Mon, 18 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
सबै बालबालिकालाई स्कुल जाने वातावरण छ त ?

आश्वीन १७, २०७५

  •                                  सञ्जय मित्र

 संसारको    जुनसुकै    देशलाई    पनि  राम्ररी  विचार  गरी  हेर्ने  हो  भने  विद्यालय  जान  नपाउने  वा  विद्यालय  नजाने  तथा  केही  समय  विद्यालय   गएर   बीचैमा   पढाइ   छोड्नेहरु    विपन्न    समुदायका    नै  हुन्छन्  ।  मध्यम  वा  उच्च  वगएका मानिसहरुका सन्तानहरुले मुस्किलले   कुनै   अन्य   कारणले   पढाइलाई    विद्यालय    तहसम्म    सिध्याउन   नसकेका   होलान्   ।   यस  प्रकारका  मनिसहरुको  संख्या  अत्यन्त न्युन हुनुपर्छ । पढाइ छोड्नुमा  आन्तरिक कारण हुन सक्ला तर  आर्थिक  कारणले  पनि  नपुग  भएर विद्यालय जान छोडेको भने ।

एक  ठाउँमा  यस्तो  लेखिएको  पाएको  थिएँ  –  संसारमा जति मानिस खान नपाएर अर्थात् भोकभोकै मर्दछन्, त्यसभन्दा कैयौँ गुणा बढी मानिस धेरै खाएर हुने रोग लागेर मर्दछन् ।माथिको  भनाइमा  दुईवटा  तथ्य  छन्  –  संसारमा  भोकभोकै मर्ने मानिस छन् । संसारमा धेरै खाएर मर्ने पनि छन् । कतिपयले यसो पनि भन्ने गर्दछन् – खाने तरिका नजानेर मानिस भोकले वा धेरै खाएर पनि मर्दछन् । यसबाट यो बुझ्न सकिन्छ – भोकले मर्नेहरुमध्ये पनि कतिपयले  खान  नजानेर  भोकले  मरेका  हुन्छन्  भने  कतिपय  चाहिँ  खान  नजानेर  धेरै  खाएर  मरेका  हुन  सक्छन्  ।  खान  नपाउनु,  खाने  तरिका  नजान्नु,  खाना  धेरै  खानू  आदि  जे  जस्ता  तर्कहरु  आए  पनि  खान  नजानेर  मानिसहरु  मर्ने  गरेका  छन्  भन्ने  कुरामा  धेरै  सत्यता रहेको मान्न सकिन्छ । यसरी तर्क दिनेहरुले यो  पनि  भन्ने  गरेका  छन्  कि  पहिले  खेतीपाती  गर्न  नजानेको  मानव  समुदाय  जंगली  अवस्थामा  हुँदाको  बखत  त  खानाको  अभावमा  भोकभोकै  मर्नु  परेको  थिएन  भने  अहिलेको  अवस्थामा  त  भोकभोकै  मर्नु  भनेको बाँच्न नजान्नु नै हो । पहिले कन्दमूल थियो, जंगली  शिकार  थियो  र  घाँसपात  थियो,  यिनीहरुकै  आधारमा जीवन चलेको थियो तथा जीवनलाई सरल बनाउनेतिर विस्तारै ध्यान जान्थ्यो ।अहिले  पनि  जीवनलाई  सरल  बनाउन  सबैले  खोजिरहेका छन् । आफ्नो जीवनलाई सरल बनाउनु हरेकको  कर्तव्य  हो  ।  हरेकले  आफ्नो  जीवनलाई  सकेसम्म  सुगम  बनाउनेतिर  काम  गरिरहेको  हुन्छ  ।  यसलाई मानवको दैनिकी भन्दा पनि हुन्छ । मानवीय चाहना मान्दा पनि हुन्छ । तर पनि सबैको जीवन एक किसिमले  सार्थक  र  सजिलो  नभएको  अवस्था  पनि  यथार्थ नै हो ।हो। हरेकले चाहना गर्ने, आफ्नो चाहनाअनुसार श्रम पनि गर्ने, श्रमले प्रतिफल पनि दिने तर आफ्नो व्यक्तिगत, पारिवारिक र अन्य रोगव्याधिको कारणले सबै  कुरा  आफूले  सोचेको  वा  खोजेको  जस्तो  नभइदिन सक्छ । अवस्था फरक भइदिन सक्छ ।  यही फरकपना  भन्नु  चाहिँ  कहिलेकाहीँ  खान  नपाएर  मर्नु  वा  खान  नजानेर  मर्नु  तथा  धेरै  खाएर  मर्नु  सरह  हुन  जान्छ ।संसारमा  धेरै  मानिस  यस्ता  छन्  जो  निकै  गरिब  छन् । गरिब पनि सबै किसिमले । चेतनाले पनि गरिब र आर्थिक अवस्थाले पनि गरिब । चेतनाले सम्पन्न भएपछि  धेरै  हदसम्म  आर्थिक  गरिबीलाई  कम  गर्न  सकिन्छ । यसै कारण के पनि भनिएको छ भने शिक्षित मानिस  कहिल्यै  पनि  वा  कहीँ  पनि  भोकभोकै  मर्न  सक्दैनन्  ।  तर  अशिक्षित  मानिस  वा  पढ्दै  नपढेको  मानिस  ययद  आर्थिक  रुपले  विपन्न  छन्  र  अझ  शारीरिक समस्या तथा पारिवारिक समस्यामा पर्दछन् भने झन् विकराल अवस्थामा पुग्नु स्वाभाविक हुन्छ । हामीले राम्ररी देखेका छौँ – विपन्नताको अगाडि कुनै मानिसको केही पनि चल्दैन । संसारको  जुनसुकै  देशलाई  पनि  राम्ररी  विचार  गरी हेर्ने हो भने विद्यालय जान नपाउने वा विद्यालय नजाने तथा केही समय विद्यालय गएर बीचैमा पढाइ छोड्नेहरु  विपन्न  समुदायका  नै  हुन्छन्  ।  मध्यम  वा  उच्च  वगएका  मानिसहरुका  सन्तानहरुले  मुस्किलले  कुनै  अन्य  कारणले  पढाइलाई  विद्यालय  तहसम्म  सिध्याउन   नसकेका   होलान्   ।   यस   प्रकारका   मनिसहरुको  संख्या  अत्यन्त  न्युन  हुनुपर्छ  ।  पढाइ  छोड्नुमा  आन्तरिक कारण हुन सक्ला तर आर्थिक कारणले  पनि  नपुग  भएर  विद्यालय  जान  छोडेको  भने नहुन सक्छ । यद्यपि सरदर सबैलाई हेर्ने हो भने विद्यालय जान नपाएका बालबालिकाहरुमा सबैभन्दा बढी  चेतनाको  कमी  र  आर्थिक  अभावमा  परेका  परिवारका नै हुन्छन् ।आजको विश्वमा विज्ञान आदि क्षेत्रमा धेरै प्रगति गरेको  छ  ।  विगत  एक  सय  वर्षको  समयलाई  हेर्ने  हो  भने विज्ञानले विपन्नताको रुपलाई न त परिवर्तन गर्न सकेको छ र न त कम नै गर्न सकिन्छ । यो अहिलेसम्म देखिएको  परिणाम  हो  ।  विपन्नताले  विश्वलाई  अझै  पनि अंगालेको छ । हरेक वर्ष वृद्धि हुँदै गइरहेको महंगील्े गरिबलाई अझ धेरै गरिब बनाउन मदत गरेको छ । गरिबी  बढाउन  सहयोग  गरेको  छ  ।  कतिपय  अवस्थामा  यो  पनि  देखिएको  छ  कि  विज्ञानको  चमत्कारले गर्दा मानिसलाई धेरै सजिलो त भएको छ तर सयले गर्ने काम एउटा मसिनले गरिदिएर धेरैलाई बेरोजगार बनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरिने  उद्योगहरुमा  भने  अदक्ष  कामदारको  कुनै  कामै  छैन, दक्ष कामदारले मात्र काम गर्न पाउँछन् । आर्थिक रुपले विपन्न र शिक्षा तथा तालिम प्राप्त गर्न नसकेका युवाहरु भने यस प्रकारको दक्ष तालिम लिन नपाएर बेरोजगार  हुनु  परेको  छ  ।  बेरोजगार  भएर  गरिबीको  मारबाट  उम्किन  सकेको  छैन  ।  गरिबी,  अशिक्षा  र  बेरोजगारी एक अर्काका परिपूरकका रुपमा आइरहेका छन्  ।  यस  चक्रबाट  उन्मुक्तिको  बाटो  खोज्नु  अति  आवश्यक भइसकेको छ । हामी  सबैले  बुझेका  छौँ  –  जबसम्म  गरिबीको  अन्त्य हुँदैन तबसम्म सबै बालबालिकालाई सजिलै विद्यालय पठाउन सकिँदैन, सजिलै विद्यालय पढाउन सकिँदैन  ।  बालबालिकालाई  विद्यालय  पठाउन  र  राम्ररी  पढाउने  चाहना  अधिकांशको  हुन्छ  ।  सबैको  हुन्छ  भन्न  अलिकित  अप्ठ्यारो  छ  किनभने  सम्पत्ति  भएर   पनि   आफना   नानीहरुलाई   राम्ररी   पढाउन   नचाहनेहरु ग्रामीण समाजमा अझै पनि धेरै पाइन्छन् । बालबालिकालाई  बिहान  र  बेलुका  काममा  लगाएर  दिउँसो  औपचारिकताको  लागि  विद्यालय  पठाउने  अभिभावकहरुको  अझै  पनि  कमी  छैन  ।  छोरालाई  संस्थागत   विद्यालयमा   र   छोरीलाई   सामुदायिक   विद्यालयमा   पढाउनेहरु   धेरै   छन्   ।   छोराछोरीमा   भेदभाव  गर्नु  तथा  छोरालाई  संस्थागत  विद्यालयमा  र  छोरीलाई  सामुदायिक  विद्यालयमा  पढ्न  पठाउनु  अभिभावकहरुको  बाध्यता  वा  आर्थिक  लोभ  वा  विभेद जुन पनि कारण हुन सक्छ । अभिभावक  जब  आर्थिक  दृष्टिले  विपन्न  र  चेतनाको दृष्टिले कमजोर हुन्छन् तब बालबालिकाले राम्ररी     शिक्षा     पाउन     नसक्नु     स्वाभाविक     हो । तर अब नेपालको वर्तमान संविधानले शिक्षालाई मौलिक  अधिकारको  रुपमा  परिभाषित  गरिसकेको  छ । नेपालको संविधानले तोकेका मौलिक हकहरुको कार्यान्वयनको लागि कानुनको पनि निर्माण भइसकेको छ  ।  मौलिक  हकलाई  कार्यान्वयन  गरिने  चरणमा  देश  प्रवेश  गरिसकेको  छ  ।  यस  अवस्थामा  देशका  सबै बालबालिकाले कम्तीमा निशुल्क र आधारभूत शिक्षा पाउने विश्वास जागेको छ ।  शिक्षामा सबैको अधिकार स्थापित भइसकेपछि अब विस्तारै राज्यले सबै  बालबालिकालाई  शिक्षाको  अधिकार  उपलब्ध  गराउने दिशामा अग्रसर हुने छ । राज्यले शिक्षालाई मौलिक अधिकारको रुपमा परिभाषित गरेको र संघीय सरकारमा दुई तिहाईको बहुमत रहेको तथा प्रदेशहरुमा पनि  सोही  दलको  सरकार  रहेकाले  कार्यान्वयनमा  सजिलो  हुने  कुरामा  विश्वस्त  हुन  सकिने  आधारहरु  देखिएका  छन्  ।  सर्वसाधारणको  अपेक्षा  पनि  यही  रहेको छ । साथै प्रदेश दुईको सरकारले बेटी बचाऊ, बेटी पढाऊ अभियान नै चलाइरहेकोले छोरी मान्चेको शिक्षामा  थप  सकारात्मक  प्रभाव  पर्ने  विश्वास  लिन  सकिन्छ ।सामान्यतया  शिक्षाको  सन्दर्भमा  यो  कुरा  निकै  प्रभावकारी  हुन्छ  कि  एकचोटि  कसैका  अभिभावक  शिक्षित  बन्दछन्  भने  तिनीपछिका  सम्पूर्ण  पुस्ता  शिक्षित  नै  रहन्छन्  ।  अशिक्षित  बन्ने  सम्पूर्ण  बाटो  बन्द  भइसकेको  हुन्छ  ।  शिक्षाले  एकचोटि  उज्यालो  भइसकेको  घरमा  निरक्षरता  वा  अशिक्षाको  अँध्यारो  फेरि पनि फर्केर आउँदैन ।  तर  एउटा  सामान्य  कुरो  के  पनि  विचारणीय  छ  भने  राज्यले  कानुनलाई  लागू  गराउँदैमा  सबै  विपन्नले   आफ्ना   बालबालिकालाई   विद्यालयमा   पठाउन र पढाउन थाल्छन् भन्ने होइन । विद्यालयमा बालबालिकालाई    आकर्षणका    केही    उपायहरु    अपनाउनु पर्दछ । विपन्न र दलित ग्रामीण समुदायका बालबालिकाहरु  विद्यालयमा  भर्ना  हुने  र  विद्यालय  बीचैमा  छोड्ने  अर्थात  पढाइ  पूरा  गर्न  नसक्ने  धेरै  कारणहरुमध्ये   तिनीहरुको   लागि   विशेष   केही   आकर्षण नभएर पनि हो । विपन्न समुदायका र दलित समुदायका   बालबालिकाको   लागि   विद्यालयमा   खाजा,   पोसाक,   छात्रवृत्ति   जस्ता   कार्यक्रमहरु   ल्याउँदा  मुख्य  रुपमा  विद्यालय  जान  बाँकी  रहेका  बालबालिका  पनि  विद्यालयतिर  आकर्षित  हुन्थे  ।  अझ छात्रवृत्तिलाई विद्यालयमा उपस्थित हुने दिनको आधारमा अर्थात् हरेक दिनको उपस्थिति वा हाजिरी हेरी दैनिक पाँच रुपैया वा दश रुपैया छात्रवृत्ति दिने हो  भने  विद्यालयबाहिर  कोही  पनि  बालबालिका  रहँदैनन् ।

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...