Tue, 25 Sep 2018
ताजा समाचार
आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या ||
मेरो घरको पजरामा बड्का गाछी छ !

पौष २७, २०७३

- हिमांशु चौधरी


मेरो घरको पजरामा बड्का गाछी छ
हमरा मालपोत जायके छै

 
यी वाक्यहरु हुन– मिथिलाञ्चलमा नेपाली र मैथिली भाषीको समृद्ध जीवन शैलीको । यस्ता केंयौं वाक्यहरु प्रचलनमा रहेका छन जसले दुवै भाषाभाषीको समाजिक, सांस्कृतिक र भाषिक सहअस्तित्वको चिनारीलाई स्थायित्व प्रदान गर्दै एक सुत्रमा आवद्ध गर्ने वातावरण निर्माण गरिरहेको छ ।

मिथिालाञ्चलमा नेपाली र मैथिली भाषाभाषीले एक अर्काको संस्कृति र परम्परलाई स्वीकार गर्दै सामञ्जस्य र आपसी सदभावपूर्ण समाजिक जीवन व्यतीत गरी संस्कृतिको अविभाज्य अंङग बनेको परिलक्षित भइरहेको छ ।

संस्कृति जिन्दगीको एउटा तरिका हो जो शताब्दियौं देखि जम्मा भएर समाजमा व्याप्त रहन्छ  भन्ने मान्यता अनूरुप यस भेगमा बसोबास गर्ने दुवै भाषाभाषी एक अर्कासंग यति घनिष्ट छन कि सांस्कृतिक र धार्मिक परम्पराहरुमा मात्र नभएर भाषामा पनि दुवै समुदाय एक अर्कासंग प्रभावित छन ।

यहांका मैथिली भाषीले आपसमा कुरा गर्दा नेपाली शब्दको पनि प्रयोग गर्ने गरेको पाइन्छ । मैथिली भाषमा बोल्दा हमरा मालपोत जायके छै” र नेपाली भाषामा बोल्दा “मेरो घरको पजरामा बडका गाछी छ” लाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ ।

मिथिला र नेपाल उपत्यकाको सांस्कृतिक सम्बन्ध अत्यन्त प्राचीन रहेको छ । मुसलमानी आक्रमणको बेला मिथिलाका अनेक विद्धान परिवार आफनो एवम् आफनो प्राचीन हस्त लिखित ग्रन्थको रक्षाका लागि तथा जीविका निर्वाह हेतु नेपालतर्फ प्रवेश गरेका थिए ।

मल्लराजा जयस्थिीति मल्लले सामाजिक वर्गीकरण र वर्णाश्रम धर्मलाई कायम गर्न मिथिलाका विभिन्न विद्धानहरुसंग सहयोग लिएको पनि पाइन्छ ।

मल्लकालमा राजाहरु स्वयंले मैथिली साहित्य र परम्पराको विकासका लागि ठुलो योग्दान पुरयाएको कुरा मल्ल राजाहरुले लेखेका अनेक मैथिली नाटक र भक्ति गीत संग्रहहरुले प्रमाणित गरेका छन ।
एकीकरण पश्चात् उपत्यका र यस क्षेत्रका बीच सांस्कृतिक र धार्मिक निकटता कायम भयो । उपत्यका र अन्य पहाडी भेगबाट अनेक नेपाली भाषाभाषी मिथिलाका समतल फांटमा कृषिकर्म वा जागिरेका रुपमा बसाई सराईका क्रममा आएर बसोबास गर्न थाले । हाल मिथिला क्षेत्रमा मैथिली भाषाभाषीहरु मात्र नभएर नेपाली भाषाभाषीको पनि आधिक्य रहेको छ ।

प्राचीनकालदेखि नै मिथिलामा वर्णाश्रम धर्म अस्तित्वमा रहेको देखिन्छ । देवी देवताहरुमा शिवशक्ति तथा विष्णुलाई कालान्तरमा राम र सीता आदीलाई पनि देव देवीका रुपमा स्वीकार गरेर पूजा गर्ने परम्परा पाइन्छ । धार्मिक परम्पराको प्रभावले नेपाली भाषाभाषीहरुमा शिवप्रति विशेष श्रद्धा रहेको र प्रत्येक बर्ष बैद्यनाथधाममा जल चढाउने आस्था देखिन्छ ।

संस्कृति विद् डा. राजेन्द्र विमल भेषभूषा र खानपानको सम्बन्धमा पनि मैथिली भाषाभाषीबाट यस क्षेत्रका नेपाली भाषाभाषीहरु प्रभावित रहेको बताउनुहुन्छ ।  

यस भेगका स्थानीय पोशाक धोती र कमिज नेपाली भाषाभाषी समुदायमा लोकप्रिय रहेको र यसका साथै  नेपाली भाषाभाषी महिलाले आफनो पाराम्परिक पोशाक गुन्यू , साडी , चोलो  र पटुका त्यागेर विशेष प्रकारले मिलाएर साडी र चोलो लगाउने चलन रहेको छ । जुन यस भेगका मैथिली भाषाभाषी महिलाले लगाउने गरेको प्रभाव हो ।  

घरमा आएका पाहुनाहरुलाई विभिन्न प्रकारका अचार, तरकारी, र स्वादिष्ट भोजनद्धारा स्वागत गर्नु यस क्षेत्रको मैथिल समाजको विशेषता रहेको छ । मैथिल गृहिणी पाककलामा ज्यादै दक्ष हुने र विभिन्न प्रकारका स्वादिष्ट अचार, चटनी र तरकारीलाई तारेर अतिथिलाई स्वादिष्ट र रुचिकर भोजनद्धारा सतकार गर्न सिपालु हुन्छन ।

यसको प्रभावको फलस्वरुप यहांका नेपाली भाषाभाषी परिवारमा पनि विभिन्न प्रकारका अचार, चटनी र तरकारीलाई तारेर विभिन्न परिकारद्धारा अतिथीलाई स्वागत गर्ने परम्परा रहेको देखिन्छ ।

मैथिल समाजमा विभिन्न प्रकारका ठठ्यौली परम्प्रा पनि छ । भिनाजु र साला, देवर र भाउजु , साली र भिनाजुका बिच ठट्टा र ख्याल गर्ने चलन छ  र यो चलन यहांका नेपाली भाषाभाषीमा पनि रहेको पाइन्छ ।
विवाह तथा चाडपर्वका अवसरमा मैथिली भाषाभाषी महिलामा मेहदीले हात खुट्टा सिंगार्ने चलन लोकप्रिय रहेको छ भने यो चलन नेपाली भाषाभाषीहरुमा पनि उतिकै लोकप्रिय रहेको उपप्राध्यापक लक्ष्मण अर्याल बताउनुहुन्छ ।

उहांका अनुसार, भेषभुषा र खानपानको सम्बन्धमा पनि मैथिली भाषाभाषीबाट यस क्षेत्रका नेपाली भाषाभाषीहरु प्रभावित रहेका छन ।

विभिन्न संस्कार अन्तर्गत चुडाकर्म, यज्ञोपवित, विवाह आदी संस्कारहरुमा दुवै भाषाभाषीहरुमा मातृका पूजा गर्ने चलन समेत रहेको छ । नवरात्रीका अवसरमा आश्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म दुवै समुहमा नवदुर्गाको व्रत घटस्थापना गरेर नियमित पूजा गर्ने र दुर्गा सप्तसतीको पाठ गर्ने चलन पनि देखिन्छ । विजयादशमीका दिन मातापिता तथा मान्यजनबाट जमरा सहितको टिका ग्रहण गर्ने दुवै समुदायमा चलन रहेको पाइन्छ ।

यसका साथै दीपावलीको चाड दुवै भाषाभाषीबीच समान रुपले दिप प्रज्जवलन गरेर मनाउने परम्प्रा रहेको छ । भाइटिकामा दिन दिदीबहिनीहरुले ब्रत लिएर दाजुभाइहरुका निधारमा टिका लगाइदिने परम्परा पनि दुवै समुदायमा पाइन्छ ।

यस अवसरमा एक अर्काको परम्परालाई स्वीकार गर्दै मैथिली भाषाभाषी परिवारमा पनि सेल र नेपाली भाषाभाषी परिवारमा समेत अनरसा जस्ता पकवान बनाउने चलन पनि रहेको छ ।

छठ मनाउने परम्परा विशुद्ध रुपले मैथिल समाजमा प्रचलित परम्परा भएपनि नेपाली भाषाभाषीहरुले यस क्षेत्रमा बसोबास गर्न थालेपछि यस परम्पराबाट प्रभावित भएर छठ मनाउन थालेको पनि देखिन्छ ।
 नेपाली भाषाभाषी विवाहित महिलाहरुमा पोते लगाउने परम्परा ज्यादै लोकप्रिय रहेको छ । यो परम्प्रा हाल मैथिली भाषाभाषी महिलाले पनि स्वीकार गरेको देखिन्छ । जुन यस भेगमा नेपाली भाषी परम्पराको प्रभाव हो , संस्कृत विद् डा. विमल भन्नुहुन्छ ।

यसका अतिरिक्त अन्य अनेकौं यस्ता परम्परा र पर्व छन जुन मैथिली र नेपाली भाषाभाषीहरुमा समान रुपले लोकप्रिय रहेको र दुवै समुदायले संयुक्त रुपमा मनाउने गरेको पनि पाइन्छ ।

उपत्यकाका नेवार कन्याहरुको पुरुष संगको विवाहभन्दा पहिले बेलसंग विवाह गर्ने चलन छ भने यहांका मैथिल ब्राम्हण र कायस्थ कन्याहरुको पनि पुरुष संगको विवाहभन्दा पहिले आंप र महुवाको रुख संग विवाह गर्ने चलन रहेको छ ।

माघी पर्व, तीज, कृष्णाजन्माष्टमी, शिवरात्री, चौरचन, जुडशीतल यस्ता पर्व छन जुन दुवै भाषाभाषीले मनाउने गरेको घनिष्टतालाई पुष्टि गरिरहेको छ ।

 

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...