Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
भैया मोदी भैया ओली

बैशाख ३०, २०७५

  •                                     देशकाल

  •                                   किशोर नेपाल

 नेपाल र भारतको निकट संस्कृति, धार्मिक निकटता तथा प्रवल चेतनाहरुसंग जोडन मोदीले वढी समय खर्च गरेका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको  नेपाल  भ्रमणको  समयावधि  निकै  छोटो  थियो  ।  प्रधानमन्त्री  मोदी  र  भारत  सरकारसंग  नेपालीका  गुनासा  थुप्रै  थिए  ।  यी गुनासा स्वाभाविक रुपमा नाकावन्दीसंग जोडिएका     थिए     ।     नाकावन्दीले     व्यक्तिगत  रुपमा  नै  मानिसलाई  अप्ठेरोमा  पार्दछ  ।  त्यसमा  पनि  भारतले  नेपालका  विरुध्द  गरेको  पछिल्लो  नाकावन्दी  अलि  अनौठो  नै  थियो  ।  राजनीतिक  सहमति,  वार्ता  र  पारस्परिक  मेलजोलका  आधारमा  समाधान  हुनुपर्ने  समस्या  नाकावन्दीसम्म  पुग्नु शायद नेपाल भारत दुवैका लागि सही कुरा थिएन । नेपालमा आपूmलाई मधेशका मसीहा  भनाउन  चाहने  केही  नेताहरुको  जिद्दीका कारण भारतले नेपालमा नाकावन्दी गरेको  थियो  ।  शुरुमा  भारत  सरकारका  महत्वपूर्ण  नेताहरुले  “भारतीय  नाकावन्दी”  शव्दलाई नै इन्कार गरे । तर, समयान्तरमा नाकावन्दी शव्द स्थापित भयो ।त्यो नाकावन्दीले नेपाल भारत वीचको सम्वन्ध  सुमधुरहुनुको  सट्टा  विथोलियो  ।  नेपालको पहाडी भू–भागमा वस्ने नेपालीका लागि त यो आक्रमण सरह नै थियो । तराइ, मधेशका  नेपालीले  पनि  मनले  यसलाई  समर्थन  गरेका  थिएनन  ।  नाकावन्दीको  विपक्षमा   वोल्दा   जातजाने   किसिमको   वातावरण  वनेको  थियो  ।  काठमाडौं  र  नेपाल–भारत   सीमामा   रहेका   बीरगन्ज,   बिराटनगर,   भैरहवा   लगायतका   शहरहरुमा    आर्थिक    दुर्दशा    शुरु    भएको    थियो  ।  काठमाडौंमा  नून–तेलदेखि  ग्याँस–पेट्रोल  र  डिजेलसम्मको  तस्करी  सुचारु  थियो  ।  राजनीतिक  दलका  स्थानीय  नेता  र  कार्यकर्ताहरुका  लागि  यो  मौसम  निकै  लाभदायी  रह्यो  ।  यो  दन्त्यकथा  होइन,  भर्खरैको  घटना  हो  ।  अहिलेको  संविधान  यस्तै  अतिसारहरुको  घोडा  चढेर  हाम्रो  जमीनमा स्थापित हुन आएको हो । यतिवेला  भारतीय  प्रधानमन्त्री  मोदी  नेपालको राजनीतिक, धार्मिक र सांस्कृतिक भ्रमणपूरा   गरेर   नेपालीको   सम्मान   र   सदभावले   गदगद   भएको   मन   सहित   दिल्ली पुगी सकेका छन । आज विहानको उज्यालोसंगै  उनको  नेपाल  भ्रमण  उनको  स्मृतिमा रहनेछ । भारत एउटा विशाल देश हो,  दुनियाँको  सातौं  शक्ति  राष्ट्र  ।  उ  एउटै  समस्यामा अल्झेर वस्न सक्दैन । सरकारले नीतिगत   निर्णयगरी   सकेपछि   त्यसलाई   पूरागर्ने  काम  सरकारको  हो  ।  यसपटक  नेपाल  भ्रमणमा  मोदीले  दिएका  भाषणहरु  भावनात्मक  भन्दा  पनि  आध्यात्मिकताको  तारले वढी जोडिएको छ । नेपाल र भारतको निकट संस्कृति, धार्मिक निकटता तथा प्रवल चेतनाहरुसंग  जोडन  मोदीले  वढी  समय  खर्च  गरेका  छन  ।  सम्वन्धलाई  साँच्चै  नै  सांस्कृतिक र धार्मिक विश्वासले जोडछ भने भारतीय  प्रधानमन्त्री  मोदीले  नेपाल–भारत  सम्वन्धलाई मजवूत वनाएको मान्दा हुन्छ ।यता,  नेपाल  सरकारका  प्रधानमन्त्री  ओली र जिम्मेवार सरकारी अधिकारीहरुले तात्कालिक  सन्दर्भमा  भारतीय  प्रधानमन्त्री  मोदीसंग गर्नुपर्ने गुनासाहरु केही देखिएनन । अरुण  तेस्रो  जल–विद्युत  योजनाको  स्वीच  थिचेर दुवै देशका प्रधानमन्त्रीले शिलान्यास गरे  ।  प्रधानमन्त्री  केपी  ओलीले  आफनो  भूमिकालाई  राम्ररी  निर्वाह  गरे  ।  उनले  नाकावन्दी   शव्दको   कतै   उल्लेख   नै   गरेनन  ।  उनको  मनस्थितिले  त  वताउँथ्यो  कि नेपालमा कहिल्यै नाकावन्दी नै भएको छैन  ।  उनको  र  मोदीको  वीचमा  मानसिक  तादात्म्य मिलेको देखियो । मोदीले उनलाई “भैया”का  रुपमा  सम्वोधन  गरे  ।  भैयासंग  प्रम  ओलीको  गुनासो  रहोस  पनि  के  र  ?  अहिलेका ओेली नाकावन्दी कालका ओली होइनन  ।  यी  त  स्वच्छ  धार्मिक  प्रवृत्तिका  व्यक्तित्व हुन । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीहरुको  परिधान  एकै  हिसावको  देखियो । यो चाहीं दुइ नम्वर राज्य सरकार र  जनकपुर  उप–महानगरपालिकाले  गरेको  संयोजन थियो । जनकपुर शहर र काठमाडौं शहरमा   पनि   साज–सज्जा   र   श्रृंगारका   मामिलामा  मधेशको  कलाले  “डोमिनेट”  गरेको  थियो  ।  मधेश  समस्याले  डँढेलोको  रुप  नलिएको  भए  अहिलेको  मनस्थितिका  लागि  कसैप्रति  पनि  आभार  प्रकट  गर्नुपर्ने  पनि थिएन ।“एमाले–माओवादी       ः       भाइ       भाइ”   को   नारामा   चलेको   वर्तमान   सरकारका सवै सहभागी सदस्यहरुका वीच राम्रो  सम्वन्धछ  ।  कसले  सरकार  छोडदा  कसको   मतले   सरकार   टिकाउन   नपुग्ने   हो  त्यसको  दिलाशा  र  खुलाशा  भएको  छैन । हिजोका दिनहरुमा जे सुकै भएपनि, अहिलेका  लागि  प्रचण्डका  अनन्य  मित्र  ओली  र  ओलीका  अनन्य  मित्र  प्रचण्ड  नै  हुन  ।  तर,  भारतीय  प्रधानमन्त्री  मोदीको  स्वागत  सत्कारमा  प्रचण्ड  पक्ष  अलिकति  निस्पृह  नै  देखियो  ।  शुक्रवारका  दिन  पूर्व  प्रधानमन्त्रीहरुसंग  भारतीय  प्रधानमन्त्रीको  निर्धारित  भेटका  लागि  प्रचण्ड  सहितका  पूर्व   प्रधानमन्त्रीहरुले   व्दारिका   होटलमा   अढाइ घण्टा कुर्नु परेको थियो रे । ओलीको प्रधानमन्त्रित्वमा यो कुरा अलिक नसुहाउँदो नै हो । यो स्तम्भकारको विचारमा सरकारले सकेसम्म पाँचपाँच मिनट मात्रै भएपनि मोदी र पूर्व प्रधानमन्त्रीहरुको एक्लाएक्लै भेटको प्रवन्ध गराउनु आवश्यक थियो । त्यो सम्भव नभएको   खण्डमा   मोदीसंग   उहाँहरुको   चियापानको  व्यवस्था  मिलाउनु  आवश्यक  थियो  ।  अव  यो  कुरा  नेपाल  सरकारको  प्रोटोकल विभागले नवुझेको हो कि अरु के हो ? त्यो थाह भएन । सन्तोषको    कुरा    यति    नै    हो    अनेक विध्नवाधाका वावजूद मोदी भ्रमणले सरकारमा सकारात्मक र नकारात्मक दुवैथरी तरंग ल्यायो । खासगरेर, एमाले–माओवादी वीच  हाल  चली  रहेको  एकता  वार्ताको  परिणाम  कहिले  केही  नआउने  र  कहिले  धेरै  आउने  सपना  नेताहरुको  आँखामा  झुण्डिइरहेको     अहिलेको     अवस्थामा     एकता  हुन्छ  र  हुन्न  भन्न  सकिन्न  ।  यो  एकता न त केपी ओलीले गरेर हुने हो, न पुष्पकमल  दाहालले  गरेर  हुने  हो  ।  देशको  कम्युनिष्ट   आन्दोलनका   लागि   अहिले   त्यसको   आवश्यकता   छैन   ।   नेपालका   कम्युनिष्टहरुलाई   एकता   होइन,   सत्ता   चाहिएको  छ  ।  सत्ताको  लागि  एकता  चाहिएकोले  नै  त्यसमा  राजनीतिक  कन्प्mयुजन पनि छ । भारतीय      प्रधानमन्त्री      मोदीको      नेपाल  भ्रमणको  अवसर  पारेर  मोदीका  विरोधीहरुले  सामाजिक  सन्जालमा  निकै  खलवली मचाउलान भन्ने आशंका थियो । तर, त्यो आशंका आफैं शिथिल भयो । पूर्व पत्रकार  रवीन्द्र  मिश्रको  विवेकशील  साझा  पार्टीले   प्रधानमन्त्री   मोदीको   स्वागतगर्दै   नाकावन्दी विर्सेका छैनौं भन्ने तुल आफनो कार्यालयमा  टाँसेर  विरोध  जनाएका  थिए  रे  ।  पुलिसले  देख्नासाथ  त्यसलाई  झिकी  दिएछ । सामाजिक संजालहरुलाई भारतीय प्रधानमन्त्री  नरेन्द्र  मोदी  विरुध्द  सक्रिय  हुन  नदिने  रणनीति  एमालेले  वनाएको  थियो  रे  ।  सामाजिक  संजालमा  दुइ  तिहाइ  भन्दा  वढी वहुमत एमाले पक्षको भएकोले मोदी विरोधी ट्रोल वन्न सकेनन रे । यो कुरा हो कि  होइन  उनै  जानुन  ।  वास्तवमा  मोदीको  नेपाल  भ्रमण  सफल  भयो  ।  यो  नेपालका  प्रधानमन्त्री  ओलीका  लागि  सन्तोषजनक  विषय हो ।

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...