Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
दाल–चामल र सरकार

असाड १७, २०७५

  •                             किशोर नेपाल

अरबौं अरब रुपियाँको चामल आयातगरेर जीवन धान्न वाध्य वनेको नेपालजस्तो ‘कृषि प्रधान’ देशका किसानहरुले दही–च्यूरा खाएर असार पन्ध्रको धान दिवस मनाए । विगतमा जस्तो, यो पटक कुनै मन्त्री रोपारहरुसंग हिलो खेलेर प्यार–मोहव्वत जाहेरगर्न खेतमा पुगेको समाचार सुनिएन । किसानका खेतमा धानको उत्पादन घटेपनि सरकारले धान खेतीका लागि आवश्यकपर्ने मल, विउ र अन्य आधारभूत आवश्यकताको पूर्तिमा कमा, पूmलस्टप वा पूर्ण विराम केही सघाएन । किसान सँधै मल विउको हाहाकारमा फँस्यो । सरकार नालायक भएकोले विचौलिया र तस्करहरुले फाइदा उठाए । कृषक जगतप्रति सरकारको यो अवमानना नयाँ होइन । मधेश, पहाड सवैतिर हाम्रो देशको स्थिति नै यस्तै छ । असार १५ मा धान दिवसको गीत गायो । त्यसपछि रोपाईं सकियो । मानो छरेर मुरी भित्य्राउने यो चलन पनि अव धूमिल वनी सकेको छ ।

अहिलेको वामपन्थी सरकारले आफनो मुहार चित्रसम्म पनि कोर्न सकेको छैन वा कोर्न चाहेको छैन । सरकारको एउटै मुहार छ – प्रधानमन्त्री केपी शर्मा ओली । उनले जे भन्छन, त्यही हुन्छ सरकारको निर्णय । देशमा असंख्य समस्या छन । ३३ किलो सुन कसले कहाँबाट ल्यायो ? सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । रामबहादुर थापा वादलजस्ता ‘सुयोग्य’ व्यक्ति गृहमन्त्री भएको वेलामा सुन तस्करीका सवै गौंडा टालिएलान भन्ने कसैले सोचेको थियो भने त्यो सोचाइ गलत थियो । ३३ किलो सुनको टुंगो लगाउन त गृहमन्त्री वादललाई यति हम्मेहम्मे परेको छ भने सुन तस्करीको गौंडा टाल्ने काम कहाँबाट हुन्छ उनीबाट ?
ओली नेतृत्वको वर्तमान संघीय सरकार ख्यालख्यालमा चलेको देखिन्छ । प्रम ओली आफनै जीवनकालमा नेपालका नदी नालामा पानी जहाज चलाउने, भारत र चीन दुवैतिरबाट रेल ल्याएर देशलाई समृध्दिको बाटोमा अघि वढाउन चाही रहेका छन । अरु कुरा भर्सेलै परोस । जहाज र रेलको बाटो खुली सकेपछि नेपाल ‘ओपन’ हुन्छ । त्यसपछि त समृध्दि नै समृध्दि । खातका खात समृध्दि । संघीय सरकारको काम गराइलाई हेर्दा सरकार आफैं कुवाको व्याङ जस्तो देखिन्छ । प्रम ओलीले वच्चामा देखेका सपनाजति आपूm सरकारमा रहेका वेला साकार पारी हालौं भन्ने लालशा राखेको देखिन्छ । देशभक्तिको मूल बाटोमा लम्किएका व्यक्तिले लालशा राख्नु राम्रो कुरा हो । समृध्दिका सपना नदेखेसम्म देश अगाडि वढदैन । वढ्यो भने दुर्घटना हुन्छ । 
तर, समस्या के छ भने हाम्रो देशको अवस्था निरन्तर रुपले अस्थीर रहेको छ ।विगत एक दशकभन्दा लामो संक्रमणकाल र त्यसका समानान्तर उठेका विषयहरुले स्थीर राजनीतिको सट्टा अस्थीरतालाई नै वढाएको छ । मानिसहरु संक्रमणकालका वारे त्यति खुलेर वोल्न चाहँदैनन । किनभने सरकारको चरित्र संदिग्ध छ । एउटा सानो खेल तमाशामा पनि मानिसको मृत्यु हुन्छ । त्यो मृत्युले सरकारका अधिकारीहरुलाई संवेदनशील वनाउँदैन । अहिलेको संविधान निर्माणको प्रक्रियामा पश्चिममा जनताको ठूलो आन्दोलन उठ्यो । जनता आपूmलाई समेटेर वनोस भन्ने चाहन्थे । सरकार दमनमा ओर्लियो । आन्दोलनकारी र पुलिसका वीचको मूठभेडमा दुवैथरि मारिए । तर, मरेका पुलिसका पक्षमा सरकार अडियो । त्यही आन्दोलनबाट आएका टिकापुरका संचारकर्मी रेशम चौधरी चुनावमा उठे । उनको जीत निश्चित थियो । तर, अहिलेसम्म उनले संसदको शपथ लिन पाएका छैनन । कैलाली घटनापछि सरकारी दमनबाट जोगिन भारतको सीमावर्ती क्षेत्रमा सयौं नेपाली थारुहरु निर्वासित भए । सरकारले त्यसको अहिलेसम्म मतलव नै राखेको देखिदैन । ओली सरकार टिकापुर विवादलाई साम्यपार्न चाहन्छ भने आन्दोलनकारीले इज्जत र स्वतन्त्रताका साथ आफनो घरमा वस्न पाउने वातावरण वनाउनु पर्दछ । तर, सरकारले सुरक्षाकर्मीलाई अनावश्यक पुल्पुल्याएको छ । जनताको सुरक्षाका लागि खटिएका पुलिसकर्मी पहाडिया र मधेशीमा वाँडिन्छन र झगडा गर्दछन । मत्स्य न्याय भनेको यही हुनु पर्दछ ।
भर्खरै सम्पन्न चुनावपछि देश संघीयतामा प्रवेश गरेपनि अहिलेसम्म प्रदेशहरुको स्वायत्त शासकीय संचालनमा वाधा र अवरोध हटेका छैनन । प्रदेशका प्रमुखहरुले प्रदेश सभालाई संवोधन गरी सके । प्रदेश सरकारले आफनो वजेट पारित गरी सके । अव काम कसरी अघि वढछ ? कसैलाई थाह छैन । अहिले देशका ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा प्रादेशिक शासन होइन, अप्रत्यक्ष रुपमा केन्द्रीय सरकारको हुकुमत हावी छ । प्रदेश र स्थानीय तहको समन्वयात्मक कामको व्याख्या गरिएको छैन । सरकारले कुनैदिन प्रदेश सभा र प्रादेशिक सरकार विनाको संघीय व्यवस्था चलाउने हो ? यसै भन्न सकिदैन । अहिले वामपन्थीहरुको सरकार छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संगठित नहुँदासम्म माओवादीले संघीयताको अडान राखेको थियो । अव पार्टीको विलय पछि उसको त्यो अडान पनि विलायो होला ।
सवै नेपालीका लागि आधारभूत स्वास्थ्य सेवा दिलाउने र स्वास्थ्यमा सवै नेपालीको पहूँच वढाउने उद्देश्यका साथ डा. गोविन्द केसी जुम्ला पुगेका छन अनसनगर्न । उनी आफनो मिसनमा कति सफल होलान ? आजसम्म उनको अनसनको परिणाम हेरेर वसेका हामी सवैलाई थाहै छ । सरकार पनि दादागिरिजस्तो संचालन हुन थाल्यो भने निश्चयपनि देश समृध्द हुन सक्दैन । हालको समयमा देशको समृध्दि केलाउन थाल्यो भने चरम निराशा हात पर्दछ । नेपाली जनता अचाक्ली गरिवीको मारमा परेपनि गुनासो गर्दैन । यो गुण हो नेपाली जनताको । नेपाली जनता सहज र सरल छन भन्दैमा उनीहरुलाई सरकारले न्याक्नु कुनैपनि हालतमा उचित होइन । केन्द्रीय सरकारमा वा तिनका वरपर वस्ने मात्र देशभक्त हुने हो भने लोकतान्त्रिक राज्यको परिभाषा नै वदलि दिए हुन्छ ।
अहिलेको सरकारका वारे प्रचार–प्रसारलाई हेरौं । सरकार दूधको गंगा वहाउन तयार भएको देखिन्छ । संघीय सरकारको दृष्टि नयाँ नयाँ आविष्कारमा केन्द्रीत छ । नयाँ बाटो, नयाँ एयरपोर्ट, नयाँ शहरहरु र नयाँ गन्तव्यमा रमाएको छ केन्द्रीय सरकार । यता प्रादेशिक सरकारहरु झिंगा धपाएर वसेका छन । प्रदेशसंग समृध्दि ल्याउने पैसा पनि छैन । सरकार टिकाउने घरको टेको पनि छैन । केन्द्रीय सरकारले सक्रियतापूर्वक केन्द्र, प्रदेश र स्थानीय सरकारका वीच समन्वय नल्याउने हो भने देश असफल हुन्छ । यो सन्दर्भमा प्रतिपक्षले पनि सरकारलाई झापट दिनु पर्दछ । देश लोकतान्त्रिक विधिबाट चल्नु पर्दछ । यसमा खलनायकी वर्जित छ ।

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...