देशमा मधेशको मुद्दा धेरै लामो चल्यो । एउटा देशमा नागरिकहरुको सुविधा र असुविधाको मुद्दा यति लामो चल्नु भनेको नालायकीपन हो । मधेश र पहाडका कुरा उहिल्यै राजा वीरेन्द्रको पालामा उठेको थियो । शायद जनसंख्या आयोगले यसैका वारेमा सम्मेलन गराएको थियो । त्यो अवस्थामा गजेन्द्रनारायण सिंहले आफनो स्ट्याण्ड लिएका थिए ।
देश अहिले तरंगमा छ । यसलाई वितेको चुनावी समयको एक तरंगका रुपमा हेर्न नसकिने होइन । तर, देशमा मधेशको मुद्दा धेरै लामो चल्यो । एउटा देशमा नागरिकहरुको सुविधा र असुविधाको मुद्दा यति लामो चल्नु भनेको नालायकीपन हो । मधेश र पहाडका कुरा उहिल्यै राजा वीरेन्द्रको पालामा उठेको थियो । शायद जनसंख्या आयोगले यसैका वारेमा सम्मेलन गराएको थियो । त्यो अवस्थामा गजेन्द्रनारायण सिंहले आफनो स्ट्याण्ड लिएका थिए । पन्चायती व्यवस्थाको आज्ञानुसार त्यतिवेला हुकमतको आदेश फैलाउनेहरु धेरै थिए । समयक्रममा ती काल–कवलित भए । मधेशले अहिलेसम्म आफनो सामान्य अधिकार समेतलिन सकेकोछ ।संघीयताका विषयमा मानिसका रायहरु बेग्लाबेग्लै छन । संघीयताका जो पक्षपाति छन ती रमाइ रहेका छन भने संघीयताका विरोधीहरु देश संघीयतामा गएर तीन तहको चुनाव भइ सकेपछि विरोधमा लागेका छन । संघीयता मधेशको मांग थियो । यसैको लागि अन्तरीम संविधानका विरुध्द मधेश विद्रोह भएको थियो । त्यो नभएको भए हाम्रो मुक्तिको कुरा के हुन्थ्यो ? मधेश पहाडको गन्तव्य मात्र होइन, पहाड आफैं पनि मधेशको टेको हो । त्यही टेकोले अहिले मधेश र पहाड दुवै प्रभावित भएको छ । देश अब साँच्चै गुलजारहुने सम्भावना छ । यसलाई अझ गुलजार वनाउनु पर्दछ । संघीयताले बहुमत नभएका तर महत्वपूर्ण अल्पमतका रुपमा रहेका जाति–जनजातिको हितगर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।एक दशक अघिसम्मपनि काठमाडौंबाट मधेश जानेबाटो सारै घुमाउरो थियो । अहिले धुलिखेललाई वर्दिवाससंग जोडने वीपी राजमार्ग सुचारु भएपछि यात्रुहरुका लागि समय र सुविधा दुवै वढेको छ । अहिले पनि अप्ठेरो त छँदैछ । वीपीमार्ग साँगुरोछ । चुनावको समयमा सिन्धुली माडीबाट कमला नदी तरेर वर्दिवासतिर आउँदा आगन्तुकहरुलाई चुनावी चहल–पहललेआकर्षित गरेको देखिनु स्वाभाविक थियोे । निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयनको मिति तोकेकोले मधेश–तराइमा कुनै न कुनै हिसावले चुनावी चहल–पहल देखिने आशा थियो । तर, मधेश केन्द्रीत दलहरुको एकीकृत संगठन, राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको चुनाव वहिष्कारगर्ने र चुनावको प्रतिकारमा वन्द सहितका आन्दोेलनगर्ने घोषणा गरेपछि स्थिति विपरित बाटोमा गएको थियो । त्यो राजनीतिको एउटा बाटो थियो । अहिले अर्कै बाटो छ । स्थानीय चुनाव वहिष्कार गरेर राष्ट्रिय जनता पार्टीले खासै फाइदा लिन सकेन । सँधै व्यस्त रहने धुलिखेलदेखि वर्दिवाससम्मकोवी पी राजमार्ग हिजोआज एकछिनपनि शान्तरहन पाएको छैन । कहिले ओखलढुंगा, खोटाङ र रामेछापका नाममा कहिले खुर्कोटको नाममा यातयात वन्दहुने स्वाभाविक थियो ।मधेश वन्दका वेला काठमाडौंतर्फ यात्रागर्ने सवारी साधन एकदमै न्यून थिए । काठमाडौंबाट मधेश जाने सार्वजनिक सवारीको संख्या पनि थोरै थियो । राजमार्ग छेउछाउका वजारहरुमा चहल–पहल हुँदैनथ्यो । यात्रु नभएपछि बजारमा चहल पहल नहुनु स्वाभाविक थियो । त्यतिबेला सरकार र राष्ट्रिय जनता पार्टीका नेताहरुका वीच चुनावकावारे छलफलपछि मानिसहरुमा एकप्रकारको कौतुहलता नजागेको होइन । चुनावले अरु केही नगरेपनि जनतालाई वोल्ने, चिच्याउने र कराउने साहस दिन्छ । मधेशमा ठूला भनिने दलहरुले स्थानीय स्वार्थका विरुध्द वेला वेलामा चुनावी अभियान चलाउन पनि नखोजेका होइनन । तर तिनको प्रभावको परीक्षणगर्ने कसी भएन । महोत्तरी जिल्लाको सीमा प्रवेशपछि खोंच क्षेत्रका स–साना वस्तीहरुका छाना र झ्यालमा तीन ठूला दलका स–साना झण्डाहरु देखिएपनि राष्ट्रिय जनता पार्टीको उपस्थिति कतै देखिएको थिएन त्यतिवेला । बजारमा पार्टीहरुको झण्डाभन्दा मानिसका निरपेक्ष अनुहार वढी थिए । पहाडी समुदायको प्रभावमा रहेको वर्दिवास बजारमा ठूला दलहरुका चुनाव केन्द्रित कार्यक्रमहरु भइरहेका थिए । बजारका प्रत्येक जसो घरमा कांग्रेस, एमाले र माओवादीका झण्डा गाडिएका थिए । तर, झण्डाको आधारमा मात्रै मधेशमा यी पार्टीहरुको प्रभावको आंकलनगर्नु सजिलो थिएन । तर, चुनावको दिन साँघुरिंदै गएपछि मानिसको अनुहारबाट निराशा र निरपेक्षता दुवै हट्यो । दुइ नम्वर प्रदेशमा राष्ट्रिय जनता पार्टीले आपूmलाई जसरी प्रमुख दलका रुपमा स्थापित गर्यो त्यो राजनीतिक सत्य हो । उतिखेर, वर्दिवासबाट पूर्व लागेपछि कोशीसम्म नै सरकार निर्माणको चहल पहल देख्न पाइएको थियो । स–साना समूहमा वाँडिएका मानिसहरु चोक चोकमा जम्मा भएरसरकारका लागि समर्थन जुटाउँदै थिए । उनीहरुको अनुहारमा चुनावमा पाइएको विजयको खुशी स्पष्ट देखिन्थ्यो । वर्दिवासदेखि ढल्केवर र धनुषाधाम हुँदै लाहानसम्म र फर्किदा जनकपुर र बीरगंजको यात्रामा चोक चोकमा मानिसको बाक्लो जमघट देखिएको थियो । कमला नदी काटेर पूर्व लाग्ने वित्तिकैसिराह जिल्लाको पहिलो बजार वन्दीपुरमा सुरक्षा चहलपहल सँधै वढी नै रहन्छ । सिराहा राजनीतिक रुपले उत्सुक र समृध्द स्थान हो । सिराहाको एकमात्र प्रमुख शहर लाहानमा साँझपख जनता सक्रिय हुन्छन । यो क्षेत्रमा पहिलेदेखि नै गैह« सरकारी संस्थाहरु सक्रिय छन । यहाँका दलितहरुको जीवनस्तर सुधारमा बेलायती सरकारको सहयोग महत्वपूर्ण छ । यद्यपि, गैह« सरकारी संस्थाहरुको सेवा स्थायी र दह«ो रहेन ।बिकास निर्माणका क्रममा जनताको खुशी प्रत्यक्ष देखिन्छ । तर, मानव अधिकारको अवस्था कमजोर छ यहाँ । यो पूरै क्षेत्रको समृध्दि बढदैछ । त्यसको कारण स्थानीय सरकार तथा गैह« सरकारी संस्था होइनन । यो क्षेत्रका प्रत्येक परिवारका एक वा दुइजना सदस्य वैदेशिक रोजगारीमाखाडीका देशमा छन । उनीहरुको कडा मेहनतले समृध्दि भित्रिएको छ । त्यो समृध्दिको सदुपयोग हुन पाएको छैन । गैह« सरकारी संस्थाप्रति जनताको खासै विश्वास र भरोशा छैन । भरखर गठन भएको स्थानीय सरकारमा संघीय सरकारले खटाएको सिंहदरबार पुगेको छैन । शान्ति र स्थायित्वका बारेमा यहाँका जनता, व्यवसायी, उद्योगी र मानवअधिकारकर्मीहरु सवैको मत एउटै छ । अहिले चुनाव भएको छ । जनता, राजनीतिक नेता तथा समाजको सवै वर्ग अस्थीर भएको छ । मानिसको मन चन्चल भएको छ । अव पनि ।।।संविधानमा अपेक्षित संशोधन नभए ठूलो दुर्घटना हुनेछ’ निष्कर्ष निकाल्दै थिए, लाहानका वुध्दिजीवीहरु । चुनावले राजनीतिक संक्रमणलाई समाप्त गरेको दावी राजनीतिक दल र सरकारले गर्दै आएको छ । स्थानीय परिस्थितिले यो दावीलाई पूरै भूmठो बताउँछ । किनभने, अराजक घटनाहरु सामान्य भएका छन । राजमार्ग कसैले पनि बन्दगर्न सक्दछ । कानूनको सट्टा सुरक्षाकर्मीको राज चलेको प्रष्ट देखिन्छ । राजमार्गका ठाउँठाउँमा ट्रकहरु लाम लागेर उभिएका देखिन्छन । कुनै राजनीतिक दलले वन्दको आव्हान गरेका कारण ती ट्रकहरु रोकिएका होइनन । ती ट्रकहरुलाई स्कर्टिङ गरेर लैजानु पनि पर्दैन । वर्षमा दर्जनौं पटक ।।।वन्द’हुने नेपालका राजमार्गहरुमा सुरक्षाले स्कर्टिङ गरेर गाडीहरुलाई गन्तव्यमा पुर्याउने एउटा परम्परा नै वनी सकेकोछ । अव यो थोत्रो र फोहोरी परम्परा छिटो छिटो टुटेको देख्न पाइने आशा सवैले राखेका छन । देश गतिशील भविष्यतिर अग्रसर भएको सरकारका नेताहरुको वचनको परीक्षण हुन वाँकी नै छ। परिवर्तन त हुन्छ तर त्यो कुन वेगमा हुन्छ ?कहिलेसम्म हुन्छ ?त्यसको जवाफ परिवर्तनको नियन्ता जनतासंग छैन । जनताको दःुखको कुरा पनि यत्ति मात्रै हो ।