Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
शिक्षामा ‘कोर्ष करेक्सन’ को खाँचो

बैशाख २०, २०७५

  •                डा. हरिप्रसाद लम्साल

 शिक्षामा  सरोकारवाला  वा  स्वार्थ  समूह  धेरै  छन्  ।  हरेकका  आ  आफ्नै  स्वार्थ  र  अपेक्षा  छन्  ।  यस्ता अपेक्षाहरु आफ्नो हितका लागि समय समयमा मुखरित  हुनुलाई  अस्वभाविक  मान्नु  पर्दैन  ।  धेरै  मुद्दाहरुमा स्वार्थ समूहको मत फरक फरक देखिए पनि एक विषयमा भने सबैको एउटै मत छ, त्यो हो शिक्षा मन्त्रालयले  काम  गर्न  सकेन  वा  गरेन  भन्ने  ।  यस्तो  मत  सरकार  बाहिरका  पक्षबाट  मात्र  नभएर  सरकारी  निकायहरुबाट समेत आउनु सामान्य जस्तै भइसक्यो । शिक्षा मन्त्रालयले काम गर्न नसकेको होला, यो भन्दा अझ  बढि  गर्न  सकेको  भए  हुन्थ्यो  त्यसमा  बहस  आवश्यक छैन । तर शिक्षामा केहि पनि भएन भन्ने होइन, धेरै उपलब्धि हासिल भएका छन् । यसो भन्दै गर्दा यस लेखको आशय शिक्षा मन्त्रालयले हासिल गर्नुपर्ने जति सबै हासिल गरिसक्यो, अब बाँकी केहि छैन  भन्ने  पनि  होइन  ।  हासिल  गर्न  नसकिएका  पनि  थुप्रै विषयहरु छन्, शिक्षामा अझ पनि धेरै समस्याहरु विगतदेखि आजसम्म ज्यूँ का त्यूँ छन् ।शिक्षा  मन्त्रालयले  उपलब्धि  किन  हासिल  गर्न  सकेन त ? कारण खोज्न भन्दा सोलोडोलोमा काम गर्न सकेन भन्न धेरै सजिलो छ । स्रोतको परिचालन र नतिजा प्राप्तिमा उपयोगी हुने दृटिकोणबाट प्रतिपादित व्यवस्थापकीय सिद्धान्तहरुको आँखाबाट काम किन हुन  सकेन  भनेर  विश्लेषण  गर्न  सकेमा  उपायहरु  निकाल्न सकिन्छ र अहिले चाहिएको पनि यहि हो । संगठनबाट काम सम्पन्न हुनका लागि उद्देश्य, नीति, कानूनी आधार, कार्यक्रम, संगठन संरचना, जनशक्ति, स्रोत र साधन आदिको परिचालन प्रभावकारी ढँगबाट हुनु  आवश्यक  हुन्छ  ।  यी  सबैभन्दा  माथी  नेतृत्वको  सोच,  इच्छा  शक्ति,  प्रतिवद्धता  आवश्यक  हुन्छ  ।  यसका बाबजुद पनि यी पक्षहरुको अवस्था विगतमा के कस्तो रह्यो भन्ने बारेमा विविध मत हुन सक्छन् ।मतहरु जे जस्ता रहे पनि समग्र पक्षको वस्तुगत विश्लेषण  र  विवेचना  अहिलेको  आवश्यकता  हो  ।  यस क्रममा सोच्नुपर्ने विषय के छ भने कमजोरी कहाँ रह्यो  भनेर  यकिन  गर्न  नसकिने  होइन  तर  यो  काम  त्यति सजिलो पनि छैन । किनकी व्यक्तिमा आफूबाट ठिक र अरुबाट कमजोरी भइरहेछ भन्ने सोच रहेसम्म कमजोरी कहिले देखि र कहाँबाट भयो भनेर यकिन गर्न  सजिलो  छैन  ।  प्रस्तुत  सन्दर्भमा  शिक्षाका  केहि  पक्षहरुमा  देहायमा  विश्लेषण  र  विवेचना  गर्ने  प्रयास  गरिएको छ ।’ट्रेण्ड सेटर’ को अभावशिक्षा  सार्वजनिक  वस्तुको  रुपमा  रहेको  हुन्छ,  यो  सार्वजनिक  सरोकार  वा  चासोको  विषय  पनि  हो  ।  जुन  वस्तुलाई  सार्वजनिक  मानिन्छ,  त्यसको  सुनिश्चितता सरकारबाट हुनुपर्छ । यसको व्यवस्थापन र सञ्चालनमा नाफा र लाभको दृष्टिकोणबाट नभइ सरकारको  दायित्वको  रुपमा  लिनुपर्छ  ।  यसलाई  सरकारले  नागरिकको  हकको  रुपमा  लिनुपर्छ  ।  तर  हामीले  शिक्षालाई  सार्वजनिक  वस्तु  वा  सेवाको  रुपमा  लिन  सकेनौं  ।  दस्तावेजमा  सार्वजनिक  रह्यो  तर व्यवहारमा सो प्रतिबिम्बित हुन सकेन ।विगतमा  हाम्रा  भनाइ  के  रहे  र  के  गरियो  भन्ने  विषय  हामी  सबैका  सामु  रहेकै  छ,  यसमा  थप  कोट्याइ  रहनु  परेन  ।  हाम्रो  भनाइ  र  गराइमा  फरक  देखियो  ।  ’कोर्ष  करेक्सन’  कहिँबाट  भएको  भए  अवस्था  अहिलेको  भन्दा  फरक  हुनसक्थ्यो  ।  आत्म  प्रंशसामा राम्रा कामका सूची बन्नसक्छन्, तर मुलुकले सार्वजनिक   शिक्षाको   सुदृढिकरण   गर्ने   सन्दर्भमा   राष्ट्रिय  रुपमा  ’ट्रेण्ड  सेटर’  पाउन  सकेन  ।  स्थानीय  तहमा  भने  केहि  राम्रा  अभ्यास  र  काम  भएका  पनि  थिए तर तिनको प्रभाव सिमित क्षेत्र र स्थानमा रह्यो, तिनीहरु फैलन र विस्तार हुन पाएनन् । साथै प्रयास भएको पनि देखिएन ।’राष्ट्रिय एजेण्डा’ बन्न नसकेको शिक्षानेपालको  शैक्षिक  इतिहास  खोतल्ने  हो  भने  शिक्षालाई हामीले विगतमा त्यति सारो प्राथमिकतामा राखेको  पाईंदैन  ।  मुलुकमा  हरेक  वर्ष  बजेट  तथा  कार्यक्रम आए, आवधिक योजना पनि बनिरहे, धेरै ऐन कानून बनिरहे । धेरै परियोजना कार्यान्वयनमा आए । तर  २०२८  सालमा  बनेको  शिक्षा  ऐनको  विकल्पमा  नयाँ ऐन बनाउन सकिएन, खाली संशोधनबाट काम चलाइयो  ।  शिक्षा  मन्त्रालयले  यतिका  वर्षसम्म  एउटा ऐन पनि बनाउन सकेन भन्न सकिएला । शिक्षा मन्त्रालय, यसका नेतृत्व, कर्मचारीको क्षमता आदिलाई जिम्मेवार बनाउन सकिएला, यी सबै कमजोर रहे भन्न सकिएला  ।  बाहिरबाट  सो  भन्नुलाई  अन्यथा  भन्न  नमिल्ला तर वास्तविकता भने फरक छ ।यसले  के  ईंगित  गर्छ  भने  शिक्षा  मुलुकको  प्राथमिकतामा  पर्नै  सकेन,  दस्तावेजमा  लेखिएका  विषयहरु पनि कार्यान्वयनमा आउन सकेनन् । यसका लागि  शिक्षा  ’राष्ट्रिय  एजेण्डा’  बन्नुपथ्र्यो,  सो  हुन  सकेन  ।  ऐन  बन्ने  विषय  शिक्षा  मन्त्रालय  मात्रको  प्राथमिकताले नपुग्ने थियो, शिक्षा सबैको बन्न नसक्दा ऐन बन्न सकेन । शिक्षालाई ’राष्ट्रिय एजेण्डा’ बनाउन नसक्नुलाई शिक्षाको कमजोरी मान्नु पर्छ नै ।शिक्षाको व्यवस्थापन र सञ्चालनसँग धेरै पक्षहरु जोडिएका हुन्छन् । यी पक्षहरुमा सरकार, अभिभावक, शिक्षक, विद्यालय, समुदाय एवम् समाज सबै पर्छन् । अझ  अहिले  आएर  नागरिक  समाज  र  गैह्रसरकारी  संघ संस्था समेत जोडिन पुगेका छन् । यस्ता पक्षहरुमा सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ, जसको लागि  सरकारले  विगतदेखि  नै  शिक्षा  मन्त्रालयलाई  जिम्मा दिएको थियो र अहिले सम्म पनि छ ।तर  यसको  अर्थ  यो  होइन  कि  शिक्षा  मन्त्रालय  एक्लैले सबै काम गर्न सक्छ । सरकार भित्रका विभिन्न निकायहरुको बीचमा पनि समन्वय र एकिकृत ढाँचा आवश्यक  पर्छ  नै  ।  शिक्षालाई  राष्ट्रिय  रुपमा  साझा  विषय  बनाउन  सके  मात्र  यहाँ  उल्लेख  गरिएका  सबै  पक्षहरुको  सहकार्यमा  शिक्षाको  व्यवस्थापन  र  सञ्चालन हुनसक्थ्यो । तर आजसम्म शिक्षाको समग्र व्यवस्थापन  र  सञ्चालनको  कार्य  सरकार  भित्र  पनि  शिक्षा  मन्त्रालयको  ’नियमित  बिजनेश’  को  रुपमा  मात्र रहन पुग्यो ।  कमजोर नेतृत्व र जनशक्तिशिक्षा क्षेत्रमा विगतमा काम हुन नसक्नुका पछाडि नेतृत्वको जे जति मात्रामा कमजोरी छ सो भन्दा कम कमजोरी कार्यरत जनशक्तिको पनि छैन, यसो भन्दा कसै माथि अन्याय हुँदैन । जनशक्तिको मूल दायित्व विधि  पद्धतिमा  काम  गर्ने  गराउने  हो  ।  प्रशासकले  नमिल्ने काम हुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्ने हिम्मत गरेको भए नेतृत्व एक्लैले विधि पद्धति बिर्गान सम्भव थिएन ।जब  एक  पटक  विधि  र  पद्धति  भन्दा  बाहिरबाट  काम गरिन्छ, त्यस पछि सो नजिरको रुपमा अगाडि बढन शुरु  गर्छ  ।  हामी  कहाँ  भएको  पनि  यहि  हो  ।  कार्यरत  जनशक्तिमा दक्षता क्षमता, इमान्दारिता, व्यावसायिकता, नैतिक बलभन्दा पनि शक्ति ठूलो भन्ने भावना विकसित हुदैँ  गयो  र  सो  शक्ति  जसरी  हासिल  गर्ने  काममा  हामी  उद्त  भइरह्यौ  ।  तल  माथी  सबैतिर  यो  भइरह्यो,  मात्रा  घटि बढि रह्यो होला तर यो भई नै रह्यो । शक्ति प्राप्तिको होडमा लाग्न नसक्ने वा नलाग्ने क्रमशः रिङ्भन्दा बाहिर परिरहे, बाहिरिने क्रम बढिरह्यो ।शक्ति आर्जनमा केन्द्रित शिक्षकशैक्षिक  अवस्थाको  विश्लेषण  गर्दा  छुट्नै  नहुने  अर्को पक्ष शिक्षक हो । किनकी असल शिक्षकबाट मात्र  विद्यार्थीको  व्यवहार  परिवर्तन  सम्भव  छ  ।  विगतमा हामीले शिक्षकलाई ’शिक्षक’ कै रुपमा रहन दिएनौ । उनीहरुलाई घिसारेर राजनीतिमा ल्याउने पनि हामी नै हो । यहाँबाट नै शिक्षक विभिन्न राजनीतिक दलका  भातृ  संगठनमा  विभक्त  हुने  क्रम  शुरु  भयो  ।  शिक्षकलाई पेशागत दायित्व वहन गर्न र व्यवसायिक बन्नु पर्छ भन्दा पनि शक्ति आर्जनमा लगाइयो ।शिक्षकले  पनि  राजनीतिबाट  बढि  आग्रहपूर्ण  अपेक्षा राख्ने क्रम शुरु भयो, उनीहरु पनि राजनीतिक शक्तितर्फ आकर्षित हुनपुगे । प्राज्ञिक शक्ति छाँयामा पर्न  गयो  ।  जिम्मेवारी  र  जवाफदेहीता  वहन  गर्ने  गराउने विषय गौण बन्ने अवस्था सृजना भयो । घटना परिघटनाले  शक्तिका  लागि  संर्घष  र  सम्झौता  गराइ  रह्यो । राम्रा भन्दा हाम्राले प्राथमिकता पाउन थाले । राम्राहरु छाँयामा परिरहे । विधि पद्धति जवाफदेहीता र  पेशा  धर्मिता  धरमराउन  थाल्यो  ।  समयको  क्रममा  बढ्दै गयो । जानेर नजानेर हामी सबै बढाउने काममा उद्त भइ नै रह्यौं ।हिम्मत गरौं कमजोरी खोतल्नेशिक्षामा  किन  काम  भएन  भन्ने  बारेमा  यी  र  यस्तै  पक्षहरुमा  गरिने  विश्लेषणको  सूची  लामो  बन्न सक्छ । यसो हेर्दा के शिक्षामा नकारात्मक पक्ष मात्र छन् त ? भन्ने प्रश्न पनि उठन सक्छ । भएको उपलब्धि त भइहाल्यो, उपलब्धि किन हासिल भएन भन्ने  क्रममा  कमजोरी  त  खोतल्नै  पर्छ  ।  यसो  गर्दा  नकारात्मकता बढेको ठान्ने मानसिकता हामी सबैले त्याग्नुपर्छ । एकले अर्कोलाई दोष लगाउने भन्दा पनि पहिला  सामूहिक  जिम्मेवारी  अनि  आफ्नो  आफ्नो  भागमा  परेको  जिम्मेवारी  लिने  संस्कार  हामीमा  चाहिएको  छ  ।  यस्तो  प्रवृत्तिबाट  मात्र  सुधार  शुरु  हुनसक्छ । त्यसो भए अब सुधार कसरी शुरु गर्ने त ?उत्तर  सजिलो  छ,  यसका  लागि  आफूलाई  दिएको  काम  गर्नुपर्छ,  पेशाको  धर्म  निर्वाह  गर्नुपर्छ,  पेशाधर्मिता स्वीकार गर्दै अगाडि बढ्नुपर्छ । सुधारका लागि हामीकहाँ ठूलो ठूलो कुरा गर्ने संस्कार बढेको छ  ।  सानो  सानो  काम  गर्दै  गएमा  जम्मा  भएको  सुधारले  ठूलो  आकार  लिनेमात्र  हो,  एकै  पटक  ठूलो  सुधार  सम्भव  छैन  ।  यसका  लागि  सबैभन्दा  पहिला  हाम्रो  सोच,  कार्यशैली,  संस्कार,  प्रवृत्ति  आदिमा  परिवर्तन  चाहिन्छ  ।  नेतृत्व,  कर्मचारी  एवम्  शिक्षकमा इमान्दारिता, व्यावसायिकता र पेशाधर्मिता चाहिन्छ । यसले सुधारको शुरुवात आफूबाट गर्नुपर्छ भन्ने  भावना  जागृत  गराइदिन्छ  र  अहिले  चाहिएको  पनि यहि हो ।शिक्षामा  सुधारका  लागि  व्यक्तिको  आचरण,  संस्कार,  बानी  व्यहोरामा  परिवर्तन  ल्याउनु  पर्छ  ।  नेतृत्व र जनशक्ति (कर्मचारी र शिक्षक) व्यावसायिक नबनेसम्म  जतिसुकै  ठूला  सुधार  काम  अगाडि  सारे  पनि  त्यसबाट  अपेक्षित  नतिजा  हासिल  हुन  कठिन  छ  ।  सकारात्मक  सोच  भएका  जनशक्ति  भए  पछि  अनि  नीतिगत,  संगठनगत  र  व्यवस्थापकीय  पक्षमा  सुधार सजिलो र प्रभावकारी हुन्छ । व्यक्तिमा आउने परिवर्तनका लागि संगठनका नीति र नियम आवश्यक हुन्छन्  तर  नैतिकता,  इमान्दारित  र  पेशाधर्मिताको  मनन् र पालना सबैभन्दा महत्वपूर्ण हुन्छ ।शिक्षामा  गर्नुपर्ने  कामहरु  धेरै  छन्  ।  ती  सबै  कामहरु  यस  सानो  लेखमा  समेट्न  सम्भव  छैन  ।  यस्तो विश्लेषणबाट मात्र गर्नुपर्ने सबै कामहरु उजागर नहुन पनि सक्छन् । शिक्षामा गर्नुपर्ने धेरै कामहरुमध्ये विद्यालय    उमेरका    सबै    बालबालिकाहरुलाइ    विद्यालयमा    ल्याउने,    विद्यालय    टिकाउने    र    स्विकार  योग्य  सिकाइ  उपलब्धि  हासिल  गराउने  अहिलेका  प्राथमिक  कार्यहरु  हुन्  ।  एउटा  सुधारले  अर्को  सुधारका  लागि  उत्प्रेरणा  र  क्याटलिष्टको  भूमिका  निर्वाह  गर्न  सक्छ  ।  तसर्थ  सुधारको  पहिलो  कार्य  अत्यन्त  महत्वपूर्ण  हुन्छ  ।  यस्तो  पहिलो  कार्य  अरुबाट भन्दा पनि आफैबाट शुरु गरे सुधारको यात्रा दिगो  हुनसक्छ  ।  यस  क्रममा  तलका  कार्यहरु  गर्न  सक्यौं  भने  सुधारको  कार्य  तत्काल  अगाडि  बढ्न  सक्छ,  सुधार  देखिने  र  अनुभव  गरिने  गरी  सतहमा  आउन थाल्छ ।–  २०७५  को  शुरुवात  सँगै  सञ्चालनमा  रहेको  विद्यार्थी भर्ना अभियानलाई सफल र प्रभावकारी बनाई सबैलाई  विद्यालयमा  ल्याउने  कार्य  आजबाटै  गर्नु  आवश्यक  छ  ।  यसमा  सकेको  सहयोग  सबैबाट  हुनु  आवश्यक छ । मैले अलिकति सहयोग गर्दा विद्यालय बाहिर  रहेका  बालक  वा  बालिका  विद्यालय  आउन  सक्छन्  भने  मैले  किन  नगर्ने  ?  भन्ने  सोच  अहिले  चाहिएको छ । सरकारले गर्नुपर्छ भन्नेमा दुइमत नहोला, तर  मैले  पनि  गर्नुपर्छ  भन्ने  भावना  नआएसम्म  हामी  माथि भनिएका जालोबाट बाहिर आउन मुस्किल छ । त्यहाँबाट बाहिर नआइकन सुधार सम्भव पनि छैन ।सरकार   र   शिक्षाका   सरोकारवालाहरु   सबै   बालबालिकाहरुलाई  विद्यालयमा  ल्याउने,  टिकाउने  र  सिकाउने  कार्यमा  लाग्न  सकेमा  शिक्षाको  पहिलो  मुद्दा सदाका लागि सुल्झने थियो । नागरिक समाजले यसमा  अगुवाइ  गर्न  सक्छ  ।  सबै  पक्षको  सहयोग  र  सहकार्यले सरकारलाई अझ बढि जवाफदेही बनाउन थप सहयोग पुग्ने थियो । शिक्षामा अहिले चाहिएको आन्दोलन  यहि  हो  ।  विद्यालयमा  विद्यार्थी  ल्याउने,  टिकाउने र सिकाउने आन्दोलन ।–  बालबालिकाहरुलाई  विद्यालयमा  टिकाउन  र  सिकाउनका  लागि  विद्यालय  र  कक्षाकोठाको  वातावरण उपयुक्त हुनु आवश्यक हुन्छ । नयाँ भौतिक पूर्वाधारको व्यवस्था गर्नमा समय र स्रोत लाग्न सक्छ । आजका  दिनमा  स्रोतको  व्यवस्था  गरे  पनि  यसबाट  काम  हुन  समय  लाग्छ  ।  स्रोत  बढाउने  काम  त्यति  सजिलो पनि देखिएन ।विगतका वर्षहरुमा शिक्षाको बजेट घटेको घट्यै छ,  अब  बढ्छ  भनेर  कसरी  विश्वास  गर्ने  ?  हुन  त  आशावादि पनि हुनु आवश्यक छ । सोचौ कि अबका दिनमा  शिक्षामा  बजेट  घट्ने  छैन,  क्रमश  बढ्नेछ  ।  अबको  दायित्व  भनेको  बजेट  बढाउने  काममा  पनि  लाग्ने  र  भएको  स्रोतको  उच्चतम  प्रयोग  र  सदुपयोग  पनि गर्दै जाने हुनुपर्छ । हाम्रा विद्यालयको वातावरण सफा र सुरक्षित बनाउने काम हामी आफैबाट आज देखि  नै  शुरु  गर्न  सक्छौं  ।  हिजोको  दिनमा  पनि  यो  काम हुने गर्दथ्र्यो, बीचमा आएर छोडियो र अब फेरी शुरु गरौं ।आज      पनि      विकसित      मुलुकहरुमा      अभिभावकहरुको  सहयोगमा  विद्यालयमा  विविध  क्रियाकलापहरु  हुने  गरेको  भेटिन्छ  ।  आजबाट  स्थानीय  समुदाय,  शिक्षक  र  अभिभावक  मिलेर  वातावरण सुधार गर्न लाग्ने हो भने हाम्रो विद्यालयको अवस्था सुध्रन्छ । विद्यार्थी भर्ना अभियानको क्रममा शुरु गर्न सकिने अर्को सानो र मसिनो काम यसलाइ मान्न सकिन्छ ।–  बालबालिकाहरुका  सिकाइका  आधार  स्तम्भ  शिक्षक  हुन्  ।  उच्च  मनोबल  भएका  शिक्षकबाट  यो  काम  सम्भव  छ  ।  संगठनमा  क्षमता  भइ  नकारात्मक  सोच भएका व्यक्ति भन्दा कम क्षमता भइ सकारात्मक सोच भएका व्यक्तिले धेरै गर्न सक्छन् भन्ने गरिन्छ । समय  सापेक्षरुपमा  हाम्रा  शिक्षकको  विधि  पद्धति  र  प्रविधि  आदिमा  क्षमता  विकास  गर्नमा  समय  लाग्न  सक्छ । तर व्यक्तिमा सकारात्मक सोचको विकास शुरु गर्न तालिम नहुँदा पनि हुन सक्छ र यो कार्य आफैबाट शुरु गर्न सकिन्छ ।मैले   गर्नुपर्छ,   ममा   ठूलो   जिम्मेवारी   छ,   बालबच्चाको सिकाइमा मेरो ठूलो दायित्व छ भनेर शिक्षकले आफ्ना काम शुरु गर्ने हो भने सुधारको कार्य आजबाट  नै  शुरु  हुन्छ  ।  यस  सोचलाई  व्यवहारमा  उतार्न  सबै  शिक्षक  आफ्नो  पुरा  समय  कक्षाकोठामा  बिताउनु  पर्छ  ।  विद्यार्थीसँग  अन्तरक्रिया  गर्नुपर्छ  ।  कक्षा कोठामा पुरा समय नदिएका शिक्षकले पुरै समय दिने, समय दिएका शिक्षकले के गर्दा विद्यार्थीसँगको अन्तरक्रिया बढ्न सक्छ भनेर खोजी गरी कार्यान्वयन गर्ने  र  अन्तरक्रियालाई  अझ  बढि  सार्थक  बनाउने  काम  गर्नलाई  अहिले  नै  थप  स्रोत  चाँहिदैन  ।  अहिले  तत्कालमा यति मात्र गर्न सके पनि कक्षा कोठा भित्रको सिकाइ वातावरणमा ठूलो सुधार हुन सक्थ्यो ।–  विद्यार्थीको  सिकाईमा  अभिभावक  सहयोगको  ठूलो  महत्व  हुन्छ  ।  विद्यालय  र  शिक्षक  बीचको  सहकार्यले  यसलाई  थप  बढाउने  सामथ्र्य  राख्दछ  ।  हामीलाई आफ्ना छोराछोरी पढेको विद्यालय जाने फूसर्द छैन । तर यो भनेर हुँदैन । विद्यालय र अभिभावकको बीचमा समय समयमा अन्तरक्रिया गर्नुपर्छ, आफै पनि विद्यालय  जानुपर्छ,  विद्यालयले  पनि  अभिभावकलाई  बोलाउनुपर्छ  ।  अभिभावकहरुको  अनुभवलाई  शिक्षक  र  विद्यालयले  प्रयोग  गर्न  सक्नुपर्छ  ।  अभिभावकसँग  मिलेर शैक्षिक सामग्री निर्माणका कार्यहरु गर्नुपर्छ । एक आपसमा बसेर छलफल गर्ने संस्कार बसाल्नु आवश्यक छ  ।  बोलाउने  बित्तिकै  सबै  अभिभावक  नआउन  पनि  सक्छन् । यो कार्य आजैबाट शुरु गर्नु आवश्यक छ । यसो गर्नका लागि थप स्रोत नलाग्न पनि सक्छ । यस्ता कार्यबाट  विद्यालय  प्रति  अपनत्व  बढ्ने  मात्र  नभइ  आफ्ना  छोराछोरीको  पढाइ  तर्फ  पनि  विस्तारै  लगाव  बढ्न सक्छ ।–  विद्यालय  व्यवस्थापन  समितिको  बैठकमा  छलफल गर्ने विषय अनिवार्य रुपमा विद्यार्थीको भर्ना, विद्यार्थीको  टिकाउ  र  विद्यार्थीको  सिकाइका  बारेमा  बनाउनु आवश्यक छ । यस्तो बैठक हरेक महिनामा दुई पटक गर्नका लागि आज बाटै शुरु गर्नु आवश्यक छ  ।  यस्तो  बैठकमा  शिक्षकलाई  अनिवार्यरुपले  सहभागि  बनाउनु  पर्छ  ।  बैठकमा  सहमति  भएका  विषयहरुलाई तत्काल कार्यान्वयनमा लैजाने र बाँकी विषयहरुलाई  क्रमश  छलफल  गर्दै  कार्यान्वयनमा  लैजान सके यसबाट सार्थक सहभागिता भई नतिजा हासिल हुन सक्छ ।सुझाव  दिन  धेरै  सजिलो  छ  ।  कार्यान्वयनका  लागि  थप  प्रतिवद्धता,  इच्छा  शक्ति,  जाँगर  र  आँट  चाहिन्छ  ।  जस्ले  जहाँ  जे  जति  सुझाव  दिए  पनि  आधारभूत पक्ष के रहेछ भने सुधारका लागि व्यक्ति स्वयम्  तयार  नभए  सम्म  बाहिरी  आवरणमा  गरिने  सुधारबाट सार्थक परिणाम हासिल हुन सक्दैन ।२०७५ को भर्ना अभियानले शिक्षामा सुधारका लागि एउटा पहल नागरिक स्वयमबाट पनि शुरु होस् है,  भन्न  खोजिएको  हो  ।  सरकारले  गर्न  खोजको  काममा  नागरिकको  साथ  खोजेको  हो  ।  हाम्रो  प्रयासबाट सरकारलाई थप झक्झकाउन सक्छ ।(लम्साल    शिक्षा,    विज्ञान    तथा    प्रविधि    मन्त्रालयका सहसचिव हुन्,सौजन्य एडु खबर ।

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...