Tue, 17 Jul 2018
ताजा समाचार
विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति ||
लोकगाथामा सीता

बैशाख ११, २०७५

                  रोशन जनकपुरी 

हिन्दू   आध्यात्मिक   जगतले   जानकी   अथवा   सीतालाई  जगतजननी  मानेको  छ  ।  तर  मिथिलामा  जानकीको वर्णन आध्यात्मिकभन्दापनि बढी लौकिक छ  ।  मिथिकीय  मिथिलाका  राजा  जनककी  छोरी  जानकी सम्पूर्ण मिथिलामा देवी सीताभन्दापनि सर्वप्रीय छोरीकोरुपमा  बढी  वर्णित  छिन्  ,  विशेष  गरेर  विवाह  प्रसंगमा  ।  जानकी  पतिप्रति  पूर्ण  समर्पित  विश्वास  र  धैर्यशील  नारीकी  प्रतीक  छिन्  ।  तर  मिथिलामा  भने  जानकीको जीवनचरित् एउटा यस्ती पतिव्रता छोरीको छ  जस्ले  जीवनभरि  दुःख  भोगिन्  र  पुरुषाभिमानको  शिकार  भइन्  ।  बाल्मिकीको  रामायणले  राजधर्म  र  पातिव्रत्य  धर्मको  दुहाई  दिएर  सीतालाई  जतिसुकै  अमरत्व  र  गर्वपूर्ण  प्रस्तुत  गरेपनि  मिथिलाको  मन  सन्तुष्ट भएन । शायद यसैले लोकगायनमा सीता यसरी वर्णित  छिन्  —सीताक  जनम  वियोगे  गेल,  दुःख  छारि  सुख  सपनहुँं  नहि  भेल  ।शायद  उत्तर  रामकथा  अर्थात्  राम लंकाविजय र वनवासबाट फर्केपछि पुनः गर्भवती सीताको  वनवास  र  सीताको  धर्ती  पस्नुको  कथा  यसै  मिथिला मनको परिणाम हो ।  लौकिक,  जो  आर्येत्तर  अझ  स्पष्ट  भनौभने  द्विजेत्तर  समुदाय  जो  शासित  थिए  र  श्रमजीवि  थिए  ।।।  उनको  गाथा  मौखिक  एक  पुस्ताबाट  अर्को  पुस्तामा  सर्दै  आएको  छ  ।  शायद  यसैले  होला  पौराणिक  साहित्यहरुमा लौकिकलाई वेदभन्दा बाहिर भनिएको छ — वेदान्तौः वैदिकः शब्दा सिद्धा लोकाच्छा लौकिकः अर्थात्  वेदान्त  वैदिक  शब्दहरुबाट  सिद्ध  छ  भने  लौकिक (गाथाहरु) लोकका इच्छाअनुसार छन् । लोक अर्थात  शासित  श्रमजीवि  समुदायका  आफ्नै  विशिष्ट  लौकिक चैतन्य संसार छ जस्मा गाथा, गाथा प्रस्तुति, पात्र  र  अनुभूति  सबै  विशिष्ट  छन्  ।  काव्यिक  सौन्दर्य  र  मानकको  दृष्टिले  गाथाहरु  काव्यका  पूर्वावस्था  र  विकासशील  महाकाव्यको  मध्यको  एउटा  अनिवार्य  अवस्था  हो  ।  केही  विद्वानहरुले  लोकगाथाहरुलाई  फ्लोटिङ्ग   पोएट्री   अर्थात्   प्रवाहमान   कविता   पनि   भनेका  छन्  ।  मूलकथा  उही  रहेपनि  लोकगाथाका  पृष्ठमूमि  र  प्रस्तुति  समयानुकूल  परिवर्तित  भइरहेको  हुन्छ । लोकगाथामा पात्रहरु गायक र श्रोताको आफ्नो समाजिकता अनुकूल नै हुने गर्दछ । आफ्नी प्रीय छोरी सीताको कथापनि मिथिलाको श्रमजीवि मनले आफ्नै विशिष्टतामा  सुरक्षित  राखेको  छ  ।  जस्मा  अयोध्या  र  रामप्रति एउटा तीतोपन छ । उत्तर रामकथा बाल्मिकिले भनिरहँंदा  उनले  दैवीय  मर्यादा  र  रामको  महानतालाई  जोगाएका छन् । तर लोक परम्परामा राम एउटा सामान्य राजपात्र झै छन् र कथाको सम्पूर्ण सहानुभूति सीतासंग छ । वस्तुतः लोकगाथामा सीता कथानायक र सीताका दुई छोरा लवहरि र कुशहरि सहनायक छन भने बाँंकी अन्य सबै सहायक र गौण पात्रहरु झैँं छन् । सीतालाई यसरी गाथामा सुरक्षित राख्ने गाथाको नाम हो लवहरि—कुशहरि ।  नवौँं  शताब्दीमा  जतिबेला  अहिलेको  मैथिली,  भोजपुरी,   अवधी,   नेपाली   आदि   आधुनिक   इन्डो   आर्यन  भाषाहरु  मागधी  प्राकृतबाट  अलगभएर  स्वतन्त्र  अस्तित्वको  निम्ती  अन्तिम  संघर्ष  गरिरहेका  थिए,    अहिलेका  लोकगाथाहरुको  जन्म  प्रायः  त्यतिबेला  नै  भएको  मानिन्छ  ।  लवहरि—कुशहरि  भने  केही  पछिको  बुझिन्छ  ।  यो  लवहरि–कुशहरि  नामक  दुई  बालकको  कथा  हो  जस्ले  आफ्नी  आमा  सीतालाई  अन्याय  र  षडयन्त्रपूर्वक वनवास पठाइएको घटनाको बदला लिए । प्रायः लोपहुने अवस्थामा रहेको यो गाथा मैथिली बाहेक भोजपुरी, अंगिका, छत्तिसगढी आदिमा प्रचलित छ  ।  हामीतिर  प्रायः  विस्मृतितिर  गइरहेपनि  झारखण्ड  र  छत्तिसगढतिर  भने  लवहरि–कुशहरि  अझै  गाइन्छ  र  लोकप्रीय  छ  ।  छ  सय  पंक्तिमा  रहेको  यस  गाथाको  प्रारम्भ जानकीको सुमिरन (स्मरण)बाट हुन्छ — कल जोडि़ परनाम् करैछी मइआ जानकी के आब यौ ।कथा प्रारम्भ लंका विजयपछि सीता–राम र लक्ष्मण सदलबल  अयोध्या  फर्केको  खुशीपूर्ण  वातावरणबाट  हुन्छ   ।   चुमावन   गरेर   सीतालाई   कोहबर   घरमा   लगिन्छ  ।  सीता  कोहबरमा  आफ्नी  नन्द  कुलमति  र  अन्य  राधिकाजीहरु  (युवतीहरु)बाट  घेरिएर  बसेकी  छिन  ।जानकी  अप्रतिम  सुन्दर  छिन्  —  जानकी  माईके  रुप देखिके मुरछा लागल आब यौ । एहन सकल हौ परमात्मा केनाके ढारल आब यौ ।  सीता हास–परिहासमा छिन् । रामचन्द्रकी बहिनी कुलमतिले लंकाको चर्चा गर्दै सीतालाई रावणको चित्र कोर्न आग्रह गर्दछिन् । सीताले अस्वीकार गर्छिन् । तर जिद्दी गरेपछि भूँंइमा रावणको चित्र कोर्छिन् । सीताको कान्छी औँंलामा रहेको अमृत चित्र कोर्नेबेला रावणको चित्रको  मुखमा  छोइन्छ  र  चित्र  जीवित  हुन्छ  ।  ।।।बाबू  गौरबी  रावण’कोहबर  घरमा  उफ्रन  थालेपछि  सबै  युवतीहरु  डराएर  भाग्छन्  ।  खबर  ।।।बाबू  रामचन्द्र’सम्म  पुग्दछ । सत्य कुरा बुझ्न हनुमानलाई पठाइन्छ । सीताको कोहबरमा  परपुरुष  रावणलाई  देखेर  हनुमान  लज्जित  हुन्छन् र यो कलंकपूर्ण कुरो रामलाई आफूले सुनाउन न सक्ने भन्दछन् — बड़ा जुलूम तोँं कैलह माता कलंक अजोधामे आब यौ । कोनाके चुगली तोहर करबै नूनो खैली आब यौ । जइ बातके हम हे माता झूठ बनादेब आब यौ ।हनुमानले  रामलाई  केही  भन्दैनन्  ।  तर  बहिनी  कुलमतिले  दाजू  रामचन्द्रलाई  चुक्ली  गर्छिन्  ।  रीसले  चूर  रामचन्द्रले  हनुमानलाई  फल  न  भएको  माहुर  जंगलमा  मर्नलाई  बनिसार  (निर्वासन)  पठाउँंछन्  ।  छ  महिनाकी गर्भवती सीतालाई रिखी जंगलमा वनवासमा लैजान लक्ष्मणलाई आदेश दिन्छन् ।नौ महिना पुगेपछि छोरा जन्मन्छ — लवहरि । छोरा जन्मेको नौ दिनमा सीता गंगामा स्नान गर्न जान्छिन् । जानेबेला  उनले  सोइरीघर  (प्रसूतिगृह)  भित्र  छोरा  र  बाहिर विसकर्मा, भैरव र गुरुबशिष्ठलाई पहरेदार राखेर जान्छिन्  ।  त्यसैबेला  पछाडी  पट्टीबाट  ऋषि–मुनीहरु  प्रसूतिगृहमा पस्छन् । एक्लो बालक खेलीरहेको देखेर काँंखमा  बोकेर  लैजान्छन्  ।  केही  बेरपछि  गुरुबशिष्ठ  लगायत  पहरेदारीमा  बसेकाहरु  प्रसूतिगृहमा  पसेपछि  बालक  लवहरिलाई  हेर्दैनन्  ।  उनिहरुले  बालकलाई  बाघले खाएको बुझ्छन् । उनिहरुले महादेव शंकरलाई बोलाउँंछन्  ।  महादेवले  दायाँं  हातले  कुश  उखेलेर  त्यसबाट मानवाकृति (कुशपुत्तर) बनाउँंछन् । भगवतीले त्यसमा  प्राण  हालिदिन्छिन्  ।  ठ्याक्कै  लवहरिजस्तै  देखिने  बालक  जीवित  हुन्छ  र  त्यसैलाई  प्रसूतिगृहमा  राखिन्छ । उता   गंगाजीमा   नुहाईरहेकी   सीताले   एउटी   बादर्नीलाई  पीठ्युँंमा  बच्चा  बोकेर  रुखमा  उफ्रीरहेको  देखेर ।।।मूर्ख, बच्चा खसेर मर्ला नि !’ भनेर भन्छिन् ।।।।मेरो बच्चा झरेपनि मरेपनि म त देख्छु । बच्चालाई एक्लो छाडेर आउने तीमी मूर्ख, बाघले लगेभने हाडखोरपनि पाउँंदिनौ ’ भनेर बाँंदर्नीले जबाफ दिँंदा सीता आत्तिएर झुपडीमा आउँंछिन् ।  झुपडीमा कुशले निर्माण गरेको बालक  खेलिरहेको  देखेर  सन्तोषको  साँंस  फेर्छिन  ।  त्यसैबेला ऋषिमुनिहरु लवहरिलाई लिई आईपुग्छन् । सबै कुरो खुल्छ । अर्को बालकको नाम कुशहरि राखिन्छ । छ वर्ष बित्छ । लवहरि र कुशहरिले जंगलमा शिकार खेल्ने  आदेश  सीतासंग  माग्छन्  ।  सबैतिर  जानू  तर  उत्तराखण्डतिर  नजानु  ,  त्यहाँं  अयोध्याका  रखबारहरु  हुन्छन् भन्ने चेतावनी सहित सीताले आदेश दिन्छिन् । जानकीका  छोराहरु  बीर  छन्  —  बिछि  बिछि  के  मार  लागल मिरगा जे आब यौ । राक्षस मारि खरिहासन करै छै रिखि जंगलमे आब यौ ।उनिहरु उत्तराखण्ड जंगलपनि पस्छन्  ।  त्यहाँं  रामचन्द्रको  प्रीय  ।।।बालीकरन’  घोडा  छ  ।  (बाल्मिकीको  रामायणमाअश्वमेघको  श्यामकर्ण  घोडा  भनिएको  छ  ।)  कसैले  पक्रन  नसक्ने  घोडालाई  कुशहरिले  समाउँंछ  ।  घोडाले  बालकको  परिचय  सोध्छ  ।  जानकीको  छोरा  भएको  थाहा  पाएर  घोडा  नत्मस्तक हुन्छ र जानकीको दर्शन गर्न पाउने लोभले बालकहरुसंगै जान्छ । अजोधाको घोडा लूटियो भन्ने खबर अयोध्यामा फैलिन्छ र रामचन्द्र चकित हुन्छन् । लवहरि–कुशहरिको वीरताको चर्चा सबैतिर फैलिन्छ । एक  दिन  जंगलका  ऋषिमुनिहरुले  लवहरि  र  कुशहरिलाई कमलदहबाट कमलको फूल टिपेर ल्याउन भन्दछन् । माता जानकीले अमरताको आशीष दिन्छिन् — मारबे नइँं मरबे रे बेटा जारबे नइँं तोँं जरबे आब यौ । अमर तोर शरीर भ’ जयतौ रिखि जंगलमे आब यौ । दुबै कमलदह जान्छन् । दहको किनारमा कूशहरि दाई लवहरिको जंघामा टाउको राखेर निदाउँंछन् । सात  दिनसम्मपनि  नउठेपछि  कुशहरिलाई  त्यहीँं  छाडेर लवहरि दहभित्र पस्छन् । विषालू सर्पहरुले रक्षा गरिरहेको  कमलदह  भयानक  छ  ।  सबै  फूलमा  सर्पहरु  बेरिएका छन् । लवहरिले मुरली फुक्छ अनि गरुडहरुको दल आएर सबै नागहरुलाई निल्न थाल्छन् । लवहरिले बछर नागलाई नाथ्छन् र त्यसमा सबै फूल लाद्छन् । बालीकरण घोडा लुट्नेहरु कमलदहमा पसेका छन् भन्ने खबर  अयोध्या  पुग्छ  ।  कुलमतिका  छोराहरु  शााल–विशाल पठाइन्छन् । लवहरिसंग उनिहरुको युद्ध हुन्छ । शक्तिवाण  लागेर  बेहोश  लवहरिलाई  बाँंधेर  अयोध्या  लगिन्छ  ।कैदमा  लवहरिलाई  अनेक  यातना  दिइन्छ  —  भुजा भुजाके हिनकर देह करकुट क’देलकै आब यौ । मासु  झखैर  धरतीपर  बौआ  लवहरिके  खसइए  आब  यौ ।उता  कुशहरिको  निद्रा  खुल्छ  ।  बछर  नागले  लवहरिलाई बाँंधेर लगेको सबै बेलीविस्तार सुनाउँंछ ।  रिसले  चूर  कुशहरि  आमा  कहाँं  फर्कन्छ  र  सबै  कुरा  सुनाउँंछ । उसले आमालाई चौरासीमन फलाम ल्याउन भन्छ । सीताले आढत कहाँं बाट आँंचलमा बोकेर चौरासीमन फलाम लिएर आउँंछिन् । विसकर्माले भठ्ठीमा फलाम गलाएर पैँंसठ्ठीवटा छूरी बनाउँंछ । सातोबहिनी भगवती  फलाममा  पस्छिन्  ।  दाजू  छुटाउन  युद्ध  गर्न  कुशहरिले  आमासंग  आदेश  माग्दछ  ।  आफूलाई  छल  गरेर  बन  पठाउने  नन्द  कुलमतीकै  छोराहरुले  लवहरिलाई  बाँंधेको  रीस  र  प्रतिशोधको  ज्वालामा  जलिरहेकी  सीताले  छवटा  टाउका  बाहेक  अयोध्यामा  सबैको टाउको काटेर ल्याउन आदेश दिन्छिन् । छवटा टाउकाहरुमा  राम,  लक्ष्मण,  भरत,  शत्रुघ्न,  हनुमान  र  भुखला  गोआर  छन्  ।  माइती  जनकपुरका  भुखला  गोआर  सीताको  बिहामा  दाइजोमा  पाएको  तीनलाख  गाईसंगै  अयोध्या  आएका  हुन्  ।  कुशहरि  अजोधाको  धार  (सरयूनदी)को  किनारमा  पुग्छ  ।  अयोध्याकी  युवतीहरु नुहाउन सरयूमा आउँंछिन । उसले अगिनबाण हानेर सबैको लुगा जलाएपछि नग्न युवतीहरु उँंखुबारीमा लुक्न  जान्छिन्  ।  उसले  बाघहरु  उँंखूबारीमा  लुकेको  झुठो  खबर  फैलाउँंछ  ।  सेनाहरु  आएर  उँंखूबारीमा  आगो  लगाउँंछन्  र  नग्न  युवतीहरु  बाहिर  निस्कन्छन्  ।  रामचन्द्रको बेइज्जती हुन्छ । यिनी कमलदह लुट्नेको भाई हुन भन्ने थाहा पाएर अयोध्याका योद्धाहरु लड्न जान्छन् । कुशहरिले सबैको टाउको काट्दछ । शाल र विशालको टाउको काटेर रिखि जंगलमा आमा भएतिर फाल्दछ  ।  हनुमान  लड्न  जान्छन्,  उनले  हानेको  गदा  कुशहरिलाई  प्रभाव  पार्दैन  ।  कुशहरि  सीताको  छोरा  रहेको  थाहा  पाएर  हनुमानले  हारेको  जस्तो  गर्छन  र  बाँंधिन्छन् । त्यसपछि रामचन्द्र आफै लड्न आउँंछन् । उनले हानेको बाण कुशहरिको मस्तक छोएर अकासतिर जान्छ भने कुशहरिले हानेको छूरी रामचन्द्रको गोडामा खस्छ  ।  अचम्भ  मान्दै  रामचन्द्रले  परिचय  सोध्छन्  र  जानकीको   छोरा   भएको   थाहापाएपछि   छोरालाई   विह्वल भएर अँंगालो हाल्छन । लवहरि कैदबाट मुक्त गरिन्छ । अमृतवर्षा गरिन्छ र उनि स्वस्थ हुन्छन । सबैजना जानकी  भएको  ठाउँंमा  आउँंछन्  ।  पति  रामचन्द्रलाई  आफूतिर आईरहेको देखेर जानकी करुणाले भरिन्छिन् । उनले  धर्तीलाई  फाट्न  र  आफूलाई  शरण  दिन  आग्रह गर्दछिन् । धर्ती फाट्छ । सीतालाई धर्तीभित्र गइरहेको देखेर  रामचन्द्रले  उनको  कपाल  समाउँंछन्  ।  तर  सीता  धर्तीभित्र समाउँंछिन, रामचन्द्रको हातमा केवल सीताको कपाल  रहन्छ  ।  रामचन्द्रले  जंगलमा  फालेको  कपाल  साबे  वा  मूँंजभएर  उम्रन्छ  —  जानकी  मइआ  प्रभूजीके  नजैर से देखल आब यौ । फाटू फाटू धरती माता पताल जायब  आब  यौ  ।  रामचन्द्रजी  झट  द  माताक  झोँंटा  धरइय आब यौ । हाथमे झोटा रामचन्द्रके रहिगेल माता गेली पताल यौ । झोँंटा फेकि देल रामचन्द्रजी जंगलमे आब यौ । जानकीक झोँंटा साबे उपजि गेल दुनिञामे आब  यौ  ।  जानकी  पाताल  गएपछि  रामचन्द्र  विरक्त  हुन्छन् । उनि सरयूनदीमा शालीग्राम हुन्छन् । रामचन्द्रले चोला छाड्छन् । सतयुग जान्छ र कलियुग शुरु हुन्छ । (पौराणिक कथनमा राम त्रेता युगमा थिए, त्यसपछि द्वापर र त्यसपछि कलियुग आएको भनिएको छ ।)लवहरि–कुशहरिको जानकी वा सीता बाल्मिकीको शास्त्रीय  सीता  होइनन  ।  यो  त  मिथिलाको  श्रमजीवि  समुदायकी सामान्य सीता छिन, जस्मा पीडा छ, खुशी छ, ममत्व छ, दुःख छ, प्रतिशोधको ज्वालापनि छ, पुरुषत्व बाट दमित तर पारम्परिक स्त्रीजस्तै पतिप्रति प्रेम छ, मौन क्रोधपनि छ र नारीहूनुको अभिमानपनि छ । त्यसैले त सबैको मान राख्दै आफू पाताल जान स्वीकार गर्छिन । जेभएपनि यो सीता मिथिलाकी गर्वपूर्ण प्रीय छोरी हुन जसप्रति  भएको  अन्याय  र  अपमान  मिथिलाबासीले  अहिलेपनि बिर्सेका छ्रैनन् ।सीताक जनम वियोगे गेल, दुःख छारि सुख सपनहुँं नहि भेल ।

 

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...