अध्यक्ष प्रचण्डले भनेका छन, कम्युनिष्ट शक्तिलाई कमजोरपार्न ठूलो कसरत भइ रहेको छ । दाहालका कुरा ठीक होलान वा वेठीक ?
प्रधानमन्त्री केपी ओलीले भनेका छन ः नेपाललाई एकतावध्दगर्न भानुभक्तको योगदान महत्वपूर्ण छ । भानुभक्त नभइ दिएका भए नेपाली एकतामा योगदानदिने खालका अरु विशिष्ट विव्दानहरु अरु कोही थिएनन । प्रम ओलीको नेतृत्व वहु आयामिक र वहु लाक्षणिक छ । उनले ।।।आँ’ गर्दा जनताले ।।।अलंकार’ वुझनु पर्दछ । उनका कानून मन्त्रीले अनसन तोडने आग्रह गरेको ४८ दिनपछि गंगामायाँले अनसन तोडिन । व्दन्व्दकालका मुद्दाहरु हत्तपत्त टुंगिदैनन । त्यसैले गंगामायाँले अनसन तोडेको सुखद उपलक्षमा माइतीघर मण्डलामा दीपावली गर्नुपर्ने हो । के गर्नेछन मानव अधिकारवालाहरुले ? ती उनै जानुन । भरेसम्म त थाह भै हाल्ला । गंगामायाँले अनसन तोडनु भनेको ओली नेतृत्वको सरकारको ठूलो सफलता हो ।भारत र चीनको कम उपलव्धिमूलक र बढी थकानपूर्ण भ्रमणपछि प्रधानमन्त्रीको सरकारी आवास वालुवाटार र निजी निवास वालकोट दुवै उजाड र मौन छन । त्यहाँ नयाँ सन्देश वाँकी छैनन । संस्कृत विश्व विद्यालयका उप–कुलपतिलाई घण्टाभर थुनिएपछि प्रम निवासजान चाहने धेरै मानिस निरुत्साहित भएका छन । प्रम सिंह दरवारमा रहेको सरकारी कार्यालय दैनिक आउँछन । उनी कार्यालय नपुगेको दिन कार्यालय आफै पुग्दछ सरकारी आवास वालुवाटार । देश समृध्दिको ताना–वाना बुन्नमा लागेको छ । फुर्सद कसैलाई छैन, प्रम कार्यालय अन्तर्गतका कर्मचारीहरु सवै व्यस्त छन । फुर्सदकै कुरा गर्दा, हेर्नुहोस, आज शनिवारका समाचारमा छापिएका कुरा ः सदनमा दुइजना सांसद ठिंग उभिदैमा संसद अवरुध्द नहुने वताएका छन प्रम ओलीले । तर, कतिजना सांसद ठिंग उभिंदा संसद अवरुध्द हुन्छ त्यो वताएका छैनन प्रमले ।अहिले एकपटक फेरी डाक्टर गोविन्द केसी ।।।दुर्गम’ अनसनमा छन र विशद चर्चामा छन । जुम्लाका मात्रै होइन, देशभरका जनता जनार्दन डाक्टर केसीको जीवनको याचना गर्दैछन इश्वरसंग । जुम्ला हवाइ जहाज र कर्णाली राजमार्गव्दारा संघीय राजधानीसंग जोडिइ सकेपनि अझै दुर्गम छ । सरकारका शिक्षामन्त्रीले भनेका छन डा.केसीसंग वार्तागर्न हामी जुम्ला जान सक्दैनौं । एकजनासंग वार्ताका लागि हामी जुम्ला पुग्न तयार छैनौं । शिक्षामन्त्रीले यसो भनी रहँदा रेजिडेण्ट डाक्टरहरु आन्दोलनमा छन । आकस्मिक वाहेक अस्पतालका अरु सेवा वन्दछन । डाक्टरहरुले माइतीघर मण्डलामा विरामीहरुको चेकजाँच गर्दैछन । देशको राजधानी उपत्यका बाढी पीडित भएकोछ । वर्षातको पानीका कारण हनुमन्ते नदीमा आएको वाढीलेभक्तपुर र वरपरका क्षेत्र जलमग्न भएका छन । मौसमले जनतालाई खवरदारीगर्दै वागमती, रुद्रमती, इच्छामती र मनमतीमा वाढी आउने सम्भावना छ । यी नदी वा खोलाको आसपासमा वस्ने जनताले ज्यान जोगाउन सतर्कहुने आव्हान गरेको छ । वाढीका वेला मानिस घर छाडेर कहाँ जाओस ? तै पनि, सरकारले सूचना त दिएको छ । सूचना अनुसार, घर छाडेर कोही किन कतै जाला ?गन्थन–मन्थन थुप्रैछन । जस्तो नेकपाका अध्यक्ष प्रचण्डले भनेका छन, कम्युनिष्ट शक्तिलाई कमजोरपार्न ठूलो कसरत भइ रहेको छ । दाहालका कुरा ठीक होलान वा वेठीक ? अहिले कसैले भन्न सक्दैन । सत्य यतिमात्र हो कि कम्युनिष्ट पार्टीलाई कमजोरपार्न माओवादी र एमालेमा रहेका शक्तिशाली वृत्तका कार्यकर्ता लागेका छन । सखापपार्ने भनेकै एकलाई अर्कोले हो । राजनीतिमा सँधै यस्तो हुन्छ । यादवहरुको वंश विनासका कारण माओवादी र एमाले हुँदैनन, प्रतिपक्षीका नेताहरु आफै कमजोर भएका वेला कसरी पारुन कम्युनिष्टलाई कमजोर ? यही मेसोमा नेकपा अध्यक्षले यो पनि भनेका छन, देशका पूँजीवादीहरु राजनीतिक स्थिरता ध्वस्तपार्न खोज्दैछन । कहाँबाट झिक्छन नेताहरु यस्तो ।।।मनोकामना ?’ अहिले यो कुरा कसैको कल्पनामा पनि घुसेको छैन होला कि भर्खर रीस–राग र राग–तापबाट मुक्त भएर एक भएका दुइ कम्युनिष्ट पार्टी राम्ररी वनेकै त छैनन भने फुटने कुरा त त्यत्तिकै हो । भर्खर माक्र्सवादी भएका एकजनाले प्रश्न गरेका थिए, ।।।साइनवोर्डमा लेखिएको नेपाल कम्युनिष्ट पार्टी चाहीं ।।।एमाले’ हो कि ब्राकेटमा राखिएको (नेकपा) चाहीं माओवादी हो ?साँच्चै यो प्रश्न प्रधानमन्त्री ओली अध्यक्ष कामरेड र दाहाल अध्यक्ष कामरेडलाई सोध्ने हो भने के जवाफ आउला ? ।।।स्टार्ट’ रोकिएर समृध्दिको गाडी गुडन सकेन भने नेताहरु के गर्लान ? यो अर्को दर्दनाक प्रश्न हो । एकताका भनिन्थ्यो, कम्युनिष्टमा ओली र दाहाल मिल्नु त असम्भव नै हो । अव त्यो सम्भव भै सक्यो । ओली र दाहाल मिल्न छाडेको दिन राप्रपाले दिपावलीगर्ने र निर्मल निवासमा हर्ष वढाईंहुने वाहेक अरु कुनै महत्व रहने छैन होला । तर, गणतन्त्र विरुध्द नारा लाग्ने कुनै परिस्थिति अहिले देशमा छैन । महाराज स्वयंपनि त्यस्तो स्वैरकल्पनालाइ पत्याउने अवस्थामा छैनन होला । नेपाल अव पनि नेपालका रुपमा नमौलाउने हो भने अहिलेको संघीय राजनीतिले देशलाई थेग्न सक्दैन । प्रदेशहरुलाई रुग्ण वनाएर बजेटमाथि एकतर्फी हमला हुने हो भने स्थानीय सरकार र प्रादेशिक सरकार दुवै तह धराशायी हुन वेर लाग्दैन । उसैपनि, अहिलेसम्म संघीय राजनीतिलाई दुइ नम्वर प्रदेशको आवश्यकताका रुपमा औंल्याउने व्यक्तिहरुको कमी छैन । मधेश–तराइसंग नजोडिएका प्रदेशहरुमा पनि संघीयताले निकै ठूलो उत्साह ल्याएको छ । तर, त्यो उत्साहलाई राष्ट्रिय भनिएका पार्टीका नेताहरुले नै निरुत्साहित गर्न खोजेको देखिन्छ । प्रतिस्पध्र्दामा उभिन नसक्ने र पराजयको पीडा सहन नसक्ने कसैले पनि अहिलेको राजनीतिमा लाग्नु ठीक होइन । नयाँ राजनीतिक व्यवस्थालाई सवल वनाउँदै लगेको खण्डमा विकास छिटो हुन्छ । जनताले पावर–ट्रिलर चलाएर समृध्दि आफैं भित्र्याउँछन । आकार, स्रोत, उत्पादनका हिसावले हामी साना देश हौं । हाम्रा आवश्यकता पूरागर्न देशमा रेलको जंजाल फैलिन पर्दैन । भारत र चीनका वीचको व्यापारमा हामी बाटो बन्न सक्दछौं । तर, न त हामीसंग चीन निर्यातगर्ने उत्पादन छ, न भारत पठाउने व्यापारिक प्रयोजनका सामग्री छन । नेपाललाई मुग्लिनको विस्तारित रुपमा विकासगर्ने खालको प्रयोजन त पूरा होला । तर, समृध्दि त्यसरी आउँदैन । जनताले देशको माटोमा दश नंग्रा खियाएर जव पसीनाले देशको माटो भिजाउन थाल्दछन तव समृध्दि आउँछिन घुम्टो उघार्दै । मसालेदार राजनीतिका तरंगहरुले वातावरणलाई समृध्दिको बाटोमा हिंडाउँदैनन ।