Tue, 11 Dec 2018
ताजा समाचार
महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ ||
भूकम्पको दुई वर्षपछि त्यस दिनलाई सम्झँदा

बैशाख १२, २०७५

  •                      सञ्जय मित्र

 प्रकृति आफैँमा रहस्यमय छ । प्रकृतिका कतिपय घटनाहरुको बारेमा मानिसले अझै पनि पत्ता लगाउन सकेका छैनन् । विज्ञानको चमत्कारले धेरै रहस्यलाई रहस्य रहन नदिएर तिनको रहस्यलाई पर्दाफास गरेको छ । विज्ञानले चमत्कार गरेको हो भन्ने कुरामा कसैलाई आशंका छैन । हरेक दिन विज्ञानका नयाँ आविष्कारहरु आइरहेका छन् । कतिपय पुराना कुरालाई विस्थापित गर्दै लगेको छ । धेरै अन्धविश्वास, विश्वास तथा मान्यताहरुलाई विज्ञानले घटाएको छ, हटाएको छ । मानिसको परिश्रमले गर्दा पृथ्वीभन्दा करोडौँ किलोमिटर टाढाको कुरालाई घरमै बसी बसी देख्न सक्ने भएको छ । पृथ्वीको गर्भभित्र रहेको कुरालाई बाहिर निकाल्न सक्ने भएको छ । आँखाले देख्न नसकिने वायुमा पनि अनेकौँ तत्व रहेको कुरालाई देखाएर प्रमाणित गरेको छ । तर अझै पनि प्रकृतिमाथि विज्ञानले पूर्णरुपमा विजय हासिल गर्न सकेको छैन ।गत आइतवार बिहान एक्कासि कुहिरो लाग्यो । मध्य वैशाखमा कुहिरो लाग्दा धेरैलाई अचम्म लाग्यो । कतिपयले अनेक किसिमका शंकाउपशंकाहरु पनि व्यक्त गरे । मध्य वैशाखमा पुसको जस्तो बाक्लो कुहिरो र एक्कासि कँपकँपाउने जाडोले धेरैलाई डर लागेको थियो । त्यसै दिन दिउँसो त्यस दिनसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो । ज्येष्ठ नागरिकहरुलाई समेत त्यस दिनको प्रकृतिको रुपले अचम्ममा पारेको थियो । सामाजिक सञ्जालमा पनि त्यस दिनको फोटो र शंकाका अभिव्यक्तिहरुले पर्याप्त ठाउँ पाएको थियो । ग्लोबल वार्मिङको असरको रुपमा स्वीकार गरेर धेरैले चित्त बुझाए तर वास्तवमा यसको रहस्य भने बाहिर आउन सकेन ।आज दुई वर्ष पूरा भयो २०७२ मा आएको भूकम्पको । नेपाल निर्माणको इतिहासमा धेरै महत्वपूर्ण भूमिका रहेको गोरखा जिल्लाको बारपाक केन्द्र विन्दू बनाएर गएको भूकम्पको दिन शनिवार परेको थियो । शनिवार सार्वजनिक विदा भएकोले मानवीय क्षति कम भएको तत्कालीन विश्लेषण थियो । यद्यपि हजारभन्दा बढी मानिसको मृत्यु भयो । अरबौँको सम्पत्ति  नाश भयो । त्यस प्राकृतिक विपदाले दीर्घकालीन प्रभाव पा¥यो नेपालमा । यस देशको राजनीतिलाई भूकम्पले खासै ठूलो असर त पारेन तर राजनीति पनि भूकम्पले प्रभावहीन भने रहन सकेन । पुनर्निर्माण प्राधिकरणको गठन भयो । त्यसको सिइओको नियुक्तिदेखि राजीनामासम्म वा सरकार परिवर्तनसँगै हटाउनेसम्मको चलखेल राजनीतिक प्रभावकै रुपमा रहेको थियो । सरकार परिवर्तन र सिइओ परिवर्तन तथा भूकम्पपीडितले पाउने राहत तथा उनीहरुको घर निर्माणको सन्दर्भका नीतिहरु बदलिइरहे । यसले गर्दा दुई वर्ष पूरा हुँदा पनि घरबारविहीन भएकाहरुले अहिलेसम्म घरसम्म पाउन नसकेको गुनासो विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । वैशाख १२ मा दिउँसो आधा घन्टाको फरकमा दुईचोटि गएको भूकम्पमध्ये पहिलोलाई मूल भूकम्प र पछिल्लोलाई पहिलोकै पराकम्प मानियो । भूकम्पले जसरी यहाँको धरतीलाई हल्लायो, जति संरचनालाई ध्वस्त बनायो, कतिलाई क्षतिग्रस्त बनायो, कति मरे, कति अपांग भए र कतिलाई मानसिक प्रभाव प¥यो भन्ने विषयमा यथार्थ जानकारी सबै नेपालीले पाउन सकेको देखिएको छैन । यद्यपि भूकम्प गएपछि करिब तीन महिनासम्म निरन्तर आएको पराकम्पले सम्पूर्ण नेपालीलाई सतर्क रहिरहन सन्देश दिएको थियो । अझै पनि पराकम्प आउन छोडेको छैन । त्यत्तिवेला नै कतिपय सञ्चार माध्यमहरुले भूकम्पसम्बन्धी जानकारी दिँदा तीन वर्षसम्म पराकम्प गइरहने बताएको थियो । अहिलेसम्म सयौँचोटि पराकम्प गइसकेको छ । सुरुमा दिनहुँ जान्थ्यो । पछि विस्तारै समय बित्दै जाँदा पराकम्पको अवधि भने बढ्दै गयो । पराकम्पले धरती हल्लिने क्षेत्र कम हुँदै गयो । पराकम्पको कम्पन पनि कम हुँदै गयो । गत हप्तामात्र काठमाडौँमा भूकम्पको धक्का महसुस भएको थियो, त्यसलाई पनि पराकम्पनकै संज्ञा दिइएको थियो ।वैशाख १२ गतेलाई सम्झिँदा मात्र पनि अधिकांशको मन अहिले पनि डरले कम्पित हुन्छ । भूकम्प आउँदा मधेसमा पनि जन र धन दुवैको क्षति पुगेको थियो । मधेसमा परेको प्रभावको विषयमा धेरै पक्ष मौन छ । भौतिक क्षति पहाड र उपत्यकामा धेरै भएको कुरो निर्विवाद छ तर तराई मधेसमा पनि भौतिक र मानसिक क्षति भएको छ जसको लेखाजोखातिर खासै कसैको ध्यान गएको देखिएन । अरुको पीडा देखेर मधेसले आफ्नो पीडालाई बिर्सेको थियो । त्यस वेला मधेसको हरेक घर र हरेक व्यक्तिले अन्न, तरकारी, कपडा र रकम सबै किसिमको सहयोग पु¥याएको थियो । अझ कतिपय मानिस पहाडका विभिन्न ठाउँमा गएर श्रमदान पनि गरेका थिए निर्माणमा । हो, आफ्नो पीडालाई बिर्सेर अरुलाई सहयोग गरेको गरेको संस्कारको व्यावहारिक प्रदर्शन मधेस र मधेसीले गरेको त्यो अवसर बिर्सन सकिने चाहिँ पक्कै होइन । संकटमा मधेसीले सेवा गरेको अविस्मरणीय समयको सम्झना आजको दिनले गराउँछ । त्यस भूकम्पलाई धेरै ठाउँमा महाभूकम्प पनि भनिएको पाइन्छ । समग्र देश हल्लिएको थियो र अन्य कैयौँ देशमा पनि नेपालको भूकम्पको धक्का महसुस गरिएको थियो । नेपाल बाहेक अन्य केही देशमा पनि जन र धनको क्षति पुगेको थियो भने मधेसमा यसको प्रभाव नपर्ने कुरै भएन । यथार्थमा मधेसले भौतिक क्षतिको साथमा मानसिक क्षति पनि बेहोरेको थियो । धेरैको मनोविज्ञानमा पनि भूकम्पले प्रभाव पारेको थियो । त्यत्तिवेला विभिन्न संघसंस्थाले मुख्य गरी महिला तथा केटाकेटीमा परेको मनोवैज्ञानिक प्रभावलाई कम गराउन मनोसामाजिक विमर्शतिर ध्यान दिएका थिए । मनोसामाजिक विमर्श सेवा गर्नेहरुले पनि धेरै नै मिहिनेत गर्नुपरेको थियो । कतिपय मानिस सपनामा भूकम्प भूकम्प भनेर बर्बराउँदै डराएर भाग्ने गरेको अवस्था पनि थियो । अहिलेसम्म पनि भूकम्पको मनोवैज्ञानिक प्रभाव पूर्णतया हटिसकेको छैन ।भूकम्पले नेपालको एउटा क्षेत्रमा दीर्घकालीन प्रभाव पारेको छ । त्यो हो – गृह निर्माणमा परेको प्रभाव । भूकम्पपछि नेपाल सरकारले गृह निर्माणको लागि निश्चित मापदण्ड नै लागू गरेको छ देशभरि । अब पक्की घर निर्माण गर्दा पहिलेभन्दा धेरै क्षेत्रमा धेरै किसिमले सतर्क भएर बनाउनु पर्ने नियम बनेको छ । अगाडि वा पछाडि अनिवार्यरुपले खुल्ला जमिन छोड्नुपर्ने मात्र नभई सडक निर्माणको स्वरुपलाई समेत परिवर्तन गरेको छ । अब साँघुरा गल्लीयुक्त चार फिट, पाँच फिट बाटोको नक्सांकन सम्पूर्णतः बन्द भएको छ । पहिले सामान्यता दुवैतिरबाट चार चार फिट वा पाँच पाँच फिट कटौती गरेर बीचमा आठ वा दश फिटको सडक बनाएर जमिनको खण्डीकरण वा जमिनलाई घरेडी बनाउने गरिन्थ्यो, अब यो पूर्णतया रोकिएको छ । बाटो फराकिलो हुने गरी बस्ती बसाउने वा घर निर्माण गर्ने जुन नयाँ कुरो भएको छ, यो पहिले शायद थिएन । अब आफ्नो निजी जमिनमा पनि बाटो निकाल्दा गल्लीको नक्सा बनाउन सम्भव छैन । विकासको दृष्टिकोणले हेर्दा यसलाई भूकम्पको सकारात्मक प्रभाव मान्न सकिन्छ ।हुन त विनाशको सकारात्मक प्रभाव हुँदैन पनि भनिन्छ तर हरेक सकारात्मक वा नकारात्मक क्रियाको प्रतिक्रिया हुन्छ नै । प्रतिक्रिया सकारात्मक वा नकारात्मक दुवै हुन सक्छ । साथै एक सन्दर्भमा देखिएको सकारात्मक प्रतिक्रिया अर्को सन्दर्भमा नकारात्मक पनि हुन सक्छ र एक सन्दर्भमा देखिएको नकारात्मक प्रतिक्रिया अर्को सन्दर्भमा सकारात्मक पनि हुन सक्छ । जति धेरै गहिरो वा ठूलो घाउ हुन्छ, उति धेरै ठूलो त्यसको खत पनि बस्छ । हो, भूकम्प यति धेरै ठूलो थियो कि पाँच वर्षभन्दा माथिका प्रायः सबै नेपालीलाई त्यस दिनको सम्झना नभएर रहँदैन । धेरैले आफ्नो जीवनको सबैभन्दा ठूलो प्राकृतिक घटनाका रुपमा पनि वैशाख १२ को भूकम्पलाई मानेका छन् । पहिले अनुमान लगाउन नसकिने हुनाले भूकम्पबाट सधैँ सतर्क रहनु नै बुद्धिमानी हुन्छ । प्रकृतिको भूकम्प नै यस्तो घटना हो जसको बारेमा पहिले कुनै अनुमान वा सटिक भविष्यवाणी कसैले गर्न सकेको छैन । आँधी, समुद्री तुफान र वर्षाजस्ता प्राकृतिक घटनाको पूर्वानुमान लगाउन सकेका वैज्ञानिकहरु भूकम्पसम्बन्धी पूर्वानुमानको कुने स्पष्ट जानकारी प्राप्त गर्न सकेका छैनन् । यस कारण सतर्कता, सचेतता र निरन्तर पूर्व तयारी अवस्थामा मानव समुदाय रहिरहनु पर्दछ । जानकारी नै नदिएर आउने हुनाले हरदम सचेत रहनु नै यसको क्षतिलाई कम गर्ने उपाय हो । निर्माणलाई सकेसम्म भूकम्प प्रतिरोधी बनाउनु र आफूलाई हरेक क्षण भूकम्प अहिले नै आए यसरी सुरक्षित रहन सक्छु भन्नेतिर ध्यान दिनु आवश्यक छ । भौतिक निर्माण र मानसिक तयारी दुवै अवस्थामा सधैँ तयार भएर बस्दा भूकम्पको नोक्सानीलाई निकै कम गर्न सकिन्छ । २०७२ वैशाख १२ को दिन दिउँसोदेखि लगातार हल्लिएको धरतीले सबैलाई दिएको सन्देश यही हुनुपर्छ । सञ्चार माध्यमहरुले पनि यतातिर निरन्तर सचेतना प्रवाह गर्नुलाई आफ्नो कर्तव्य मान्नु उपयुक्त हुन्छ ।

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...