Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
सौन्दर्य प्रतियोगिता होइन विवेकको प्रतियोगिता हुनुपर्छ

जेठ २, २०७५

  •                                तुलसा  भट्टराई     

 पहिले पहिले परापूर्वकालमा राजा महाराजाहरुले आफ्ना दरबारमा नर्तकीहरु राख्ने गर्थे । नाच्ने मान्छेहरु राख्ने गर्थे । जसको सौन्दर्यमा ती राजा महाराजाहरु लट्ठिने गर्दथे । अहिलेको युगमा त्यो फरक भइसकेको छ । ती राजा महाराजाहरु परास्त भएर युग जसरी आधुनिकीकरण भएको छ । जसरी परिवर्तित भएर आधुनिक भइसकेको छ । त्यसैगरी ती नर्तकीहरु आज सौन्दर्य प्रतियोगिताको स्टेजहरुमा देखिन थालेका छन् । आज ती नर्तकीलाई पहिले राजा महाराजाले हेर्ने गर्थे । आज सिंगो विश्वले हेर्ने गर्छ । तिनको उपहास गर्छ ।  उनीहरुले लाउने छोटो लुगा र उनीहरुको गोरो छालाको सबैले ताली वाह वाह गर्छ ।वास्तवमा अहिलेको आधुनिक युग , विज्ञानको युग , ज्ञानको युग , अहिलेको सभ्य युग भनेर हामीले मूल्याङ्कन गर्ने गर्छौँ । यो युगमा के बाहिरी छालालाई हेर्नु , बाहिरी छाला र उनीहरुले लाउने कपडालाई हेरेर मूल्याङ्कन गर्नु राम्रो कुरा हो ? यस कुरामा म सहमत छैन । के म्याडम क्युरी नराम्री थिइन् ? के फ्लोरेन्स नाइटिङ्गेल नराम्री थिइन् ? दूई वटा हात नहुने ,दुई वटा खुट्टाले खाना खाने झमक घिमिरे के नराम्री छिन् ? सौन्दर्यता छालाबाट मापन गर्न सकिन्छ ? यो हुदैँ नहुने कुरा हो । सौन्दर्यताले वास्तवमा समाजमा विकृति निम्तियाउँछ । सौन्दर्य प्रतियोगिताले नारीहरु उनीहरु सौन्दर्यका प्रतीक मात्रै हुन् भनेर देखाउने शिवाय केही गर्न सक्दैन । सौन्दर्य प्रतियोगिता होइन अब विवेकको प्रतियोगिता हुनुपर्छ  ।यो आधुनिक युगमा देखिएको लैङ्गिक असमानताको प्रतीक हो सौन्दर्य प्रतियोगिता । यसलाई अबका युवाहरुले , अबका हामी बुझ्ने मानिसहरुले , हामी बुझ्ने भनाउँदाहरुले यसको अन्त्य गर्न जरुरी छ ।  जबसम्म सौन्दर्य प्रतियोगिताका नाममा फेरि हाम्रा चेलीहरु चटकी बनेर नाङ्गिन्छन् तबसम्म सौन्दर्य प्रतियोगिताको नाममा लैङ्गिक असमानताको फेरि अहिलेको आधुनिक युगमा आएर उजागर गर्ने गरिन्छ । आधुनिक युगमा आएर लैङ्गिक असमानताको असमान प्रयोग गर्ने गरिन्छ तबसम्म यो समाज यी चेलीहरु सौन्दर्यताको प्रतीक शिवाय केही हुने छैनन् ।अब त चेलीहरुलाई समानताको कुरा देखाउन जरुरी छ । अब उनीहरुलाई समान पहुँचको जरुरी छ ।अब उनीहरुलाई सामाजिक दायित्वप्रति अग्रसर गराउन जरुरी छ । अबका चेलीहरु मिस युनिभर्स होइन , मिस नेपाल होइन , मिस तराई होइन , मिस मंगोल होइन , फ्लोरेन्स नाइटिङ्गेल बन्नुपर्छ , म्याडम क्युरी बन्नुपर्छ ,प्रजातान्त्रिक नेत्री आङसाङ सुकी बन्नुपर्छ ।हामी आधुनिक युगका सभ्य युगका सचेत नागरिकले यो बुझ्न जरुरी छ की सौन्दर्य प्रतियोगिता हाम्रो समाजको विकृति हो । आधुनिकताको खोल ओढेको मानवतालाई निर्ममतापूर्वक हत्या गर्ने एउटा संस्कार हो । यसको जबसम्म अन्त्य हुन सक्दैन तबसम्म नेपालको महिला मुक्ति अर्थात् विश्वको महिला मुक्ति सम्भव रहन सक्दैन । महिला मुक्तिका लागि , महिला समानताका लागि सौन्दर्य प्रतियोगिता होइन विवेकको प्रतियोगिता चाहिन्छ । सौन्दर्य प्रतियोगितामा खर्च गर्ने पैसा हुम्ला , जुम्ला ती विकट ठाउँमा डोको बोकेर घाँस काट्ने चेलीहरुको लागि उनीहरुको शिक्षामा खर्च गरियोस् । ग्रामीण क्षेत्रका पिछडिएका महिलाहरुको जीवनस्तर उकास्ने कार्यका लागि खर्च गरियोस् । सौन्दर्य प्रतियोगिताको आयोजना गर्नु भन्दा महिलाहरुको लागि विवेकको प्रतियोगिता आयोजना गरियोस् । जसले गर्दा हरेक क्षेत्रमा महिलाहरुको पहुँच बढोस् ।अहिले पनि हाम्रो समाजमा महिलाहरुलाई तल्लै दर्जामा राखेर हेर्ने गरेको पाइन्छ । उदाहरणकै रुपमा लिदाँ एउटा घरमा छोरीले डिग्री पढेकी होस् , छोराले एस.एल.सी. मात्र पास गरेको होस् तर छोरीको योग्यता र तार्किकतालाई होइन समाजले छोराको अव्यवहारिकपनलाई नै दर्जा दिएको हुन्छ । यसबाट पनि के प्रष्ट हुन्छ भने महिला भनेको सौन्दर्यको प्रतीक हो भन्ने कुरा । यसर्थ महिला अलङ्ककारमा सजिएर नै बस्नुपर्छ भन्ने जुन मान्यताले महिलाहरुलाई नै कमजोर सिद्ध बनाएको छ । कुनै पनि स्कुल होस् , क्याम्पस होस् , विश्वविद्यालय होस् , कुनै सरकारी कार्यालय नै किन नहोस् । अझ भनौँ निजी क्षेत्रमा कार्यरत महिलाहरु उनीहरु बौद्धिक र तार्किक भएपनि उनीहरुको बौद्धिकतालाई र तार्किकतालाई सम्मान गरिदैँन ।  उनीहरुलाई सधैँ तल झार्न र पार्न खोजिन्छ । किनभने हाम्रोे सङ्किर्ण मानसिकताले गर्दा महिलाहरु बौद्धिक ,तार्किक हुदैनन् भन्ने मान्यता घर देखि लिएर समाज र कार्यालयसम्म हावी रहेको छ । महिलाहरु भनेको सौन्दर्यताका वस्तु हुन् भन्ने कुरा जबसम्म मानसिकताबाट हटाउन सकिदैन तबसम्म अशिक्षित महिलाहरु हुन् वा शिक्षित महिलाहरु सधैँ पीडित नै हुन्छन् ।  यसर्थ अब हरेक छोरीहरुले सौन्दर्य प्रतियोगितामा भन्दा पनि विवेकको प्रतियोगितामा भाग लिन जरुरी छ ।

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...