Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
उत्सव र सुख

कार्तिक ६, २०७५

  •                               रोशन जनकपुरी

पर्व  र  उत्सवहरुमा  धार्मिक  कर्तव्यको बाध्यता हटाईदिने हो भने आमजनले कम्तीमा क्षणिक सुखको अनुभूति गर्नसक्दछन् । होइनभने पर्व र  उत्सवहरु  सम्पन्न  मानिसहरुको  निम्ति    मौजमस्तीजन्य    आनन्द    हुनसक्दछ , अभावग्रस्त आमजनको निम्ति धार्मिक कर्तव्यको सन्तुष्टि त होला , खुशी त खै ! 

एउटा चुटकुला तपाँंईलेपनि सुनेको हुनुपर्दछ ; “एकजना धर्मभीडू मानिसले भगवानसंग भन्यो – मलाई केहीगरि एकलाख रुपैया दिलाई देउ । तिमीले यसो ग¥यौ भने म तिमीलाई एक हजारको प्रसाद चढाउँंछु र विश्वास छैनभने आफ्नो भागको एकहजार  कटाएरै  मलाई  उनान्सयहजार  नौसय  उनान्सय  रुपैया  नै  दिलाइदेउ  ।”  यो  मानवीय  प्रवृत्तिमाथी व्यङग्य हो ।   उत्सव  र  पर्व–त्योहार  प्रधान  हिन्दुसमाज  बाह्रै  महिना  कुनै  न  कुनै  साँंस्कृतिकपर्व  वा  धार्मिकउत्सव  मनाई  रहेकै  हुन्छ  ।  तर  दशैँंदेखि  छठसम्मको  अवधि  उनिहरुको  निम्ति  विशेष  हुँंदो  रहेछ  ।  यस  अवधिमा  एउटा  धार्मिकभाव  उनिहरुको चेतनामा हावी हुन्छ । दशैँंमाभगवतीसंग शक्तिकामना   गरिन्छ,   दिपावलीमा   लक्ष्मीसंग   धनधान्य  र  समृद्धिको  कामना  र  छठमा  सूर्य  र  षष्ठिदेवीसंग  परिवारको  स्वास्थ्य  र  समृद्धिको  कामना गरिन्छ । म सोच्दछु, पूजापाठ, उत्सव र पर्व–त्योहारमा देउतासामू दुईहात जोडेर र आँंखा मुँंदेर  उभिएको  मानिसले  मनमनै  के  भनिरहेको  होला  ?  उसले,  भए  आफैले  कमाएको  पैसा,  नभए ऋण खोजेरपनि, यी पर्व र उत्सवहरु मनाउने बेला उही चुटकुलाको पात्रजस्तै देउतासंग विनती गरिरहेको त होला ? हे दुर्गामाता, हे लक्ष्मीमाता, हे छठ परमेसरी मेरो दुःख हरण गर, मेरो गरिबी मेटाउ, मलाई सन्तानसुख देउ, मेरो परिवार स्वस्थ्य होस, मेरो परदेशी प्रियजन घर फर्कुन, मेरो घरमा धन दौलतको अम्वार लागोस ताकि म सबै सुख भोग्न  सकुँं  ?  त्यो  दसदिनसम्म  निराहार  बसेको,  आँंगन–घर सबैतिर धेरैभन्दा धेरै दीप बालेर लक्ष्मी बोलाईरहेको  र  पोखरी  वा  नदीको  कठाङिग्रदो  पानीमा थुरथुर काम्दै उभिएकी महिलाले यही त माँंगीरहेको  होलिन्?  देउताहरुको  गीतमा  पनि  त  यही भाव व्यक्त गरिएको हुन्छ । फरक कति हो भने  चुटकुलाको  पात्रले  चढाउने  रकम  कटाएर  दिन  देउतालाई  नै  आग्रह  गर्दछ  भने  पर्वहरुमा  भक्तले  काम  फत्ते  हुनुभन्दा  पहिले  नै  देउतालाई  चढावा वा अघ्र्य चढाउँंछ , कनै हाकिमलाई घूस दिएजस्तो । दिपावलीलाई   सुकरातीपनि   भनिन्छ   ।   यो   सुखरात्रीको अपभ्रंश हो । सुखको रात,लक्ष्मीलाई खुशी पारेर धनधान्य र समृद्धिको बरदान माग्ने रात । यस पर्वमा मानिसहरु आफूसंग भएका सबै सम्पत्ति अर्थात  सुन,  चाँंदी,  गरगहना  र  नगदहरु  लक्ष्मीको  मूर्तिसामू  राखेर  धनलाई  पूजाआजा  गर्नेगर्दछन्  ।  धनलाई धूप आरती देखाएर र पूजा अर्चना गरेको दृश्यले कस्तो भाव जगाउँंछ होला ? बढी से बढी धनको लालसा । द्रव्यपिपासु चेतना । समाजशास्त्रीहरुले        यी        पर्वहरुको        समाजशास्त्रीय  कारण  बताउँछन्  ।  यी  पर्वहरु  कृषिप्रधान  छन्  ,  यसमा  प्रयोग  हुने  सामग्रीहरु  कृषिजन्य  हुनेगर्दछ  ।  कृषिकर्मबाट  निवृत्तभएका  खुशी  र  उल्लासित  किसानसमुदायले  देउतालाई  खुशी  पार्न  र  आफ्नो  उब्जनीको  एउटा  हिस्सा  देउतालाई  अर्पण  गर्ने  अवसरको  रुपमा  पर्व,  तिहार र धार्मिक उत्सवहरुको व्याख्या उनिहरुले गर्दछन्  ।  उनिहरुका  अनुसार  युगपरिवर्तन  भएर  कृषिजन्य  वस्तुको  ठाउँं  धन  वा  मौद्रिकवस्तुले  लिएपनि देउताको स्थान यथावत रहेकोले रहरले वा  बाध्यताले  होस  देउतालाई  खुशीपार्नु  हिन्दु  धर्मावलम्वीहरुको  कर्तव्य  हुन  गयो  र  अब  पर्व  र  उत्सवहरुको  खुशी  धार्मिक  कर्तव्यपालनमा  सीमित  भएको  छ  ।  दिपावली  वा  लक्ष्मीपूजामा  धनको पूजा यसै युगपरिवर्तनको परिणाम हो । आध्यात्मिक चिन्तक र पक्षधरहरुले यी पर्व र उत्सवहरुलाई इश्वर र मनुष्यबीच आध्यात्मिक सम्बन्धसूत्र   र   आध्यात्मिक   मुक्तिको   निम्ति   चिन्तनको रुपमा व्याख्या गर्नसक्दछन् । धार्मिक कर्मकाण्डीहरुले यो सारा जगत इश्वरको भएको र   मानिसले   प्राप्तगरेको   सबै   भौतिकसम्पदा   इश्वरले  नै  दिएकोले  उसलाई  अध्र्यदिएर  वा  प्रसाद  चढाएर  मानिसले  कृतज्ञता  अर्पण  गरेको  व्याख्या  गर्नसक्दछन्  ।  तर  ई  सबै  व्याख्यामा  एउटा  प्रश्नभने  यथावत्  नै  रहन्छ  —  मानिसले  यी  सारा  उद्यम  किन  गर्दछ  ?  संश्लेषण  गर्ने  हो  भने भौतिक होस वा आध्यात्मिक, जवाफ एउटै आउँंदछ,  सुखप्राप्तिको  निम्ति  ।    त्यसोभए  के  उसले सुख प्राप्त गर्दछ ? अर्कोवर्ष उ अघिल्लो वर्षझैँं  पुरानै  मुद्रामा  देउतासामु  उभिएको  हुन्छ  र  भनिरहेको  हुन्छ  —  हे  प्रभू  !  म  दीन–दुःखी,  अधम,  पतीतको  उद्धार  गर  ।  यो  के  भएको  हो  अघिल्लो  वर्ष  खुशी  र  हाँंसी  रहेको  मानिस  त  पर्व,  तिहार  र  उत्सव  सकियो  कि  फेरी  दुःखी  हुनथाल्छ  ।  के  उत्सवहरुबाट  प्राप्त  सुख  क्षणिक  हुन्  ?  के  हो  सुख  ?  किन  मानिसहरु  यसका  पछाडी दगुरिरहेका हुन ? कहिलेदेखि मानिसहरु सुखका पछाडी दगुर्न थाले ? सुख मानसिक हो वा भौतिक हो ? के सुखको कुनै स्थायी आधार छ  ?  पर्व  र  उत्सवहरुलाई  सामान्य  दृष्टिले  हेर्दा  त सामान्य नै देखिन्छ, तर गहिरिएर विचार गर्दा यी  दार्शनिकप्रश्नहरु  उपस्थित  हुन्छन्  ।  वस्तुतः  यी प्रश्नहरुले भौतिकरुपमा सामाजिक जटिलता, मानवीय  नैतिकता  र  कर्तब्यको  व्याख्या  गर्दछ,  जस्को  अनुपालनमा  खुशी  वा  प्रसन्नता  जन्मने  गर्दछ  र  आध्यात्मिकरुपमा  काल्पनिक  चेतनाको  सर्वोच्चता,   परमतत्वको   प्राप्ति   र   मोक्षको   स्थितिको व्याख्या गर्दछ, जसको निम्ति गरिएको उद्यमले  एउटा  धर्मभीडू  मानिसमा  आध्यात्मिक  सुखानुभूति उत्पन्न गर्दछ । मानविय     विकासको     प्रारम्भिककालमा     मानिसको   जीवन   वा   बाँंच्ने   आधार   सरल   थियो  अर्थात  उसका  आवश्यकताका  सामग्रीहरु  पर्याप्त र प्राप्ति सहज थियो । त्यसैले प्रारम्भिक मानिस सबैप्रकारले स्वतन्त्र थियो । यति स्वतन्त्र कि  स्वतन्त्रताको  अर्थ  नै  थिएन  ।  स्वच्छन्दता  मात्र  थियो  ।  बस  गतिशिलता  थियो  र  जीवन  थियो  ।  त्यतिबेला  मानवको  प्रतिस्पर्धी  मानव  थिएन, हिंसक पशुहरु थियो । त्यसैले त्यतिबेला न  कुनै  मानवीय  दुःख  थियो  न  सुख  थियो  ।  मानवसमुदायहरु  यन्त्रवत्  प्रकृतिको  स्वाभाव  र  परिवर्तनको  गतिमा  संचालित  थिए  ।  मानिसको  जीवनमा   फरक   समुदायसंग   प्रतिस्पर्धा   र   संघर्ष,   जीवनको   साधनको   सुरक्षाको   निम्ति   संघर्ष,  समाज,  जनपद  र  राज्य,  जनसंख्याको  वृद्धि,  र  मानव–मानवबीचको  संघर्ष  र  वर्गमा  विभाजनले  मानवमा  दुःख  र  सुखको  चेतनाको  विकास  गरायो  ।  अब  जीवन  रक्षाका  साधन  वा  सामग्रीहरु  पर्याप्त  रहेन  र  आवश्यकताभन्दा  घटी  हुन  थाले  ।  त्यसैले  अब  साधनहरुको  अभाव दुःख र प्राप्ति सुख र पछि आवश्यकता अनुसार  नभएपनि  काम  चलाउने  जति  भएपछि  सन्तोषको  भावपनि  जन्म्यो  ।  यी  दुःख,  सुख  र  सन्तोषका   मनोभावहरु   प्रारम्भमा   भौतिक   नै   थिए । तर पछि राज्य र इश्वरिय चेतनाको विकास तथा  राज्यसंग  मिलेर  वैचारिक  सत्ताले  भौतिक  जगतमा सर्वोच्चता कायम गरेपछि दुःख, सुख र सन्तोषको आधार मानसिक हुनगएको देखिन्छ । कर्मकाण्डीहरुले  अझ  यसलाई  पुनर्जन्म,  भाग्य  र  पाप–पुण्यसमेत  संग  जोडेर  प्रस्तुत  गरे  ।  इश्वरिय  र  धार्मिक  चेतनाको  उदयभन्दा  पहिले  पर्वहरुमा  कृषिकार्यबाट  फुर्सदीको  उल्लासमा  पछिगएर देउतालाई खुशीपार्ने धार्मिक कर्तव्यको बाध्यताको  मात्रा  बढी  हुनुको  पछाडी  देउता,  भाग्य, पाप र पुण्य नै थियो । प्रश्न    त्यहीँं    छ,    सुख    के    हो    ?    अध्यात्मवादीहरुले सुखको व्याख्या भौतिकरुपमा सन्तोषमा र आध्यात्मिकरुपमा परमतत्वको प्राप्ति अर्थात परमतत्वमा विलिन वा मोक्षमा हेर्दछन् । उनिहरुले  यो  सम्पूर्ण  ब्रह्माण्डको  निर्माण  कुनै  अलौकिक  र  अज्ञात  वैचारिक  सत्ताबाट  भएको  भन्दछन्  ।  यस  अलौकिक  वैचारिक  चेतनालाई  उनिहरुले  इश्वरिय  वा  ।।।परमचेतना’पनि  भन्दछन्  र    यसलाई    सार्वकालिक,    सार्वभौमिक    र    सर्वशक्तिमान  चेतनाको  सर्वोच्च  कल्पनासम्म  यसरी   पु¥याउँंदछन्   कि   यससंग   एकाकारहुने   भावनाले   नै   एउटा   आनन्दानुभूति   सिर्जना   गर्दछ  ।  उनिहरुको  विचारमा  यो  आनन्दानुभूति  परमसुखको  स्थिति  हो  ।  संक्षिप्तमा  भन्नुपर्दा  अध्यात्मवादीहरुले  ।।।परमचेतना’लाई  नै  ।।।आनन्द’  र ।।।सत्’ को रुप मान्दछन् । यो आनन्दातिरेक नै परमतत्वको  स्थितिमा  पुगेपछि  भौतिकजगतको  वास्वविकताको   मूलोच्चेछदन   हुन्छ   र   शुद्ध   आत्मा  जन्मेर  आध्यात्मिकक  आनन्द  दिन्छ  ।  सुखको  यस  परिभाषामा  एउटा  प्रश्न  उठ्छ,  के  यो  मृत्युपछिको  अवस्थामा  हो  ?  यस्तो  हो  भने  भौतिक जगतमा पर्व र उत्सवहरुमा खुशी र आनन्द अनुभूत  गर्नेहरुको  निम्ति  यसको  कुनै  अर्थ  छैन,  किनभने उनिहरुले धन, समृद्धि, स्वास्थ्यलगायत भौतिकसुखको कामना गरिरहेका हुन्छन् । यदि यो जीवनमै प्राप्तहुने सुख हो भने यो विभ्रम मात्र हो । किनभने कुनै योगी वा अध्यात्मवादी जस्तोसुकै परमचेतना  वा  परमतत्व  प्राप्त  गरेपनि  जरा  र  मरणले  उसको  साथ  छोडदैन  र  भौतिकजगत  नियमबद्धरुपमै गतिशील रहन्छ । अर्थात परमतत्व प्राप्तगरेको  मानिसपनि  रोगी  हुन्छ,  बूढो  हुन्छ,  पीडाको  अनुभूति  गर्दछ  र  भौतिक  परिवर्तनका  सबै लक्षणहरु उसमा अभिव्यक्त हुनेगर्दछ ।त्युसोभए  सुख  र  दुःखका  भौतिक  कारणहरु  नै  मुख्य  हुन्  त  ?  ठीक  यही  हो  ।वस्तुतः  अनन्त  आवश्यकता   र   सीमित   साधनभएको   वर्तमान   संसारमा  अभाव  दुःख  हो  भने  प्राप्ति  र  प्राप्तिको  निम्ति उद्यम सुखका आधारहरु हुन् । तात्पर्य सुख र दुःखका मूख्य आधारहरु र प्राप्तिपनि भौतिक नै हुन् । भौतिकवस्तुको अनन्त अभ्यास वा व्यवहारले एउटा   भौतिकीय   विचारको   सत्ता   जन्माएको   छ,  जसले  दुःख  र  सुखको  प्राप्ति,  प्राप्तिको  निम्ति  उद्यम  र  सम्भावित  परिणामको  अनुमानले  मानवीय  मनभित्र  खुशी  र  दुःखको  भाव  उत्पन्न  गराउँंदछ । सन्तोषको भाव यस्तै मानवीयसुख हो, जो थोरैमापनि अनुभूत गरिन्छ । ।।।सन्तोषी महासुखी, जब आए सन्तोष धन, सबधन धुरि समान ।’तर  सुखका  यी  व्याख्याहरु  वैयक्तिकसुखका  मात्र हुन् । सम्पूर्ण समाज वा जगत अभावग्रस्त वा  दुःखी  रहुन्जेल  वास्तविक  सुखको  अनुभूति  गर्न सकिँंदैन । तपाँंईका गोडामा काँंडाको एउटा टुक्रा  रहुन्जेलसम्म  वा  पीडाको  सानो  अंश  रहुन्जेल  तपाँंई  सुखपूर्वक  हास्न  सक्नुहुन्न  ।  तात्पर्य के हो भने संसारमा अभाव, असमानता, र  भेदभाव  रहेसम्म  सुखीसमाजको  कल्पना  गर्न  सकिँंदैन  ।  यस  अर्थमा  सुख  मानिसको  निम्ति  एउटा  विश्वव्यापी  लक्ष्य  हुनसक्दछ  र  यसको  निम्ति  इमानदार  प्रयास  वा  उद्यमले  साना–साना  खुशी वा सुख वा सन्तोषको सृजना गर्नसक्दछ । त्यो  दार्शनिक  वाक्य  तपाईले  पनि  थाहापाएको  हुनुपर्दछ — अभावजन्य जगतमा दुःख स्थायीभाव हो भने सुख क्षणिक, जुन सुखको निम्ति गरिएका उद्यमहरुबाट उत्पन्न हुनेगर्दछ । पर्व र उत्सवहरुमा धार्मिक  कर्तव्यको  बाध्यता  हटाईदिने  हो  भने  आमजनले  कम्तीमा  क्षणिक  सुखको  अनुभूति  गर्नसक्दछन्  ।  होइनभने  पर्व  र  उत्सवहरु  सम्पन्न  मानिसहरुको   निम्ति   मौजमस्तीजन्य   आनन्द   हुनसक्दछ   ,   अभावग्रस्त   आमजनको   निम्ति   धार्मिक कर्तव्यको सन्तुष्टि त होला , खुशी त खै !

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...