Wed, 12 Dec 2018
ताजा समाचार
स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो ||
भगवान परशुराम र जनकपुर धाम

बैशाख ४, २०७५

  •                    सञ्जय मित्र

आज अक्षय तृतीया । वैशाख महिनाको शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीया मानिन्छ । अक्षयको अर्थ हो क्षय नहुने अर्थात् नाश नहुने । मान्यता के छ भने यस दिन जुन धर्म वा पाप गरिन्छ, त्यो नाश हुँदैन । यसको प्रतिफल आफूसँगै जान्छ । यसैकारण यस दिन धेरैले अनेक दान र पुण्य गर्दछन् । कपितयले शिक्षादान गर्दछन् । यो हिन्दू मान्यता हो ।अर्को मान्यता के हो भने यसै दिनदेखि त्रेता युगको आरम्भ भएको थियो । अर्थात् त्रेता युगको सुरुआत भएको थियो । अक्षय तृतीयालाई भगवान परशुरामको जन्म दिन पनि मानिन्छ । हिन्दू धर्मावलम्बीहरुले यस दिनलाई विशेष मान्ने यीनै तीन कारणहरु छन् । अक्षय तृतीयाको दिन गरिएको पुण्यको कहिल्यै नाश हुँदैन, त्रेता युगको शुभारम्भ भएको दिन अर्थात् रामावतारको युगको सम्झना र भगवान परशुरामको जन्म दिन ।हिन्दूहरु भगवान विष्णुको दश अवतारको चर्चा गर्दछन् । दश अवतारकै आफ्नो महत्व रहेको छ । विभिन्न सन्दर्भमा दशै अवतारको पूजा हुन्छ । भगवान विष्णुका दश अवतारमा मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि हुन् । यी मध्ये तीन अवतार अर्थात् मत्स्य, कूर्म र बराह अवतार प्रथम महायुग (सत्ययुग) मा भएको छ भने नरसिंह, वामन, परशुराम र राम अवतार त्रेतायुगमा भएको छ । कृष्णावतार द्वापर युगमा भएको मानिन्छ भने दशौँ अर्थात् कल्कि अवतार कलियुगको समाप्तिको समय हुने विश्वास गरिन्छ । भागवत पुराणमा गरिएको भविष्यवाणीको आधारमा कलियुगको अन्त्यमा कल्कि अवतार हुन्छ जसले अन्याय र अनाचारको अन्त्य हुनेछ तथा न्यायको शासन आरम्भ हुनेछ जसले सत्य युगको फेरि स्थापना हुने छ । हिन्दू धर्मशास्त्रहरुमा समयको अनन्ततालाई चार भागमा बाँडेर अध्ययन गरिएको छ ।भगवान परशुरामको विषयमा के भनिन्छ भने यी यस्ता पात्र हुन् जसको दुई युगमा महत्वपूर्ण भूमिका रहेको छ । त्रेतायुगमा भएको मानिएको रामायण र द्वापर युगमा भएको मानिएको महाभारत दुवैमा परशुरामको भूमिका देखिन्छ । रामभद्र, भार्गव, भृगुपति, भृगुवंशी (ऋषि भृगुको वंशज), जमदग्न्य (जमदग्नि पुत्र) आदि नामले चिनिने परशुराम ऋषि जमदग्नि तथा रेणुकाको पाँचौ पुत्र थिए । हिन्दू शास्त्रहरुमा सप्तऋषिमा जमदग्निलाई पनि लिइन्छ । भारतको मध्य प्रदेशको महेश्वर नर्मदा नदीको छेउमा रहेको हाइहाया ठाउँमा भार्गव परशुरामको जन्म भएको मानिन्छ । कतिपयले कस्तो मान्यता राख्दछन् कि रेणुका तीर्थमा ऋषि जमदग्नि र रेणुकाले भगवान शिवको तपस्या गरेर शिवजीबाट वरदान प्राप्त गरी स्वयं विष्णुलाई रेणुकाको गर्भबाट अवतार लिने वरदान अनुरुप नै भगवान परशुरामको जन्म भएको हो । भगवान विष्णुको अवतारको रुपमा मानिने परशुराम आपैmँ भगवान शिवका भक्त थिए ।  आफ्ना पूर्वजहरुको आज्ञाले परशुरामले शिवको कठिन तपस्या गरेका थिए । कठिन तपस्याले शिव प्रसन्न भएपछि वरदान माग्नलाई भन्दा परशुरामले दुवै हाथ जोडेर शिवको वन्दना गर्दै दिव्य अस्त्र तथा युद्धमा निपुणताको कलाको माग गर्दछन् । शिवले परशुरामलाई युद्धमा निपुणताको लागि तीर्थयात्रा गर्ने आज्ञा दिन्छन् । त्यसपछि परशुराम भारतको उडीसामा रहेको महेन्द्रगिरी पर्वतमा पुगी फेरि शिवकै तपस्या गर्न थाल्छन् । त्यहाँ भगवान शिवबाट अनेक दिव्यास्त्र प्राप्त गर्न सफल हुन्छन् । परशरामले ब्रह्माण्ड अस्त्र, वैष्णव अस्त्र तथा पाशुपत अस्त्र प्राप्त गरेका थिए । भगवान शिवले परशुरामलाई विजया नामक धनुष कमान पनि प्रदान गरेका थिए । साथै सबैभन्दा कठिन युद्धकलाको रुपमा शास्त्रहरुमा वर्णन गरिएको कलारिपायडू पनि शिवजीबाटै परशुरामले प्राप्त गरेका थिए । परशु र राम दुई शब्द मिली परशुराम बनेको हो । परशुको अर्थ बन्चरो हुन्छ र राम भन्ने बित्तिकै मर्यादापुरुषोत्तम बुझदछौँ । तर परशुरामको सोझो अर्थ परशु लिएको राम वा परशुका साथ राम भन्ने अर्थ दिन्छ । यसले रामजस्तै परशुराम पनि विष्णुकै अवतार भएको अर्थ दिन्छ । विष्णुको छैटौँ अवतारको रुपमा परशुरामलाई लिइन्छ । भारद्वाज एवं कश्यप गोत्रका कुलगुरु परशुरामलाई धेरै रिसाहाकै रुपमा चिन्दछन् । रिसाहाको रुपमा चिन्नेले जनकपुर धामको घटनालाई नै मुख्य आधार मान्दछन् ।त्रेता युगमा जब सीताको स्वयंवर चलिरहेको थियो, विश्वका अनेकौँ देशका वीरहरु स्वयंवरमा सामेल थिए । स्वयंवरको शर्तअनुसार शिवको धनुलाई कसैले प्रत्यंचा चढाउनु पर्ने थियो । तर कुनै पनि योद्धाले शिवधनुलाई उठाउन त के हल्लाउन पनि सकिरहेका थिएनन् । त्यस अवस्थामा सर्वत्र निराशा छाएको थियो । अनि राजा जनकले निराश भएर पृथ्वी नै कतै वीरशून्य भएको हो कि भन्ने आरोप लगाउँदा अयोध्याका राजकुमार लक्ष्मण रिसाएका थिए । लक्ष्मणलाई शान्त पार्दै रामले सजिलै धनुलाई उठाएर त्यसमा प्रत्यांचा चढाउन लाग्दा धनु तीन टुक्रामा भाँच्चिएको थियो । शिवको धनु भाँच्चिएपछि शिवका परम भक्त परशुरामको आगमन भएको थियो । परशुराम निकै रिसाएका थिए । भगवान रामले नै परशुरामको रिस शान्त पारेका थिए । परशुराम र रामबीच भएको सभामा भएको वार्तालापको समयमा नै भगवान परशुरामले विष्णुको आफूजस्तै अर्को अवतार भएको स्वीकार गरेर आफ्नो क्रोधलाई शान्त पारेका थिए । वाल्मीकि रामायणमा वर्णन गरिएको कथाअनुसार दशरथनन्दन श्रीरामले जमदग्नि कुमार परशुरामको पूजन गरेका छन् र परशुरामले पनि रामचन्द्रको परिक्रमा गरेर आश्रमतिर प्रस्थान गरेका छन् ।जनकपुर धामको रामायण प्रसंग धेरैले बुझेका छन् तर महाभारतमा परशुरामको भूमिकाको विषयमा धेरै कमले मात्र चर्चा सुनेका छन् । महाभारतमा भीष्मद्वारा अम्बालाई स्वीकार नगरिएपछि प्रतिशोधको लागि अम्बा सहायता माग्न परशुरामकहाँ पुगेको र परशुरामले आश्वासन दिएको सन्दर्भ आउँछ । परशुरामले भीष्मलाई युद्ध गर्न आह्वान गरेपछि दुवैजनामा बाइस दिनसम्म युद्ध भएको प्रसंग छ । भीष्मलाई इच्छा मृत्युको वरदान प्राप्त भएकोले परशुरामले भीष्मलाई हराउन सक्दैनन् । यसै गरी द्रोणाचार्यलाई परशुरामले नै अस्त्रशस्त्रले निपुण बनाएका थिए । महाभारतकै अर्को प्रसंगमा कर्णलाई परशुरामले विभिन्न अस्त्रशस्त्रको विद्या सिकाएका छन् । क्षत्रीय विरोधी भए पनि परशुरामले कर्णलाई ब्राह्मण भन्ठानेर विद्यादान गरेका थिए । तर एक दिन परशुराम कर्णको तिघ्रामा आफ्नो टाउको राखेर निदाइरहेका थिए । त्यही समय एउछा बिच्छी कर्णको काँधमा टोक्न थाल्यो । बिच्छीलाई मार्दा गुरुको निद्रा भंग हुने डर कर्णलाई थियो । कर्णले त्यो सहेरै बसे । अचानक परशुरामको निद्रा खुल्यो र उनले त्यो थाहा पाए । कुनै ब्राह्णपुत्रमा यति धेरै सहनशीलता हुनै सक्दैन जसले बिच्छीको टोकाइलाई सहन सकोस् । यति विश्वास भएपछि कर्णले आफूलाई ढाँटेर विद्यार्जन गरेको लाग्यो । यसले गर्दा रिसाएर कर्णलाई शाप दिए – “जब तिमीलाई आप्mनो विद्याको सर्वाधिक आवश्यकता हुन्छ, त्यत्तिवेला तिम्रो विद्या कुनै काम आउँदैन ।” र, महाभारतमा कर्णको मृत्युको समय यस्तै भएको पनि छ ।त्रेता र द्वापरमा मात्र होइन, कलियुगमा पनि परशुरामको भूमिका शास्त्रहरुले निर्धारण गरिसकेको छ । कल्कि पुराणमा उल्लेख भएअनुसार परशुराम, भगवान विष्णुको दशौँ अवतार कल्किको गुरु हुनेछन् र कल्किलाई युद्धको शिक्षा दिनेछन् । परशुरामले नै कल्किलाई भगवान शिवको तपस्या गरेर उनका दिव्यास्त्र प्राप्त गर्नलाई भन्नेछन् ।एकातिर धर्मकर्म गर्नेहरुको संख्या बढेको छ भने अर्कोतिर अन्धविश्वास नमान्नेहरुको संख्या पनि बढेको छ । अन्धविश्वास र धर्ममा फरक भने अवश्य छ । इतिहासमा कुनै राम्रो काम गरेकालाई श्रद्धा गर्नु र इतिहासबाट प्रेरणा लिनु मानवीय गुण हो । हिन्दू शास्त्रहरुमा वर्णन गरिएको जस्तो परशुरामको जमाना अहिले छैन तर उनको जीवनीबाट धेरै असल शिक्षा प्राप्त गर्न सक्दछौँ । अहिले पनि भारतको विभिन्न ठाउँमा परशुराम जयन्ती निकै भव्यताका साथ मनाउने गरिएको छ ।

 

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...