Mon, 21 Jan 2019
ताजा समाचार
लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ ||
केन्द्रको चक्रब्यूहमा संघीयता

कार्तिक ११, २०७५

  •                                   देशकाल

  •                                  किशोर नेपाल 

 देश संचालनका लागि संघीय सरकार पर्याप्त भएको भाष्य प्रस्तुतगर्न थालेका छन । सरकार निकै ठूलो कचमचमा छ भन्ने त अहिलेका घटनाक्रमले नै पुष्टि गरेका छन । प्रदेश नम्बर दुइको त कुरै छाडौं । संघीयताप्रति दुइ नम्बर प्रदेश केन्द्रित दल र यसका प्रभावशाली नेताहरुको दृढताका बारे कुनै संशयगर्न सकिदैन ।

लामो   समयदेखि   विकेन्द्रित   शासन   ब्यबस्था अन्तर्गत शासित नेपालको कल्याण हुन सकेन । देशमा प्रजातन्त्र आयो । राजाको प्रत्यक्ष शासन आयो । संवैधानिक राजतन्त्र अन्तर्गत   वहुदलीय   संसदीय   व्यवस्था   आयो  ।  यी  मध्ये  कुनैपनि  ब्यबस्थाले  देशलाई  स्थीरता  र  आर्थिक  बिकासको  लक्ष्यमा पुर्याउन सकेनन । त्यसपछि आयो युध्दकाल । माओवादीहरुले नेपाली राज्यको रुपान्तरणका  लागि  सशस्त्र  आन्दोलनको  थालनी गरे । यो आन्दोलनमा निकै ताकत थियो  ।  त्यसो  नभएको  भए  बाह«  बर्षसम्म  यसले युध्द चर्काउन सक्ने थिएन । यो बाह« बर्षको  अवधि  देशका  लागि  बिनासकाल  पनि थियो । बिद्रोहीहरुले मानिसको मनमा भयको बीउ रोपेका थिए । यो भयका कारण गाउँ र वस्ती छाडेर हिंडने जनताको संख्या दिनहूँ बढन थाल्यो । बिकासका पूर्वाधारका रुपमा निर्माण भएका अनेकौं संरचना ध्वस्त भए । समयको यो कालखण्ड नेपाल राष्ट्रले बेहोरेको निकै ठूलो दुर्घटना थियो ।अन्ततः    बिद्रोही    माओवादी    र    मूलधारका भनेर चिनिएका सात राजनीतिक दलहरु शान्तिको पक्षमा एकै ठाउँमा उभिए । भारतको  ।।।अप्रत्यक्ष’  मध्यस्थतामा  भएको  दलहरु बीचको बाह«बूँदे सहमतिको परिणाम थियो यो । केही बुध्दिजीवीले माओवादीले चलाएको  सशस्त्र  आन्दोलनलाई  भारत  र  युरोप प्रेरित बताएपनि अन्ततः यसको प्रभाव नेपाली समाजमा फैलिएको थियो । सशस्त्र आन्दोलनले  सामान्य  नेपाली  जनताको  मनमा  धेरै  बाक्लो  भयको  सिर्जना  गरेको  थियो । प्रजातन्त्र स्थापनाका लागि भएको सातसालको  क्रान्ति  पछि  देशका  सामान्य  जनताले   पहिलो   पटक   भोगेका   थिए   यसप्रकारको आन्दोलन ।सरकारले बिद्रोही माओवादीसंग बृहत्त शान्ति सम्झौता गरेपछि माओवादी सशस्त्र आन्दोलन  टुंगियो  ।  संविधान  सभाको  स्थापनासंगै   राज्य   रुपान्तरणका   प्रक्रिया   शुरु  भए  ।  अन्तरीम  संविधान  बनेपछि  त्यसले  जनताका  बीचमा  ठूलो  असन्तुष्टि  जन्मायो  ।  परिणाम  स्वरुप,  मधेशमा  ठूलो  आन्दोलन  भयो  ।  दर्जनौं  आन्दोलनकारी  शहीद   भए   ।   धेरैको   रगत   र   पसीना   वग्यो  आन्दोलनमा  ।  आखिरमा  मधेश  आन्दोलनका  अगाडी  सरकार  झुक्यो  ।  अन्तरीम संविधानको नयाँ संस्करणले संघीय शासन   प्रणाली   अवलम्वन   गर्यो   ।   त्यसपछिमात्र राज्यको रुपान्तरणको प्रक्रिया शुरु भएको थियो । नेपालको धेरै भूमि हिमाल र पहाडले ढाकेको छ । थोरै भू–भाग समथर छ जसालाई हामी मधेश–तराई भन्दछौं । तर, भौगोलिक दृष्टिले सुगम मधेश–तराईमा पहाडमा जति पनि बिकास भएको छैन । पहाड–हिमालमा जे  बिकास  भएको  बताइन्छ,  त्यो  त्यहाँको  जीवनका  लागि  पर्याप्त  छैन  ।सातसालको  क्रान्तिदेखि अहिलेसम्म बिकासको नाउँमा राजधानी  काठमाडौंको  एकतर्फी  बिकास  भएकोछ  ।  अहिलेकै  एक  उदाहरण  दिउँ,  लुम्बिनी बिकास कोषका नाममा अहिलेको संघीय सरकारले पाँचवटा बस झिकाएको थियो । ती बस ल्याउनुको उद्देश्य लुम्बिनीमा दर्शन   र   अवलोकनका   निम्ति   घुम्न   आउनेधार्मिक  पर्यटकलाई  परिसर  घुमाउनु  थियो  ।  तर,  सरकारका  नेता  प्रधानमन्त्री  केपी   ओलीले   प्रभावशाली   मानिसको   अनुरोधमा  ती  बस  सिंहदरबारमा  चलाउन  साझा यातायातलाई हस्तान्तरण गरे ।नेपालको      संविधान,२०७२      ले      नेपाललाई    सात    प्रदेशमा    बिभाजित    गरेको छ । मुलुक संघीय संरचनामा गएको छ । तर, एकाधिकारवादी राजनीतिको बानी परेका नेपाली नेताका लागि संघीयता घाँडो भएकोछ । उनीहरु कुनै न कुनै बहानामा यो प्रावधानको अनादरगर्न चाहन्छन । एकथरि नेता  स्थानीय  निकाय  स्वायत्त  भै  सकेको  अवस्थामा  देश  संचालनका  लागि  संघीय  सरकार  पर्याप्त  भएको  भाष्य  प्रस्तुतगर्न  थालेका छन । सरकार निकै ठूलो कचमचमा छ भन्ने त अहिलेका घटनाक्रमले नै पुष्टि गरेका छन । प्रदेश नम्बर दुइको त कुरै छाडौं । संघीयताप्रति  दुइ  नम्बर  प्रदेश  केन्द्रित  दल  र  यसका  प्रभावशाली  नेताहरुको  दृढताका  बारे  कुनै  संशयगर्न  सकिदैन  ।  संघीयताको  प्रयोग   र   प्रचलनका   लागि   प्रदेशका   मुख्यमन्त्री  लालबाबु  यादबको  सरकारले  प्रस्तुत गरेको प्रहरी ऐन प्रदेश सभाले पारित गरी  सकेकोछ  ।  यसबाहेक,  अन्य  प्रदेश,  जहाँ  नेपाल  कम्युनिष्ट  पार्टीको  बहुमत  छ,  का  मुख्यमन्त्री  र  नेताहरु  पनि  प्रदेशप्रति  केन्द्रले लिएको नीतिको बिरोधमा छन ।गत  साता  नेपाल  कम्युनिष्ट  पार्टीको  प्रादेशिक   कार्यालय   उद्घाटनका   लागि   जनकपुर  पुगेका  नेकपा  अध्यक्ष  प्रचण्डले  ।।।संघीयता  असफल  पार्न  चाहनेहरु  अझै  सक्रिय रहेकोले दुइ तिहाई मत पाएको संघीय सरकारलाई  उछिन–पाछिन  गरेर  अगाडी  नबढन चेतावनी दिएका थिए । उनको भनाइ थियो, ।।।संघीय ऐन बनाउन ढिला भएको हो । संघीय  सरकारलाई  ओभरटेक  गरे  खतरा  हुन्छ ।’ प्रचण्डको यो भाषा नरम सुनिएपनि उनको   पार्टीमा   संघीयता   बिरोधीहरुको   जमघट रहेको कसैबाट लुकेको छैन । स्वयं प्रधानमन्त्री केपी ओली लगायतका कतिपय नेतागण   संघीयताका   पक्षधर   होइनन   ।   उनीहरु कुनै न कुनै बहानामा संघीयतालाई निरस्तपार्न    चाहन्छन    ।    संघीयताले    देश  टुक्य्राउँछ  भन्ने  भावना  भरिएको  छ  उनीहरुको दिमागमा ।संघीयताका    बारे    दुइ    स्थापित    पुराना     पार्टीहरुमा     समान     धारणा     रहेको   पाईंन्छ   ।   पुरानो   एमाले   जस्तै   नेपाली  कांग्रेसका  नेताहरुको  पनि  संघीय  राज्य ब्यबस्थाका बारे एउटै धारणा रहेको पाइदैन । धर्मनिरपेक्षताका बारेमा पनि पुरानो एमाले र कांग्रेसका बीच खासै मनोमालिन्य रहेको छैन । कांग्रेस सभापतिले औपचारिक रुपमा  हिन्दू  राष्ट्रको  अवधारणा  स्वीकार  गरेका छैनन । तर, उनी हिन्दू राष्ट्रको पक्षमा रहेको  कुरा  खुली  सकेको  छ  ।  कोइराला  खानदानका दुई ब्यक्तित्व, महामन्त्री शशांक कोइराला  र  शेखर  कोइराला,  हिन्दू  राष्ट्रकै  पक्षमा  छन  ।  यसबाहेक,  कांग्रेसको  नेतृत्व  तहमा  रहेका  प्रायः  सबै  नेतागण  हिन्दू  राष्ट्रकै बिचारमा दीक्षित छन ।नेपाली  कांग्रेसले  हिन्दू  राष्ट्रका  बारे  आफनो आधिकारिक धारणा प्रस्तुत गरेको छैन । पार्टीको आगामी महाधिवेशनमा यो कार्यसूचीको  टुंगो  लाग्ने  अनुमान  गरिएको  छ  ।  पार्टीभित्रका  पुराना  पुस्ताले  यसबारे  के  धारणा  राखेका  छन  त्यो  निर्णायक  नहुन  पनि  सक्दछ  ।  समाजवादी  उद्देश्यका  साथ  जन्मिएको  कांग्रेसले  भारतीय  जनता  पार्टीलाई पछ्याउला भन्न गाहारो छ ।संघीय सरकार संघीयताको प्रावधानमा नै  अलमलिएको  छ  ।  नेपाली  कांग्रेसका  उप–सभापति   बिमलेन्द्र   निधि   भन्दछन   ः   ।।।संघीय   लोकतान्त्रिक   गणतन्त्रात्मक   संविधान ठूलो अपेक्षाका साथ लागू भएको हो  ।  यो  संविधान  अनुसार  संघ,  प्रदेश  र  स्थानीय  तहको  चुनाव  भै  सकेको  छ  ।  तर,  यतिमात्रै  पर्याप्त  छैन  ।  देशमा  भएका  सातवटा प्रदेश मध्ये कुनैमा पनि निजामति प्रशासन  र  प्रहरी  संगठन  छैन  ।  जिल्लाका  प्रमुख  अधिकारी  र  प्रहरी  मुख्यमन्त्रीको  मातहतमा   छैन   ।   संघीय   प्रणालीमा   प्रदेश सरकार र मुख्यमन्त्री केन्द्र सरकारका प्रतिनिधि  हुँदैनन  ।  तर,  नेपाल  कम्युनिष्ट  पार्टीको  सरकार  र  यसका  नेताहरुले  यति  कुरा पनि बुझेको देखिएन । अहिले संघीय सरकारले प्रदेशसंग दासको जस्तो व्यवहार गरेको छ ।’विगत  चुनावपछिको  समयमा  पार्टीका  रुपमा  संसदमा  नेपाली  कांग्रेसको  हैसियत  खुम्चिएको छ । तर, देशको सबैभन्दा पुरानो लोकतान्त्रिक  पार्टीका  रुपमा  यसको  साख  र पकड सकिएको छैन । नेताहरुले अहिले देखि नै यो कुरामा ध्यान दिनुपर्दछ कि निर्धन देशमा  कम्युनिष्ट  शासनको  पतन  हम्मेसी  हुँदैन  ।  यो  कुरा  बुभ्mन  भारतीय  राष्ट्रिय  कांग्रेसको उदाहरण नै काफी छ । जतिबेला पश्चिम बंगालमा कम्युनिष्ट शासनको पतन भयो  त्यतिबेला  भारतीय  कांग्रेसको  हालत  पातलिइ  सकेको  थियो  ।  ममता  बनर्जी  नेतृत्वको  तृणमूल  कांग्रेसले  त्यहाँ  सबै  दललाई पछारेर सरकार बनायो ।नेपालको  सन्दर्भमा  भारतीय  दलका  उदाहरण  सँधै  काम  लाग्दैनन  ।  संघीयताकै  प्रश्नमा शासक वर्गका रुपमा रहेका नेपाली नेताहरुको  कतिपय  बिचार  अनुदार  छ  ।  ठूलो  लोकतान्त्रिक  पार्टीका  रुपमा  संघीय  पध्दति  र  जनताका  बीच  कांग्रेसले  पुलको  काम  गर्नु  पर्ने  हो  ।  तर,  त्यस्तो  देखिदैन  ।  देशको रुपान्तरणका लागि सवभन्दा जरुरी कांग्रेसको रुपान्तरण हो । राजनीतिक पार्टीका रुपमा   कांग्रेसले   आपूmलाई   एक्काइसौं   शताब्दीको अवतारमा नल्याएसम्म यसबाट धेरै आशागर्न सकिदैन ।

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...