Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
जीवन र यमराजको बीचमा डाक्टर पहरेदार हो

चैत्र १५, २०७४

  •                   डा सन्देश दाहाल

जसरी असललाई मण्डप र खराबलाई जेलको छुट्टाछुट्टै व्यवस्था छ, चिकित्सा लगायत हरेक पेसामा त्यो आवश्यक छ। तर समग्र पेसालाई मन पर्दा देवत्वकरण वा चित्त नबुझ्दा दानवीकरण गरिनु हुँदैन

म आवासीय चिकित्सक भएर काम गरेको यस्तो अस्पताल छ, जहाँ दुईथरी मान्छे आउछन्। एकथरी, त्यस  संस्थामा  काम  गर्ने  कर्मचारीका  आफन्त,  जो  भनसुनले   हालीमुहाली   गर्न   सक्छन्।   दोस्रोथरी,   कहीँकतैबाट उपचारको आस गर्न नसक्ने, सामाजिक र आर्थिक रुपमा अत्यन्त विपन्न।पहिलो  वर्गको  उपचारमा  त  केही  कसर  बाँकी  रहँदैन  तर  दोस्रो  वर्गलाई  निको  पार्न  धेरै  तिकडम  गर्नुपर्छ। अलि हुनेखानेको अप्रेशनबाट बचेको सामान भेला  गरेर  दोस्रोको  जीवनदानमा  प्रयोग  गरिन्थ्यो।  फेसबुकमा  विज्ञापन  राखेर  आर्थिक  स्रोत  जुटाएर  पनि केहीलाई बचाइयो। कानुनतस् हुनेखानेको बचेको सामान फिर्ता नगरी लुकाएर अर्को बिरामीलाई प्रयोग गर्नु  चोरी  नै  होला।  अलि  एड्भेन्चर  वा  सम्मानको  भाषामा  मेडिकल  रबिनहुड  भन्दा  फरक  नपर्ला।  परिणाम  वा  उद्देश्य  सही  भए  पनि  नभए  पनि  त्यो  एकखाले नैतिक सम्झौता नै हो। मेडिकल अफिसर हुँदा  अस्पतालको  अराजक  सर्त  नमान्ने  सर्तमा  काम  गरे  पनि  निजी  अस्पतालको  जागिर  केही  सम्झौतामूलक नै हुने गर्छ। एक अस्पतालको अर्को अनुभव सुनाउँछु ।फार्मेसीमा  सधैं  एउटै  एन्टिबायोटिक  लेखिदिनु  है  डाक्टर  साब  भन्ने  अनुरोध  आउँथ्यो।  गुह्य  कुरा  पछि  थाहा  भयो,  फार्मेसीले  त्यो  औषधि  ११  वटा  किन्दा ९ वटा सित्तैमा र त्यो ११ वटाको मूल्यको पनि ४०  प्रतिशत  बोनस  पाउने  रहेछ।  कस्तो  गुणस्तरको  औषधि थियो होला त्यो? अचम्म लाग्छ! आजसम्म मैले त्यो औषधि फेरि लेखेको छैन। नेपालको  पत्रिकामा  जेनेरिक  नाममा  औषधि  लेख्ने वकालत भएको पाइन्छ। तर मलाइ उदेक लाग्छ, गुणस्तर नियन्त्रण हुँदै नभएको हाम्रो देशमा जेनेरिक नाममा  औषधि  लेख्नु  भनेको  औषधिको  गुणस्तर  छान्ने  जिम्मा  डाक्टरले  औषधि  पसले  व्यापारीलाई  दिनु हो। सबै औषधिमा कमिसन नभए पनि औषधिमा कमिसन नै छैन भनेको होइन। डाक्टरले खाने दारुपानी औषधि कम्पनीले नै दिएका होलान्  तापनि बिरामी निको नभए बिरामीले डाक्टरलाई समाउँछ। ब्रान्डको बीचमा नै सही, डाक्टरलाई गुणस्तरीय औषधि छान्ने बाध्यता  छ।  तर  व्यापारीले  ब्रान्ड  छान्न  पाएमा  धेरै  बोनस  छोडेर  गुणस्तरीय  औषधि  बेच्ला  र!  राज्यले  एकै औषधिको गुणस्तर र मूल्य समान राखे त कुरै सकियो नि हैन!महाराजगन्जको  एउटा  अस्पतालमा  इन्टर्न्सिप  गर्दादेखि अहिलेसम्मको प्राक्टिसमा सधैंजसो सडक दुर्घटनाका  अनेकौं  बिरामी  हेर्नुपर्छ।  आश्चर्य  लाग्ने  कुरा  के  भने  ती  सबै  केसमा  एकखालको  समरुपता  छ।  अर्काको  गाडी  वा  बाइकले  हानेको  बिरामीको  आफन्तको  सधैं  एकै  अनुरोध  हुन्छ,  ।।।डाक्टर  साब,  जति पैसा खर्च भए पनि सिटी स्क्यान, एमआरआई जस्ता सबै जाँच होस्। केही नछुटोस, बरु एक महिना आइसियूमा राखिदिनु।’ यसको अर्थ, अर्काले तिर्ने त हो, मोटो रकम उडाइदिनु है! त्यसको ठिक अर्को पाटो, आफै लडेर आयो भने चाहिँ, ।।।डाक्टर साब, खासै दुख्या छैन, सामान्य एक्स रे पनि पर्ला र? त्यतिकै औषधि लेखे हुँदैन?’ हामी  जुन  समाजको  दुहाई  दिन्छौ,  अधिकांश  पात्रको  सही  चरित्र  यस्ता  दुर्घटनाबाट  प्रस्ट  हुन्छ।  जुन  डाक्टरले  सिटी  स्क्यान  आवश्यक  छैन  भन्छ,  उसको अगाडि औंला तेर्सिन्छ, ’भोलि केही भयो भने तपाईंले जिम्मा लिने हो?’ डाक्टरको विवेकमा गलत मनसायले  तेर्स्याइएको  यस्तो  प्रश्नको  चक्रव्यहूले  आवश्यकरअनावश्यक   परीक्षण   जाँचको   ठेलीमा   चढाएको   छ।   यसको   प्रत्यक्षरपरोक्ष   मूल्य   हाम्रै   समाजले भोगिरहेको छ।दुर्गमको नियतिनेपालको  दुर्गममा  खटिएका  डाक्टरलाई  सोधे  हुन्छ,  त्यहाँ  प्रशासनिक  सुस्तता,  जालझेल  र  खुट्टा  तान्नेबाहेक  केही  छैन।  त्यहाँका  जनताले  असम्भव  सेवा  पाइरहेका  छन्  त  केही  सन्की,  पागल  डाक्टरहरुको  कारणले।  जो  जस्ता  प्रतिकूलता  झेलेर  पनि  हत्केलामा  मुटु  राखेर  असामान्य  लाग्ने  शल्यक्रिया  आदि गरिरहेका छन्। नमिठा दृश्यहरु आउँछन , यसै सम्बन्धमा पनि । सुदूरपश्चिमको  एक  दुर्गम  अस्पतालमा  आन्द्रा  फुटेको बिरामी आउँछन्। रिफर हुने सामर्थ्य नभएको गरिब   परिवारले   रोएर   अनुनय   गर्छ।   डाक्टरले   शल्यक्रिया  गर्छन्,  अथक  प्रयासको  बावजुद  दुई  दिनमा   संक्रमणले   गर्दा   बिरामीको   मृत्यु   हुन्छ।   बिरामीलाई रगत चाहिँदा आउन आवश्यक नठानेको गाउँले  ठुटेनेता  आएर  बोल्छन्,  ।।।डाक्टरले  लापरबाही  गरेर  मार्यो,  नसक्ने  भए  किन  रिफर  नगरेको?  हामी  हेलिकप्टरमा  उडाएर  काठमाडौँ  त  के  परे  दिल्ली,  अमेरिका लैजाने थियौं।’पत्रिकामा     समाचार     आउँछ–     ’डाक्टरको     लापरबाहीले बिरामीको मृत्यु।’ डाक्टर पिटिन्छन्, जिल्ला छोड्न  बाध्य  हुन्छन्।  अर्को  जिल्लामा  कार्यवाहक  सम्हालेपछि त्यहाँ बच्चा जन्माउन नसकेकी महिलालाई रिफर गर्छन्, अनि फेरी झगडा हुन्छ। पत्रिकाले छाप्छ– ।।।सक्ने बिरामीलाई कमिसनको लोभमा रिफर गर्यो।’ अझ रमाइलो कुरो छ।मास्टर  सकिएपछि  अस्पतालमा  काम  गर्दा  एक  व्यापारीसँग भेट हुन्छ, त्यहीँ चिनजान हुन्छ। अलिपछि म  उनको  पसलमा  जान्छु।  उनले  फ्यान्सी(फ्यान्सी  सामान  किन्न  सल्लाह  दिन्छन्।  म  पनि  किनिदिन्छु।  पछि  पो  थाहा  हुन्छ,  अरु  पसलभन्दा  ज्यादा  मुर्गा  बनाएछन्  मलाई।  पछि  उनको  भाइको  एपेन्डिक्सको  अप्रेशन गर्नुपर्ने बेला उही महानुभाव टक्क देखापर्छन् र अनुरोध गर्छन्, ।।।डाक्साब पूरै छुटमा अप्रेशन पर्नुपर्यो।’उनको  सोझो  आशय,  पसल  लगानी  हो,  दोहोर्याएर नाफा खान मिल्ने वा खानैपर्ने। अनि मेरो मेहनत र लगानी भनेको आममानिसको स्वास्थ्यको अधिकार  वा  समाजसेवा  मात्र  हो।  मेरो  पेसालाई  केवल  सबैले  समाजसेवा  मात्र  ठानिदिएको  भए  उनले  पनि  मलाई  सित्तैमा  समान  दिनुपर्ने  हो।  मेरो  सित्तैको  गाडी  हुनुपर्ने  हो।  त्यसमा  पेट्रोलपम्पले  त्यसै पेट्रोल हालिदिनुपर्ने हो। सेन्ट जेभिर्यसले मेरी छोरी सित्तै पढाईदिनुपर्ने । डाक्टर भएकैले जहाँ पनि ज्यादा  मूल्य  चुकाउनुपर्ने?  अनि  समाजको  आशा  चाहिँ सदैव समाजको सेवा गर्नुपर्ने?डोटी  लगायत  देशका  विभिन्न  ठाउँमा  डाक्टर  कुटिए। इमर्जेन्सीबाहेक बन्द गर्ने आह्वान भयो। अनि वरिष्ठ उपभोक्ताकर्मीले टिभीमा अत्यावश्यक सेवाको गफ चुट्न थाले। मैले सोचेँ, डाक्टरको बाँच्न पाउने अधिकार अति आवश्यक होइन रहेछ। अप्रेशन गरेको तीन दिनमा एक जना मेरो बिरामी घाउ सफा गराउन ओपिडीमा आए। मेरो सधैंको त्यही प्रश्न, ’खाना बार्नुभएको त छैन नि?’ उनको उत्तर, ’जाउलो मात्र खाएको छु।’ ’अन्डा, माछा, मासु, आलु सबै खाने भन्या होइन त?’’भन्या त हो, तर मैले नखाएको।’ ’किन नि?’ मेरो प्रश्न।उनको  उत्तर  सुनेर  म  पागल  मात्र  हुन  सकिनँ।  ’डाक्टरले  आलु,  मासु  खाऊ  भनेर  भन्छन  रे,  अनि  घाउ पाक्छ। पाकेपछि डाक्टरकोमा धाइरहनुपर्छ, अनि डाक्टरको आम्दानी बढ्छ रे।’यो  अन्धविश्वास  हो  कि  के  होला?  उनको  यो  भनाइलाई  कसरी  व्याख्या  गर्ने?  मैले  आजसम्म  सकेको छैन।ग्यारेन्टीको आतंकएमडी   सकेर   सिनियर   दाजुले   एक   प्राइभेट   अस्पतालमा   बिरामी   हेर्न   थाल्नुभयो।   म   त्यहीँ   मेडिकल  अफिसर  थिएँ।  एक  जना  पक्षाघात  भएको  बिरामी आइसियुमा भर्ना हुन आइपुगे। १२(१४ दिनमा उनी  डिस्चार्ज  भए।  सवा  दुई  लाखको  बिल  आयो।  बिरामीको आफन्त रिसाउँदै ती डाक्टर दाइलाई गाली गर्न थाले। ’सवा  दुई  लाखबाट  टन्न  आयो  नि  दाइ,  हैन?’  भनेर सोधेँ। दाइले  हिसाब  बुझाए,  १४  दिनको  बिहान  बेलुका  राउन्डको  २  सयका  दरले  २८  सय।  दाइको  अनुहारमा  चमक  थिएन,  बिरामीको  आफन्त  पनि  रिसाए।  किनभने  उनको  मनमा  लागेको  थियो,  सबै  पैसा डाक्टरले खायो भनेर। ७०  लाख  लिएर  एमबिबिएस  पढाउने  मेडिकल  कलेजले पढाइसकेपछि आफ्नै अस्पतालमा मासिक २०  हजार  तलबको  अफर  गर्छ।  तैपनि  समाज  डाक्टरलाई पैसावाल नै देख्छ। क्या भाग्य होला!आजकाल  एउटा  तितो  शब्द  निकै  प्रचलित  छ,  ग्यारेन्टी।  सबै  डाक्टर  यो  शब्दबाट  आतंकित  छन्।  ’डाक्साब, ग्यारेन्टी।।। ठिक हुन्छ होइन त?’हाम्रो  ज्ञान,  विवेक  र  शिक्षामा  यो  ग्यारेन्टी  कतै  पढिएन। त्यसैले सुन्दै अचम्म लाग्छ। जानेको र भएको सिपको आधारमा बिरामीलाई सकेसम्म सहयोग गर्छु भन्ने  मात्र  हाम्रो  अधिकार  हो।  यही  कुरा  सम्झाउन  खोज्दा  बिरामीका  आफन्तले  भन्छन्,  ’ग्यारेन्टी  नभए  हामी ठूलो ठाउँमा लैजान्छौं।’ ग्यारेन्टीले  केवल  एक  समूहलाई  फाइदा  गरेको  छ। ग्यारेन्टीका साथ पाइल्स, फिस्टुला, जन्डिसवाला ठगहरुलाई।  बिरामीको  त  अनावश्यक  रिफर  भएर  पैसा,  स्रोत  र  ज्यानसमेत  जाने  गरेको  छ।  रिफर  गर्न  नेपाको सवालमा कम्तीको ६ घन्टा समय बर्बाद हुन्छ। उक्त अवधिमा विष सेवन गरेका वा टाउकोमा चोट लागेका  बिरामीको  त  निधन  नै  भइसक्ने  सम्भावना  हुन्छ।इमर्जेन्सीसँग अर्को घटना पनि छ।एक  अधबैंसे  जस्ता  मानिस  कराइरहेका  छन्,  ’बिरामी  ल्याएको  यत्रोबेर  भयो,  मेरो  बच्चालाई  सन्चो भएन ।’ मैले उनको कागज झिकेर हेरेँ, अर्कै विभागको रहेछ। ल्याएको आधा घन्टा भएको रहेछ। रोग  थियो,  सिकिस्त  निमोनिया।  रगत  जाँच  गरेको  रिपोर्ट  नै  आएको  थिएन।  बच्चालाई  ज्वरो  आएको  एक  हप्ता  भएको  रहेछ।  सिकिस्त  भएको  तीन  दिन।  के सम्झाउने के नसम्झाउने, म अक्क न बक्क भएँ। अर्की  एक  महिला  छिन्  मेरो  चिनजानको।  खुट्टाको नसा सड्कियो भनेर न्युरो सर्जनकहाँ गइछन् तर  सर्जनले  हेर्न  मानेनन्  भनेर  ती  महिला  रिसाइन्।  जबकि न्युरो सर्जनले यो हाडजोर्नीको केश हो भनेर अर्कै डाक्टरकहाँ पठाएका रहेछन्। उनले काठमाडौँका सबै न्युरो सर्जरी पसल चहारेर अन्त्यमा हाडजोर्नीकै डाक्टरबाट  औषधि  खाइन्  र  जाती  पनि  भइन्।  यही  घटनाले  जनाउँछ,  डाक्टर  ब्रान्ड  चहार्ने  पनि  ठूलो  समुदाय छ हाम्रो देशमा।महामानव होइनन् डाक्टरहाम्रो   समाजमा   चिकित्सा   क्षेत्र   काल्पनिक   देवत्वको फिलोसोफीबाट पेसाको रुपमा स्थापित हुँदै गरेको  पेसा  हो।  सबै  पेसामा  समाजको  प्रतिनिधित्व  हुन्छ। समाज निरपेक्ष राम्रो वा नराम्रो हुँदैन। चिकित्सा पेसामा पनि समाजकै प्रतिबिम्ब देखिने हो, राम्रो वा नराम्रो।  जब  मुटुको  ढुकढुकी  बढेर  स्वास  रोकिने  बेलामा  मृत्युको  आहतको  आभास  हुन्छ,  त्यो  बेला  मान्छेले (त्यो स्वयं डाक्टर नै किन नहोस)  उच्चारण गर्ने शब्द अस्पताल नै हो। मृत्यु र यमराजको बीचमा पहरेदार भएर उभिने डाक्टर नै हो। आजको मितिसम्म एक डाक्टरले छातीमा हात राखेर  भन्दा,  बिरामीको  पीडा  देखेर  झट्ट  मनमा  आउने पहिलो सोचाइ उपचार र बिरामीको जीवन नै हो। फाइदा कहीँकतै हुँदै होइन।जसरी असललाई मण्डप र खराबलाई जेलको छुट्टाछुट्टै  व्यवस्था  छ,  चिकित्सा  लगायत  हरेक  पेसामा  त्यो  आवश्यक  छ।  तर  समग्र  पेसालाई  मन  पर्दा देवत्वकरण वा चित्त नबुझ्दा दानवीकरण गरिनु हुँदैन। डाक्टर विशेष शिक्षा र सिप भएको मानव नै हो तर महामानव होइन। सबैको दिमागको एउटा भूल वा कमजोरी के  भने, जुन घटना आफ्नो दिमागले सुझाउन सक्दैन वा चित्त बुझ्दैन, त्यसलाई अर्काको गल्तीको  रुपमा  बुझिदिने  र  प्रस्तुत  गरिदिने  प्रवृत्ति  छ।  एउटा  भनाइ  नै  छ  (  There  are  three  sides  of  an  arguement,  my  side,  your side and the right side )

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...