Tue, 24 Apr 2018
ताजा समाचार
प्रसुती गृह हस्तान्तरण || जन्मदर्ताविहीन बालबालिका पनि विद्यालयमा भर्ना || युरोपमा तहल्का पिट्दै काफ्ले र शिवाकोटि || टिकोला झारेपछि किसान चिन्तित || भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते आउने || गर्भमा छोरी देखिएपछि हत्या || आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी || फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या || प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट || नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु || रोयल च्यालेन्जर्स बैंङ्लोर र किङ्स ईलेभेन पञ्जाव विजयी, आज दुई || काबुलमा आत्मघाती आक्रमण, ३१ जनाको मृत्यु, ५४ जना घाइते || चीनमा डुङ्गा दुर्घटनामा १७ जनाको मृत्यु || डोटी जीप दुर्घटनाः मृतक पाँच || छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली || बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु || विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग || युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने ः मन्त्री तामाङ || जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते || सरकारको देश विकास अभियानलाई कसैले रोक्न सक्दैन ः डा भट्टराई || रु एक करोड भन्दा बढी राजश्व संकलन || उत्तर कोरियाले थप परमाणु मिसाइल परीक्षण नगर्ने || चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु || दुई कर्मचारी घुससहित पक्राउ || हावाहुरीले जनधनको क्षति, विद्युत आपुर्ती ठप्प || पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास || तराईका सशस्त्र समुहहरुलाई वार्तामा आउन आग्रह || सात बर्ष वित्यो दोर्दी खोलामा मोटरेवल पुल बनेन, सम्बन्धित निकायकै || संगीतमा कसरी आए र्‍यापर निर्णय श्रेष्ठ ? मिस नेपाल रोनालीसँग ||
ओलीको भारत भ्रमणः आफ्नै डफली, आफ्नै राग

चैत्र २७, २०७४

  •                         रोशन जनकपुरी

 " प्रचण्ड’ बहुमतको सरकारको प्रधानमन्त्री केपी ओलीको तीनदिने भारत भ्रमणलाई सरकारले सफल भ्रमण भनिरहेको छ । सरकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त झन् ।।।ऐतिहासिक सफल’ नै भनेका छन् । प्रम ओलीको पार्टी नेकपा –एमाले) सम्बद्ध पत्रिकाहरुले त यस भ्रमणमा भारतीय प्रम नरेन्द्रमोदी सामू प्रम ओलीले हेभीवेट प्रदर्शन गरेको भनेर नाक फुलाई रहेका छन् । अर्कोतर्फ भारतमा सरकार नजिकका भनिनेसहित अन्य भारतीय मीडियाहरुमा समेत प्रकाशित समाचारहरुले प्रम ओलीको भ्रमणलाई रुखो हुँंदैगएको नेपालसंगको सम्बन्धलाई पुनः हार्दिकता बदलिएको र खासमा चीनसंग नजिकिँंदै गएको नेपाललाई पुनः भारतको पोल्टामा तान्न सकिएको रुपमा चित्रित गरेका छन् । भारतीय प्रम मोदी र नेपाली प्रम ओलीको हार्दिकता झल्काउने तस्वीर छाप्दै यस भ्रमणलाई आफ्नो क्षेत्रीय प्रतिस्पर्धी चीनलाई कूटनैतिक जबाफको रुपमा कतिपय भारतीय मीडियाहरुले व्याख्या गरेका छन् । प्रम ओलीको भारत भ्रमणभन्दा केही दिन पहिले गत हप्ता चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ल्यु काङ्गले चीनले नेपालबाट स्वतन्त्र परराष्ट्र नीतिको अपेक्षा राखेको भनेका थिए । उनले आफूहरु नेपालको विकासमा सहभागी हुन चाहेको भन्दै नेपाल–चीन–भारत यस क्षेत्रमा महत्वपूर्ण रहेको र संगै काम गर्न चाहेको धारणापनि व्यक्त गरेका थिए । उल्लेखनीय छ चिनिया परराष्ट्र प्रवक्ताको यो धारणा दुईदिन पहिले भारतीय परराष्ट्र मन्त्रालयको यस भनाईको जवाफमा आएको थियो जसमा ।।।दक्षिण एशियामा बढ्दो चीनिया प्रभाव’लाई मध्येनजर गर्दै भनिएको थियो — उनिहरु माल्दिब्स र नेपालमा जे गरिरहेका छन्, त्यसलाई हामी रोक्न सक्दैनौ, तर हामी उनलाई हाम्रो सम्बेदनशीलता र हाम्रो वैधानिक सीमाबारे भनेका छौँं । यसलाई उनिहरुले नाघेभने यो (दई देशबीच) आपसी विश्वास भंग गरेको जिम्मा बेइजिङ्गकै हुने छ । भारत र चीनबीचको यसै ।।।वैधानिक सीमा’ र ।।।रणनैतिक विश्वास’ (स्ट्रेटेजिक ट्रस्ट)को ।।।सम्बेदनशीलता’को बीच प्रम ओलीको भ्रमण भएको हो । यसलाई भारत र चीनका मीडियाहरुले यसै अर्थमा प्रचारित गरिरहेका छन् । यस्तो प्रम ओलीको भारत भ्रमणको अवसरमा पहिलोपटक भईरहेको हो भन्नेपनि होइन । वस्तुतः क्षेत्रीय मामिलामा भारत र चीनबीच बढदै गएको तनाव तथा नेपाली मामिलामा केही वर्षदेखि चीनिया कूटनीति मुखर हुँंदैगएपछि नेपालको हरेक राजनैतिक गतिबिधि तथा राजनयिकहरुको भ्रमण यसरी नै दुईतर्फी कूटनैतिक स्वार्थका आधारमा दुईतिर (भारत र चीन)का मीडियामा विवेचित हुँंर्दैआएका छन् । चीनिया मीडियाको अलि चीसो प्रतिक्रियाको तुलनामा भारतीय पक्ष केही आक्रामक रहँंदै आएकोपनि यथार्थ हो । नेपाली मीडियाको कुरा गर्ने हो भने देशको पराश्रित अर्थ–राजनैतिक अवस्था अनुसार नै छ नेपाली मीडिया, विभाजित । दलाल तथा नौकरशाही पूँंजीवादी अर्थ–राजनीतिकतन्त्रबाट संचालित देशहरुमा अन्य नीति जस्तै आफ्नो कुनै विशिष्ट कूटनीतिपनि हुँंदैन । हाम्रो अवस्थापनि यस्तै छ । त्यसैले हरेक पटक प्रधानमन्त्रीको विदेश भ्रमणपछि एउटाले यसलाई सफलभन्दछ भने अर्कोेले असफल । यद्यपि राष्ट्रियता, देशभक्ति, क्षेत्रीय प्रभावशालिता र राजनेताको कूटनैतिक निपुणताको चर्चाभने खुबै हुने गर्दछ, सो यहाँंपनि छ । दलाल तथा नौकरशाही पूँंजीवाद अर्थराजनीतिकतन्त्रबाट संचालित हामीजस्तो अविकसित वा विकासशील देशहरु बलिया देशहरुबीचको आर्थिक, सामरिक र कूटनैतिक स्वार्थको थर्की (जूवाको खाल) जस्तै हुन्छन् । नेपाल र भारतको सम्बन्घलाई दुई देशका सरकारी निकायहरुले समानस्तरमा भनिएपनि यथार्थभने यस्तो हाृेइन । अझ भारतीय पक्षले मायालू स्वरमै भएपनि नेपालसंगको सम्बन्धलाई ठूलोदाई र सानोभाईको रुपमा व्याख्या गर्दछ । अर्थात नेपालको अन्य देशहरुसंगको सम्बन्ध दौत्य (दोस्ताना) छन् भने भारतसंगको सम्बन्ध भातृत्वपूर्ण छ । यद्यपि यसलाई कसीमा कस्ने हो भने भारतसंगको सम्बन्ध जनस्तरमा हार्दिक र भातृत्वपूर्ण रहेपनि सरकारीस्तरमा यो सम्बन्ध रकमी दाजूको जस्तो छ, जस्ले सहयोग त गर्दछ, तर त्यसको पाई–पाई हिंसाब राख्दछ र प्रतिफल अलि मोटै चाहन्छ । वस्तुतः भारतको नेपालमा सुरक्षा र व्यापारिक हित पारम्परिक चासो हो भने उत्तरी चीनसंग बढ्दो प्रतिस्पर्धामा तीखोपना बढेसंगै उसको कूटनैतिक चासोपनि महत्वपूर्ण छन् । अर्कोतिर ।।।बेल्ट एन्ड रोड’को सडक अभियानबाट विश्व राजनीतिमा बहुआयामिक वर्चस्व बढाउने दाउमा रहेको चीन दक्षिण एशियामा आफ्नो प्रभाव बढाउनका निम्ती नेपाललाई अतिमहत्वपूर्ण ठान्दछ । चीनले आफ्नो विश्वव्यापी महत्वाकांक्षाको निम्ती ।।।रेल’लाई मूख्य हतियारको रुपमा प्रयोग गर्न चाहन्छ । विगतमा नेपालमा मधेश आन्दोलनका बेला भारतीय सीमामा भएको नाकाबन्दीमा नेपालसम्म चिनियाँं रेलको प्रस्तावपनि यसैको परिणाम हो । तिब्बतको नेपाल–चीनसीमा झीरोङ्ग हुँंदै नेपालमा चीनियाँं रेल पु¥याउनसके चीन, नेपालहुँंदै दक्षिण एशियाका देशहरुमा सहजरुपमा पुग्न सक्दछ भने नेपालले चीन हुँंदै भूटान र बाङ्गलादेशसंग भारतीय भूमि नटेक्दै सम्पर्क गर्न सक्दछ । यसले उसको भारतीय ऐतिहासिक परनिर्भरता घट्न सक्दछ । यस प्रकार के देखिन्छ भने नेपाल, भारत र चीन तीनवटा देशको निम्ती एउटै राजनैतिक परिघटनाको अर्थ आ–आफ्ना राजनैतिक कूटनैतिक स्वार्थका आधारमा फरक–फरक हुने गर्दछन् । नेपालका प्रम ओलीको यस पटकको भारत भ्रमणका बेला भारतीय सहयोगमा रक्सौल–काठमाँंडौरेलसेवा छ वर्षभित्र सम्पन्न गर्ने सम्झौतालाई भारतीय मीडियाहरुले नेपालमा चीनिया रेल राजनीतिलाई जवाफको रुपमा प्रस्तुत गर्नुका पछाडीको कूटनैतिक आशय यो नै हो । अर्कोतिर नेपालमा भारतको राजनैतिक, आर्थिक व्यापक उपस्थितिलाई चिनिया अधिकारीहरुले कूटनैतिक वर्चस्व भन्ने गर्दछन् । भारतीय सीमामा नाकाबन्दीको बेला नेपालले चीनसंग दशबुँंदे सम्झौता गर्दा चीन सरकार निकटस्थ पत्रिका ग्लोबल टाइम्समा चीनसंग नेपालको नजिकीपन हुँंदा नेपालको प्राकृतिक सम्पदा– पानी, जडीबुटी र खानीहरुको एकलौटी उपयोग गर्न नपाउने चिन्ता भारतको रहेको लेखेको थियो । केही वर्षदेखि नेपालको सम्बन्ध चीनसंग बाक्लिँंदै गएकोमा भारतले नेपालीसेना, सरकार र मूख्य राजनैतिक दलहरुलाई यसो नगर्न विविध प्रकारको दबाब सृजना गर्ने गरेकोपनि पत्रिकामा भनिएको थियो । तर यीसबै भारत र चीन दुबै देशका आ–आफ्ना राष्ट्रिय स्वार्थहरु छन्, जसअनुसार उनिहरुले एक–अर्कासंग दोहोरी खेलीरहेका हुन्छन् । चीन र भारतको दक्षिण एशियामा यिनै कूटनैतिक, आर्थिक र सामरिक वर्चस्वको प्रतिस्पर्धाको बीच न्ेपाली प्रधानमन्त्रीको भ्रमण भएको हो । वर्तमान विश्वमा राजनैतिक र सामरिक आशयहरु आर्थिक उद्देश्यबाट प्रेरित छन् । भारत र चीन बीचको बहुआयामिक प्रतिस्पर्धाहरुलाई देशभक्ति र राष्ट्रियता जुन नाम दिएपनि यो अन्ततः आर्थिक महत्वाकांक्षा नै हो । यस समग्र परिप्रेक्ष्यमा नेपाल सचेत र चतुर हुने हो भने विश्वका उदाउँंदा यी दूई शक्तिशाली देशबीचको कूटनैतिक प्रतिस्पर्धालाई नेपालको विकासमा प्रयोग गर्न सक्दछ । तर यसको निम्ती नेपालले देशभित्र बलियो देशभक्तिको भावना तथा स्वतन्त्र कूटनीति विकास गर्नसक्नु पर्दछ । र यो, देशमा राजनैतिक स्थायीत्वबिना सम्भव छैन । प्रम ओली र उनको पार्टी एमालेले उनलाई जतिसुकै हैभीवेट देखाउन खोजेपनि ओलीको बल प्रचण्ड नेतृत्वको नेकपा (माओवादीकेन्द्र)को समर्थनमा टिकेको हो भन्ने तथ्य सबैलाई थाहा छ । माओवादीकेन्द्रले बहुमत झिकिदिए भने उनले सरकार टिकाउन सानैभएपनि कुनै न कुनै अर्को राजनीतिक पार्टनर खोज्नै पर्दछ । चर्चित पार्टी एकतामा माओवादी केन्द्रका सुप्रीमो प्रचण्डले समान हैसियतमा तल देखि माथीसम्म हिस्सा माँगेपछि र एकीकृत पार्टीको हरेक निर्णयमा अध्यक्षको रुपमा प्रचण्ड र ओली दुबैको हस्ताक्षर हुने प्रस्ताव राखेपछि ओलीको निद्र्वन्द राजनैतिक छवि प्रभावित हुने देखिएकोछ । यति हुँंदाहुँंदैपनि प्रम ओलीलाई भारतीय सरकारले यतिसम्मान दिनुको पछाडी नेपाललाई चीनतिर लस्किन न दिनु नै हो । वस्तुतः भारत, नेपालको अस्थिर राजनीतिक स्वाभावबाट परिचित छ र खुला सिमाना, सरकार, सेना, राजनैतिक दलहरु र जनस्तरमा समेत सांस्कृतिकसम्बन्ध भएको भारत नेपालको हरेक राजनैतिक परिवर्तनमा कुनै न कुनैरुपमा उपस्थित रहेकैछ । प्रम ओलीको भ्रमणपूर्वको भनाईको आधारमा भन्ने हो भने उनको भारत भ्रमण देशभन्दापनि उनको व्यक्तिगत् स्तरमा भारतीय शासकवर्गसंग विकसित कटुता कम गर्न ड्यामेज कन्ट्रोल भने अवश्य गरेको छ । किनभने देशमा गणतन्त्र आगमनपछि नेपाल र भारतबीचको कूटनैतिक सम्बन्ध बिग्रनुको दुई मूख्य कारण थिए — सम्विधानमा उनिहरुको चाहना अनुसार संशोधन र चीनसंग बढ्दो निकटता । यहाँं के बिर्सनु हुँंदैन भने भारतले चाहेको संशोधन  मधेश आन्दोलनका नेतृत्व गरिरहेका मधेशी नेतृत्वका राजनीतिक पार्टीहरुद्वारा सरकारसमक्ष प्रस्तुत बुँंदाहरु हुन् । र यी दुबै बुँंदाहरु अहिलेपनि जहाँंका तहीँं छन् । यस अर्थमा ओलीको भारतभ्रमणले दुई देशबीचको सम्बन्धमा तिक्तताका तत्वहरु सबै सकिएका छन् बुझ्नु गलत हुनेछ । त्यसतै प्रम ओलीलेपनि भारतभ्रमणको कुनै एजेन्डा राखेका थिएनन् । उनकै शब्दमा भन्ने हो भने यस भ्रमणको उद्देश्य ।।।मित्रता र मित्रता’ मात्र थियो । सो उनले आफ्ना समकक्षी नरेन्द्र मोदीसंग गरे । यस अर्थमा उनले आफ्नो भ्रमणलाई सफल भन्छन्भने उनलाई छूट दिनु पर्दछ । जहाँंसम्म रेल, कृषि, जलविद्युत आदि क्षेत्रमा सहयोगको कुरो छ , यो त प्रायः हरेक पटक प्रधानमन्त्रीले केही न केही सहयोग लिएर आउने औपचारिकता नै रहेको देखिन्छ । वस्तुतः भारतले नचाहँंदा नचाहँंदैपनि देशमा बहुमतको वामसरकार गठन भयो र क्षेत्रीय कूटनैतिक प्रतिस्पर्धामा नेपाल पारम्परिकताबाट भिन्न रणनीतिकरुपमा चीनतिर ढल्किनु भारतको चिन्ता थियो भने मधेश आन्दोलनमा कट्टर र संकीर्ण राष्ट्रवादी तथा भारतविरोधी छवि बनाएर संकीर्ण राष्ट्रवादीहरुको मत आकर्षित गरेर निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्न र सत्ताको नेतृत्व गर्न सफल प्रम ओलीलाई सत्ता टिकाउने विवशता थियो । यस भ्रमणले केही अंशमा दुबैको ड्यामेज कन्ट्रोल गरेको छ । भारतको त आफ्नो निश्चिित कूटनैतिक स्वार्थहरु छन्, जस्को आधारमा उसको नेपालसंगको सम्बन्ँध निर्धारित हुने गर्दछ । जहाँंसम्म प्रधानमन्त्री ओलीको कुरा छ, नेपालको अस्थिर राजनीतिक जमीनमा उनले डोरीमाथीको ढलपल यात्रा कति लामो गर्न सक्दछन् भन्ने हेर्नु चाख लाग्दो हुनेछ । एउटा कुरा भने भाग्य, दुर्भाग्य र सौभाग्य जे भएपनि नेपाल, भारत र चीन यी तीनवटै देश भौगोलिक–राजनैतिक यथार्थ हुन् ।

गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...

नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...

बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...

जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...

निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...

काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...

चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...

डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...

लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...

काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...

डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...

भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...

नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...

काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...

गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...

जनकपुरधाम । मेगा बैंक नेपाल ...

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...

काठमाडौं । र्‍याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...