Thu, 15 Nov 2018
ताजा समाचार
दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ ||
जातीय सामाजिक संरचनाः एक दृष्टिकोण

चैत्र २०, २०७४

  •                          रोशन जनकपुरी

 कुनैबेला सत्तासोपानमा राजा, गुरु, सेनापतिपछि स्थान पाउने रथकार अर्थात्र डकर्मी (बढई), कामी (लोहारहरु) पछि गएर शुद्र अर्थात् निम्नश्रेणीमा झरे भने समाजमा अक्षरको विकासपछि जन्मेका कायस्थहरु शास्त्रमा पञ्चम् वर्ण भनिएपनि आफ्नो क्षमता र राज्यको आवश्यकता अनुरुप निम्न श्रेणीबाट शुरु गरेर शासनको माथिल्लो श्रेणी र मनुको वर्णाश्रम व्यवस्थामा दोस्रो क्षत्रीयसम्मको यात्रापनि गरे । इतिहासको अध्ययनले के देखाउँंदछ भने बेला–बेलामा राजनीतिक र सामाजिक हैसियतको आधारमा जातिहरुको समायोजन र स्तरीकरणको काम राज्यले गर्ने गरेको छ । दशौँं–एघारौँं शताब्दीमा भारतको राजस्थान प्रान्तको माउन्टआबूमा एउटा यस्तै आयोजनमा बाहिरिया (ब्रात्य) शक (खस?) हरुलाई हिन्दूधर्ममा समावेश गरिएको थियो ।

नेपाली   समाजमा   जात   (कास्ट)   एउटा  सामाजिक  यथार्थ  हो  ।  कुनै  बेला  शासकीय  र  सामाजिक  आवश्यकताको  कारण  विकसित  भएको  जात  वर्तमानमा  आफ्नो औचित्य गुमाउँंदै गएपनि समाजिक संरचनामा  शासकीय  वर्चस्व  र  स्वार्थको  रक्षा  गर्न  यसले  समाजमा  अझै  बलियो  पकड  बनाएको  देखिन्छ  ।  यद्यपि  जातीय  सोपान   र   यसको   आधारमा   विद्यमान   भेदभावलाई गलत भन्दै जातीय संरचनाको अनावश्यक  रहेको  भन्दै  यसको  चौतर्फी  आलोचना  समेत  भएकोपनि  यथार्थ  नै  हो । वास्तवमा वर्तमानमा देश र समाजको अग्रगामिताको  निम्ती  नेपाली  समाजमा  जातीय  संरचना  एउटा  महत्वपूर्ण  बाधक  हो । केही आदिवासी जनजातिहरु बाहेक सामाजिक संरचनामा जातीय प्रभाव सम्पूर्ण देशमा पाइन्छ, तरपनि देशका दक्षिणी भाग समथर  मैदानी  क्षेत्र  जसलाई  तराई–मधेश  भनिन्छ,  त्यहाँंको  सामाजिक  संरचनामा  यसको प्रभाव जब्बर छ । नेपालको   सम्विधानले   आफूलाई   धर्मनिरपेक्ष   जस्तै   जाति   निरपेक्षपनि   धोषित गर्दछ । यद्यपि यसका कयौँं धारा अझै  कर्मकाण्डीय  छन्  र  प्रकारन्तरले  जातीय सापेक्ष छन् । जेहोस् नैतिकरुपमा सार्वजनिक      जीवनमा      जातिगत      धारणा   र   व्यवहारहरु   आलोच्य   नै   छन्  ।  त्यसैले  राजनेताहरु,  सम्वैधानिक  प्रमुखहरु    र    सार्वजनिक    जीवनका    विविध      आयामको      व्यक्तित्वहरु      आफूलाई जातीय छापबाट अलग राख्ने प्रयास  गर्ने  गरेको  पाइन्छ  ।  तर  विगत  केही  वर्षदेखि  यस  स्थितिमा  परिवर्तन  आएको  देखिन्छ  ।  एकातिर  समाजमा  जातीय  संरचनाको  बलियो  उपस्थिति  र    अर्कोतिर    चुनावको    राजनीतिले    राजनैतिक  र  सामाजिक  आयामलाई  घातकरुपमा प्रभावित गरेको छ । भाषणमा जातीयविभेदको    आलोचना    गरेपनि    राजनैतिक  र  सम्वैधानिक  व्यक्तित्वहरु  समेत       जातीय       आयोजनहरुमा       सामेल   हुनेगरेको   पाइन्छ   ।   समाजमा   जातीय    संरचनाको    प्रभाव    बलियो    हुँंदासम्म   यस   भावनाबाट   आफूलाई   मुक्त   राख्न   कठिन   नै   हुन्छ   (यद्यपि   देश  र  समाजको  अग्रगामिताको  निम्ती  यो  आवश्यक  छ  ।)  तर  सार्वजनिक  जीवनका  व्यक्तित्वहरुले  न्यूनतम्  पदमा  रहुन्जेल यस प्रकारका आयोजनबाट बच्नु नै  श्रेयस्कर  हुन्छ  ।  प्रायः  हरेक  जातिका  आ–आफ्ना    जातीय    संगठनहरु    छन्,    जसले राजनैतिक–सामाजिकरुपमा आफ्नो उपस्थिति  देखाउन  बेला–बेलामाकार्यक्रम  आयोजन गर्ने गर्दछ । सम्बन्धित जातिका राजनेताहरु   वा   महत्वपूर्ण   व्यक्तित्वहरु   त्यसमा   सामेल   हुने   गर्दछन्   ।   भर्खरै   राजबिराजमा   कायस्थ   जातिको   संस्था   चित्रगुप्त   सेवा   समितिको   स्वर्णजयन्ती   समारोहको उद्घाटन गर्न प्रदेशनम्बर दुइका प्रदेशप्रमुख  गएका  थिए  ।  यस  जातीय  आयोजनमा    बहालबाला    न्यायाधीश,    प्रतिनिधिसभा        र        प्रदेशसभाका        सांसदहरु  समेत  सामेल  भए  ।  हुन  त  व्यक्तिगत्रुपमा   प्रदेशप्रमुख,   न्यायाधीश   वा  सांसद  आदि  सार्वजनिक  जीवनका  महत्वपूर्ण   व्यक्तित्वहरु   जातीय   भावना   राख्छन्–राख्दैनन्,  त्यो  उनको  वैयक्तिक  प्रश्न  हो,  तर  सार्वजनिकपदमा  यथा  ः  प्रदेशप्रमुख, न्यायाधीश वा राजनेता जस्ता सार्वजिनिकपदमा   बस्दा   नैतिकरुपमा   भने  प्रश्न  अवश्य  खडा  हुन्छ  —  के  यिनीहरु  जाति  विशेषका  मात्र  हुन्  वा  सबैका  हुन्  ?  प्रसंगवश्  यहाँं  चित्रगुप्त  सेवा  समितिको  चर्चा  गरियो,  होइन  भने  यो  स्थिति  सबैतिर  छ  ।  राष्ट्रपति,  प्रधानमन्त्री वा मन्त्रीहरु कुनै महारुद्री वा कुनै धर्मविशेषको प्रवचक वा मुल्लाको प्रवचन वा मजलिस, वा त्योहारमा सामेल हुन  जान्छन्  त्यहाँंपनि  यो  प्रश्न  समान  सम्वेदनशीलताका  साथ  खडा  हुन्छ  ।  त्यसोभए के कुनै राजनेताले धार्मिक वा जातीय कार्यमा सामेल हुनुहँंदैन ? यस्तो होइन, देशको चिन्तनको दृष्टिले जातीय पूर्वाग्रहबाट मुक्त हुनसके अति राम्रो हो, तर  धार्मिक  कार्यमा  सामेल  हुनु  न  हुनु  उसको  निजि  चाहनामा  भर  पर्दछ  ।  तर  सार्वजनिकरुपमा  आफ्नो  स्वतन्त्र  छवि  बचाउन सक्नु नैतिकताको दृष्टिले उचित हुने देखिन्छ । तर विविध निहूँंमा खुलेआम प्रयोग  हुँंदैआएको  जातीय  सापेक्षताको  पक्षमा  अब  त  राजनैतिक  तर्कहरुपनि  विकसित  हुँंदैगएका  छन्  ।  पहिचानको  राजनीति   (आइडेन्टीटी   पोलिटिक्स)को     रुपमा     जातीयमुक्तिको     भ्रम     छरिरहेका  वर्गचेत  भन्दा  भिन्न  निरपेक्ष  जातीयआन्दोलनहरुले   उत्पीडितहरुको   सामूहिक     मुक्तिसंघर्षलाई     कमजोर     नै    तुल्याउने    देखिन्छ    ।    जातीय    आयोजनहरुमा   भागलिने   राजनैतिक   र  सामाजिक  व्यक्तित्वहरुलाई  यसले  नैतिक बल पु¥याउँंदछ, जुन प्रकारान्तरले उत्पीडकलाई  नै  सहयोग  पु¥याउंँदछ  ।  वस्तुतः वर्ग संघर्षभन्दा भिन्न पहिचानको आन्दोलनको नाममा रङ्गिएका स्यालहरु आफ्नो  राजनीति  चोखो  गराउँंदछन्  र  श्रमिक  वर्गको  एकतामा  बाधा  पु¥याएर  सुखेन  वैधको  भूमिका  निर्वाह  गर्दछन्  (रामायणमा  सुखेन  वैद्यलाई  लंकाको  यस्तो    सह्ृदयी    चिकित्सककोरुपमा    चित्रित गरिएको छ जस्ले आफ्नो देश र संस्कृतिको शत्रुलाई उपचार गरेर जीवित गर्दछ,  जसकारण  लंकाको  अस्तित्व  नै  समाप्त हुनजान्छ) । अतः श्रमिकवर्ग र आम जनसमुदायबीच  भाईचारको  स्थापनाको  निम्ती   जातिविरोधी   आन्दोलनहरु   र   अभियानहरुको आवश्यकता छ ।तर  महत्वपूर्ण  प्रश्न  छ  ,  वर्तमानमा  जातीय  अवधारणा  चौतर्फी  आलोच्य  भएपनि तथा नैतिक औचित्य गुमाईसकेको भएपनि   सामाजिक   संरचनामा   यस्को   प्रभाव  यति  जब्बर  किन  छ  ?  यसको  जबाब  खोज्न  हामीले  जातिव्यवस्थाको  म्याकेनिज्म  वैज्ञानिकस्तरमा  बुझ्न  जरुरी  छ । जात (कास्ट) विशेषतः हिन्दु धर्मभीडू समाजको  विशिष्टता  हो,  तर  समयको  प्रवाहमा  यस  क्षेत्रमा  बौद्ध,  सिख,  जैन  र  मुसलमान र केही अंशमा हिन्दूबाट कन्भर्ट इसाईहरुमा समेत यसको प्रभाव देखिन्छ । जातको  विकासको  अर्थ–सामाजिकरुपमा  अध्ययन गर्दा के पाइन्छ भने शुरु देखिनै प्रत्येक शासकवर्गले  समाजमा  उत्पन्न  अधिशेष  (सरप्लस, समाजमा आर्थिक बचत) हडप्न जातिव्यवस्थालाई  औजारकोरुपमा  प्रयोग  गरेको पाइन्छ । आजभोलीपनि निर्वाचनको बेला राष्ट्रियस्तरका मीडियाहरुले समेत जसरी जातीय  समीकरणको  आधारमा  राजनैतिक  पार्टीहरुको  बलियो  र  कमजोर  स्थितिको  आकलन   गरेर   मतदाताको   माइन्डसेट   निर्धारित गर्नेगर्दछन् ; र राजनैतिक दलहरुले जातिहरु भित्रको प्रभावशाली व्यक्तिहरुलाई आफूतिर   ल्याएर   भोटब्याङक   निर्माण   गर्नेगर्दछन् , त्यसले यसै सत्यलाई उजागर गर्दछ ।आमचिन्तनमा      जाति      एउटा      निरपेक्ष    धारणा    रहेपनि    यथार्थमा    यो   एउटा   गतिशील   संस्था   हो   जुन   उत्पादनको    साधन    र    उत्पादनमाथी    वर्चस्वको  निम्तीको  एतिहासिक  संघर्षमा  आवश्यकतानुसार  स्वरुप  परिवर्तित  हुँंदै  आएको  छ  ।  यथा  ;  कुनैबेला  कर्ममा  आधारित   जातहरु   जन्ममा   आधारित   व्यवस्थामा परिणत भए । यतिमात्र होइन सत्ताको  संरचनामा  हैसियत  प्राप्त  गरेसंगै  सामाजिक  सोपानहरुमा  परिवर्तन  समेत  हुँंदैगयो  ।  कुनैबेला  सत्तासोपानमा  राजा,  गुरु,  सेनापतिपछि  स्थान  पाउने  रथकार  अर्थात्र डकर्मी (बढई), कामी (लोहारहरु)पछि  गएर  शुद्र  अर्थात्  निम्नश्रेणीमा  झरे  भने   समाजमा   अक्षरको   विकासपछि   जन्मेका   कायस्थहरु   शास्त्रमा   पञ्चम्   वर्ण भनिएपनि आफ्नो क्षमता र राज्यको आवश्यकता अनुरुप निम्न श्रेणीबाट शुरु गरेर  शासनको  माथिल्लो  श्रेणी  र  मनुको  वर्णाश्रम व्यवस्थामा दोस्रो क्षत्रीयसम्मको यात्रापनि   गरे   ।   इतिहासको   अध्ययनले  के  देखाउँंदछ  भने  बेला–बेलामा       राजनीतिक       र     सामाजिक     हैसियतको     आधारमा          जातिहरुको          समायोजन   र   स्तरीकरणको   काम   राज्यले   गर्ने   गरेको   छ  ।  दशौँं–एघारौँं  शताब्दीमा  भारतको   राजस्थान   प्रान्तको   माउन्टआबूमा    एउटा    यस्तै    आयोजनमा   बाहिरिया   (ब्रात्य)   शक   (खस?)  हरुलाई  हिन्दूधर्ममा  समावेश  गरिएको  थियो  ।  नेपालको  इतिहासमा  लिच्छवीकालमा,     मल्लकालमा     र     राणाकालमा     पारम्परिक     हिन्दूइतर     समुदायलाई हिन्दू जातिसमुदायमा हैसियत अनुसार   समायोजन   अथवा   स्तरीकरण   गरिएको हो । जाति   शब्दको   प्रयोग   प्राचीनतम्   पौराणिक  ग्रन्थमा  पाइएपनि  यो  आजको  जातभन्दा  पृथक  अर्थमा  प्रयोग  गरिएको  छ  ।  जस्तै  न्यायसूत्रमा  भनिएको  छ  —।।।समान  प्रसवात्मिका  जातिः’  अर्थात्  समानरुपमा  जन्मेकाहरु  जाति  हुन्  ।  यस  अर्थमा  पृथ्वीका  सबै  मानिसहरु  एक  जाति  हुन्,  किनभने  सबै  मानिसहरु  एकै  प्रकारले  आमाको  गर्भबाट  जन्मन्छन्  ।  सम्भवतः यसै उदार भावलाई प्रतिबिम्बित गर्न  ।।।वसुधैव  कुटुम्बकम्’  अर्थात  सम्पूर्ण  विश्व  नै  एउटा  परिवार  हो  जस्तो  वैदिक  महावाक्य रचिएको होला । तर शासकको स्वार्थले यसलाई उदार रहन दिएन । हामीले वर्तमानमा   भोगिरहेको   जाति   व्यवस्था   अनुमानतः   इसाको   प्रथम   शताब्दीतिर   रचिएको  मनुस्मृतिमा  आधारित  वर्णाश्रम  व्यवस्थाबाट विकसित सामाजिक व्यवस्था हो   ।   त्यसैले   वर्तमान   जात   (कास्ट)गत्सामाजिकव्यवस्था जात र वर्णव्यवस्था दुबैको   सामाजिक   असमानता   व्यक्त   गर्दछ । यथा ः वर्तमानका जात (कास्ट)हरु व्राह्मण,  क्षत्रीय,  वैश्य  र  शूद्र्रगत  समुदायमा  विभक्त  छन्  ।  वस्तुतः  यसले  प्रारम्भदेखिकै  वर्गसंघर्षलाई प्रतिविम्बित गर्दछ । अधिकांश पहिचानवादी    विचारकहरुले    जातगत    संरचनालाई     ब्राह्मणवादको     उपज     मानेका छन् । तर यो अर्धसत्य मात्र हो । जातगत  व्यवस्था  सामन्तवादी  शासन  र  ब्राह्मणवादको संयुक्त उपज हो । किनभने समाजमा  व्राह्मणवादको  अभ्युदयभन्दा  पूर्वदेखि नै समाजमा जातगत् संरचनाको अस्तित्व  देखिन्छ  ।  जातगत्  व्यवस्थामा  यहाँंको आर्थिक–सामाजिक र राजनीतिक संघर्षहरु   अर्थात्   समग्रमा   वर्गसंघर्ष   अभिव्यक्त हुँंदैआएको पहिले नै भनियो । ब्राह्मणले  जाति  व्यवस्थालाई  अथवा  यसमा    रहेका    विभेदलाई    वैधिकृत    गर्ने  र  तत्कालीन  शासनानुकूल  बनाउने  काम  मात्र  गरे  ।  उनले  शुद्धता,  प्रदूषण  र  पितृसत्तामा  आधारित  जातिव्यवस्थालाई  बैध  बनाउन  शासकवर्गलाई  वर्चस्वशील  विचारधारा  प्रदान  गरे  ।  प्रारम्भमा  जाति  समुहहरु   विवाहकोमामिलामा   स्वतन्त्र   रहेपनि इसाको पाँंचौदेखि बाह्रौँंशताब्दीको अवधिमा  जातिसमूहहरुमा  अन्तर्विवाही  व्यवस्था  कठोररुपमा  गरिएको  देखिन्छ  ।  यसै कालखण्डमा जातिसमूहहरुमा जातगत अनुशासन कडा पारियो । शूरुमा जातिबाट निष्कासनको   अर्थ   थियो   पेशा   वा   जीविकोपार्जनबाट  बहिष्किृत  हुनु,  अतः  जातगत अनुशासनहरु कानून सरह नै मान्य थिए  ।  तत्कालीन  शासनलेपनि  यसलाई  कानूनसंगत  नै  मानेको  थियो  ।  भारतमा  इसापूर्वका मौर्य आदि र इसापछिका गुप्त, शक, सल्ननत, मुगल तथा हामी नेपालमा लिच्छवी,  मल्ल,  शाह  सबै  शासकवर्गले  यसलाई अपनाएर मलजल गरे । आधुनिक समयमापनि   राजामहेन्द्रको   पञ्चायती   शासन  यस्तै  संकीर्ण  चिन्तनको  उपज  थियो ।जातगत्     व्यवस्थामा     विद्यमान     असमानताले  समाजको  ठूलो  श्रमजीवि  हिस्सालाई  शूद्रमा  धकेल्दछ  भने  शासक  नजिकका    जातिहरुलाई    ब्राह्मण    र    क्षत्रीयसमूहमा  राख्दछ  ।  तर  समाजको  अर्थराजनीतिक    सम्बन्ध    र    अवस्था    हेरफेरको  कारण  पारम्परिकरुपमा  ब्राह्मण  र  क्षत्रीय  समुदायमा  समेत  आर्थिकरुपमा  पिछडिएका तथा आर्थिकरुपमा उत्पीडनमा परेकाहरु छन् । जाति    व्यवस्थामा    निरन्तरता    र    परिवर्तनशीलता विद्यमान रहेकोपनि पहिले नै  भनियो  ।  यसैको  परिणाम  हो  कि  कुनै  समयमा  शूद्रमा  गनिने  जातिहरु  आज  धनी  किसानहरुको  मध्यजातिमा  स्थापित  छन्  र  राजनैतिक–सामाजिकरुपमा  यी  जातिहरुको  उभार  समय–समयमा  सामुन्ने  आउने  गर्दछ  ।  तर  यथार्थ  के  छ  भने  यी  किसानजातिहरुको  ठूलो  हिस्सा  रसातलको  जीवन  भोग्दैछ  भने  सानो हिस्सा मौजमस्तीमा डूबेको छ । अहिले दुईनम्बर  प्रदेशको  राजनीतिमा  यसको  सटिक  उदाहरण हेर्न सकिन्छ । जहाँं हिजोसम्म शूद्रमा गनिएका जातिहरु आन्दोलनको बलमा सत्तामा त पुगेका छन्, उनिहरुले जातीय गर्व र जातीय एकताको नारा त दिन्छन् तर शासनको स्तरमा उही पुरानै असमान जातगत शासन संरचनालाई प्रश्रय  दिईरहेका  छन्  र  आफ्नै  जातिहरुका  बहुसंख्यक    श्रमजीविहरुमाथी    शासन    गरिरहेका  छन्  ।  उनिहरु  ब्राह्मणवादको  विरोधमा     उग्र     नारा     उचालेपनि     नीतिगतरुपमा  नयाँं  शासकवर्गमा  परिणत  हुँंदैछन् । हिन्दू      वर्णाश्रममा      आधारित      जातीय   संरचनाको   एउटा   विशिष्टता   के  हो  भने  एतिहासिक  क्रममा  यसले  सामाजिक  सोपानको  अन्तिम  सोपानमा  विशालमात्रामा श्रमजीविहरुलाई थुपारेको छ, जसलाई हामी दलितको रुपमा चिन्छौँं । यसको अर्को नकारात्मक परिणति के हो भने दलितको बहुसंख्यक हिस्सा सर्वहारा वा  मजदूरवर्गमा  सामेल  छन्  ।  विविध  जातहरुमा       विभाजित       दलितहरु       समायोजितरुपमा     देशका     सबैभन्दा     बहुसंख्यक श्रमिक जातिसमुदाय हुन् जुन सबैभन्दा  ठूलो  जातिसमूहपनि  हो  ।,  तर  विविध जातमा विभाजित भएको हुनाले दलितसमुदाय       अल्पसंख्यकसमुदाय       गनिएको  हो  ।  दलितसमुदाय  अन्तिम  अर्थमा  उत्पीडन  र  भेदभावमा  परेको  श्रमिकसमुदाय नै हो ।

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...