Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
सन्दर्भ : नेपाल, भारत, चीन

असाड १२, २०७५

  •                                 रोशन जनकपुरी

 एक; सन् २०१४मा चिनियाँं कम्युनिस्ट पार्टीको निमन्त्रणामा  दशदिने  भ्रमणमा  चीन  जाने  एउटा  टोलीमा मपनि परेको थिएँं । मैले त्यहाँको तत्कालीन विदेश उपमन्त्रीसंग भेट्ने मौका पाएको थिएँं ।उनलाई मैले आफ्नो परिचय दिँंदा म नेपालको तराई मधेशबाट आएको  भने  ।  उनलाई  तराई  मधेशबारे  खासै  थाहा  रहेनछ  ।  मैले  उनलाई  तराई  मधेश  भनेको  दक्षिणी  नेपाल हो भनेपछि उनले केही बुझेजस्तो गरे । उनले सोधे — ।।।त्यहाँं हाम्रा (चिनियाँं) बारेमा के भन्छन् ?’ मैले  उनलाई  भने  —  ।।।त्यहाँै  त  मानिसहरु  सीमासंग  जोडिएको भारतसंग नजिक छन् ।’ मैले तराईमधेशको बारेमा  बताउँंदै  कृषिबहुल  यसक्षेत्रमा  चीनसरकारले  कृषिविकासमा लगानी गर्न आग्रह समेत गरेँं । उनको जबाफ रोचक थियो । उनले भने — ।।।हाम्रा चेयरम्यान माओ  त्से  तुङ्ग  (चिनियाँंहरुले  माओलाई  स्नेहपूर्वक  अझै चेयरम्यान नै भन्छन् ।)ले नेपालबारे हामीलाई महत्वपूर्ण  शिक्षा  दिनुभएको  छ  ।  उहाँंले  भन्नु  भयो  नेपाललाई सकेजति धेर्र सहयोग गर्नु, तर भारतभन्दा एकरुपियाँं कमै गर्नु ।’ दुई  ;  फ्रान्सिसी  इतिहासकार  सिल्भा  लेभीले  नेपालबारे  आफ्नो  पुस्तकमा  नेपाल  र  चीनबारे  रोचक प्रसंग उल्लेख गरेका छन् । नेपालका एकजना शाहवंशीय राजा सुरेन्द्र वीरविक्रम शाहले तत्कालीन चिनियाँं  बादशाहलाई  अँंग्रेजबाट  सुरक्षाको  निम्तिी  बिन्ती  गर्दै  पत्रलेखेका  थिए  ।  जवाफमा  चिनियाँं  बादशाहलेजवाफ  दिएका  थिए  —  ।।।हामी  टाढा  छौँं,  त्यतैतिर राम्रो सम्बन्ध बनाई राख्नु ।’यो दुईवटा प्रसंगले नेपाल, भारत र चीनबारे चीनको पारम्परिक  कूटनीति  प्रदर्शित  गर्दछ  ।  अहिलेसम्म  चिनिया  कूटनीतिलाई  मौन  कूटनीतिको  संज्ञा  दिँंइदै  थियो, तर अब त्यसो रहेन । विगत दशवर्षमा वर्तमान चिनियाँं  राष्ट्रपति  सी  जिङ्ग  पिङ्गको  कार्यकालमा  चिनियाँं  कूटनीति  क्रमशः  मुखर  हुँंदैगएको  छ  ।  विशिष्टता के छ भने चिनियाँं मुखरता शब्दभन्दापनि कामबाट  बढी  देखिन्छ  ।  चीनयाँं  व्यवसायलाई  विश्वसंग जोडन र अमेरिकी पूँंजीविश्वको समानान्तर नवोदित   आर्थिकशक्तिदेशहरुको   लबी   खडागर्न   विश्वको दोस्रो आर्थिकशक्तिको रुपमा परिचित चीनले एशिया, युरोप, अफ्रीका र मध्यअमेरिकालाई सडकको माध्यमबाट   जोडने   बेल्ट   एन्ड   रोड   इनिसिएटिभ   नामक  सडक  परियोजना  र  संघाई  सहयोग  संगठन  (एससीओ)को गठन तथा संघाईमा केन्द्रिय कार्यालय रहेको ब्रिक्स देशहरु (ब्राजिल, भारत, रुस, चीन, दक्षिण अफ्रिका)को  साझा  बैंक  न्यु  डेभलपमेन्ट  बैँंकको  गठनबाट  उसको  कूटनैतिक  मुखरता  र  आक्रामकता  बुझ्न सकिन्छ । यसको प्रभाव कति जब्बर छ भने सीमा विवादमा  एतिहासिकरुपमै  प्रतिद्वन्दिताको  स्थितिमा  रहेको  भारत  समेत  एससीओमा  पर्यवेक्षककै  रुपमा  भएपनि सामिल छ । जहाँंसम्म  भारत  र  चीनको  सम्बन्धको  कुरा  छ,  हाल विश्वमा तीव्रगतिमा आर्थिक विकास गरिरहेका यी  दुईदेशहरु  सीमाको  कारण  विगतमा  युद्ध  समेत  लडीसकेका  छन्  ।  तर  वर्तमानमा  उनको  सम्बन्ध  ।।।लभ विथ हेट’ (घृणासहित प्रेम)को छ । यो भनेको दुईवटा  प्रतिस्पर्धी  व्यापारीहरुको  स्थिति  हो  ।  र,  वर्तमान विश्वमा मित्रता र युद्ध दुबैको आधार पूँंजी अर्थात्  व्यापार  नै  हो  ।  भारत  र  चीन  दुई  भिन्न  राजनैतिक व्यवस्थाका देशहरु हुन् । विगत हेर्ने हो भने विश्वमञ्चमा  दुबै  भिन्न  लबीका  पनि  देशहरु  हुन्  ।  भारतको  निकटता  अमेरिकासंग  छ  भने  चीन  आफै  एउटा ध्रुवको रुपमा विकसित हुने प्रयासमा देखिन्छ । एउटा यस्तो ध्रुव जो अमेरिकाप्रति कटु प्रतिद्वन्दीको रुपमा  उभिएको  छ  ।  यद्यपि  क्षेत्रीय  प्रतिस्पर्धामा,  विशेष  गरेर  दक्षिण  र  दक्षिण  पूर्व  एसियामा  चीन  र  भारत  दुबै  प्रतिस्पर्धामा  देखिन्छन्  ।  एक  वर्षपहिला  भूटानको   सीमा   डोकलाममा   भारत   र   चीनका   सेनाबीच  घम्साधम्सी  यसै  वर्चस्वको  प्रतिस्पर्धाको  परिणाम  नै  हो  ।  दक्षिण  एशियामा  यी  दूईदेशहरुको  प्रतिस्पर्धा  झन्  तीखो  देखिन्छ  ।  कुनैसमय  भारतीय  प्रभाव  मानिने  दक्षिण  एशियाका  देशहरु  मध्ये  पाकिस्तान, श्रीलंका, बांग्लादेश, भारतीय कूटनैतिक सौहार्द्रताबाट  टाढिएको  देखिन्छ  भने  भूटान  भारतकै  अभिभावकत्वमा छ । मालदिब्स आन्तरिकरुपमा भारतप्रति रुखो छ । यसले दक्षिणएशियामा समेत चिनियाँं कूटनैतिक  मुखरता  क्रमशः  आक्रामक  हुँंदैगएको  बुझिन्छ  ।  पूर्वी  र  दक्षिणपूर्वी  एसियाका  देशहरु  म्याँंमार,  इन्डोनेसिया  आदि  देशहहरु  चिनियाँं  सडक  परियोजना  बेल्ट  एन्ड  रोड  इनिसिएटिभमा  सामेल  हुनुलाई भारतीय कूटनीतिले आफूलाई घेराबन्दी गर्न थालेको  भनि  बेला  बेलामा  अभिव्यक्ति  दिनुलेपनि  चिनियाँं  कूटनीतिको  बढदो  प्रभावलाई  अभिव्यक्त  गर्दछ । संघाई   सहयोग   संगठनमा   सहज   देखिएपनि   भारत,  बेल्ट  एन्ड  रोड  इनिसिएटिभ  परियोजनाको  विपक्षमा  देखिन्छ  ।  भारतले  यसो  गर्नुको  पछाडी  आफूलाई  चीनको  प्रतिस्पर्धीको  रुपमा  उभ्याउन  खोज्नु  हो  ।  तरपनि  दक्षिणएसियाका       प्रायः       सबै    देशहरुले    यस    परियोजनामा सामेल हुने सहमति देखाईसकेका छन्  ।  भारतको  आन्तरिक चाहनाको विपरीत  नेपाललेपनि  यस परियोजनामा दस्तखत  गरिसकेको छ  ।  वस्तुतः  यस  चिनियाँं         परियोजनामा      सामेल      हुनुको अर्थ चीनको विश्व व्यापारमा  सामेल  हुनु  हो  र  चिनियाँं  अनुकूलतामा  देशभित्र  आर्थिक     विकासको     सम्भावनाहरु     विकसित  गर्नु  हो  ।  तर  यसको  अर्को  पाटो  नेपालको  पारम्पिरिक  राजनैतिक  दिशा  र  कूटनीतिमा  परिवर्तन  आउनुपनि  हो  ।  नेपालमा  भैरहेका  राजनैतिक  परिवर्तनहरुले नेपाली समाजमा नयाँं वैचारिक संक्रमण त देखिएकै छ, यसले नेपाल, भारत र चीनको त्रीदेशिय सम्बन्धलाईपनि नयाँंस्तरमा प्रभावित गरिरहेको देखिन्छ । प्रधानमन्त्री केपी ओलीको भर्खरको चीनभ्रमणमा पनि यसको प्रभाव सहजै हेर्नसकिन्छ । नेपाल  र  भारतको  राजनैतिक,  सांस्कृतिक  र  भौगोलिकसम्बन्ध   एतिहासिकरुपमा      सबैभन्दा   नजिक छ । तीनतिर बाट भारतीय सीमाबाट घेरिएको भूपरिवेष्ठित  देश  नेपाल,  भारतसंग  सबैभन्दा  नजिक  हुनुपनि  स्वाभाविक  नै  हो  ।  यसलाई  प्रायः  सबैतिर  विश्व राजनीतिमा समेत आत्मसात् गरेकै देखिन्छ । नेपालको  भूपरिवेष्ठित  अवस्थाले  इतिहासको  एउटा  क्रममा  परनिर्भर  राजनीति  जन्मनुपनि  स्वाभाविक  नै  हो  ।  त्रासदी  के  छ  भने  विभिन्न  एतिहासिक  आरोह–अवरोहमा   यो   भौगोलिक   परनिर्भरता   राजनीतिकरुपमा समेत अभिभावकत्वको स्थितिसम्म विकसित  भएको  देखिन्छ  ।  सन्  १८१६को  सुगोली  सन्धीमा अँंग्रेजसंग पराजित नेपालले गरेको सुगौली सन्धीले यस अभिभावकत्वलाई झन् औपचारिकता प्रदान ग¥यो । सन् १९५०मा भएको स्वतन्त्र भारतसंग भएको  शान्ती  र  मैत्री  सन्धीमा  समेत  भारतले  यसै  अभिभावकत्वलाई  निरन्तरता  दिएको  देखिन्छ  ।  यो  अभिभावकत्व सहमति र सन्धीमात्र होइन, नेपालको राजनीतिक    सांस्कृतिक    जीवनमा    सर्वतोमुखी    देखिन  थाल्यो  ।  राजनीतिक  पार्टीहरुमा  भारतप्रति  मैत्रीपूर्ण  सौहार्द्रता  हुनुपर्ने  ठाउँंमा  मुख  ताक्ने  प्रवृत्ति  देखियो  ।  परिणाम  भारतलेपनि  नेपालको  हरेक  राजनीतिक, कूटनैतिक र सामरिक गतिविधिमा आफ्नो भूमिकाको अपेक्षा गर्न थाल्यो । एक प्रकारले भारतीय राजनीतिमापनि  नेपालप्रति  अभिभावकीय  भूमिका  सहजरुपमा बोध गर्नथालियो र आफू अनुकूल न भए रिस्सिने,  खिस्सिने,  ठुस्किने  र  प्रताडनासम्म  दिनेको  भावमा  समेत  विकसित  भएको  देखियो  ।  भारतको  पहिलो  निर्वाचित  प्रधानमन्त्री  जवाहरलाल  नेहरुको  नेपालबारे  औपचारिक–अनौपचारिक  अभिव्यक्तिहरु  जो  नेपालमा  नेहरु  डक्ट्रीनको  नामले  चर्चित  छ,  त्यसमा सुरक्षा चासोसंगै यो अभिभावकत्वपनि झल्किन्छ । तर  नेपाल–भारतको  यस  समग्र   सन्दर्भमा   नेपाल   तीन  तिरबाट  भारतले  घेरिएपनि     चौथो     सीमा    चीनसंग    जोडिएको  भन्ने  तथ्य   उपेक्षित   नभएपनि  कम  महत्वको    रह्यो,      जो      अहिले तीव्रतासाथ महत्वको बन्दैछ  ।  नेपाल–भारत     कूटनैतिक     सम्बन्धको       एउटा       विशिष्टता के हो भने भारतको  मूल  राजनीति  कम्युनिष्ट  आन्दोलनप्रति  असहिष्णु  प्रकृतिको  रहँंदै आएको छ भने नेपाली राजनीतिमा परिवर्तनको मूल आधार नै कम्युनिस्ट आन्दोलन रहिआएको छ । वि.स. २००७ सालमा राणाशासनबाट मुक्त भएदेखि प्रचण्डको नेतृत्वमा माओवादीहरु जनयुद्ध विसर्जित गरेर  संसदीय  राजनीतिमा  आएसम्म,  भारतीय  राजनीतिको चरित्र अनुकूलकै नेपाली काँंग्रेस सत्तामा छँंदा  संशोधनवादी  एमाले  सहयोगी  भूमिकामा  थिए  र  कम  बेसी  उनिहरुपनि  दक्षिणकै  सद्भावमा  रहेर  राज्यसत्तामा हिस्सेदारी खोज्ने गरेका थिए । विगतमा भारतसंग  भएको  महाकालीनदीको  टनकपुरसन्धीमा  अहिलेका  प्रधानमन्त्री  केपी  ओली  समेत  भारतीय  शासनको नजिक रहेको आरोप लागेको थियो । तर यति हुँंदापनि भारतीय शासनले नेपालका नामधारी नै भएपनि कम्युनिस्टहरुलाई आधामनले नै स्वीकारेका थिए  ।  त्यस्तै  नेपालका  संसदीय  कम्युनिस्टहरुलेपनि  आधैमनले  भारतीय  शासनको  नजिक  थिए  भन्ने  कुरा  बेला  बेलामा  देखिँंदै  आएको  छ  ।  तर  अहिले  स्थिति   फेरिएको   छ,   एमाले   र   माओवादीकेन्द्र   मिलेपछि संसदीयधारका वामपन्थीहरु सत्ताको शीर्षमा देखिएका छन् र यो हाम्रो दक्षिणी मीत्रको अपेक्षा र चाहना विपरीत छ । विशेषगरेर मधेश आन्दोलनको बेला भारतीय सीमामा भएको नाकाबन्दीले भारत र नेपालको कूटनैतिक सम्बन्ध अलि बढी अविश्वास र तीतो हुँंदै गयो । यसले नेपाली राजनीतिलाई चीनतर्फ ढल्किन मौका दियो । वस्तुतः यो भारतीय कूटनीतिमा अभिभावकत्व  र  दबाबको  पारम्परिक  चिन्तनको  परिणाम  थियो  ।  ओली  र  प्रचण्डको  संयुक्त  नेपाल  कम्युनिस्ट  पार्टीको  गठन  र  यसलेगर्दा  गठबन्धनको  सरकारबाट   दुइतिहाईको   सरकार   (उपेन्द्रयादवको   संघीय  समाजवादी  फोरम  सरकारमा  थपिएपछि)मा  परिवर्तित  भएपछि  भारतले  कूटनीतिलेपनि  दिशा  बदलेको  देखिन्छ  ।  जनकपुरबाट  आफ्नो  नेपाल  भ्रमण  शुरु  गरेर  भारतीय  प्रधानमन्त्री  नरेन्द्रमोदीले  मधेशकेन्द्रित दलहरुको पृष्ठपोषण र प्रोत्साहन गरेपनि जनकपुरमै नेपालका प्रधानमन्त्री ओली र उनको सरकारको  प्रशंसा  गरेर  नेपालको  वामपन्थी  सरकारसंग  ।।।लभ  एन्ड  हेट’को  नयाँं  गाथा  रच्न  थालेको  संकेत  दिए  ।  यस  समग्र  कूटनैतिक  खेलमा  मधेशकेन्द्रित  दलको  स्थिति  चेस  खेलको  प्यादाभन्दा  बढी  केही  नरहेको पनि स्पष्ट छ । यसको अर्थ स्पष्ट छ, वर्तमान ओली सरकार दक्षिण मित्र नजिक भए दक्षिण मित्रले मैत्री गीत गाउँंनेछ, उत्तरी मित्रतिर गए कूटनैतिकरुपमा असन्तुष्टि  र  गाली  गर्नेछ  ।  भारतको  एउटा  टीभी  च्यानलले  नेपाल  र  चीनबीच  भएको  सम्झौतालाई  उल्लेख गर्दै ।।।नेपाल, चीनको काँंखमा’ भनेर शिर्षक राख्नु यसैको प्रभाव हो । यस समग्र परिदृश्यमा प्रम ओलीको चीन भ्रमण र यसक्रममा भएका रेल र उर्जासम्बन्धी सम्झौतालाई समीक्षागर्दा  नेपाली  कूटनीति  र  विदेशनीति  भारतीय  अपेक्षा  र  चाहना  विपरीत  ऐतिहासिक  सुगौली  सन्धी  र  सन्  १९५०को  शान्ती  र  मैत्रीको  छायाँंबाट  क्रमशः निस्कँंदै गएको देखिन्छ। भारत राजनैतिक र सांस्कृतिकरुपमा  नेपालको  नजिक  हो  भन्ने  कुरामा  कुनै  दुई  मत  छैन,  त्यस्तै  चीन  विश्व  मञ्चमा  दोस्रो  शक्ति  हो  ।  नेपालको  निम्ती  यो  अवसर  र  चुनौती  दुबै  हो  ।  ।  तर  देशमा  एउटा  स्वतन्त्र  विदेशनीति  र  कूटनीतिक अवधारणा विकसित गर्न सकिएन भने यो एउटा ट्रयाप बाट निस्केर अर्को ट्रयापमा फँंस्नु हुनेछ । स्वतन्त्र विदेशनीति भनेको दुई छिमेकी बीच समानता र  समान  दूरीको  आधारमा  सन्तुलित  विदेशनीति  र  कूटनीति अवलम्बन गर्नु हो । 

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...