Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
हिन्दीलाई राजयोग सुलभ होस्

चैत्र २२, २०७४

  •       बालकेश्वर ठाकुर  ,  सह प्रध्यापक, रा.रा.ब.क्याम्पस

 भौगोलिक र जातिय संकीर्णता बोकेको संसारको कुनै  पनि  भाषा  सर्वगतत्व  प्राप्त  गर्न  सक्दैन,  र  त्यो  राष्ट्र  भाषा  पनि  हुन  सक्दैन  ।  संसारभरि  ६५०००  भाषाहरु छन्  ।तर सबै राष्ट्र भाषा हुन सकेका छैनन् । नेपालमा १२३ भाषाहरु अभिलिखित छन् तर हिन्दी वाहेक  अरु  कुनै  पनि  भाषामा  सर्वव्यापकता  छैन  ।  नेपाली,  मैथिली,  भोजपुरी,  मगही÷मगधी,  बज्जिका  आदि जातिय र भौगोलिक विशेषता सूचक भाषाहरु हुन र त्यसैले यिनीहरु मध्ये कुनै सम्पूर्ण राष्ट्रको भाषा बन्न सकेका छैनन ।  जवर्जस्तीको   कुरा   छोडौं   ।   मगर,   तमाङ्ग,   लिम्बू,  खूम्बू  समुदायहरुका  आफ्ना  भाषाहरु  छन्  र  यी  भाषाहरु  तिनीहरुमै  सिमित  छन्  ।  मधेसमा  बस्ने  समुदायहरु एउटै भाषा परिवारका भएकाले भाग्यमानी छन्  ।  मैथिली,  भोजपुरी,  मगधी  बज्जिका  आदिका  जननी  संस्कृत  नै  हो  ।  नेपाली  पनि  विशुद्ध  रुपले  यसै परिवार को छ । तर यस भाषाका प्रयोगकत्र्ताले जवर्जस्ती  सम्पूर्ण  नेपाली  समुदायहरुमा  यो  भाषा  थोपारेर गलती गरेको कुरा नकार्न सकिंदैन ।मधेशका  केही  मुख्य  भौगोलिक  र  जातिय  विशेषता    सूचक    भाषाको    संदर्भ    कोट्याउन    आवश्यक   छ   ।   माडवारीहरुले   बोल्ने   माडवारी   भाषा÷बोली  उनीहरुको  विशेष  पहिचान  हो  ।  अरु  समुदाय र जातिहरुले यस भाषाप्रति सम्मान दर्शाएका छन् र दर्शाउनु पनि पर्दछ ।यो भाषा उहाँहरुको धरोहर हो  भन्ने  कुरामा  दुईमत  हुन  सक्दैन  ।  संसारका  जुन  कुनामा गए पनि उहाँहरुले आफ्नो भाषालाई जीवित राख्नु भएको छ । यो अति अभिनन्दनीय कुरो हो । यसै गरि नढाँटी भन्नु पर्दा मैथिली भाषा खास गरी ब्राम्हण र कायस्थहरुको विशेषता बोकेको भाषा हो भन्नेमा दुईमत  हुनै  सक्दैन  ।  जनकपुर  उप–महानगरपालिका  भित्र संग–संगै जन्मे र हुर्केका ब्राम्हण र कायस्थ भन्दा अरु जातिहरुको आवाज भिन्न पाइन्छ । यो भाषाप्रति अन्य सबै समुदायको समादरपूर्ण भाव हुनु पर्दछ । यी भाषाका  प्रयोगकर्ताहरुले  नै  यो  भूखण्डको  ज्ञानको  दियो  जलाएका  हुन्  ।  तर  यथार्थ  त  यथार्थ  हुन्छ  ।  मैथिलीले  व्यापकता  हासिल  गर्न  सकेको  अवस्था  छैन । यसको प्रसार जनकपुरको पश्चिम भएको छैन । महोत्तरीको पश्चिम र सर्लाहीको पूर्वी भागमा मगधीले यसलाई  छेकिसकेको  छ  ।  बारा,  पर्सा  र  रौतहटमा  सिमित छ भोजपुरी र सर्लाहीमा आएर सेलाई सकेको छ ।सम्पूर्ण मधेसमा क्षेत्रगत र जातिगत विशेषताका आधारमा एउटै भाषा÷बोलीमा भिन्नताहरु छन् ।नेपाली भाषाको अवस्थानेपाली भाषा मगही, मैथिली, भोजपुरी, बज्जिका र अबधी भन्दा पनि कान्छो छ । यो भाषाका जनक भानुभक्त र उनका केही अनुजहरु हुन् । उहाँहरुले संपुष्ट स्वस्थ  बालकको  रुपमा  जन्माएको  नेपाली  संस्कृत  र  हिन्दीको  पढाई  बन्द  हुनासाथै  सबलहुनसकेन  ।  वास्तवमा  नेपालीलाई  नेवार,  तमाङ्ग,  मगर,  लिम्बू,  समुदायहरुले पनि स्वीकार नगरी सकेको अवस्था छ । यी  सब  कुरा  भनि  रहँदा  नेपाली  भाषा  प्रति  अनादर  पैदा  गर्नु  होइन  ।  तर  यथार्थ  त  यथार्थ  नै  हुन्छ  ।  यो  भाषाका स्रष्टाहरु र यसलाई अपनाउने समुदायहरुप्रति हाम्रो अगाध सम्मान छ ।राष्ट्रिय  र  अन्तराष्ट्रिय  भाषा  हुनुका  दुइटा  प्रमुख  आधारहरु  हुन्छन्  ।  पहिलो  त्यस  भाषामा  कलम  चलाउने  कीर्तिकारहरुको  प्रभविष्णुता  एवं  विभुता  र  दोस्रो त्यो भाषाको अनुकूलनशीलताको गुण । अंग्रेजी संसारको अनुज भाषाको श्रेणीमा परेपनि यसका महान लेखकहरुले  यसलाई  राष्ट्रिय  र  अन्तराष्ट्रिय  गौरव  प्रदान  गरे  ।  यो  भाषामा  अनुकूलनशीलताको  अद्भुत  गुणछ  ।  अंग्रेजी  भाषालाई  समृद्ध  बनाउन  उदार  अंग्रेजहरुले  लैटिन,  ग्रीक  र  फ्रेन्च  भाषाहरुबाट  औँधी  मात्रामा शब्दहरु पैंचो लिए । संसारका अरुभाषाहरुबाट पनि शब्दहरु उधारो लिएर आज संसारलाई अन्तराष्ट्रिय भाषा  दिएका  छन्  ।  संख्याको  हिसाबले  भन्ने  हो  भने  चाइनिज  र  स्पैनिश  प्रथम  स्थानमा  रहेपनि  भौगोलिक  र  जातिय  संकीर्णताका  कारणहरुले  गर्दा  यिनीहरु  अन्तराष्ट्रिय भाषाहरु हुन सकेनन ।हिन्दीका विशेषता र अवस्थाहिन्दी स्वयं देवहरुका देव महादेव द्वारा अभिमंत्रित भाषा  हो  भन्ने  कुराको  प्रसंग  यसै  ’जनकपुर  टुडे’  समाचारपत्र मार्फत २०७४ साल माघ १५ गते मैले सोदाहरण प्रस्तुत गरी सकेको कुरा अवगतार्थ सबैमा अनुरोध  छ  ।  यो  लेख  मेरो  त्यो  लेखको  उत्तरकथा  हो । हिन्दी भाषाका प्रमुख जनकहरु गौस्वामी तुलसी दास,  रहीम  र  कबिर  हुन्  ।  यिनीहरु  सम्पूर्ण  विशाल  आर्यावर्तका  प्रवर्तक  हुन्  भन्ने  कुरामा  द्विमत  हुन  सक्दैन । हाम्रो पहिचान भनेकै उहाँहरुका कृतिहरुमा छ । मधेस तुलासीमय,रहीममय र कबिरमय छ भन्ने कुरा शासक वर्गले नबुझे मधेसीले बुझ्ने कि न बुझ्ने ?  उनीहरु  द्वारा  प्रदत्त  भाषा  बोल्ने  कि  न  बोल्ने  ?  यिनीहरुको नाउँमा नेपालमा चौक, शलिकादि न हुनु पर्ने ? बाल काण्डको दोहा नं. ३० (क) र (ख) पढे पछि  हामीलाई  थाहा  हुन्छ  कि  तुलसीदास  नेपालको  वाराह क्षेत्रमा नरहर्यानन्दसंग राम कथा सुनी संसारकै सर्वोत्कृष्ट ग्रन्थ श्री रामचरितमानसको रचना गरे ।भारत विस्तारवादको कपोलकल्पित हौवा खडा गरेर  सम्पूर्ण  मधेसको  पहिचानलाई  मटियामेट  गर्न  कसैले पनि दुःसाहस गर्नु हुँदैन । हिन्दी नेपालको जुन सुकै ठाउँमा बोल्न र बुझ्न सकिन्छ । हिन्दी कुनै जातको भाषा नभई सम्पूर्ण आर्यावर्तको भाषा हो । नेपाली र अंग्रेजी नबुझ्नेका लागि हिन्दी नै ज्ञानार्जनको माध्यम हो  ।  तुलसी,  रहीम  र  कबिर  हाम्रा  हुन्  ।  उनीहरुले  बोलेको भाषा हाम्रो हो । यिनीहरु हाम्रा पहिचान हुन् । तसर्थ हिन्दी राष्ट्र भाषा हुनु पर्दछ 

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...