Wed, 18 Jul 2018
ताजा समाचार
डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ || विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ ||
मधेसमा ऊर्जा व्यवस्थापन

चैत्र २१, २०७४

  •               सञ्जय मित्र

 मधेसका बिजुली चोरी एउटा ठूलो रोग हो । घरमा बिजुलीको मिटर राखेर पनि तारमा हुकिङ गरी बिजुली चोरी गर्नेहरु छन् भने जानी जानी बिजुलीको मिटर नलिने तर चोरीको बिजुली दिन र रात गरी बालिरहने केही शिक्षित वा दबंगहरु पनि नभएका होइनन् । बिजुली चोरीको नियन्त्रण गर्ने वैज्ञानिक आधार भनेको प्रिपेड बिजुली मिटरको व्यवस्था हो ।

विषय  वा  प्रसंगले  अर्को  अर्थ  नलागेमा  यहाँ  मधेस  भन्नाले  वर्तमानको  नेपालको  नक्साको  प्रदेश  २ लाई बुझाउँछ ।नेपालको  प्रादेशिक  हिसाबले  सबैभन्दा  बढी  घाम  लाग्ने  प्रदेश  मधेस  नै  हो  ।  यहाँको  सम्पूर्ण  भूभागमा  बाह्रै  महिना  घाम  लाग्छ  ।  केही  वर्षदेखि  पुस  वा  माघ  महिनामा  शीतलहरी  चलेर  जनजीवन  प्रभावित हुन्छ तर अन्य महिनामा  भने मज्जाले घाम लागिरहन्छ  ।  ऊर्जाको  दृष्टिले  सबैभन्दा  बढी  ऊर्जा  चाहिने  मौसम,  समय  वा  महिनामा  सबैभन्दा  बढी  घाम  लागेको  देखिन्छ  ।  यहाँ  घामले  जनजीवन  प्रभावित   हुने   कम्तीमा   चार   महिना   हुन्छ   ।   वैशाखदेखि साउनसम्मको घाम खपिनसक्नु हुन्छ । यसकारण  सकेसम्म  घामको  उपयोग  गरिनु  ज्यादै  फलदायी हुन्छ । अर्थात् ऊर्जाको उत्पादन घामबाट पनि  गर्न  सकिन्छ  ।  शौर्य  ऊर्जा  निकाल्नतिर  बढी  ध्यान जान सक्यो भने घामले सताउने मात्र नभएर सबै  किसिमको  शीतलता  प्रदान  गर्न  सम्भव  छ  ।  यहाँसम्म कि सम्भव भएसम्म शौर्य ऊर्जाबाटै हरेक खेतलाई  सिंचाइको  व्यवस्था  गर्दा  राम्रो  ।  शौर्य  ऊर्जाको उपयोग यदि कृषिमा गरिन्छ भने सबैभन्दा बढी फाइदा यो प्रदेशलाई नै हुन्छ । मधेस प्रदेशमा सबैभन्दा सजिलो ऊर्जाको स्रोत नै शौर्य ऊर्जा हो । दिउँसो  बढी  घाम  लाग्ने  वेलामा  घरमा  बसेकालाई  मात्र नभएर खेतको बालीलाई पनि बढी शीतलता चाहिने हुन्छ, यही शौर्य ऊर्जाले शीतलता दिने हुन्छ । शौर्य ऊर्जाको उपयोग अत्यधिक हुन थालेपछि खेत पनि  हराभरा  हुने  र  गर्मीको  प्रकोप  पनि  कम  हुने  हुन्छ । जल विद्युतको सम्भावना ज्यादै कम भएको मधेस प्रदेशलाई ऊर्जाको क्षेत्रमा आत्म निर्भरताको लागि सबैभन्दा सजिलो माध्यम घामको उपयोग गर्नु नै हो । घरायसी कामदेखि खेतको कामसम्म घामको बिजुली  उपयोग  हुने  अवस्था  आएमा  यस  प्रदेशले  विकासको क्षेत्रमा नयाँ फड्को मार्ने कुरामा अलिकति पनि शंका छैन । प्रकृतिले मधेसलाई दिएको घाम नै वरदान साबित हुन सक्छ ।शौर्य  ऊर्जा  केही  झन्झटिलो  र  लामो  प्रक्रिया  लाग्ने  तथा  तुलनात्मक  रुपमा  महँगो  किसिमको  उत्पादन  हो  ।  तर  आजभोलि  ऊर्जाको  उपयोग  बढ्दै गएको र हरेक वर्ष हरेक क्षेत्रमा ऊर्जाको माग बढ्दै  गइरहेको  सन्दर्भमा  ऊर्जाको  व्यवस्थान  गरिनु  आवश्यक  छ  ।  शौर्य  ऊर्जाको  विकल्प  छैन  तर  मधेसको  प्रायः  सबै  जिल्लामा  चिनी  उद्योगहरु  संचालनमा  रहेका  छन्  ।  चिनी  उद्योगहरुले  आफ्नै  ऊर्जा  उत्पादन  गरेर  उद्योगलाई  चलाएको  देखिन्छ  ।  हुन त चिनी उद्योगको ऊर्जाले मधेसलाई पुग्छ भन्न खोजिएको  होइन  तर  ऊर्जाको  एउटा  भरपर्दो  स्रोत  मधेसका चिनी उद्योगहरु हुन सक्छन् । भारतमा चिनी उद्योगले बिजुली उत्पादन पनि गर्ने गरेको देखिएको छ  ।  अन्य  देशमा  पनि  यस  प्रकारको  व्यवस्था  रहेको सुनिन्छ । चिनी उद्योग संचालन रहेको समयमा उत्पादन गर्ने बिजुलीको क्षमता विस्तार गरेर र चिनी उद्योगले  उत्पादन  गरेको  बिजुली  राज्य  सरकारले  खरिद गरेर प्रदेशका नागरिकलाई बाँड्ने हो भने यसले धेरै हदसम्म ऊर्जाको मागलाई थेग्न सक्छ । सामान्यता चिनी उद्योग संचालन हुने महिना भनेको मंसिरदेखि चैतसम्म  हो  ।  यस  अवधिमा  नदीको  बिजुलीको  उत्पादन घट्ने हुन्छ तर चिनी एद्योगको उत्पादन बढ्ने हुनाले माग र आपूर्तिबीच पानीको बिजुलीले देखाउने असन्तुलनलाई चिनी उद्योगको बिजुलीले सन्तुलनमा ल्याउने  निश्चित  छ  ।  मधेसका  विभिन्न  जिल्लामा  रहेका  चिनी  उद्योगको  बिजुली  उत्पादन  गर्ने  क्षमता  निकै रहेको देखिन्छ । उद्योगीहरु आर्फैले विद्युतीकरण गर्न  सम्भव  वा  उपयुक्त  देखिँदैन  ।  यसकारण  चिनी  उद्योगबाट  उत्पादन  हुने  बिजुलीलाई  प्रदेशले  किनेर  प्रसारण  लाइनमा  जोड्न  सक्छ  ।  यसले  बिजुली  उत्पादकलाई  सजिलो  बनाउँछ  भने  प्रदेशले  पनि  बिजुली उत्पादक चिनी उद्योगहरुलाई प्रोत्साहन दिन सजिलो हुन्छ । दोहोरो फाइदा हुने वा दोहोरो सजिलो हुने काम हुने देखिन्छ चिनी उद्योगको बिजुली प्रदेशले किन्न  सकेमा  ।  हैनभने  अहिलेको  अवस्थामा  चिनी  उद्योगहरुको  ऊर्जा  खेर  गइरहेको  देखिन्छ  ।  एकातिर  प्रदेशमा  बिजुलीको  कमी  रहेको  छ  भने  अर्कोतिर  बिजुली  खेर  जाने  अवस्था  पनि  रहनु  सुखद  पक्ष  होइन ।मधेसका  बिजुली  चोरी  एउटा  ठूलो  रोग  हो  ।  घरमा बिजुलीको मिटर राखेर पनि तारमा हुकिङ गरी बिजुली चोरी गर्नेहरु छन् भने जानी जानी बिजुलीको मिटर  नलिने  तर  चोरीको  बिजुली  दिन  र  रात  गरी  बालिरहने  केही  शिक्षित  वा  दबंगहरु  पनि  नभएका  होइनन्  ।  बिजुली  चोरीको  नियन्त्रण  गर्ने  वैज्ञानिक  आधार  भनेको  प्रिपेड  बिजुली  मिटरको  व्यवस्था  हो  ।  सिधै  तारबाट  बिजुली  चोर्दा  बल्दै  नबल्ने  वा  कुनै काम नलाग्ने व्यवस्था गर्दा झन् राम्रो । कतिपय मुलुकमा यस प्रकारको व्यवस्था भएको सुनिन्छ कि कसैले कति रुपैयाको बिजुली रिचार्ज गर्छ, उसको त्यत्तिको बिजुली रिचार्ज सकिएपछि आफैँ बिजुली बन्द हुन्छ । अर्थात् पहिले भुक्तानी गरेबमोजिमको बिजुली  मात्र  मिटर  भएर  घरमा  आउँछ  ।  जसरी  प्रिपेड मोबाइलमा जतिको रिचार्ज भरिन्छ, त्यत्तिको मात्र कुरा गर्न वा नेट चलाउन पाइन्छ, यस्तै सिस्टम बिजुलीको  मिटरको  पनि  हुन्छ  ।  अब  मलाई  यति  कुरा  गर्नु  छ  र  मेरो  मोबाइलमा  यति  मात्र  रिचार्ज  छ  भन्ने  कुराप्रति  हरेक  ग्राहक  सचेत  भएजस्तै  बिजुलीको   प्रश्नमा   पनि   यदि   प्रिपेड   मिटरको   व्यवस्था हुन सक्छ भने चोरी आफैँ नियन्त्रण हुन्छ । हैनभने बिजुलीको चोरी निकै सहज भइसकेको छ । वर्षौँदेखि बिजुलीको चोरी गर्नेहरु पनि छन् । कतिपय जिल्लामा  ६७  प्रतिशत  बिजुली  चोरी  हुने  गरिएको  पनि  सुनिन्छ  ।  माथिबाट  टाइट  भएपछि  बिजुली  विभागका  मानिसले  चोरी  नियन्त्रण  गर्न  कसिन्छन्  हैनभने  बिजुली  दिउँसोभरि  पोलमा  बलिरहोेस्  कि  बिजुली   चोरेर   पम्पिंगसेट   चलाओस्,   कसैलाई   मतलब  हुँदैन  ।  बिजुली  चोरको  विरुद्ध  केही  बोल्ने  हिम्मतसम्म  हुँदैन  किनभने  अनेक  किसिमले  यस्ता  मानिसहरु  बलिया  हुन्छन्  ।  बलियाको  विरोध  गर्ने  हिम्मत कसको ?मधेसमा बिजुली उत्पादनको आधार धेरै कमजोर छ  तर  बिजुलीको  खपत  र  व्यवस्थान  केही  जटिल  छन्  ।  गाउँमा  घरहरु  गुजुमुज्ज  परेका  हुन्छन्  जसले  गर्दा  दिउँसो  बिजुली  चोरेको  चेक  गर्ने  गाडी  जान  सजिलो  हुँदैन  भने  राती  कसले  चोरी  गरेको  छ  भन्ने  कुरा  ठम्याउन  निकै  अप्ठ्यारो  हुन्छ  ।  दोस्रो  समस्या के हो भने बिजुली चोरेको हो भन्ने सूचना कसैले  पनि  दिन  चाहँदैनन्  ।  बिजुली  चोरी  गरे  पनि  र सबैले देखे पनि कोही पनि सम्बन्धित निकायलाई जानकारी दिँदैनन् । अर्को कुरो के पनि देखिएको छ भने  बिजुलीको  पोलमा  दिनभर  बिजुली  बलिरहँदा  पनि  कसैले  निभाउँदैनन्  ।  जसले  गर्दा  बिजुली  खेर  गइरहेको हुन्छ स्वाभाविक रुपमा । एकातिर बिजुली खेर जानु र अर्कोतिर बिजुलीको चोरी हुनु दुवै चाहिँ नकारात्मक  कुरा  हुन्  तर  दुवैको  नियन्त्रण  सामान्य  तरिकाले  सम्भव  छैन  ।  बिजुलीको  चोरी  गर्नुलाई  त  कतिपयले  आफ्नो  शानको  कुरा  भन्ठान्छन्  ।  जहाँ  चोरी  गर्नु  पनि  प्रतिष्ठा  हो  भने  नियन्त्रण  साँच्चिकै  चुनौती  हुन्छ  नै  ।  वर्तमान  परिवेशमा  ऊर्जासम्बन्धी  नीति मधेसले निर्धारण गर्दा बिजुली चोरीलाई ठूलो अपराधको श्रेणीमा राख्नुपर्ने देखिन्छ । हो बरु विपन्न समुदायलाई अझ सस्तोमा बिजुली उपलब्ध गराउने योजना ल्याउन सकिन्छ, बिजुलीको मिटर लिनलाई धेरै  दिनको  सट्टा  एकै  दिनमा  निवेदन  लिएर  घरमा  फिटसम्म  गरिने  व्यवस्था  गरिनुपर्छ  ताकि  मिटरको  झन्झटिलो प्रक्रियाको कारण बिजुली चोरी नियन्त्रण हुन सकोस् साथै बिजुलीको चोरी नियन्त्रणका लागि अन्य  उपाय  पनि  अबलम्बन  गर्नु  आवश्यक  छ  ।  बिजुलीमाथि सबैको अधिकार सुनिश्चित हुने उपाय भनेको पनि चोरी नियन्त्रण गरी गरिबलाई अझ सस्तो दरमा बिजुली उपलब्ध गराउन सक्नु हो ।ऊर्जा    अभावको    समस्यालाई    दीर्घकालीन    समाधान  गर्नु  अहिलेको  आवश्यकता  हो  ।  राज्यले  देशको  कुनै  पनि  कुनामा  लोडसेडिङ  छैन  भन्छ  तर  मधेसको  अधिकांश  जिल्लामा  हरेक  साँझ  बिजुली  जान्छ । कहिले आधा घन्टा त दुई घन्टासम्म बिजुली आउँदैन । बिहान, दिउँसो र बेलुकी जुन कुनै बेला पनि बिजुली आउने र जाने गरिरहन्छ । यसको विषयमा पनि सर्वसाधारणले  सजगता  खोजेका  छन्  ।  बिजुलीको  स्थानीय कार्यालयलाई लोडसेडिङको विषयमा सोध्दा जानकारी नै छैन भन्छ, जिल्लालाई सोध्दा माथिबाटै लाइन  छैन  भन्छन्  र  माथि  सोध्दा  स्थानीयको  काम  होला  भन्छन्  ।  माथिदेखि  तलसम्म  जहाँबाट  भए  पनि  आखिर  उपभोक्ताले  अँध्यारोमा  बस्नुपर्ने  वा  बिजुलीको  माध्यमले  हुने  कामलाई  रोकेर  बस्नुपर्ने  हुन्छ । दुवै अवस्थाले प्रदेशको विकासको गतिलाई रोकेको हो कि ?

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...