Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
महामहिम मोदीको यात्रा

बैशाख २३, २०७५

  •                    देशकाल

  •                    किशोर नेपाल

 नरेन्द्र मोदी जनकपुरको बाटो नेपाल पस्नु हामी सोझा–साझा, लाटा–गाँडा नेपालीका लागि अनौठो कुरा भएपनि यसका दूरगामी प्रभाव पक्कै रहनेछ ।

यो    पटक    नेपालले    भारतसंगको    कूटनीतिक   सम्वन्धमा   पहिलो   र   नयाँ   अनुभव    गर्दैछ    ।    दुइदिने    भ्रमणका    लागि   वैैशाख   २८   गतेनेपाल   आउन   लागेका    भारतीय    प्रधानमन्त्री    नरेन्द्र    मोदी  भिठ्ठामोड  नाकाबाट  नेपाल  प्रवेश  गरेर जनकपुरधाममा राम–जानकीको पूजा–अर्चना      गर्नेछन      ।      नेपालीहरुको      आकांक्षा  र  अपेक्षा  थियो  इण्डियन  एयर  फोर्सको   विमान   चढेर   मोदी   महानगर   काठमाडौंकै     बाटो     नेपाल     प्रवेश     गरुन । संघीय राज्यको वीजारोपण भएपछि नेपालका थुप्रै ठूला शहरहरु महानगरभएका छन   ।   यो   स्तम्भकारलाई   आश्चर्यपनि   लाग्यो,  “ऋृषिमन”  का  नरेन्द्र  मोदीजीले  काठमाडौंको  मूल  ढोकाबाट  नेपाल  प्रवेश  नगरेर  किन  छानेका  होलान  जनकपुरधाम  प्रवेशगर्न जस्केलाको बाटो ?यसमा सामान्य नेपालीहरु  आश्चर्यचकित  हुनु  स्वभाविक  हो । किनभने, अहिलेसम्म भिठ्ठामोड जस्तो सानो  नाकाको  बाटो  मोदी  जस्ता  अत्यन्त  महत्वका अन्तर्राष्ट्रिय व्यक्तित्वको के कुरा ? भारतीय राज्य विहारको सामान्य डीएम पनि नेपाल भित्रिएका छैनन होला । स्थलमार्गबाट     नेपाल     भारतवीच     आवागमनको मुख्य र सुविधाजनक बाटो     जनकपुर–जयनगर     हो  ।  मानिसकै  कुदाइ  वरावर   महोत्तरीको   बिजलपुराबाट जनकपुरहुँदै   जयनगरसम्म   कुद्ने छोटीलाइनको रेलवेले        यो        भेग वा इलाकाका मानिसहरुको आवश्यकता पूरागर्न ठूलो   मद्दत   गरेको   थियो   ।   जयनगरको   सीमामा रहेको खजुरा भन्सारबाट महिनाथपुरहुँदै  जनकपुर  आइपुग्ने  यो  रेल  असमयमा नै थोत्रो भयो । मर्मत सम्भारका लागि  रेलवेले  कमाउने  दैनिक  आम्दानी  पर्याप्त थिएन । त्यसैले नेपाल सरकार, त्यो पनि राजाको सरकार, चूप वस्यो । भारतले रेलवे  वनाइ  दिन्छु  भनेर  सहयोगको  हात  लम्कायो । तर अहिलेसम्म वनेको छैन ।यसपटकको    भ्रमणमा    प्रधानमन्त्री    मोदीले  यो  रेलको  कुरालाई  मात्र  होइन,  हुलाकी  मार्ग  लगायतका  अन्य  विषयलाई  समेत  आफनो  “मनकी  वात”  वनाइदिए  भने जनकपुरवासीको मात्र होइन, मधेशको तिव्र  विकासगर्न  चाहने  सवै  नेपालीको  मन   प्रफुल्ल   हुनेथियो   ।   वास्तविक   नेपाली जनताका लागि मधेशको महत्व र मधेशसंगको अपनत्व अत्यन्त संवेदक छ । मधेश हामी नेपालीको जातीय उद्यान हो । यति भै दिए अतीतमा नाकावन्दीका रुपमा नेपाल–भारत  सीमामा  खेलिएको  खेलको  पनि राम्रै क्षतिपूर्ति हुने थियो ।नरेन्द्र  मोदी  जनकपुरको  बाटो  नेपाल  पस्नु   हामी   सोझा–साझा,   लाटा–गाँडा   नेपालीका  लागि  अनौठो  कुरा  भएपनि  यसका दूरगामी प्रभाव पक्कै रहनेछ । नेपाल र  भारतवीचको  सीमा  त्यति  सजिलो  छैन  जति  वताउँदै  आइएको  छ  ।  पहिले  पनि  नेपाल  र  भारत  सीमामा  पर्ने  ठाउँमा  डाँकुहरुको   आतंकको   कुरा   सुनिन्थ्यो । राजाको नेतृत्वको पन्चायतकालमा    राजाका    विरोधीहरुको     हत्यागर्न     तत्कालीन          नेपाली          सुरक्षाले        सीमानाका        डाँकुहरुको          प्रयोग          गर्दथे । यो कुरा काठमाडौं शहरमादन्त्यकथा जस्तो            लागेपनि            यहाँका   मानिसले   घटनाहरु   विर्सिएका   छैनन । अहिले पनि, सीमा पूरै सुरक्षित छैन होला  ।  तर,  सुरक्षाकर्मीहरुसंग  आधुनिक  प्रविधि र संयन्त्रहरुहुने हुनाले नेपाल भारत सीमा तुलनात्मक रुपले सुरक्षित छ । नरेन्द्र मोदी  भारतका  जन  नेताहुन  ।  जनताका  नेताहरु  जनतासंग  घुलमिलगर्न  चाहन्छन  ।  भिठ्ठामोडको  बाटो  जनकपुरछिर्दा  मोदीको  आँखाले महोत्तरीको महत्वपूर्ण शहरी गाउँ जलेश्वर  र  त्यसपछि  पिपरा  लगायतका  थुप्रै अविकसित गाउँको तस्वीर खिच्नेछ । सामान्य  मानिसका  लागि  मोदीको  भ्रमण  उत्सवकै रुपमा प्रस्तुत हुनेछ । यसपटक मोदी भ्रमणको पहिलो उद्देश्य राम–जानकीको पूजा अर्चना हो भन्ने त स्पष्ट नै  छ  ।  यसमा  नेपालका  प्रधानमन्त्री  केपी  ओली विशिष्ट पाहुनाको स्वागतका लागि मन्दिर  परिसरमा  उपस्थितहुने  अनुमानगर्न  सकिन्छ  ।  मोदीले  गंगसागरको  पनि  दर्शन  गर्नेछन । जानकी मन्दिरका परिसरमा रहेका कुनैपनि  धार्मिक  र  ऐतिहासिक  महत्वका  मूर्ति र मन्दिरहरु वाँकी रहने छैनन । मोदीले जनकपुर  र  अयोध्याका  वीच  सम्वन्धको  डोरी    कति    कसिलो    छ त्यसको      उदाहरण      आफनै आँखाले देख्नेछन  ।  अयोध्यामा राम  मन्दिर  निर्माणका लागि नेपालका हजारौं हिन्दूहरु     एकएक     ईंटा   वोकेर   कारसेवामा   गएका  थिए  ।  ती  दृश्यहरु  यो  स्तम्भकारको  आँखामा  अहिले  पनि  चम्किइ रहेका छन । जनकपुरधामको    रंगभूमि    मैदानमा    मोदीको नागरिक अभिनन्दनगर्ने एउटा मुख्य कार्यक्रम राखिएकोछ । खास नाम रंगभूमि भएपनि बाह«विघाका नाम सुप्रचलित भएको यो  भूमिको  महत्व  धार्मिक  र  राजनीतिक  दुवै  छ  ।  राम–जानकी  परिसरमा  रहेको  यो  भूमि  कतिपय  धार्मिक  कार्यक्रमहरुको  मूल  थलो  हो  ।  राजनीतिक  पार्टीहरुले  यहीबाट  आफना सपनाहरु सुनाउने गरेका छन । चार दशकअघि  यो  भूमिको  आयतन  ठ्याक्कै  बाह« विघा थियो । अहिले यो खुम्चिदै गएर वाह«विघाको आधा नै भैसकेको हुनु पर्दछ । सार्वजनिक  जग्गाहरुको  सुरक्षामा  सरकार  र  स्थानीय  सरकारले  पटक्कै  चासो  नलिने  रोगले   नेपालका   सार्वजनिक   सम्पत्तिमा   खिया लाग्दै गएका छन । रंगभूमि त्यसैको एउटा जीवित उदाहरण हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमण नेपालको प्रादेशिक विभाजनपछि हुन लागेको  छ  ।  जनकपुरधाम  अहिले  प्रदेश  नम्वर  दुइको  राजधानी  वनेकोछ  ।  प्रदेश  सभाले नतोकेसम्म प्रदेश नम्वर दुइको नाम र  राजधानी  पनि  निश्चित  हुँदैन  ।  यद्यपि,  मधेशमा   धेरै   महत्वपूर्ण   स्थानहरु   छन   तर   ती   सवैमा   जनकपुरधामको   महत्व   सर्वाधिक  अधिक  छ  भन्न  कुनै  अप्ठेरो  छैन    ।    जनकपुरधामको    समानान्तरमा    बीरगन्ज  शहर  छ  ।  तर,  त्यो  आर्थिक  र  औद्योगिक शहर हो । सांस्कृतिक हिसावले बीरगन्जवासी  हिन्दूहरु  र  संस्कृतिप्रेमीहरु  जनकपुरधामप्रति  नतमस्तक  छन  भन्ने  त  यहाँका  ज्ञानी  र  भलाद्मी  मुख्यमन्त्रीले  वुझनु भएकै छ । अन्ततः जनकपुरधाम नै दुइ नम्वर प्रदेशको केन्द्र हुने देखिन्छ । हाम्रा        कुनैपनि        शहरहरुमा        शहरको   स्वभाव   छैन   ।   विराटनगर,   नेपालगंज,  वीरगन्ज,  जनकपुरसंग  शहरका  तत्वहरु छन । तर, त्यसको संयोजन गरिएको छैन  ।  संयोजनको  मामिलामा  काठमाडौं  शहर  पनि  निकै  पछि  छ  ।  राजा  महेन्द्रका  पालामा   जग   हालिएका   महेन्द्रनगर   र   राजविराजजस्ता    शहरहरुले    अहिलेको    जनसंख्या  धान्न  सक्दैनन  ।  ती  सारै  साना  छन  ।  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीले  जनकपुरधाम  र  त्यस  वरपरको  क्षेत्रको  यथास्थितिमा दर्शन गर्नेछन । यो पनि एउटा स्वागत योग्य विषय हुनेछ । नेपालसंग सीमा जोडिएका   भारतका   शहर   बजारहरुको   उन्नति  नेपाली  शहर  बजारको  उन्नतिसंग  गाँसिएको   छ   ।   यसमा   कुनै   अप्ठेरो   मान्नु   जरुरी   छैन   ।   यतिवेला   ढोलक   वजाएर   भारतीय   प्रधानमन्त्री   महामहिम   नरेन्द्र मोदीको स्वागतगर्नु हाम्रो कर्तव्य हो । अतिथि देवोः भव ।

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...