Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
वेटी पढाउ वेटी वचाउ अभियानको सार्थकता

असाड २७, २०७५

  •                                  शान्ता मरासिनी

 प्रदेश सरकार गठन संगै प्रदेश नं २ को सरकारले “मुख्यमन्त्री वेटी पढाउ वेटी वचाउ” अभियान कार्यक्रम घोषणा ग¥यो । अन्य जिल्लाहरुको तुलनामा तराइ मधेशका जिल्लाहरुमा वालिकाको सामाजिक, सूचकहरु अत्यन्तै कमजोर रहेको राष्ट्रिय तथ्याङ्कले नै देखाउँछ ।सामाजिक कुरीति र विकृतिहरु जस्तै  विभेद, शोषण, भ्रुणहत्या, वालविवाह,  दाईजो, छुवाछुत आजतक विध्यमान रहेका छन ।यस   प्रदेशको मानव विकास सूचाकं औसतमा ०.४२२ रहेको छ (ज्म्क्ष् द्दण्ज्ञट, ल्उअ), महिला साक्षरता ३८ प्रतिशत, विद्यालय संख्या ३५८६, धार्मिक विद्यालयको संख्या २७८, प्राथमिक तहको खुद भर्नादर औसतमा ९३५ देखिए पनि स्कूल निरन्तरता नभएको र माध्यमिक तह पछिको उच्च शिक्षामा वालिकाको निरन्तरता अत्यन्तै कमजोर अवस्थामा रहेको छ । तराइ मधेशमा अन्य समुदायको भन्दा मुस्लिम र दलित समुदायका वालवालिकाको स्थिति अझ बढी कमजोर रहेको त्रि. वि. समाजशास्त्र विभागको प्रतिवेदनले देखाएको छ । तराइमा वालवालिकाको शिक्षाको स्तरमात्र कमजोर रहेको नभइ दाइजो प्रथा, अपहरण, बलत्कार, वालिका पिहिचान गरी भ्रुण हत्या, वालविवाह जस्ता शसक्तीकरण र विकास विरुद्धका प्रथा, परम्परा,सामाजिक अपराध आज पनि शुसुप्त र गडीलो रुपमा विद्यमान रहेकै छन् । छोराको तुलनामा छोरीहरु वास्तवमै विकासका सबै सूचकहरुमा तल रहेका छन ।प्रदेश सरकारले विषेश गरी वालिकाहरुका त्यस्तै विकराल समस्याहरुलाई सम्वोधन गर्न र छोरा सरह छोरीहरुको संविधान प्रदत मैलिक मानव अधिकारको प्रत्याभूति गर्दै राज्य प्रदत्त सेवा, अवसर र सूविधामा न्यायपूर्ण पहिचान, पहुँच र प्रतिनिधित्व स्थापित गराउने उद्देश्यलाई साकार रुप दिन र लैङ्गिक समानता र शशक्तिकरण प्रतिवद्ध हुदै प्रदेश २ का वालिकाहरुको माझ यस्तो पपुलर कार्यक्रम घोषणा गरी कार्यान्वयनमा लैजान लागेको देखिन्छ । यस कार्यक्रमले प्रमुख रुपमा स्कूल स्तरका वालिकाको अध्ययन निरन्तरता, स्कूल भर्ना गर्न उत्प्रेरणा जगाउने, अभिभावकहरुलाई छोरा सरह छोरी पढाउनै पर्ने मनोविज्ञान सृजना गराउने, दाइजो प्रथा निरुत्साहित गर्ने अभियानमा संलग्न गराउने, मानव विकास सूचाकंमा पछि परेका परिवारका वालिकालाई शिक्षा विमा कार्यक्रमको सुरुवात गर्ने, वालिका हिंसा विरुद्धका, अभिभावक सचेतना, साइकल सहयोग, अभिभावकत्व ग्रहण गर्न अव्हान, दिवा खाजा जस्ता कार्यक्रम उक्त अभियानले समेटेको देखिन्छ। तराइका वालिकाको मौलिक मानव अधिकारको प्रत्याभूति गर्दै लैङ्गिक समानता र न्याय स्थापना गरी वालक र वालिकाविचको विभेदको अन्त्य गर्ने उद्देश्य बोकेका विगतमा संचालित यस्ता खाले कार्यक्रमहरुको कार्यान्वयनबाट तराइका वालिकाहरुको स्थितिमा कति सुधार ल्यायो त्यस्को एकिन र देखिने नतिजा सोचे जति र अन्य समाज परिवर्तनका तुलनामा कमजोर रहेको वालवालिका हक अधिकारका क्षेत्रमा काम गरिरहेका अधिकारकर्मिहरु वताउछन् । राज्यका निकायहरुमा तराइका महिलाहरुको उपस्थिति र प्रतिनिधित्व हेर्दा र वालिकाहरुको स्कूल भर्ना, निरन्तरता, उच्च शिक्षामा निरन्तरता, प्राविधिक शिक्षामा पहुच, रोजगारीमा उपस्थिति, सरकारमा संलग्नता, सम्पतिमा स्वामित्व, दाइजो लिनेदिने प्रवृत्ति, वालिका हत्याको अपराधको प्रवृति जस्ता सूचकहरु धेरै नै कमजोर रहेका छन् ।यसै प्रसंगमा प्रदेश सरकारले ल्याएको वेटी पढाउ वेटी वचाउ अभियान कार्यक्रम कार्यन्वयनमा देखिने चुनौतिहरुमा  के कारणले वेटी पढाउदैनन् परिवारको मनोविज्ञान पत्ता लगाउनु र सम्वोधन गर्नु चुनौतिपूर्ण देखिन्छ। त्यस्तै यस  कार्यक्रमका लक्षित वर्ग पहिचान, लाभ ग्राही क्षेत्र, कार्यक्रमको प्रभाव,  यसको निरन्तरता, परिवर्तनका सूचकहरुको विकास र मूल्याङ्कन परिपाटी, विद्यालय निरन्तरताको निरन्तर अनुगमन, कार्यक्रमबाट लाभान्वित भए पश्चात उ आत्मनिर्भर बन्न सक्ने सम्मको तहगत सहयोग (स्कूल, प्राविधिक शिक्षा र रोजगारी) अभिभावकलाई प्रोत्साहन कसरी गर्ने, दाइजो प्रथालाई कसरी निरुत्साहित गर्ने जस्ता चुनौतिहरु विधमान रहेका छन् ।परिवार बाटै छोरा छोरी विचको विभेदको अन्त्य, घरवाट बालश्रमको अन्त्य, जस्ता चुनौतिहरुलाई कार्यक्रमको शुरुवाती चरणमै सम्वोधन गर्न सकेमा मात्रै कार्यक्रमले सफलता पाउन सक्छ ।बालबालिकालाई श्रम हैन पुस्तक देउ सन्देश प्रवाह गर्दै यसका लागि छोरीहरुको स्कूल भर्ना अनिवार्य गर्ने, राजनीतिक नेतृत्वतहबाटै सामूहिक रुपमा दाइजो नलिने र नदिने घोषणा गर्ने  र यसलाई व्यवहारमै उतार्ने, अभिभावकलाई विश्वस्त गराउने, परिवारको गरिविले धेरै वालवच्चाको स्थिति यस्तो भएकोले परिवारलाई रोजगारीको व्यवस्थातर्फ पहल गर्ने, वालकहरुमा वहिनी पढाउ सचेतना विकास गराउन स्कूल शिक्षकको ल प्रयोग गर्ने । सञ्चार माध्यमबाट यस अभियान अन्तर्गतका कार्यक्रमहरुको व्यापक पर्चारप्रसार गर्ने गराउने, अभिभावकत्व ग्रहण गर्न लव्ध प्रतिष्ठित देखि राजनितिज्ञय एवं जनसाधारणमा अव्हान गर्ने । वास्तवमा सामाजिक परिवर्तन सामाजिक सचेत शिक्षाका माध्यमबाट मात्रैं संभव छ ।अन्त्यमा वेटी पढाउ वेटी वचाउ कार्यक्रमको सार्थकता त्यसमा हुनेछ जव परिवारले छोरा छोरी विचको विभेद अन्त्य गर्छ । जव हामी परिवारले छोरी नपढाउनाको चुरो कुरो पत्ता लगाइ त्यस्को उपचारमा कार्यक्रमरुपी औषधी दिन सक्छौ तव यस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन । रुखको स्वास्थ्य जरामा निर्भर भए जस्तै छोरीको समस्या अभिभावकमा छ त्यसैले समस्याको कारण खोजी दिर्घकालिन समाधानको शुरुवात वेटी पढाउ वेटी वचाउ कार्यक्रम मार्फत हुन सके कार्यक्रमले सार्थकता पाउन सक्ने छ ।

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...