Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
चीन, नेपाल र भारत

बैशाख १६, २०७५

                           किशोर नेपाल

  •                                 किशोर नेपाल

 के भारत र चीनका वीच आ–आफना देशका केही भू–भागमाथि सैनिक लगायतका हस्तक्षेप भएको कारणले मात्र अविश्वास र शत्रुवत तरंगहरु उठेका हुन ?

यो    साता    विश्व–राजनीतिमा    दुइ    महत्वपूर्ण घटना भएका छन । यी दुवै घटना एशियामा  भएका  छन  ।  समयको  लामो  र  कष्टकर  अन्तरालपछि  दक्षिण  कोरियाका  राष्ट्रपति  मून  जाय  इन  र  उत्तर  कोरियाका  राष्ट्रपति  किम  जोङ  उनले  पहिलो  पटक  प्रत्यक्ष  भेटवार्ता  गरेका  छन  ।  एउटै  देश  भएर  पनि  दुइवटा  सार्वभौमिक  अस्तित्वमा  वाँडिएका यो देश एकताको सूत्रमा वाँधियो भने मानव अस्तित्वका लागि यो साह«ै ठूलो योगदान हुनेछ ।शान्ति स्थापनाले नै अन्ततः कोरियाली भूमिलाई एकवध्द वनाउनेछ । यही  कारण  हो  उत्तर  र  दक्षिण  दुइ  कोरियाका      राष्ट्रपतिको      भेटवार्ताले      शान्तिका आकांक्षाहरुलाई वढाएका छन । दक्षिण सहित सम्पूर्ण एशियाई भूखण्ड युध्द, हस्तक्षेप, आतंक र गरीवीको विद्रूप छायाँ, पारस्परिक  आशंका  र  त्राशबाट  उम्किन  सफल  भएमा  यो  शताव्दीमाथि  एशियाको  आर्थिक,  सामाजिक  र  राजनीतिक  वर्चस्व  व्हात्तै वढनेछ । एक्काइशौं शताव्दी शान्ति सहयोग  र  विकासको  शताव्दीका  रुपमा  स्थापित हुनेछ । हेर्दा   पृथक   देखिएपनि   विवादको   यही  कडीमा  पर्ने  र  कडा  स्वभाव  भएको  यो  साताको  अर्को  महत्वपूर्ण  घटना  हो  ः   भारतका   प्रधानमन्त्री   नरेन्द्र   मोदी   र   चीनका  राष्ट्रपति  सी  जिंग  पीनवीचको  भेट–वार्ता  ।  वुहान–वार्ताको  रुपमा  चर्चित  भारत–चीन   वार्ताको   सफलताले   विश्व   शान्ति र एशियाको सर्वोच्चतालाई स्थापित गर्नेछ  ।  भारत  र  चीनका  राष्ट्रप्रमुखहरु  यो  पटक  विना  कार्यसूची  भेट  गर्दैछन  ।  दुवै  देशका नेताहरुले आफनो भेट र वार्तालाई अनौपचारिक राख्न खोजेका छन । भारत र चीनका वीचको छ दशकभन्दा लामो  कटुता  एशियाको  विकासको  लागि  अवरोधक  वनेको  छ  ।  भारत  र  चीन  शान्तिको    पक्षमा    नआएसम्म    नेपाल,    पाकिस्तान, श्रीलंका, भूटान र बांगलादेशका वीचको  प्रेमालाप  मात्रले  केही  हुने  वाला  छैन । दक्षिण एशियाका उल्लेखित राष्ट्रहरुको विडम्वना  नै  यही  छ  कि  भारत  र  चीनका  वीच सम्वन्ध नसुध्रिएसम्म यहाँको आर्थिक जागरण सम्भव छैन । आर्थिक विकासका विषयमा चीन र भारतका वीच सहमतिको राजनीति शुरु नभएसम्म क्षेत्रीय विकासको परिकल्पना नै अर्थहीन हुनेछ । भारत  र  चीनले  सभ्यता,  संस्कृति  र  समृध्दिमा  दुवै  देशको  दृष्टिकोण  समान  भएको  स्वीकारगर्दै  आएका  छन  ।  खाली  ऐतिहासिक  प्रमाण–प्रमेयका  लागि  मात्र  उनीहरुले यो कुरा स्वीकार गरेका हुन भने त्यसको  कुनै  अर्थ  छैन  ।  होइन  भने,  दुइ  देश वीचको सम्वन्धमा सामयिक परिवर्तन ल्याउनका  लागि  दुवै  देशले  ध्यान  दिनुपर्ने  विषय  हो  यो  ।  अहिलेको  युगमा  सभ्यता  र संस्कृतिको उत्तराधिकारको खोजी जरुरी छ  ।  अझ,  समान  प्रकृतिका  सभ्यता  र  संस्कृतिहरुको    समीकरणले    आधुनिक    सम्वन्धलाई वलियो वनाउने मान्यता स्थापित   भै   सकेकोछ   ।   भारत  र  चीन  वीचको  कुन       विवादमा       नेपाल      कहाँ      छ  ?  भारत  र  पाकिस्तानका वीचको विवादमा चीन    कहाँ    छ    ?    यी    विषयहरुको संश्लेषण  नगरी  आफना     विचार     राजनीतिक  हिसावले  नै  लादी  हाल्ने  चलन  छ  हाम्रो  देशमा  ।  निश्चय  पनि,  यो  गतिलो चलन होइन । पछिल्लो  समयमा  विश्वको  पहिलो  शक्ति   राष्ट्रका   रुपमा   अगाडि   वढन   खोजेको चीनले पक्कैपनि प्रतिष्ठाको मूल्य वुझेकोछ  ।  चीनलाई  यो  थाह  छ  आफनो  दक्षिणी    सीमा    केरुङबाट    काठमाडौं–पोखराहुँदै     कपिलवस्तुसम्म     रेलमार्ग     वनाउनु कठिन भएपनि असम्भव छैन । तर, कपिलवस्तुबाट परसम्म निकास भएन भने त्यो रेलको कुनै काम छैन ।त्यसले नेपालमा वसहरुको अखडा मुग्लिन भएजस्तै रेलका लागि  एउटा  ठूलो  जंक्सनका  रुपमा  अर्को  मुग्लिनको विकास गर्नेछ ।भारत   र   चीनका   वीच   मैत्री   र   शान्तिको   युग   शुरुहुनु   त्यति   सजिलो   पनि  छैन  ।  भारतका  पहिला  प्रधानमन्त्री  पण्डित  जवाहरलाल  नेहरुको  समय  सन  १९६५  देखि  शुरु  भएको  दुुइ  देश  बीचको  विवादको रुपलाई नियाल्दा दुइ कोरियाको मिलन  निकै  छिटो  सम्भव  होला  ।  भारत  र   चीनवीचको   जटिलता   छिटै   सकिने   विश्वासगर्नु अत्यन्त कठिन हुन्छ । के भारत र  चीनका  वीच  आ–आफना  देशका  केही  भू–भागमाथि  सैनिक  लगायतका  हस्तक्षेप  भएको कारणले मात्र अविश्वास र शत्रुवत तरंगहरु उठेका हुन ?परिवर्तित समयमा यो तर्कलाई स्वीकारगर्न कोही तयार नहोला । एशियामा  दुइ  दर्शन,  दुइ  सभ्यता,  ती  तरंगहरुलाई  साम्य  पारेर  दुइ  देशका  वीच शान्तिपूर्ण सम्वन्धलाई यथास्थानमा    ल्याउन    दुइ          देशका          नेताहरु  वीचको  सम्वन्धमा सुधार  आउनु  पर्दछ        ।        मोदीको चीन भ्रमणले  त्यो  सम्भावनाको खोजी   गरेको   छ   जसमा   पर   बाट   हेर्दा   सीको   पनि    पूरै    सहमति    देखिन्छ । यसपटक  वुहानबाट  फर्किदा  भारत  र  चीन  दुवै  देशका  नेताले  आ–आफनो पिठ्यूँमा वोकेका अतिरिक्त वोझ र आग्रहहरु उतैका नदीमा फेंकेर फर्किएलान भन्ने आशागर्न सकिन्छ । किनभने, संसारमा आशा भन्दा ठूलो शक्ति अर्को हुँदैन ।  भारत  र  चीनले  छिमेकका  गरीव  र  अविकसित  जनताप्रति  अलिकति  कर्तव्य  वोध  गरेर  शान्तिका  पक्षमा  उदार  नीति  र  न्यायोचित   प्रवृत्ति   प्रारम्भ   गर्न   सकेभने   दक्षिण  एशियाका  साना  मुलुकका  लागि  समृध्दि टाढाको कुरा होइन ।नेपालमा      भारतकाप्रति      सतही      दृष्टिकोणराख्ने       राजनीतिक       दल,       अभियन्ताहरु,  आन्दोलनकारीहरुको  कमी  रहेन । प्रजातन्त्र स्थापनापछिका समयमा यो प्रवृत्ति वढेको छ । नेपालको संविधान लेखन हुँदैगर्दा प्रादेशिक साँध सीमानाको विषयमा भएको  आन्दोलनमा  थुप्रै  मानिसको  मृत्यु  भयो । त्यसैवेला  भारतले  अघोषित  ढंगले  नेपालका  विरुध्द  नाकावन्दी  गर्यो  ।  यो  नाकावन्दी  र  आन्दोलनको  परिणाम  पक्कै  पनि राम्रो आएन । भारतका प्रति नेपालीको मनमा  नमिठो  र  गहिरो  टीस  उत्पन्न  भयो  जुन  स्वाभाविक  थियो  ।  यो  आन्दोलनमा  सरीक  भएको  मधेशी  समुदाय  र  उसका  समर्थकहरुले   ठोस   उपलव्धि   प्राप्तगर्न   सकेनन । मधेशका मांगहरु संकुचित भए । अहिले पनि मधेशमा असन्तोष छ । यसको संवोधनगर्न कसैले सकेका छैनन । यो  नेपालको  आन्तरिक  समस्या  हो  ।  यो पटकको भ्रमणमा राम–जानकीको पूजा–अर्चना र दर्शनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र  मोदी  जनकपुरधाम  जाने  कार्यक्रम  रहेको वताइएको छ । मोदीको जनकपुरधाम भ्रमणकोे महत्व निकै वढी छ । मोदीको जनकपुरधाम भ्रमणले नेपाल र भारतका वीच सांस्कृतिक सदभाव वढाउने त छँदैछ । यसका अतिरिक्त जनकपुरधाम र यो  संग  जोडिएका  विन्दूहरुको  विकासमा  भारतले के योगदान दिनेछ ? त्यतातिर पनि सवैको दृष्टि तानिएकोछ । तीक्ष्ण वुध्दिका, वैदिक  सभ्यताका  अनुयायी  तथा  विव्दान  व्यक्तित्वका   रुपमा   चिनिएका   भारतीय   प्रधानमन्त्री  मोदीले  आगामी  भ्रमण  मार्फत  नेपालीका   मनमा   भारतकाप्रति   रहेका   दहसत, भय, क्रोध र आक्रोश जस्ता घाउको उपचार  गर्नुछ  ।  यी  घाउहरु  नाकावन्दीका  समयदेखि लागेका हुन ।नेपाल–भारतसम्वन्धमा        जतिसुकै        ठूला   उतार   चढाव   भएपनि   सम्वन्ध   अहिलेजस्तो  तल्लो  स्तरमा  खस्किएको  थिएन   ।   नाकावन्दीपछिवृहत्तर   नेपाली   समाजमा   भारतीय   प्रधानमन्त्री   मोदीको   नाम  खलनायकका  रुपमा  निकै  प्रचलनमा  ल्याइएकोछ   ।   यो   निश्चय   पनि   राम्रो   कुरा  होइन  ।  प्रधानमन्त्री  मोदी  र  उनका  शुभचिन्तकले यसमा ध्यानदिनु जरुरी छ ।

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...