Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
भारतीय प्रधानमन्त्रीको स्वागतमा प्रतीक्षारत प्रदेश

बैशाख २६, २०७५

  •                                  सञ्जय मित्र

 देश   संघीयतामा   प्रवेश   गरेपछि   देशमा  पहिलो  सरकारको  गठन  भएको  छ  निर्वाचनले  ।  लोकतन्त्रमा  निर्वाचन  आत्मा मानिन्छ । नागरिकले नै सरकारको निर्माण  गर्ने  भएकोले  यो  लोकतन्त्रको  आत्मा  कहलिएको  हो  ।  लोकतन्त्रलाई  यसै  कारण  सबैभन्दा  सुन्दर  व्यवस्था  पनि  मानिन्छ  ।  र  लोकतन्त्रवादीहरुले  लोकतन्त्रको  विकल्प  लोकतन्त्र  नै  हुने  गरेको  बताउँछन्  ।  देशले  लोकतान्त्रिक  अभ्यास   गरेको   धेरै   लामो   समय   भइसकेको   छ   तर   संघीयतासहितको   लोकतन्त्रको वास्तविक अभ्यासको चरण बल्ल प्रवेश गरेको छ देश । यस दृष्टिले देशले आफैँमा एउटा इतिहासको निर्माण गरिरहेको   छ   ।   आफैँमा   ऐतिहासिक   बाटामा देश हिँडिरहेको छ । हिजोको  दिनमा  पाँच  वटा  विकास  क्षेत्रमा विभाजन गरेर देशलाई विकासको पथमा डो¥याउने प्रयास भएको थियो तर त्यसले राजनैतिक रुप भने पाउन सकेको थिएन  ।  राज्यले  क्षेत्रीय  प्रशासक  भनेर  नियुक्त  गथ्र्यो  तर  प्रशासनिक  क्षेत्रमा  मात्र  ।  प्रशासनिक  क्षेत्रमा  केही  हदसम्म  यो  अभ्यास  सफल  भएको  पनि  थियो    तर  राजनैतिक  अस्तित्वमा  खासै  कुनै  प्रगति   हुन   नसक्दा   यो   आलंकारिक   प्रदेश विभाजन मानिएको थियो । आलंकारिक  विभाजनलाई  नै कतिपयले राजनैतिक प्रदेश      विभाजन      गर्नुपर्ने         माग         संघीयताको  लागि  भएको आन्दोलनको समयमा      गरेका      थिए । कतिपयले आन्दोलनको समयमा यो पनि विश्लेषण गरेका थिए कि पाँच प्रदेशलाई नै संघीय प्रदेशमा विभाजन भएको मान्दा हिमाल, पहाड   र   तराई   सबै   समेटिने   गरी   देशमा प्रदेशको स्वरुप हुनेछ । नेपालको प्राकृतिक  भूगोल  नै  हिमाल,  पहाड  र  तराई मिलेर बनेको हुनाले हरेक प्रदेशमा तराई, पहाड र हिमाल हुने हो भने हरेक प्रदेश  देशको  एउटा  प्रतिबिम्ब  झल्किने  सबै   भूगोल,   सबै   जातजाति,   सबै   संस्कृति  तथा  अन्य  सबै  किसिमले  देश  समेटिएको जस्तो अनुभूति हुन्थ्यो ।देश    सात    प्रदेशमा    विभाजन    भयो   ।   प्रदेशको   विभाजन   यसरी   भयो  जसरी  प्रदेश  विभाजनको  माग  राखेर    आन्दोलन    गर्नेहरुले    गरेका    थिएनन्  ।  देशलाई  संघीयतामा  लैजानको  लागि  आन्दोलनको  आँधी  हुरी  ल्याउने  आन्दोलनकारीहरु  संघीयता  देश  गएपछि  पनि  संघीयताको  संरचनालाई  बदलेर  नयाँ  स्वरुपमा  ल्याउन  फेरि  आन्दोलन  गरे  ।  आन्दोलनको  स्वरुप  भने  फरक  देखिएको  थियो । सडक आन्दोलनदेखि लिएर बौद्धिक आन्दोलनसम्म  भयो  ।  संघीय  निर्वाचनमा  भाग  नलिनेसम्मको  धम्की  र  संविधानप्रति  नै   असन्तुष्टि   जनाउने   कामसम्म   भयो   तर   लोकतन्त्रका   पक्षधरहरु   कहिलेसम्म   लोकतन्त्रको   सर्वोच्च   रुप   निर्वाचनदेखि   पन्छिएर  हिँड्छन्  ।  हो,  लोकतन्त्रमा  जनताको  अभिमत  बुझ्ने  सबैभन्दा  ठूलो  साधन  नै  निर्वाचन  हो  र  संघीयताको माग गर्ने दलहरु आफूले खोजेकै   जस्तो   संघीयता   हुने   हो  भने  मात्र  मान्ने  र  आफूले  खोजेको   भन्दा   फरक   हुनासाथ   अस्वीकार  गर्ने  हो  भने  संघीयता  नचाहनेलाई पनि बल पुग्न जान्थ्यो । यसै  कारण  संघीयताका  पक्षधरहरुले  संघीयतालाई जोगाउन केही त्याग पनि गर्नुपर्छ । सातवटा प्रदेशमा विभाजन गरिएको   देशलाई   संघीयताको   अभ्यासमा  लैजाने  क्रममा  कुनै  पनि   प्रदेशको   नामकरण   गरिएन । प्रदेश दुईलाई अन्य प्रदेशभन्दा केही फरक भूगोलमा   विभाजन   गरियो  ।  प्रदेश  दुईमा  पहाड छैन, हिमाल छैन र तराई मधेसको मात्र  भूगोल  रहेको  छ  ।  यस  प्रदेशका  आन्दोलनकारीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको   तल्लो   भूगोललाई   एउटा प्रदेशको रुपमा माग गरेका थिए तर आठवटा  जिल्लाको  भूगोललाई  एउटा  प्रदेशमा  सीमित  गरियो  ।  देशको  सबै  प्रदेशमा एकसाथ आम निर्वाचन भयो । अन्य प्रदेशको भन्दा प्रदेश दुईमा फरक किसिमको  निर्वाचन  परिणाम  देखियो  ।  केन्द्रमा वाम गठबन्धन, बाँकी छ प्रदेशमा पनि उही वाम गठबन्धन र प्रदेश दुईमा मधेसवादी  गठबन्धनले  सरकार  बनाउने  मौका  नागरिकले  दियो  ।  नागरिकले  दिएको   स्पष्ट   बहुमतले   नागरिकको   निर्देशन अनुसारकै सरकारको गठन पनि भइसकेको छ । सरकारको गठन भएपछि सरकारले  काम  सुरु  गरेको  छ  ।  देशमा  प्रदेश  सरकारको  गठन  हुनु  आफैँमा  ऐतिहासिक काम भएको छ । इतिहासमा कहिल्यै  नभएको  प्रदेश  सरकारको  गठन  भएको  एक  वर्ष  पनि  पूरा  भएको  छैन  ।  सरकारले काम सुरु भर्खर गरेको छ । प्रदेश सरकारले औपचारिकता पाएको मात्र हो, सरकार संचालनको लागि आवश्यक पर्ने धेरै ऐनकानुनहरु निर्माण गर्नै बाँकी रहेको छ । सरकार गठन भएपछि सरकारप्रतिको नागरिकको आशा र अपेक्षा पनि बढेको छ । र, यसै समयमा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन देशमा भइरहेको छ ।राजकीय   भ्रमणको   शिलशिलामा   नेपालका    प्रधानमन्त्री    केपी    शर्मा    ओलीको निमन्त्रणमा आइरहेका भारतीय प्रधानमन्त्री   नरेन्द्र   मोदीको   भ्रमणको   स्वागतको    तयारी    देशले    आफ्नै    किसिमले   गरिरहेको   छ   ।   विश्वका   शक्तिशाली    सरकार    प्रमुखहरुमध्ये    एक    रहेका    भारतीय    प्रधानमन्त्री    नरेन्द्र   मोदीको   नेपाल   आगमनलाई   देश   संघीयतामा   गइरसकेपछि   कुनै   शक्तिशाली    प्रधानमन्त्रीको    पहिलो    आगमनको रुपमा लिइएको छ । भारतीय प्रधानमन्त्री  नरेन्द्र  मोदीको  स्वागतको  तयारी देशले नै गरिरहेको भए पनि प्रथम स्वागत प्रदेश दुईले नै गर्न पाउने भएको छ  ।  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदी  नेपालको  राजधानी  पुग्नुभन्दा  पहिले  प्रदेश  दुईको  राजधानी  जनकपुर आउने कार्यक्रम रहेको छ  ।  प्रदेश  दुईको  राजधानी  जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र     मोदीको     नागरिक     अभिनन्दन    गरिने    कार्यक्रम    रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र   मोदी   भारतबाट   सिधै   प्रदेश दुईको राजधानी जनकपुर आइपुग्ने कार्यक्रमलाई  यस  प्रदेशका  नागरिकले  निकै ठूलो सम्मानको रुपमा लिएका छन् । यस प्रदेशको गर्वको रुपमा स्वीकार गरेका छन् । प्रदेश  दुईबाट  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीले  नेपालको  यात्रा  आरम्भ  गर्नुलाई  यस  प्रदेशले  आफ्नो  सम्मानको  रुपमा  लिएको  छ  ।  प्रदेशका  मुख्यमन्त्री  लालबाबु   राउत   गदीले   आफैले   यस   भ्रमणलाई अति विशेष बनाउने प्रयासमा लागेका   छन्   ।   विभिन्न   जिल्लाको   दौडाहामा   गएर   मुख्यमन्त्री   राउतले   प्रदेशले   गर्ने   नागरिक   अभिनन्दनलाई   ऐतिहासिक बनाउने सन्देश दिएका छन् । प्रदेशका  अन्य  मन्त्रीहरुले  पनि  विभिन्न  जिल्लामा    पुगेर    जनप्रतिनिधिहरुसित    नागरिक     अभिनन्दनलाई     अभूतपूर्व     बनाउन   सकेको   सकारात्मक   भूमिका   निर्वाह गर्न छलफल चलाएका छन् । स्वयं जनकपुरले  पनि  आफूलाई  यसरी  सिँगार  गरिरहेको छ कि मानौँ अयोध्याबाट राम जन्ती  लिएर  आइरहेका  छन्  ।  हुन  पनि  हो,  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  यस  ऐतिहासिक  भ्रमणले  जनकपुरको  कायापलट  हुने  विश्वास  यस  कारण  पनि  गरिएको  छ  कि  रामायण  सर्किटमा  जनकपुर जोडिने विश्वास गरिएको छ । रामायण     सर्किटमा     जनकपुर     जोडिएपछि एकातिर जनकपुरको महत्व धार्मिक  पर्यटनको  दृष्टिले  निकै  बढ्ने  छ  भने  अर्कोतिर  जनकपुरले  आफ्नो  पौराणिक  महत्वलाई  विश्वसामु  पुनः  देखाउन पाउने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभागमनले जनकपुरतिर स्वाभाविक   रुपमा   विश्वका   विभिन्न   देशका हिन्दूहरुको ध्यान तानिने निश्चित छ । हिन्दूहरुको ध्यान मात्र होइन, अन्य धर्मावलम्बीहरुको   ध्यान   जनकपुरतिर   जाने निश्चित छ । जनकपुरको सन्दर्भमा २८ वैशाख त्यो ऐतिहासिक दिन हुँदैछ, जो विगतमा कहिल्यै भएको थिएन ।भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  जनकपुर   आगमनको   प्रतीक्षा   सिंगो   प्रदेशले   गरिरहेको   छ   ।   जनकपुर   आगमनको प्रतीक्षा एक किसिमले देशले नै गरिरहेको छ । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्रीको स्वागत नेपालका प्रधानमन्त्री   केपी   शर्मा   ओलीले   नै   गर्ने  सम्भावना  रहेको  छ  ।  प्रदेशका  मुख्यमन्त्री राउत पनि साथमा रहनेछन् । अन्य मन्त्री तथा विशिष्ट महानुभावहरुले मोदीको स्वागत गर्ने अवसर जनकपुरको लागि  आधुनिक  राजनैतिक  इतिहासको  सबैभन्दा  महत्वपूर्ण  क्षण  हुने  निश्चित  छ  ।  जनकपुरमा  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीले  गर्ने  जानकी  दर्शन  एवं  पूजाले आफैँमा विशेष महत्व राख्दछ । साथै     नागरिक     अभिनन्दनको     विशेष  क्षणलाई  हेर्न  र  यदि  भएछ  भने  सम्बोधनलाई  प्रत्यक्ष  सुन्न  जनकपुरमा  लाखौँ मानिस पुग्ने सम्भावना छ । जसको वर्चस्व  अहिलेको  विश्वमा  रहेको  छ,  उही  विशिष्ट  पुरुषको  आगमन  आफ्नै  प्रदेशमा  हुने  भएपछि  प्रत्यक्ष  दर्शनको  शौभाग्य प्राप्त हुने भएपछि किन नपुगून् जनकपुर  ?  यस  प्रकारको  ऐतिहासिक  अवसर   कैयौँ   युगपछि   मात्र   आउने   भएकोले   यसको   उपयोग   प्रदेशका   नागरिकले  गर्न  व्यग्र  प्रतीक्षा  गरिरहेका  छन् । यस प्रदेशका नागरिकलाई यो दिन आफैँमा विशिष्ट दिन हुन गइरहेको छ । यसले  दिनले  यस  प्रदेशको  र  प्रदेशका  सम्पूर्ण  नागरिकको  सम्मान  बढाएको  अनुभूति  हुने  कुरामा  सबैले  विश्वास  लिएका छन् ।

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...