Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
महिला किसानले बेहोर्नु परेका समस्या

चैत्र २८, २०७४

  •                         सञ्जय मित्र

महिला कृषकको समस्यालाई समाधान गर्नेतिर ध्यान दिने हो भने पुरुषहरु विदेश जाने वा कामको खोजीमा वा नोकरीको क्रममा घरभन्दा टाढा गएर खेती गर्ने अवस्था नभएको घरपरिवारका महिलाले अझ लगनशील भएर खेती गर्ने मौका पाउँथे । प्रोत्साहन पाउँथे । जसले गर्दा कृषिको वर्तमान प्रणालीमा पनि सुधारको सम्भावना रहन्थ्यो ।

नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश नागरिकको  कुनै  न  कुनै  रुपमा  कृषिसित  सम्बन्ध  रहेको  छ  ।  तथ्यांकहरुले  पनि  नेपाली  अधिकांश  नेपाली  कृषि  वा  कृषिजन्य  अन्य  काममा  आश्रित  रहेका  छन्  ।  यसैले  गर्दा  नै  नेपाललाई  कृषि  प्रधान  देश भनिएको हो ।नेपालका लाखौँ मानिस विदेशमा काम गरिरहेका छन् । हजारौँ नेपाली जनशक्ति हरेक महिना विदेशमा कामको खोजीमा गइरहेका छन् । कामको खोजीमा विदेश  पस्नेमा  पुरुषको  संख्या  अत्यधिक  रहेको  छ । विदेश जाने कुरामा समावेशिता देखिँदैन । तेतीस प्रतिशत महिलाहरु विदेश जानै पर्दछ भन्ने छैन । तर पनि  महिलाहरु  विदेश  गइरहेका  छन्  ।  औपचारिक  र  अनौपचारिक  दुवै  माध्यमले  नेपाली  महिलाहरु  विदेशमा  कामको  खोजीमा  गइरहेका  छन्  ।  हरेक  वर्ष विदेश जाने नेपाली महिलाको संख्या बढिरहेको छ  ।  नेपाली  महिलाहरुको  संख्या  विदेशमा  निकै  जोखिमपूर्ण  कामदेखि  निकै  सम्मानित  कामसम्म  गरिरहेको यथार्थ हो । धेरै नेपाली पुरुषहरु विदेशमा काम  गर्न  गएको  गाउँमा  महिलाले  पनि  पुरुषमात्रले  गर्ने कामहरु गर्न थालेका छन् । महिलाले निकै कठिन कामहरु गर्न थालेका छन् । उद्योग तथा खानी, शिक्षण तथा  व्यवसाय,  सञ्चार  तथा  स्वास्थ्य,  समाजसेवा  तथा  राजनीति  र  कृषि  लगायतको  सम्पूर्ण  काममा  महिलाको  सहभागिता  बढेको  छ  ।  कतिपय  ठाउँमा  त महिलाले शव पनि बोक्न थालेको समाचार बेला बेलामा  आउन  थालेको  छ  ।  यसले  गर्दा  एकातिर  महिलाको  कामको  जिम्मेवारी  बढेको  देखिन्छ  भने  अर्कोतिर महिलाले सबै किसिमको जिम्मेवारी वहन गर्ने क्षमता राख्दछ भन्ने प्रमाणित गरेको छ ।आजभोलि  महिलाले  के  गर्न  सक्दैनन्  भन्ने  प्रश्न गर्न थालिएको छ । महिलाले ती सबै काम गर्न सक्छन्  जे  पुरुषले  गर्न  सक्छन्  ।  हो  महिला  हुनुका  केही  विशिष्टताहरु  छन्  जसरी  पुरुष  हुनुका  केही  विशिष्टताहरु  छन्  ।  लैंगिक  विभिन्नता  वा  लैंगिक  विभेद प्राकृतिक कुरो हो । प्रकृतिले महिला र पुरुषमा मात्र केही विशेषता वा विशिष्टता राखेको छैन अपितु हरेक  महिला  महिलामा  वा  हरेक  पुरुष  पुरुषमा  पनि  केही फरकपन अर्थात विशिष्टा देखाएको छ । यसैको आधारमा गरिने विभेदबाहेक हरेक काममा महिलाको सहभागिता निरन्तर बढेको देखिएको छ । दुई दशक पहिले  सेना  र  प्रहरीमा  बिरलै  देखिने  महिलाको  उपस्थिति अब निकै सम्मानजनक किसिमले बढेको पाइएको छ । महिलाको उपस्थिति संख्यात्मक मात्र नभएर गुणात्मक किसिमले पनि उच्च मूल्यांकन योग्य रहेको विश्लेषण गरिन थालिएको छ ।घरायसी    काममा    महिलाको    सहभागिता    पहिलेदेखि नै एकाधिकार जस्तो रहेको थियो । अहिले पनि  हाम्रो  समाजमा  महिलाको  घरायसी  काममा  खासै  कुनै  किसिमको  परिवर्तन  आउन  सकेको  छैन  ।  घरायसी  कामको  सम्पूर्ण  जिम्मेवारी  सम्हालेर  नै  महिलाले  अगाडिको  काम  गरिरहेका  छन्  ।  नेपाली  समाजमा  पुरुषले  खासै  घरको  काम  गर्र्दैनन्  र महिलाले पनि सकेसम्म पुरुषको सहयोग घरायसी काममा  लिन  नपरोस्  भन्ने  चाहेका  हुन्छन्  ।  यति  भएर पनि महिलाले पहिलेको तुलनामा घरबाहिरको काममा आफूले काम गरेर घर परिवारको अवस्थामा सुधार ल्याउन चाहन्छन् । घरको आर्थिक अवस्थामा सुधार  ल्याउन  अहोरात्र  खटेर  आफ्नो  अस्तित्वको  पनि उच्च मूल्यांकन गर्न चाहिरहेका छन् ।  यस प्रकार महिलाले  आफ्नो  परिचयको  स्थापना  मात्र  गरेका  छैनन्,  देशको  अर्थतन्त्रमा  आफ्नो  अस्तित्व  पनि  दर्शाइरहेका छन् । घर र बाहिरको काम गरेर महिलाले देशको  अमूल्य  सेवा  गरिरहेका  छन्  ।  यस  कार्यको  उच्च मूल्यांकन गरिनु आवश्यक छ ।देशको  अधिकांश  नागरिक  कृषि  वा  कृषिसँग  सम्बन्धित   पेसामा   सम्बन्धित   रहेको   अवस्थामा   नेपाली महिलाको कृषिमा योगदान नहुने कुरै भएन । बरु  नेपाली  महिलाको  कृषिमा  के  कति  योगदान  छ  भन्ने  कुराको  मूल्यांकन  गर्नुपर्ने  बेला  आइसकेको  छ । नेपाली महिलाले कृषिसँग सम्बन्धित करिब सबै कार्य गर्न थालेका छन् । पहिले पुरुष मात्रको एकलौटी अधिकार  जस्तो  संस्कार  भइसकेको  खेत  जोत्ने,  ब्याडमा  बीउ  छर्ने,  ब्याडको  बेर्ना  झिक्ने,  खेतमा  काटेको  धानको  ठूलो  बिटो  उठाएर  खलिहानसम्म  ल्याउने,  धानको  दाइँ  गर्ने,  धानलाई  घरसम्म  ल्याएर  थन्क्याउने,  घरमा  खानको  लागि  धानबाट  चामल  बनाउन कुटानी मिलसम्म पु¥याउने लगायत सबै काम अब महिलाले गर्न थालेका छन् । पुरुष यदि विदेश गएका  छन्  भने  सम्भवतः  सम्पूर्ण  काम  महिलाले  गरिरहेको   अवस्थामा   महिला   कृषकका   केही   समस्याहरु  रहेका  छन्  ।  महिला  कृषकका  समस्या  भनेका  व्यावसायिक  महिला  कृषकका  समस्यालाई  बुझाउँछ । कहिलेकाहँीँ कृषिमा सहयोग गर्ने महिला होइन  कि  साँच्चिकै  कृषिलाई  व्यवसाय  नै  बनाएका  केही महिलाहरुले अनेक समस्या भोगिरहेका छन् ।हरेकले  आफ्नो  काम  निर्वाध  गर्न  चाहन्छन्  तर  समस्या  वा  बाधाहरुले  गर्दा  अपेक्षा  अनुसारको  प्रतिफल पाउन सकेको देखिन्न । नेपाली व्यावसायिक महिला किसानको उपलब्धि भनेकै आफ्नो हैसियत दर्शाउनु होइन, हैसियतभन्दा माथि उठेर व्यवसायलाई अगाडि  बढाउने  काम  गरिरहेका  नेपाली  महिला  कृषकहरुको  समूहहरुका  अगुवाहरुलाई  एक  ठाउँमा  राखेर  समस्याबारे  प्रश्न  गर्दा  अनगिन्ती  समस्याहरु  देखाउँछन्   तर   महिलाहरुले   देखाएका   प्रमुख   समस्याहरुलाई सार्वजनिक गरिनु पनि न्यायोचित हुने देखेको छु । महिला  किसानहरुले  बताएको  पहिलो  समस्या  हो – सिंचाईँको समस्या । सिँचाइको समस्याले गर्दा उचित उत्पादन नसकेको बताउँछन् । जब उत्पादन नै सन्तोषजनक नै हुँदैन तब महिला किसानले सन्तोष लिने ठाउँ कसरी हुन्छ ? महिला किसानले आफूले कृषि   उत्पादनसित   व्यावसायिक   रुपमा   जोडिँदा   भोग्नु परेका एक दर्जन समस्याहरुलाई सूत्रबद्ध गर्दा दोस्रो  प्रमुख  समस्याको  रुपमा  बीउबिजनको  समस्या  देखाएका छन् । समयमा बीउ नपाउनु, बीउ स्तरीय नहुनु र बीउमा अन्य किसिमको ठगी पनि हुने हुँदा बीउको कारणले पनि कृषि व्यवसायमा केही कमजोरी भएको देखिएको छ । यसै गरी महिला किसानलाई तालिमको अभाव  रहेको  छ  ।  मुख्य  गरी  सरकारी  तालिमहरुमा  महिला  किसानको  सहभागिता  नहुने  गरेको  गुनासो  महिला  किसानहरुको  रहेको  छ  ।  महिला  किसानले  उब्जाएको  तरकारी  र  अन्य  बालीको  उचित  मूल्य  दिइन्न रे । कुनै थोक बेपारी महिलाले उत्पादन गरेको भन्ने यथार्थ जानकारी पाएपछि सामान्यभन्दा कम मूल्य तोक्ने  गरेको  आरोप  पनि  रहेको  छ  ।  कृषिमा  संलग्न  हुने औजारदेखि अन्य सम्पूर्ण क्रियाकलाप नै पुरुषमैत्री रहेको छ । महिलामैत्री कृषि सामग्रीको अभाव रहेको बताइन्छ  ।  यसले  गर्दा  साधन  स्रोतको  अभाव  पनि  देखिन्छ  ।  महिला  कृषकको  नाउँमा  ऋण दिन निकै आनाकानी हुन्छ । समग्र ऋण प्रवाहलाई हेर्ने हो भने महिलाको नाउँमा   एकाध   ठाउँमा   ऋण   दिनुबाहेक   प्रायः   दिइन्न   ।   महिलाको उत्पादनको बजार व्यवस्थापन     सजिलो     छैन     ।     महिला     कृषकको   उचित   मूल्यांकन  हुन  नसकेको पनि मानिन्छ । महिला र  पुरुषको  ज्यालामा  विभेद रहेको छ भने धेरै ठाउँमा कृषिको  दृष्टिले  पनि  महिला  र  पुरुषमा  विभेद  गरिएको  देखिन्छ  ।  महिलाले  गरेको  कृषिमा  रोग  तथा  कीरा  लागेमा  महिलाले  प्राविधिकलाई  जति  बोलाउँदा  पनि  रोग  कीरा  नियन्त्रणको  लागि  प्राविधिकले   सामान्यतया   सुन्ने   नगरेको   आरोप   महिलाहरुको रहेको छ । अन्य समस्याहरु पनि होलान् तर  नेपाली  महिला  कृषकहरुले  आफ्ना  प्रमुख  एक  दर्जन समस्यामा यिनीहरुलाई औल्याएको देखिएको छ । महिला  कृषकको  समस्यालाई  समाधान  गर्नेतिर  ध्यान दिने हो भने पुरुषहरु विदेश जाने वा कामको खोजीमा   वा   नोकरीको   क्रममा   घरभन्दा   टाढा   गएर  खेती  गर्ने  अवस्था  नभएको  घरपरिवारका  महिलाले  अझ  लगनशील  भएर  खेती  गर्ने  मौका  पाउँथे  ।  प्रोत्साहन  पाउँथे  ।  जसले  गर्दा  कृषिको  वर्तमान  प्रणालीमा  पनि  सुधारको   सम्भावना   रहन्थ्यो   ।   यसर्थ कृषिमा संलग्न महिलाको कामको उचित मूल्यांकन हुनु अति आवश्यक देखिएको छ ।

 

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...