Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
संचारमा विसंगति

बैशाख ९, २०७५

                               देशकाल

संचार माध्यमहरुको बिकास त्यसबेला मात्र हुन्छ जब अन्य व्यवसायले पनि यसको आवश्यकता महशुस गर्छ ।

                   किशोर नेपाल

नेपालमा संघीय राजनीतिको प्रारम्भसँगै अनेक विसंगतिहरु देखिएका छन् । ती मध्ये विसंगतिको एउटा क्षेत्र हो पत्रकारिता । लोकतन्त्रसँग सोझै जोडिएको यो व्यवसाय अहिले राजनीतिको तूफानी गोटी बनेको छ । एकातिर एमाले नेतृत्वको बामपन्थी सरकार देशभरका सवारी लगायतका सिन्डिकेटहरु तोड्न व्यस्त छ भने अर्कोतिर राजनीतिक निष्ठाका आधारमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस केन्द्रमा विभाजित भएका सवै पत्रकारहरु आपसमा आलिंगन गरेर नेपाल पत्रकार महासंघ माथिभागवण्डा जमाउन व्यस्त छन् । अहिले यी तीनवटै सँघहरुको क्रियाकलापले नेपाल पत्रकार महासंघलाई राजनीतिक दल र सरकारको कठपुतली संस्था बनाइदिएको छ । नेपाल पत्रकार महासंघको छहारीमा वसेर गणतन्त्र रसमावेशी लोकतन्त्रका नाममा वैचारिक प्रतिस्पध्र्दा अव निषेधित भएको छ । नेपाल पत्रकार महासँघ मार्फत देशका तीन ठूला राजनीतिक दलसँग गाँसिएका पत्रकारका बिभिन्न संगठनहरुले भोली गएर लोकतन्त्रको कति छारो उडाउने हुन त्यो हेर्न बाकी नै छ । नेपाली पत्रकारितामा अहिले धेरै ठूला समस्याहरु छन् । देश संघीय गणतन्त्रमा रुपान्तरित भएपछि अव प्रान्तीय रुपमा यो व्यवसायको रुपरेखा के हुने, यसको संचालन कसरी हुने भन्ने चिन्ता जिम्मेवार तहमा देखिएको छ । अहिले बनेका नेपालका सातवटै प्रदेशमा प्रादेशिक स्तरको संचार साधन चलाउने पूर्ण क्षमता देखिएको छैन ।यो व्यवसायको बजार सानो छ । यसैपनि नेपालको ग्रामीण इलाकाहरुमा पढ्ने पढाउने बानीको बिकास हुन सकेको छैन । त्यसमा पनिसंचार माध्यमहरु आक्रामक हिसावले स्थापित हुने हो भने त्यसले लोकतन्त्रलाई फाइदा गर्दैन । नेपालमा संचार माध्यमको दुरुपयोग गरेर फाइदा उठाउने प्रवृत्तिको प्रदर्शन पटक पटक भइसकेको छ । अहिले कथित ठुला घरानाका व्यवसायीहरु हरेक प्रदेशको राजधानीबाट समाचारपत्र, रेडियो र टेलिभिजनजस्ता संचार माध्यम व्यवसायको बिस्तारमा लागेका छन् । संचार माध्यमको यसप्रकारको विकास र विस्तारलाई सकारात्मक हिसाबले हेर्नुपर्दछ भन्नेमा कुनै शंका छैन । तर बजारको खोजीमा मात्र आएका संचार माध्यमहरुले समाजलाई के प्रतिफल देलान कसैले भन्न सक्दैन । नेपालका नवनिर्मित प्रदेशहरुबाट जतिसुकै राम्रा सुकिला मुकिला र सचित्र समाचारहरुको प्रकाशन भएपनि अहिले नै त्यसको आस्था र बिश्वासको मूल्य स्थापीत गर्नु कठिन हुन्छ । भोलि गएर संचार माध्यमहरुले पनि गैर सरकारी संस्थाको रुप लिएभने ?संचार माध्यमहरुको बिकास त्यसबेला मात्र हुन्छ जब अन्य व्यवसायले पनि यसको आवश्यकता महशुस गर्छ । केही वर्ष अघिसम्म नेपालको राजधानी काठमाडौंबाटदेशभरका सदरमुकामहरुमा सन्देश प्रक्षेपणहुने हिसावले थुप्रै साप्ताहिक र दैनिक समाचारपत्रहरुको प्रकाशन हुने गर्दथे । पूरै देशको मुखपत्रको रुपमा ती समाचारपत्रहरुले सरकारी र गैर सरकारी सन्देश प्रवाहित गर्थे । तर त्यो पर्याप्त हुदैनथ्यो । अर्थात त्यतिबेला समाचारपत्रहरुको प्रभावकारिता स्थापीत भएको थिएन । काठमाडौंको बजार प्रतिस्पध्र्दी भएपछि बजारले नै संचार माध्यमहरुको आवश्यकता महशुस गर्यो । बजारको यो आवश्यकता अनुसार समाचारपत्रहरुको प्रकाशन शुरु भयो । तर, ती समाचारपत्र जनताबाट निरपेक्ष जस्तै थिए । यी नयाँ समाचारपत्रहरुलाई जनताको बिचमा पुग्न त्यतिकै समय लाग्यो जति समय यसभन्दा अगाडिका समाचारपत्रहरुलाई स्थापित हुन समय लागेको थियो । देशमा एक समय त्यस्तो पनि थियो जब समाचारपत्र भन्नासाथ गोरखापत्र र संचार साधन भन्नासाथ रेडियो नेपालको नाम आउथ्यो । यी दुई बाहेक सन्देश प्रशारणका लागि अरु विकल्प थिएनन् । त्यतिबेलाको देशको एकमात्र ठूलो बित्तिय संस्था नेपाल बैंक लिमिटेडले वर्षको एकपल्ट आफनो वार्षिक उत्सव मनाउँथ्यो । त्यो वार्षिकउत्सव समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख अधिकारीहरुका अतिरिक्त दैनिक गोरखापत्र र दि राइजिंङ नेपालका प्रधान सम्पादकलाई पनि बोलाइन्थ्यो । पत्रकारितालाई दिइएको मान्यता यति नै थियो । त्यो कालमा नेपाल बैंक जस्तो संस्थाको अन्य प्रतिस्पध्र्दी संस्था हुने कुरै थिएन । प्रतिस्पध्र्दाको अभावले स्वयं नेपाल बैंक लिमिटेड पनि संकटमय अवस्थामा थियो । २०४६ सालको पहिलो राष्ट्रिय जनआन्दोलन पश्चात प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले सूचना माथिको सरकारी एकाधिकारलाई तोड्यो । छापाखाना र प्रकाशन उद्योगलाई जिवित राख्न चाहिने आवश्यक कानूनी व्यवस्था भयो । त्यसपछि नै नेपालमा पत्रपत्रिकाहरु लोकप्रियताका आधारले समाजमा जम्न थालेका हुन । संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको स्थापना सँगै नेपाली संचार माध्यमको स्थायित्व प्रत्याभूत भयो । धेरै मानिसले पत्रकारितालाई गम्भिर पेशाको रुपमा लिन थाले । बिस्तारै लगानीकर्ताहरु भित्रिए । यसपछि अगाडि बढन थालेको प्रेसले सन्तुष्ट हुनेगरी आर्थिक सफलता पाएको छैन तापनि पछाडि फर्केर हेर्नुपर्ने अवस्थामा पनि छैन । यतिवेला नेपालको राजधानी शहरबाट अन्तराष्ट्रिय स्तरका टेलिभिजनहरु प्रशारण हुन थालेका छन् । जनताले फरक किसिमका बिभिन्न कार्यक्रमहरुको स्वादलिन पाएको छ । यद्यपि आर्थिक रुपले यी कुनै पनि संस्थाहरु सवल र सक्षम देखिदैन । यिनका संचालकहरुले कम्पनी नाफामा गएको कहिले बताउँदैनन् । उनीहरुको गुनासो सधै घाटा पर्ने कुरालाई लिएर मात्र हुन्छ । यही कारण हो अहिलेसम्म कुनै पनि संचार माध्यमहरुले आफना कर्मचारीहरुलाई श्रमजिवी पत्रकारिता नियमावलीले तोके अनुसार पारिश्रमिक दिएका छैनन् । यो पारिश्रमिकको विषय सबैका लागि झ्याउलो बनेको छ । पत्रकारहरुलाई फाइदा हुने कुरामा भन्दा संचालकहरुलाई फाइदा हुने कुरामा धेरैको सक्रियता देखिन्छ । निश्चय पनि संघीय गणतन्त्र नेपालमा समाचारहरुको प्रवध्र्दन प्रकाशन र प्रक्षेपण सुव्यवस्थित तरिकाले हुनु सबैका लागि राम्रो कुरा हो । त्यो हिसाबले हरेक प्रदेशका राजधानी र अन्य सवै महत्वपूर्ण शहरहरुबाट समाचार पत्रपत्रिकाका प्रकाशन हुनु,ु रेडियो र टेलिभिजन सेवा उपलव्ध हुनु र जनताले आफनो इच्छा अनुसार सूचनाको स्रोतलाई अंगाल्न पाउनु आफैमा राम्रो कुरा हो । यसैपनि हाम्रोजस्तो देशका लागि संचार भनेको शिक्षाको प्रचार हो । शिक्षा र संचारको बिकास संगसंगै हुनुपर्छ । त्यसो भयो भने सन्तुलन कायम हुनसक्छ । होइन एकले अर्कालाई एक्लाएक्लै छोडिदिने प्रवृत्ति अगाडि बड्यो भने त्यसले देशको भलो गर्न सक्दैन । अहिले प्रदेशहरुको चुनाव सकिएको छ । यो समय प्रादेशिक सरकार निर्माणको समय हो । यहीवेला बिभिन्न पार्टीसँग आवद्ध पत्रकार संस्थाहरुले संचारमा जसप्रकारको चलखेल र हस्तक्षेप शुरु गरेका छन्, त्यो कुनै पनि हालतमा सही होइन । राजनीतिक दलसँग पत्रकारिताको सम्बन्ध निरपेक्ष हुनुपर्छ । सापेक्ष सम्बन्ध राखेर लोकतन्त्र र संचार क्षेत्र दुबैको भलो हुदैन । अहिले चिन्ता गर्नुपर्ने मुख्य बिषय यही हो ।

 

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...