Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
हामी माथि किन दृष्टि वक्र ?

बैशाख ३१, २०७५

  •                                सिर्जना महत

 शनिवार मात्रै नर्सिङ दिवस मनाइयो । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर   पारेर   अन्तर्रा्ष्ट्रिय   नर्सिङ   काउन्सिल   आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो  दिवस  मनाउने  गरिन्छ  ।  दिवसको  यो  वर्षको  नारा ।।।नर्सेजस् अ फोर्स फर चेन्ज अ भाईटल रिसोर्स फर  हेल्थ’  थियो।  आम  नागरिक  र  समुदायसँग  कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने  भएकाले  स्वास्थ्य  समस्या  समाधानका  लागि  नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ । नेपाल नर्सिङ परिषदको  पछिल्लो  तथ्याङ्क  अनुसार  २६  हजार  ५  सय  १५  जना  नर्स,  २१  हजार  ६  सय  ५२  जना  अनमी र ७ सय ७३ विदेशी नर्स गरी कुल संख्या ४८ हजार ९ सय ४० छ ।संसारभर  बिश्व  नर्सिङ  दिवस  मनाइरहँदा  म  आफू  नर्स  भएकोमा  गर्व  गरिरहेको  छु  ।  सेतो  सफा  कपडा,  बिरामीलाई  ढाडस,  सुःख  दुःखको  साथी,  एक  किसिमले  सहयोग,  आत्मसन्तुष्टी  र  सुखको  अनुभूति  केवल  यी  कुराहरु  नै  हुन्  जसले  आफूले  रोजेको पेशाप्रति गर्वानुभूति महशुस गराउँछन् । हाम्रो मानसपटलमा  यिनै  कुरा  बस्छन्  र  मनमनै  सपनाको  महल बनाउन पुग्छौं । नर्सिङ शाब्दिक अर्थमा ख्याल वा  स्याहार–सुसार  गर्ने  भन्ने  बुझिन्छ  ।  सानैमा  आमाको  हात  समातेर  स्वास्थ्य  चौकी  जाँदा  एप्रोन  लागाएर  हातमा  सुई  लिएर  आउने  सिस्टर  र  अलि  ठूलो भएपछि आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जीवनी पढेर आफूलाई मानवीय सेवामा समर्पित  गर्ने  दृढ  अठोट  लिइयो।  आफ्नो  सपनालाई  साकार  पार्दै  आज  आफूलाई  नर्स  भन्न  पाउँदा  गर्व  लाग्छ ।हाम्रो सभ्यता र जीवनशैलीको बिकाससँगै आज स्वास्थ्य  सेवाले  ठूलो  फड्को  मारिसकेको  छ   ि यस  ससँगसँगै नर्सिङ पनि विकसित, परिमार्जित  हुँदै गरिमा पिन  बढ्दै  गएको  छ  ।  आज  गाउँ–गाउँका  स्वास्थ्य  चौकी हुँदै शहरमा अत्याधुनिक सेवा सुबिधा सम्पन्न तथा  सुशोभित  अन्तर्रा्ष्ट्रिय  स्तरका  अस्पतालहरु  सम्ममा  लाखौं  नर्सहरु  रातदिन  नभनी  अनवरतरुमा  सेवामा समर्पित छन् ।  योसँगै  नर्सिङ पेशामा आम मानिसको आकर्षण पनि बढ्दै गएको छ ।मानव जीवनको सधैं नजिक रहेर बिना भेदभाब कुनै पूर्वाग्रही नभइ निरन्तर बिरामीको पिडामा मल्हम लगाइरहेका हुन्छौं। मिठो मुस्कान सहित बिरामीलाई सेवा  गरेर  उनीहरुको  पीडालाई  भुलाउने  यो  पेशाको  गरिमा झनै उच्च छ । कुनै दीर्घ रोगि होस् वा कुनै दुर्घटनाको बिरामी होस, चाहे धनि होस, चाहे गरिब, न जातिय न वर्गीय बिना कुनै सोच, बिना कुनै संकोच बिरामीलाई पुनः स्वस्थ बनाउने प्रण गर्छौं । न निन्द्रा, न भोक, न दिन, न रात केवल सेवा र स्याहार सुसार गर्ने पेशा हो मेरो नर्सिङ ।सैद्धान्तिक ज्ञान र प्रयोगात्मक सिकाईले मानिसको रोग र मनोबिज्ञानलाइ एकै पटक बुझ्नु धेरै ठूलो चुनौती पनि हो  िकुनै बिरामीले सन्चो भई बिदा हुँदा अथवा जब  कोहि  बिरामी,  सहकर्मी  वा  कसैले  ’तैंले  त  राम्रो  काम गरेकी छ ’ भन्छन् तव जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ  ।  बिरामीको  एक  मुस्कानले  बिरामी  पुनः  स्वस्थ  अवस्थामा पुगेपछि अनि हाम्रो अन्तर्मनले सारा दुःख भुलेर नयाँ जोशको सिर्जना गर्छ र नर्स मुस्कानका साथ मीठो निद्रा निदाउँछिन्। त्यसैगरी कुनै बिरामीको पिडा अनि  छट्पटाहटले  भने  मन  सार्है  रुन्छ  भने  आफूलाई  पनि पिडा असह्य हुन्छ ।यही सेवाभाव बीच पेशामा सहनु पर्ने उत्पीडनहरु निकै  चुनौतिपूर्ण  छन्  ।  राम्रो  पारिश्रमिक,  उच्च  शिक्षाको  चाहना,  नेपालमा  रोजगारीको  समस्या,    असुरक्षित  भविष्यको  कारणले  गर्दा  नर्सहरु  पलायन  हुँदै गएका छन् । तमाम नर्सहरुसँग पनि एउटा सपना हुन्छ,  उक्त सपना पूरा नभएपछि विदेशको बाटोतिर। अहिले यो बाध्यता नै बनेको छ यो पेशामा । तसर्थ यसको   समाधानको   लागि   सम्बन्धित   निकायले   बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।प्रसंशा र गाललीसँगै खानुपर्ने यो पेशामा अहिले जस  भन्दा  अपजसनै  बेसी  देखिन्छ   ि रोगको  निदान  तथा   उपचार   पद्दतिको   विकासले   यो   पेशालाई   सम्मानित पनि बनाएको छ । त्यसैले अहिले सरकारी तथा निजि क्षेत्रमा धेरै नर्सहरु आबद्द भएको पाइन्छ र नर्सिङ कलेजहरुको समेत बृदि भएको छन् ।यो  पेशामा  थकान  शब्दको  कुनै  अर्थ  हुँदैन ि बिरामीको  हाँसोमा  आफ्नो  खुशी  र  थकान  भुल्ने  नर्सहरु साँच्चै जीवित देविका रुपहरु हुन् । प्रतिकूल परिस्थितिमा  आफूलाई  संयमित  बनाउँदै  बिरामीलाई  सेवा  दिनु  कम  चुनौतिपूर्ण  हुँदैन  तर  आफूलाई  यही  पेशामा  समर्पित  गर्ने  र  व्यक्तिगत  जीवनलाई  तिलान्जली  दिएर  मानव  जीवनको  रक्षा  गर्न  पाउनु  सानो अवसर पनि होइन ।तपाईं  बिरामी  पर्दाको  साथी  र  सहयोगी  हौं  हामी।  हामी हन्छौं कि हजुरहरुको यस पेशाप्रतिको सम्मान  भाव  होस्  ।  यहाँहरुको  यही  भावनामा  हामीलाई  सेवाका  लागि  ऊर्जा  हो  ।  हाम्रो  एउटै  अग्रह छ– हामीलाई र हाम्रो कर्मलाई बुझिदिनुहोस् र सकारात्मक धारणा बनाइदिनुहेस्।महत   शहिद   मेमोरियल   हस्पिटल   कलंकी   काठमाडौँकी मेट्रोन हुन् । 

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...