Tue, 17 Jul 2018
ताजा समाचार
विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति ||
मिथिला–मधेसमा बुद्धधर्म किन फलिफाफ भएन

बैशाख १८, २०७५

  •               उपेन्द्रभगत नागवंशी

 आज भन्दा दुईहजार पाँचसय बासठ्ठीवर्ष पहिले शान्तिका अग्रदूत सिद्धार्थ गौतम–बुद्धको जन्म भएको थियो । प्राचीन कोलियगणको सीमावर्तीक्षेमा अवस्थित शाक्यगणराज्य  अन्तर्गत  वर्तमान  पश्चिम  नेपालको  लुम्बिनीमा  बैशाख  पूर्णिमाकादिन  गौतमबुद्धको  जन्म  भएको हो । संसारले मानेका र स्वीकारेका धेरै प्रमाणिक साक्षयहरु छन् ।एकव्यक्ति     सिद्धार्थ     गौतमलाई     आप्mनो     जीवनकालमा  देउता  झै  पुजियो  ।  ।।।राजा,रङ्क  फकीर’  सबै  उनका  सिद्धान्तलाई  आत्मसात  गरें  ।    संसारिक  संस्कृतिलाई  मानवतालाई  मार्ग  प्रसस्त  गर्न  बुद्धधर्म  विश्वधर्मको  रुपमा  स्थापित  भयो  ।  तर  मिथिला–मधेसमा बुद्धधर्म स्थापित हुन सकेन ।लुम्बिनी  मुलुक  भित्र  त्यसबेलापनि  र  हालपनि  तराई–मधेसमै  छ  ।  बुद्धका  नीति  सिद्धान्त  संसारमा  प्रतिपादन  भएको  छ  ।  उनका  धेरै  अनुयायीहरु  छन्  ।  तर,  मिथिला–मधेसमा  उनका  एकजनापनि  अनुयायी  वर्तमानमा फेला पर्दैन् । किन र के करण होला ? यो आलेख त्यसैमा केन्द्रित छ ।सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि तत्कालिन समाजमा    देखिएका    अराजकता,    बैयमनुष्यता,    अशान्तिलाई  अन्तगरी  शान्ति  कायम  गर्न  चालेको  पाइला संसारभरि लोकप्रिय भयो । संसारले बुद्धकानीति, सिद्धान्तलाई  अबलम्बन  गरें  ।  तर,  आप्mनै  देशको  तराईक्षेत्रको  मिथिला–मधेसमा  बुद्धका  सिद्धान्त  र  बुद्धधर्मको प्रतिपालन भएन । बर्तमानमा अनकौं राष्ट्रमा बुद्धधर्मलाई राजधर्मको रुपमा स्वीकारीएका छन् । त्यहीं मिथिला मधेसमा उदाहरणकालागि पनि बुद्धधर्म मानिने छैन् । बुद्धिष्ट, भिक्षु–भिक्षुणीपनि अपवादको रुपमापनि देखा पर्दैन । जबकी तत्कालिन समयमा बुद्धकै सिद्धान्त मानेर चलेका थिए मिथिला–मधेशपनि । यसको आधार प्रमाणहरु मिथिला मधेशका लोकपरम्पराहरुमा जीवन्त छ । त्यतीबेला  नेपाल  भारत  भन्ने  थिएन  ।  भारतवर्ष  अन्र्तगत  नै  कोलिय,  शाक्य,लिच्छवी,  मग्ध,  तिरहुत–मिथिला,  विदेह  आदि  गणराज्यहरु  थिए  ।  मिथिला–मधेस  वर्तमानमा  नेपाल  र  सीमापारी  भारतमापनि  पर्दछ । दूबैतिरको इतिहासलाई लोकजीवनको दृष्टीबाट मात्र होइन । बैज्ञानिकताको धरातलमापनि खडो उतार्नु पथ्र्यो  र  पर्छ  ।  किन  मिथिला  मधेसमा  बुद्धका  नीति  सिद्धान्त  प्रतिस्थापन  र  प्रतिपादन  भएन  ।  त्यस्को  बिश्लेषण आउनु पथ्र्यो । त्यो काम धेरै कम भएको छ । सीमापारी र वारी दूबैतर्फका इतिहास रचनेहरु आ–आप्mनो सीधान्तका सीमारेखामा बाँधिएर नै बसें । संसारमा  जे  जति  धर्म–पन्थ,  सम्प्रदायीक  मार्ग  छन्  त्योसबै  मार्गमा  मानव  आप्mनो  मुक्तिको  मार्ग  हेर्दा  रहेछन्  ।  सुख–शान्ति,  ऐश्वर्य  हेर्छन्  ।  मानवीय  गरिमा  तथा व्यक्तित्व, स्वाभिमान एवं अस्मिताको सुनिश्चितता देखछन्    ।  त्यस्तो  अवस्थामा  कुनै  धर्म–पन्थ  मानव  मूल्यहरुबाट रहित होस त्यो प्रसारित हुन सक्दैन् ।  नेपालको       मिथिला–मधेसमा       प्रकृतिको       बड़दहस्त  सदैव  प्राप्त  रह्यो  ।  अन्न–धन्नको  कमि  यस  भूखण्डबासीलाई  कहिले  भएन  ।  त्यसकारण  ईश्वरको  कमिको  अनुभूति  समेत  समान्यजन  गर्न  सकेन  ।  तत्कालीन  व्यवस्थाका  कारण  ।।।ढुङ्गा–पाथर’,  ।।।रुख–गाछ’,  ।।।माटोको  टिस्को–माटिक  ढेला’लाई  पनि  भगवान  मानेर  पुजा  गर्ने  प्रथा  विकसित  भयो  त्यहीं  परम्परा जीवीत रह्यो । मानिसको यस्तो अटुट आस्था बुद्धकै प्राकृत धर्मकै बेसमा बनेका थिए । जो हालसमम कायम छ । बुद्ध पीपलकोबोटमुनी ध्यान गर्थे । उनका आसनीस्थली पीपलबोटलाई जे सुकैभएपनि काटिने र त्यसको काठ उपयोग नगर्ने चलनछ । मात्र पुजा हवन आदि  मांगलिक  कार्यमा  अल्पमात्रामा  पीपरका  केही  हाँकाका काढ प्रयोग गरिन्छ । बौद्धधर्मबाट किन बिमुख भए मिथिला–मधेस वर्तमानमा    हाम्रो    संस्कार    यस्तो    भएकोछ    मानसिक्ता  यस्तो  बनिसकेको  छ  ।    कुनै  कुरो  नहुंदा  हामि राजनीतिकलाई दोष मान्छौ । राजनीतिक दलका नेतालाई दोष दिन्छौं ; होला पनि ! तर, सूक्षमरुपले हेर्ने हो भने हामि  संस्कारगत रुपमा समाज–राष्ट्रमा कोरिएका सीमाभन्दा पृथक जाने, बोल्ने आंट थोरै गर्छौं । शान्ति ,  समानता,  एकता,  पहिचान  आदि  आदर्शका  कुरा  गर्छौं  ।  किनकी  हाम्रा  वेद–पुराण,  उपनिषद्,  मनुस्मृति  आदि ग्रन्थहरु नै त्यस्तै सिद्धान्त सिखाएको हो । हामि त्यस्को ।।।प्mलोअर’ भएका छौं, अनुशरणकर्ता हौं । तर ती ग्रन्थहरुमा नै विभेद, असमानता रहेछ भने त्यसको बारेमा  एकशब्द  पनि  बोल्न  चाहदैनौं  ।  नछुटियाई  ठ्याक भनि हाल्छौं र उदाहरणपनि दिन्छौ –।।।वेदले यस्तो भनेको छ, उपनिषद्मा त्योकुरा वार्णित छ । धर्मशास्त्रले यसरी ब्याख्या गरेका छन् , त्यो कसरी गल्त हुन सक्छ !  ’  हजारौंवर्ष  पहिला  लेखिएका  ग्रन्थका  कुरा  ठीक  उस्तै  कुनैदलका  नेताले  भनेका  कुरा  उनका  समर्थक  र  अनुयायीहरुले  गरेका  ब्याख्या  झै  हुन्छ  ।  सुधारको  खांचो यहा नीरपनि छ । बौद्धधर्म विश्वमा फैलिएको हो त्यो मात्र आप्mनो विशेषताका कारण । किनत आजपनि मानव  मूल्यमा  आधारित  छ  बौद्धधर्म  ।  सनातन  धर्म  बस्तुतः  ब्राह्मण  धर्म  हो  ।  जुनधर्मलाई    हिन्दुधर्मको  चादरले ढाकेर प्रसारित गर्ने काम हुंदै आएको छ । यो  ।।।धर्म मुक्तिको सहज मार्ग हो ’ भनिन्छ । यो सिद्धान्त एउटा  अपवाद  मात्र  हुन्  ।  धूर्त–चतुर  चालाख  आर्य–ब्राह्मण  आप्mनो  मतलाई  स्थापित  गर्न  नीकै  प्रचारक  रुपमा काम गर्दै आए । प्रचारकै बूतामा धर्मका ।।।टलहा’ टक्सार  चलाउंदै  रह्यो  ।  त्यसमाथि  उनिहरुको  जीवन  निहित रह्यो । तर, बुद्धको सार्वजननी एवं सार्वकालिक धर्म थियो तर बुद्ध धर्मका प्रचारक थिएन, भएनपनि । सनातनधर्म  अन्तर्गत  एउटा  संस्कृति  भूmठ,लुट  र  भोग,लिप्साको रहंदै आएको हो । अर्को सत्य, न्याय, सदाचारको ! यी दूबैबीचको प्रतिस्पर्धा र प्रतिस्थापनमा आ  आप्mनो  बर्चश्व  स्थापित  गर्ने  गराउने  खेल  भई  रहंदा  बुद्धका  सिद्धान्तलाई  जीवनमा  सर्वस्वीकार्य  गर्न  दिइएन । गौतम बुद्ध आफैमा एउटा इतिहास हुन् । उनका उपदेशहरु  अनुपम  छन्  ।  त्यसैले  बुद्धधर्म    विश्वधर्म  भएको हो भनि भन्नु पर्दा कुनै अतिसश्योक्ती नहोला । बुद्धका  उपदेश,  सिद्धान्त  प्रतिपादित  होस  भन्ने  पक्षमा मिथिलाका पण्डा, पुरोहितहरुले समान्यजनलाई ध्यान  केन्द्रित  हुनै  दिएन  ।  त्यसका  पछाडि  अरुकेही  नभएर  मूलकारण  –।।।  धर्मको  नाममा  पाखण्डपना,  र  त्यसको  माध्मबाट  धन  आर्जनको  बाटो  उनिहरुले  बनाए  !  ’  धर्मको  नाममा    आडम्बर  अधिक  भयो  र  पाखण्डपनाले  धन  आर्जनको  माध्यम  धर्मलाई  उनिहरुले  बनाए  ।  धर्मको  नाममा  ईश्वरको  नाममा  भजाई  रजाईगरी  रोजी  रोटीको  साधन  बनायो  ।  त्यो  साधन  बन्द  नहोस  भनि  चिन्ताले  पण्डा–पुरोहितहरु  सही चिन्तन गर्न बाट रोकि राखें । र बौद्धको धम्मबाट उत्पति  भएको  धर्मलाई  सर्वसाधारनबीच  परिचित  हुन  दिएन र स्थापित पनि हुन दिइएन । आर्य विचारधाराको घुसपैठ बिस्तारै बिस्तारै जसरी बढ़दै  गए  ।  त्यही  तिव्रताका  साथ  बौद्ध  उपासकहरु  क्षीन्न  हुंदै  गए  ।  आर्य–ब्राह्मणवादी  सोंच  चिन्तन  लोकमानसमा  जसरी  स्थापित  हुंदै  गए  ।  त्यसैगरी    बौद्धधर्म मान्नेहरु मिथिला–मधेसबाट सिद्धिन थाले । जो   देश   समाज   बुद्धका   नीति   सिद्धान्तलाई   गम्भिरतासाथ  लिए  ।  जाने–बुझे,  जीवनमा  अपनाए,  त्यो देश–समाज खुशहाल र समृद्ध छन् । चीन, जापान, सिंगापुर,   थाइल्याण्ड,   म्यानमार,   भुटान,   श्रीलंका,   लाओस, कम्बोडिया, तिब्बत, ब्रिटेन, आदि देश यसका उदाहरण  हुन  ।  बुद्धधर्म  नअपनाएका  देशहरु  आर्थिक  रुपमा सम्मपन्न भएपनि अस्थिरता र अराजकतामा सदैब पिरोलिएकै रहन्छ । यो कुरा संसारमा नजर फर्काएर हेर्दा सहज रुपमा बोध गर्न सकिन्छ । नेपाल र भारतमा जो समुदाय बुद्धधर्ममा विश्वास राखेक छन् सो अनुकूलको आचारण बनाएका छन् उनीहरुको जीवनपनि खुशहाल नै छ । सम्राट   हर्षवर्धन   पछि   बौद्धमार्गीहरुलाई   सुरक्षा   प्रदान  गर्न  लायकका  कोही  शासक  भएन  ।  बुद्धिष्टहरु  आपूmलाई असुरक्षित अनुभूति गर्न थाले । र, ।।।निशोधाह’ भए  ।  ब्राह्मणी  आडम्बरी  व्यवस्था  एवं  रक्तपातपूर्ण  अवस्थामा  सत्ता  कायम  गर्ने  र  शासनशैली  आप्mनो  हातमा राख्ने प्रवृति निकै थियो । त्योशासकीय प्रबृतिकै कारण   बौद्धभिक्षहरुलाई   देशको   मिथिला–मधेसबाट   तत्कालिन  समयमा  पलायन  हुनु  परेको  थियो  ।  यो  नेपालको मिथिला–मधेसक्षेत्रको कुरा मात्रै होइन । भारत जस्ता  महादेशमापनि  ब्राह्मणहरुको  आतंकबाट  आहत  भएर पलायन गर्न बौद्धमार्गीहरु बाध्य भए । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गएकोछ  ।  मधेशी–पहाडी–शेर्पाली–थारु–तामाङ्ग  आदि  वर्णमा  हामि  विभक्त  भएका  छौं  ।  तर,  समग्रमा  हामि  नेपाली  हौं  !  हाम्रो  पूर्णता  यसैमा  छ  ।  यो  भावनाको  विकास हामिले बौद्धका नीति सिद्धान्तलाई अनुशरण गर्दा सहज भावले हुन्छ । मिथिलाको इतिहास,सभ्यता तथा  संस्कृति  संसारका  प्राचीनतम्,  उच्चतम्  एवं  सार्वाधिक  समृद्ध  सभ्यता  र  संकृति  मध्ये  प्रमुख  मानिन्छ । यसको धेरै सारो साक्षय विद्यमान छन् । सम्पूर्ण आर्यावर्तीय  संस्कृतिको  तत्ववोध  मात्र  मिथिलाको  लोक–संस्कृतिलाई ज्ञान आर्जण गरेपछि हुन्छ । यस्तो बिराट मैथिली संस्कृति हो । तर, अन्धआस्था, वर्तमान समयमापनि   बैज्ञानिक   दृष्टकोणले   सही   नभएपनि   लोकविश्वास बनेकाले बुद्धधर्म फलित मिथिला मधेसी समाजमा हुन नसकेको हो, एउटा सत्यपक्ष योपनि हो । उपनिषद्कालमा  मिथिला  शिक्षा  र  संस्कृतिको  प्रमुख  केन्द्र  थियो  ।    कुरु,  पञ्चाल,  आदि  स्थानबाट  आर्यब्राह्मणहरुले  दार्शनिक  विवेचनामा  सामेल  हुन  आउंथिए  ।  मिथिला  नरेश  जनक  स्वयं  तत्वाज्ञानी  थिए  ।  याज्ञवल्क्य  जनकका  विद्वद्सभाका  प्रसिद्ध  दार्शनिक थिए । मिथिलाका शिक्षा पद्धतिको परिणाम यस्तो ।।। छओटा भारतीय दर्शन मध्ये ४ ओटाको रचना नेपालको यसै मिथिला भूमिमा भएको मानिन्छ । सांख्य,  वैशेषिक,  न्याय,  मीमांशा  यी  चारओटा  दर्शन  शास्त्रको  रचना  परम  पवित्र  भूमि  मिथिला–  मधेसमा  भएको  हो  ।  ईशापूर्व  ६००–१००  वर्ष  पूर्वको  कालखण्डमा    गौतम    ऋषि–।।।न्याय’,    कणादऋषि–।।।मीमांशा’, जैमिनी–।।।बैशेषिक’ तथा कपिलमुनीले असख्य ।।।दर्शन’  (दर्शनशास्त्र)  प्रतिपादन  मिथिला  भूमिमा  बसेर  गर्नु भयो । ।।।।।।   वौद्धधर्मको   प्रभावको   आगाडि   वैदिकधर्म   वा  ब्राह्मनीधर्म  प्रायः  लोप  हुन  थालेको  थियो  ।  मिथिला–मधेसमा  सामाजिक  संरचना  भग्न  हुन  सकेन  तर  सुसुप्तावस्थामा  अवश्य  रह्यो  ।  अजात  शत्रुका  आक्रमणले  मिथिला  परतन्त्र  बन्यो  ।  मगध,  गुप्त  आदि बंशको अधिन रहंदै आप्mनो अस्तित्व जोगाएर बाँचे । पुनः हर्षवद्र्धन अधिन मिथिला आयो । सातम् शताब्दिको अरुणाश्व कालामा मिथिलामाथि  तिब्बती आक्रमण  भयो  ।  आठम्  शताब्दिको  अन्तिमचरणमा  बङ्गालका पालबंशले मिथिला माथि आधिपत्य कायम गर्यो  ।  हुंदाहुंदै  सन्  १०९७  ईस्वीमा  कर्णाटवंशीय  सम्राट नान्यदेव मिथिलामा सवलराज्य स्थापना गर्नमा सफल्ता  पाए  ।  त्यसपछि  ब्राह्मणधर्म  एवं  संस्कृतिको  अनुशासन  समाजमा  पुनःस्थापित  भयो  ।  वैदिकधर्म  जागृत  भए  र  बौद्धधर्मको  प्रभावहरु  त्यसपछि  क्रमशः  कम हुँदै मिथिला–मधेसमा समाप्त भएर गयो । अर्को  शासन  सत्तामा  जो  बर्ग  समुदायको  पकर–पहुँच हुंदैन त्यो बर्ग–समुदाय देशका मूलधारबाट कटेकै हुन्छ । त्यस्ता वर्ग आप्mनो जीविकाका साधन जे जसरी हुन्छ निर्वाह गर्न चाहन्छन् अरु सित सरोकार राख्दैन् । यस   प्रकारले   वैदिककालदेखी   बुद्धकालसम्म   मिथिला–मधेस  आर्य  सभ्यताको  केन्द्र  मात्रे  नभई  विश्वसभ्यताक केन्द्र बन्यो । लोकतन्त्रको नाँया बाटो देखाइयो  तर  स्वयं  पछिरह्न  गयो  ।  यसका  पछाडिका  कारणमा  ब्राह्मणवादी  सोंच  चिन्तनले  मिथिलारुपि  रुखलाई घमिरा बने झै च्यातेर खायी दियो । क्रमशः बुधवारको अंकमा प्रकासित हुनेछ ।

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...