Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
एसइइ र मधेसी समाज

चैत्र १४, २०७४

  •                             सञ्जय मित्र

 एसइइ र एसएलसी परीक्षा एकापसमा भिन्न छन् । यसपालि राष्ट्रिय परीक्षा बोर्डले एसइइ लिइरहेको छ । सम्भवतः अर्को वर्षदेखि मधेस प्रदेशले नै वा प्रदेशहरुले नै यो परीक्षाको सम्पूर्ण व्यवस्थापन गर्ने देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले अब कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने कुरो आएको छ । कक्षा ११ को परीक्षा अब विद्यालय तहमै हुने करिब निश्चित 

 अहिले  एसइइ  परीक्षा  चलिरहेको  छ  ।  देशको  सम्पूर्ण प्रदेश र माध्यमिक तह पढाइ हुने सम्पूर्ण विद्यालय अहिले यसमा होमिएका छन् । प्रदेश २ अर्थात मधेसमा पनि यो परीक्षा चलिरहेको छ । परीक्षाको क्रममा अनेक किसिमका फरक कुराहरु आइरहेका छन् । कतै आमा र छोरी सँगै परीक्षा दिइरहेका छन् भने कतै उमेर निकै बढी भइसकेको परीक्षार्थी पनि परीक्षा दिइरहेका छन् । फरक शारीरिक क्षमता भएका मानिसले पनि परीक्षामा सहभागिता  जनाएका  छन्  भने  प्राविधिक  धारका  परीक्षार्थीले पनि परीक्षा दिइरहेका छन् । कोही पनि फेल हुन  नपरोस्  भन्ने  उदेश्य  परीक्षाको  भएपछि  कतिपयले  यसलाई  परीक्षा  भन्दा  पनि  स्वेच्छाको  रुपमा  लिएका  छन्  ।  सबै  उत्तीर्ण  हुने  अर्थात  उत्तीर्ण  वा  अनुत्तीर्ण  केही  पनि  नभनिएको  र  हरेक  परीक्षार्थीले  करिब  उत्तीर्णकै  प्रमाणपत्र  पाउने  निश्चित  रहने  यो  परीक्षामा  सहभागी  हुने  परीक्षार्र्थीले  पहिलेका  परीक्षाहरुभन्दा  केही  बढी  राम्रो  नतिजा  ल्याउने  यसकारण  निश्चित  छ  कि  गणितबाहेक  करिब  सबै  विषयमा  कम्तीमा  पच्चीस  प्रतिशत  प्रयोगात्मक  राखिएको  छ  ।  हरेक  विद्यालयमा प्रयोगात्मक हुन्छ नै भन्ने छैन । अधिकांश विद्यालयका विद्यार्थीले प्रयोगात्मक गरेकै छैन । अझ कतिपय  विषयका  शिक्षकलाई  नै  आफूले  पढाएको  विषयको  प्रयोगात्मकमा  कुन  विद्यार्थीले  कति  नम्बर  पाएका छन् भन्ने थाहा छैन । पहिलो पल्ट करिब हरेक विषयमा प्रयोगात्मक ल्याइएको र टेस्ट परीक्षा लिने चलन  हटिसकेकोले  कतिपय  शिक्षकले  नै  यो  थाहा  पाउन सकेका छैनन् । जब शिक्षकलाई नै थाहा छैन भने विद्यार्थीलाई कुन विधिले कति वा कसरी कति अंक प्रयोगात्मकको पाइन्छ भन्ने नै थाहा नहुनु त्यत्ति आश्चर्यको विषय होइन । यद्यपि शिक्षक र शिक्षार्थी दुवैलाई यस विषयमा स्पष्ट थाहा दिने वा प्रयोगात्मक गराएर  विद्यार्थीले  गरेको  कामको  आधारमा  उसले  पाउनु  पर्ने  अंकको  अधिकार  दिने  विद्यालयहरु  नभएका होइनन् ।कुनै  पनि  परीक्षा  विद्यार्थीले  दिने  हो  ।  हामीले  देखेका  छौँ  –  विशेषज्ञहरु  नै  परीक्षामा  फेल  भएका  छन्  ।  नेपाल  मेडिकल  काउन्सिलले  लिने  परीक्षामा  विभिन्न रोगका विशेषज्ञहरु नै अनुत्तीर्ण हुने खबरहरु बारम्बार आइरहन्छन् । यसले फेल भनिएका विद्यार्थी वा  परीक्षार्थी  सम्पूर्णतः  गुणस्तरहीन  नै  हुन्छन्  भन्ने  होइन  ।  अझ  बालबालिकाहरुको  परीक्षाको  सन्दर्भ  केही  फरक  हुन्छ  ।  विद्यार्थीहरु  कक्षामा  आफ्नो  किसिमले  परीक्षाको  तयारी  गरेका  हुन्छन्  ।  आफ्नो  विद्यालयमा  पढेका  विद्यार्थीहरु  एक्कासि  बिना  कुनै  पूर्व अभ्यास अर्को विद्यालयमा परीक्षा दिन जान्छन् जहाँ  तिनीहरले  चिनेका  साथीहरुबाहेक  अरु  कोही  हुँदैनन् । सबै परीक्षार्थी आफ्नै धुनमा मस्त हुने हुनाले वास्तवमा  कैयौँको  भीडमा  परीक्षार्थी  आफू  एक्लो  महसुस गरेको हुन्छ । विद्यालयको कम्पाउन्डमा पस्ने बेलामा  नै  परीक्षार्थीले  प्रहरीलाई  देखेका  हुन्छन्  ।  विभिन्न समयमा केन्द्राध्यक्ष आउँछन् । कहिलेकाही जिल्लाका प्रमुखहरु पनि आएर परीक्षाको अनुगमन र निरीक्षण गर्छन् । परीक्षार्थीको मन र मस्तिष्कमा यस प्रकारको कुरोले निकै घर गरेको हुन्छ कि को आएर के भन्लान् र आफू कुनै गल्तीमा पो परिने हो कि ? कोही  पनि  फेल  हुँदैन  भन्ने  थाहा  पाउँदा  पाउँदै  पनि  अधिकांश  परीक्षार्थीहरु  अरुको  विद्यालयमा  गएर  परीक्षा  दिनुपर्ने  कारणले  मानसिकरुपमा  डराएका  हुन्छन्  ।  पहिलो  एक  वा  दुई  दिन  डर  बढी  हुन्छ  र   विस्तारै   विद्यार्थीहरु   त्यहाँको   वातावरणमा   घुलमिल हुन्छन् । परीक्षा भवन र परीक्षाको कोठा दुवै नयाँ र नौलो भएपछि जब परीक्षार्थीले आफूले पढेको पाठ र प्रश्नको उत्तर लेख्न थाल्छन् तब केही मात्रामा  सकारात्मक  मनोविज्ञानले  आफूले  केही  गर्न  सक्ने  जनाउँछ  ।  यथार्थमा  बालबालिकाहरु  परीक्षाको नियममा पहिले यसरी अभ्यस्त नभएको र  एकैचोटि  अन्यत्र  गएर  परीक्षा  दिनुपर्दा  पहिले  नै केही त्रसित भएकै हुन्छन् । यही मनोवैज्ञानिक त्रासलाई   कम   गर्न   अधिकांश   परीक्षार्थीका   अभिभावक  पहिलो  एक  वा  दुई  दिन  परीक्षा  केन्द्रसम्म  पुग्दछन्  जसले  गर्दा  एसइइ  परीक्षाको  प्रारम्भका  दिनमा  परीक्षा  केन्द्रको  आसपासमा  अभिभावकहरुको केही भीड देखिन्छ । एसइइ  र  एसएलसी  परीक्षा  एकापसमा  भिन्न  छन्  ।  यसपालि  राष्ट्रिय  परीक्षा  बोर्डले  एसइइ  लिइरहेको  छ  ।  सम्भवतः  अर्को  वर्षदेखि  मधेस  प्रदेशले  नै  वा  प्रदेशहरुले  नै  यो  परीक्षाको  सम्पूर्ण  व्यवस्थापन  गर्ने  देखिन्छ  ।  राष्ट्रिय  परीक्षा  बोर्डले  अब  कक्षा  १२  को  अन्त्यमा  एसएलसी  परीक्षा  लिने  कुरो  आएको  छ  ।  कक्षा  ११  को  परीक्षा  अब  विद्यालय  तहमै  हुने  करिब  निश्चित  भइसकेको  छ  ।  यस  अवस्थामा  कक्षा  १०  को  परीक्षा  एसइइले  धेरै  हदसम्म  अहिलेकै  जस्तो  अभिभावकको  भीडभाड  भइरहने परीक्षाको रुपमा रहिरहने देखिन्छ भने कक्षा १२ को अन्तिम परीक्षाले पनि अभिभावकको ध्यान तान्ने  देखिन्छ  ।  अब  जब  कोही  परीक्षार्थी  अनुत्तीर्ण  नै हुदैनन् त अभिभावकको भीडभाड अर्थात चिन्ता किन ? राम्रो गरी उत्तीर्ण भएको प्रमाणपत्र प्राप्त गर्न अथवा उच्च ग्रेडसिट प्राप्त गर्न नै हुनुपर्छ । अथवा अर्को  पनि  ध्येय  हुन  सक्छ–  त्यो  हो  पुरुषार्थको  ।  एसइइ  वा  एसएलसी  परीक्षाको  केन्द्रमा  म  सबैभन्दा  बढी  कुद्छु  भन्ने  पुरुषार्थ  देखाउन  ।  यो  पुरुषार्थ  नक्कलीबाहेक  अरु  केही  होइन  ।  देखावटीपनमा  रमाउनुबाहेक  केही  पनि  होइन  ।  वास्तवमा  परीक्षा  दिइरहेका  बालबालिकाका  यदि  कोही  अभिभावक  केन्द्रमा जाँदैनन् भने त्यस अवस्थामा बालबालिकाले आफूले  आफ्नो  क्षमताको  भरमा  परीक्षा  दिएको  ठहरिन्छ । बालबालिकाले आफूले आफ्नो खुट्टामा उभिन  खोजेको  ठहरिन्छ  ।  अभिभावकले  गएर  चिट  चोराउने हो भने आफ्ना बालबालिकालाई परनिर्भर बनाएकै  हो  र  उसको  जीवनमाथि  एक  किसिमले  आक्रमण  गरेकै  हो  ।  परीक्षाको  समयमा  केन्द्रमा  दिनहु पुग्ने र आफू वा अन्य कसैलाई लिएर परीक्षा चलिरहेको  कोठासम्म  पुग्ने  प्रयास  गर्ने  चलनलाई  नराम्रो भन्ने पर्दछ ।एसइइ   वा   एसएलसी   परीक्षाको   समयमा   जिल्लाका  प्रमुखहरुको  पनि  निकै  चासो  देखिन्छ  ।  अभिभावकहरु त मरिमेटेरै सन्तानलाई बढीभन्दा बढी मदत गर्ने प्रयास गर्दछन् । सानैदेखि बालबालिकाको पढाइमा कुनै किसिमको कमजोरी नहोओस् भन्नेतिर ध्यान दिने अभिभावकलाई परीक्षाको चिन्ता हुँदैन । यस्ता हजारौँ अभिभावक छन् जो आफ्ना सन्तानमा क्षमता उमार्न चाहन्छन् र परीक्षामा आफ्नो उपस्थिति देखाउनै चाहँदैनन् । पढाइको समयमा ध्यान नदिने र परीक्षाको समयमा बढीभन्दा बढी प्रश्नको हल गरोस् भन्ने  चाहना  राख्ने  अभिभावकहरु  बालबालिकाप्रति  दोहोरो  गैरजिम्मेवारीपूर्वक  प्रस्तुत  भएका  हुन्छन्  ।  प्रतिस्पर्धाको समयमा नपढेका बालबालिकाले केही पनि गर्न सक्दैनन् । उसलाई उसको प्रमाणपत्र नै बोझ बन्न पुग्दछ । अर्को पनि पक्ष रहेको छ, जसरी परीक्षाको समयमा  जिल्ला  वा  केन्द्रका  विभिन्न  अधिकारीहरु  परीक्षा केन्द्रमा पुगेर परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन चाहन्छन् त्यसै गरी पढाइको समयमा पनि दुई चारचोटि निरीक्षण तथा अनुगमन गर्दै पुग्ने हो र पढाइ नियमित  भए  नभएको  बुझ्ने,  पढाइलाई  अझ  राम्रो  बनाउन  के  कस्ता  सुझाव  वा  सहयोग  दिन  सकिन्छ  भन्नेतिर  सोचिदिने  हो  भने  बालबालिकाको  हकमा  निकै  धेरै  सकारात्मक  काम  हुन्थ्यो  ।  विद्यालयमा  अनुगमन  कमजोर  भएको  हो  भन्ने  आम  गुनासो  अभिभावकहरुको रहेको छ । 

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...