Thu, 15 Nov 2018
ताजा समाचार
दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ ||
जनसंख्या वृद्धि समस्या किन भइरहेको छ ?

असाड २७, २०७५

  •                                    सञ्जय मित्र

 तीव्ररुपले  जनसंख्या  वृद्धि  भइरहेका  देशहरु  प्रायः  शिक्षाको  क्षेत्रमा  पछाडि परेका देशहरु नै हुन् । विकासले भर्खर गति लिइरहेका देशहरु हुन्  ।  जनसंख्याको  धेरै  ठूलो  भाग  गरिबीको  रेखामुनि  नै  रहेका  छन्  ।  गरिबी,  अशिक्षा,  अविकास,  बेरोजगारी  जस्ता  ठूला  समस्याहरु  रहेका  छन्  ।  गरिबीले  अशिक्षा  र  अशिक्षाले  गरिबीलाई  एकापसमा  सहयोग  गरेको देखिएको छ । शिक्षा साधारण रहेको छ । व्यावसायिक शिक्षाले गति लिन सकेको छैन । व्यावसायिक शिक्षाको आवश्यकता रहेको छ ।

दक्षिण एसियामा जनसंख्यामा वृद्धि ठूलो समस्या भइरहेको  छ  ।  धेरैले  बीस  वर्षपहिले  देखेको  गाउँ  अहिले  आएर  आकारमा  करिब  दोब्बर  भइसकेको  कुरा  सबैले  स्वीकार  गर्न  सक्छन्  ।  गाउँमात्र  बढेको  होइन,  सहरको  पनि  वृद्धि  भएको  छ  ।  सहरीकरणमा  वृद्धि  भएको  छ  ।  गाउँमा  पनि  सहरको  सुविधामा  वृद्धि भएको छ । जनसंख्या वृद्धिको अनेक प्रभावहरु देखिन थालिएको छ ।जनसंख्या  वृद्धि  देशको  एउटा  समस्या  भएको  छ  ।  देशको  मात्र  होइन,  लगभग  दक्षिण  एसियाको  नै  समस्याको  रुपमा  जनसंख्या  वृद्धि  रहेको  छ  ।  भारत  र  चीन  दुई  ठूला  देशहरु  विश्वका  सबैभन्दा  ठूला जनसंख्या भएका देशहरु हुन् । बीचमा नेपाल छ । भारत र चीनसँग सिमाना जोडिएका प्रायः सबै देशहरुमा तीव्र गतिमा जनसंख्या वृद्धि भइरहेको छ ।तीव्ररुपले  जनसंख्या  वृद्धि  भइरहेका  देशहरु  प्रायः  शिक्षाको  क्षेत्रमा  पछाडि  परेका  देशहरु  नै  हुन् । विकासले भर्खर गति लिइरहेका देशहरु हुन् । जनसंख्याको  धेरै  ठूलो  भाग  गरिबीको  रेखामुनि  नै  रहेका छन् । गरिबी, अशिक्षा, अविकास, बेरोजगारी जस्ता ठूला समस्याहरु रहेका छन् । गरिबीले अशिक्षा र  अशिक्षाले  गरिबीलाई  एकापसमा  सहयोग  गरेको  देखिएको छ । शिक्षा साधारण रहेको छ । व्यावसायिक शिक्षाले  गति  लिन  सकेको  छैन  ।  व्यावसायिक  शिक्षाको आवश्यकता रहेको छ ।कतिपय  देशमा  जनसंख्या  कम  भइरहेको  छ  ।  विकासको गतिमा निकै अगाडि बढेका र अल्पविकसित देशका  नागरिकहरुका  लागि  सधैँ  सपना  बन्ने  गरेका  देशहरुमा जनसंख्या वृद्धि गराउनु परेको छ । कतिपय देशहरुले  पनि  विभिन्न  अल्पविकसित  देशहरुबाट  वर्षेनी केही मानिसलाई आफ्नो देशमा लगेर त्यहाँको नागरिक बनाइरहेका छन् । त्यहाँको जनसंख्ष्या हरेक वर्ष  कम  भइरहेको  छ  ।  विकसित  देशमा  के  सम्म  पाइएको  छ  भने  त्यहाँको  बासिन्दाको  आयु  लामो  रहेको छ । विकसित देशहरुमा ज्येष्ठ नागरिकहरुको संख्या चाहिँ बढेको छ । स्वास्थ्य चेतना, खानपानमा सचेतना, पर्याप्त आर्थिक आय, सबैजना सधैँ व्यस्त रहन्छन् । बालबालिकाको संख्या हाम्रोजस्तो पछाडि परेका देशहरुको तुलनामा निकै कम हुन्छ । जन्मदर निकै  कम  रहेको  छ  ।  बालबालिकाको  संख्या  पनि  निकै कम रहेको छ ।विदेश  पुगेका  कतिपय  नेपाली  साथीहरुले  के  भन्ने गरेका छन् भने शिक्षित युवाहरुलाई बालबच्चा जन्माउन निकै कम रुचि हुन्छ । एक युवा र एक युवती मिलेर विवाह गर्दछन् तर सन्तान जन्माउन चाहँदैनन् । अथवा एक युवा र एक युवती मिलेर बन्ने एक जोडीले मुस्किलले  एक  सन्तान  जन्माउँछन्  ।  वास्तवमा  यो  दुई  परिवार  मिलेर  एक  सन्तान  जन्माएको  हुन्छ  ।  यसरी प्रायः दुई परिवार मिलेर एक सन्तान जन्माउने चलनले  गर्दा  जनसंख्या  वृद्धि  नकारात्मक  बढेको  छ । नकारात्मक वृद्धिले जनसंख्यालाई बचाइ राख्नु कतिपय  देशको  समस्या  भएको  छ  ।  यसरी  विभिन्न  विकसित देशमा जनसंख्या कम हुँदै जानु समस्याको रुपमा रहेको छ ।जनसंख्याको अत्यधिक वृद्धि हुनु नकारात्मक हो भने जनसंख्याको वृद्धि आवश्यक अनुपातमा नहुनु पनि समस्याको रुपमा रहेको छ । जनसंख्याको सकारात्मक र  नकारात्मक  दुवै  किसिमको  वृद्धि  विश्वको  लागि  समस्या भइरहेको छ । विकसित देशमा जनसंख्या कम हुँदै  जानु  र  विकासशील  देशहरुमा  जनसंख्या  वृद्धि  ज्यादै  हुनु  गरी  जनसंख्याको  दुई  किसिमको  समस्या  रहेका  छन्  ।  केही  देशहरुमा  जनसंख्या  सन्तुलनमा  रहेको छ । जनसंख्याको वृद्धिलाई सन्तुलनमा राख्न सक्ने देशहरुले अहिले निकै विकास गरिरहेका छन् । जनसंख्यालाई  सन्तुलनमा  राख्नु  अहिले  धेरै  देशको  समस्या भएको छ ।अल्पविकसित   वा   विकासशील   देशहरुमा   जनसंख्याको  वृद्धिलाई  नियन्त्रित  गर्नु  परेको  छ  ।  जनसंख्याको वृद्धिको निरन्तर वृद्धिलाई नियन्त्रण गर्नु विभिन्न देशहरुले अनेक उपायहरु गरिरहेका छन् । जनसंख्या वृद्धिलाई रोक्न कतिपय देशले जनसंख्या शिक्षा विषय नै लागू गरेका छन् । जनसंख्या वृद्धिका असरबारे बालबालिकादेखि विश्वविद्यालयसम्मका विद्यार्थीलाई  जनसंख्या  वृद्धिले  भइरहेको  हानिको  विषयमा   शिक्षा   दिएर   प्रत्यक्ष   वा   परोक्षरुपमा   बढी  बालबच्चा  जन्माउने  अभिभावकलाई  देश  विकासको गति कमजोर बनाएको आरोपी बताउने गरिएको छ । यसले प्रत्यक्षतः जनसंख्या बढाउनुलाई अपराध मान्ने गरेको हुन सक्छ । शिक्षित बेरोजगारी बढेर गएको देखिएको छ । विभिन्न देशहरुले आफ्नो  देशको  जनसंख्यालाई  नियन्त्रण  गर्ने  अन्य  प्रभावकारी कदमहरु पनि चालेका छन् । केही दशक पहिले  यतिसम्म  पनि  सुनिन्थ्यो  कि  केही  देशहरुले  कानुन बनाएर नै तोकिएको भन्दा बढी बालबच्चा जन्माउनेलाई  केही  सुविधाबाट  वञ्चित  गरेर  बढी  बालबच्चा  नजन्माउने  उपाय  गरेको  थियो  ।  यसै  गरी  कम  बच्चा  वा  एउटा  बच्चा  जन्माउनेलाई  केही  सुविधा  बढी  दिएर  र  बुढ्यौलीलाई  सुरक्षित  पार्ने  ग्यारेन्टी  गरिएको  पनि  सुनिएको  थियो  ।  जनसंख्यालाई  यसरी  बलजफ्ती  राज्यले  नियन्त्रण  गर्न खोज्ने देशहरुमा पनि केही दशकपछि जनसंख्या नियन्त्रण भएको देखिएको छ । यसै गरी जनसंख्या वृद्धिलाई   रोक्न   एकैचोटि   निरोधात्मक   कदम   चाल्नुभन्दा  जनसंख्या  शिक्षामा  बढी  बल  गर्ने  देशहरुले पनि सफलता पाएको देखिएको छ ।हाम्रो  देशको  सन्दर्भमा  जनसंख्या  वृद्धि  गम्भीर  समस्याको  रुपमा  रहेको  छ  ।  देशमा  माओवादी  द्वन्द्व  उत्कर्षमा  रहेको  समयमा  गरिएको  जनगणनाले  जनसंख्या  केही  कम  भएको  देखाएको  थियो  ।  त्यसभन्दा अघि र त्यसभन्दा पछि पनि जनसंख्याको वृद्धि  उल्लेख्य  रुपमा  भएको  देखिएको  छ  ।  कुनै  परिवारमा धेरै बालबच्चा हुँदा सबैको शिक्षादीक्षामा प्रभाव  पर्ने  गरेको  छ  ।  शिक्षा  प्रभावित  हुँदा  गरिबी  बढ्छ, फेरि गरिबीले अशिक्षा बढाउँछ । यसरी गरिबी र अशिक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । प्रदेश  दुई  भूगोलको  दृष्टिले  यस  देशको  झन्डै  सबैभन्दा  सानो  प्रदेश  हो  तर  जनसंख्याको  दृष्टिले  दोस्रो  ठूलो  प्रदेश  हो  ।  सबैले  बुझेका  छन्,  जनसंख्या  प्रदेश  दुईको  ठूलो  समस्या  हो  ।  यहाँको जनसंख्याको अनुपातमा यहाँ रोजगारीको अवस्था  ज्यादै  दयनीय  रहेको  छ  ।  रोजगारीको  अवस्था दयनीय रहँदा अधिकांश युवाको चाहना परदेशमा कामको खोजी हुने गरेको छ । परदेशमा गएर निकै निकृष्ट श्रम पनि गर्नु पर्दछ । परदेशको कामले  श्रमिकको  केही  परिवारमा  सन्तुष्टि  त  छ  तर  अधिकांश  परिवार  भने  सधैँ  चिन्तामा  हुन्छ  ।  बढ्दो  जनसंख्याले  के  समस्या  देखिएको  छ  भने  हरेक पुस्ताको काम आफ्नो लागि घर बनाउनु र सन्तानको लागि घरेडी सुरक्षित पार्नु । सामान्यतया दुई वा तीनजना छोरा हुँदा बाबुले आफ्नो लागि घर  बनाउन  नपाउँदै  सबै  छोराको  लागि  सोच्नु  परिरहेको  छ  ।  तीन  दाजुभाइका  पनि  त्यसै  गरी  तीन  तीन  सन्तान  हुन्छन्  ।  सबैले  फेरि  त्यहीँ  तीन  सन्तानका  लागि  घर  घरेडीको  समस्यामा  अल्झनु परेको छ । यसरी हामी जनसंख्या वृद्धिले बढीमात्रामा   दाल,   भात   र   डुकुमै   आफूलाई   अल्झाउनु परेको छ । प्रदेश  सरकारले  अत्यधिक  जनसंख्या  वृद्धि  भइरहेको   जिल्ला,   अत्यधिक   जनसंख्या   वृद्धि   भइरहेको जाति र अन्य क्षेत्र किटान गरेर जनसंख्या वृद्धिलाई कम गर्ने उपायको खोजी गर्नु परेको छ । जनसंख्या  वृद्धिले  जनसंख्या  विस्फोटको  रुप  लिन  नपाओस् । जनसंख्या प्रदेशको समस्या नबनोस् बरु विकासको सहायक र हरेक नागरिक प्रदेशको लागि उत्तिकै महत्वपूर्ण बन्न सकोस् भन्ने किसिमको नीति बनाउनु आवश्यक भइसकेको छ । कम्तीमा प्रत्येक युवालाई देशमै स्वरोजगार बन्न सक्ने गरी विभिन्न किसिमका तालिमहरुको व्यवस्था गर्न सकियो भने जनसंख्या अभिशाप होइन वरदानको रुपमा साबित हुन सक्छ ।

 

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...