विद्यमान थियो । अहिले पनि कतिपय ग्रामीण समुदायमा छुवाछुत प्रथा विद्यमान छ । अन्य सम्प्रदायमा जातीय विभेद छैन भन्न खोजेको होइन । मुस्लिम समुदायभित्रको कुर्बान हवारी समुदायले आफ्नो पहिचानको कुरो उठाइरहेको एउटा कार्यक्रममा सहभागी हुने मौका पाएको थिएँ । त्यहाँ पनि अल्पसंख्यक मुस्लिम समुदायभित्रको पहिचानको कुरो रहेको छ अर्थात मुस्लिम समुदायभित्र पनि आन्तरिक जातीय विभाजन रहेको छ, पहिचानको कुरो रहेको छ र पहिचानको लागि आन्तरिक रुपमै प्रयास गरिरहेको पनि देखिन्छ । मधेस प्रदेशका मुख्य दुई सम्प्रदाय हिन्दू र इस्लाममा जातीय पहिचानको कुराले आन्तरिक विभाजन वा आन्तरिक पार्थक्यको सबाललाई उठाएको देखिन्छ । यसको छाँयामा यो पनि स्पष्ट हुन्छ कि जातीय विभेद कुनै न कुनै रुपमा विद्यमान छ । क्रिश्चियन समुदायमा सामान्यतया जातीय विभाजन छैन भन्छन् तर हिन्दूबाट क्रिश्चियन बनेकाहरुले दोहोरो फाइदा लिनका लागि जातीय व्यवस्थालाई अपनाको देखिन्छ । उदाहरणको लागि कुनै हिन्दू यदि क्रिश्चियन धर्म अपनाएका छन् भने उनको जाति के हुने ? यदि कसैले धर्ममा क्रिश्चियन लेख्छन् र जातिमा हिन्दूको जाति लेख्छन् भने मान्ने कि नमान्ने ? मुख्य छुवाछुतको शिकार हुने वा दमन तथा शोषणमा परेका केही हिन्दू जातिले क्रिश्चियन धर्म अपनाएका छन् भने तिनको जात हिन्दूको कसरी रहन गयो भन्नेतिर समाजले उतिसारो ध्यान दिन सकेका छैनन् भन्ने सुनिन्छ । अझ दलितको सबालमा यो प्रश्न धेरै प्रासांगिक छ । दलितलाई सुविधा दिइनु हुन्न भन्ने होइन कि एकातिर क्रिश्चियन समुदायकाहरुले हामीले जाति मान्दैनौँ र सबै जाति समान छन् भन्छन् र अर्कोतिर हिन्दू वर्णाश्रम व्यवस्थाभित्रको दलित जातिमा गणना गरेर दलितको सुविधा लिन्छन् भने यो दोहोरो चरित्र हुन गयो भन्नेसम्म मात्र हो । अर्थात जातीय समानताको कुरा गर्ने धार्मिक समुदायभित्र पनि सुविधाको दृष्टिले जातीय विभेद छ वा सुविधा पाउने भएपछि जातीय विभेदको कुरो स्वीकार्नलाई अप्ठ्यारो नमानेको देखिएको हुँदा मधेसी क्रिश्चियन धर्मावलम्बीभित्र पनि जातीय विभेद रहेको हो कि ? जनसंख्याको दृष्टिले अन्य धर्मावलम्बीहरुको जातीय पहिचान त्यत्ति बाहिर आउन सकेको छैन ।  सिख र बौद्ध धर्मावलम्बीहरुमा पनि जातिगत विविधता रहेको छ तर विभेदको कुरो उति बाहिर आएको देखिँदैन । यद्यपि विश्वमा बौद्ध धर्मावलम्बीहरु नै विभिन्न मत वा बादका देखिएका छन् । भगवान गौतम बुद्धलाई नै अनेक स्वरुपमा मान्नेहरु छन् । यस अवस्थामा बौद्ध धर्मावलम्बीहरुमा पनि जातीय विभेद वा विविधता होला तर मधेस प्रदेशको बौद्ध धार्मिक समुदायमा जातीय विभेद तुलनात्मक रुपमा बाहिर आउने गरी देखिएको छैन ।मधेसमा जातिको सबाल निकै महत्वपूर्ण हुने गर्दछ । सबैतिरको आरोप के रहेको छ भने मधेसमा सिद्धान्तभन्दा ठूलो जातिलाई मान्ने गरिएको छ । यो आरोपलाई पूर्णतया निराधार मान्न सकिन्न किनभने कतिपय सबालमा के देखिएको छ भने जहाँ प्रतिभा सडकमा धुलो खान्छ उही जातिको नाताले प्रतिभाविहीन चाहिँ पूज्य हुन्छ । नातावाद र जातिवाद दुइटैको रुप एउटै बन्न पुगेको छ । पहिले आफन्त अर्थात नातागोता र त्यसपछि जातिको प्राथमिकता र प्रधानता दिइने हुनाले जातीय विभेद एक हिसाबले यस प्रदेशमा उत्कर्षमा रहेको छ र जातीय विभेदले गर्दा धेरै हदसम्म समाजको धेरै कुरो प्रभावित पनि बन्न पुगेको छ । एकजना मित्रले एक ठाउँमा भनेका छन् – जातिवादको प्रभाव नपरेको मधेसको कुनै पनि क्षेत्र छैन । हो, यस दर्शनको दृष्टिले हेर्दा जातीय विभेदको उत्कर्ष मधेसमा देख्न सकिन्छ र यसले पहुँच नभएका जातिलाई झन् झन् कमजोर बनाउने सम्भावना बढेको छ । कमजोर जातिले कतै केही नपाउने अवस्था आउँदैछ । सम्भवतः यसैको लागि आरक्षणको सुविधा आएको हुनुपर्छ । कतिपयले साझै भन्ने गरेका छन् कि आरक्षणले हुनेखानेलाई फाइदा पु¥याएको छ तर यसको अन्तर्यमा हेर्ने हो भने जातीय पहुँचको दृष्टिले केही फाइदा भएको छ । यसले गर्दा प्रतिभामात्र नभएर जातीय पहुँच हुनुपर्छ भन्ने मान्यतालाई केही कमजोर बनाएको भने यथार्थ हो । आरक्षणले मधेसका करिब सबै जातिको धेरथोर प्रतिनिधित्व गर्न थालेको कुरालाई हामी सबैले बुझ्नु परेको छ । मधेस प्रदेश यस देशकै मानवीय विकास सूचकांकमा पछाडि परेको प्रदेश हो । यसमा जातीय विभेदको योगदान कम छैन । जातीय विभेदको असर यहाँको शिक्षामा पनि परेको छ । स्वास्थ्यमा पनि परेको छ । भौतिक विकासमा पनि परेको छ । यहाँको निर्वाचनमा पनि परेको छ । यथार्थमा जीवनको हरेक पक्षमा जातीय विभेदको प्रभाव परेकोले जीवनको समग्र क्षेत्रमा असर परेको छ । अबको समयमा जातीय विभेदलाई बिर्सनु न्यायोचित होला । प्रदेशलाई अगाडि बढाउन जातीय विभेदलाई बढावा दिने कामलाई सकेसम्म निरुत्साहित गर्नुपर्छ । अहिले प्रदेशको जग बसिरहेको समयमा यदि जातिवादलाई प्रश्रय हुने किसिमका कुनै गतिविधिले मौका पाउन सकेन भने निश्चित रुपले आगामी दिनहरु सुनौला साबित हुनेछन् । जातिको विकास क्षमताको आधारमा हुनुपर्छ, केही अत्यन्त पछाडि परेका जातिलाई सकारात्मक विभेदको आधारमा आरक्षण दिनु उचित होला तर कोही फलाना जातिकै भएका कारण फलानो पदमा राख्छु वा फलाना जाति भएकै कारण फलाना पदमा राख्दिनँ भन्ने कुरामा विशेष सम्वेदनशील हुनु आवश्यक छ । जातीय विभेदलाई नारामा हैन व्यवहारमा हटाउनु परेको छ जसले सबैलाई यो लागोस् कि जातको आधारमा कोही ठूलो र कोही सानो, कोही शासक र कोही शासित वा कोही सुविधाभोगी र कोही सुविधाबाट वञ्चित छैन । जातको कुरो उसको पहिचानको लागि प्रमाणपत्रहरुमा सीमित रहोस् र प्रतिभाको पूजा होओस् । कुनै पनि जातले आफूमाथि फलानो जातले अन्याय गरेको छ भन्ने सुन्नु नपरोस् । जातीय विभेदको अन्त्य होओस् ।

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...