Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
पार्टी जाति र लाठीबाट माथि उठ्न नसकेको राज्य

कार्तिक ३०, २०७५

  •                        उपेन्द्रभगत नागवंशी

जुनसुकै प्रकृया र विधिबाट साशन–सत्ता सम्हालेको भएपनि कुनैपनि शासन व्यवस्थामा जनताको आवश्यकतालाई पूर्ति गर्नु गराउनु मुख्यलक्ष्य शासकहरुको हुनु पर्दछ । जनताको न्युनतम् आवश्यकता पूर्ति नगर्ने र सप्ना देखाएर तन्त्राभङ्ग गरी फेरी त्यसकालागि अर्को सप्ना देखाउने तथा शासन गर्ने खेल हुनु हुँदैन । यो भयो भने थेरै दिनसम्म त्यस्तो शासन व्यवस्था टिक्ने होइन । मुलुकमा अहिले दुई तिहाई जनमत प्राप्त सरकार छ । बामदलको शासन व्यवस्था छ । संघीय लोकतान्त्रिक देश नेपाल बनेकोछ । तर शासन शैली र शासकीय प्रबृत्तिमा अन्तर भने खासै भएको छैन् । 
आप्mनो अधिकारकालागि लडने, मर्ने आमजनताको सोंच , चिन्तनप्रति वर्तमान सरकार खडो उत्र्तिणु पर्ने हो । तर दुर्भाग्य नै भन्नु पर्ला जननिर्वार्चित मुलुकको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जनभावना मुताविक आप्mनो कार्य सम्पादन गर्न नसकिरेहो अवस्थामा छ । यसले जनताको अपेक्षापुर्तिमा स्वयं शासक र शासकीय प्रबृत्ति बाधक रहेको आम बुझाई छ । सबभन्दाबढी यसमा सुधारको खाँचो छ । जो विभिन्न दल र तीनका अगुवा, नेताहरुमा पटकै छैन् भनेपनि हुन्छ । कुरा एकथरी गर्ने र काम कार्यवाही बिलकूल सो विपरित गर्ने ! यसले देश र समाजको भलो हुने पक्कै होइन ।  
स्वार्थ, लिप्सा, दल र दलमाथि पक्कर बनाएका हाली–मुहाली कायम गरेका ब्यक्तिमुखी अर्थात् नेतामुखी साशन कायम हुंदा  सर्वसाधारनलाई वितृष्णा हुनु स्वाभाविक हो । व्यक्तिमुखी भावना विकसित भइरहेकाले सर्वसाधारणको भावनापूर्ति तिनटै सरकारका प्रतिनिधिले गर्न नसकिरेहोको अवस्था छ । जनमत प्राप्त गरेका दल र दलबाट जनताका प्रतिनिधिहरु धेरैले जनताको साँचो प्रतिनिधि पनि हुन नसकेको हो । त्यसको असर  आ आप्mनो क्षेत्रमा घुमेका जनताबाट निर्वाचित प्रतिनिधिसंग जनता डाटा भइ रहेको र कुरापनि गर्न नसक्ने गरी साइड लाग्न थालेको आभास यस पंक्तिकारले स्थलगत अनुगमण गर्दा अनुभूति गरेको हो । लोकतन्त्र आएपछि  जनताको अपेक्षा निकै बढेर गएको छ । जो स्वाभाविक हो त्यसको सही व्यवस्थापन गर्नु पर्ने दायित्व समाज सुधारक अगुवाहरु  राजनीतिक दलहरुले गर्नु पर्छ । व्यवस्थापनको नाममा हरेका क्षेत्रमा स्वेच्छाचारी प्रबृति फस्टाउंदै गएको हो । देशमा सबैदिन शासन व्यवस्थालाई आप्mनो मुठ्ठीमा राख्दै आएकाहरु संघीय व्यवस्थालाई  आत्माले स्वीकारेका छैन् । उनीहरु यसलाई फैलगर्न लागेका नै छन् तर संघीयता रुचाउंने पक्षहरुपनि शब्दमा जेभनेपनि उनकै पदचिन्हमा चल्न लागेकाले दल र तीनका नेतृत्वहरुमाथि अविश्वास हुन थालेको छ ।  
निरंकुश शासन व्यवस्थाहरुलाई फालेर आप्mनो ज्यानको आहुति दिएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपाल बनाउने जनता गणतन्त्रको अनुभूति खुलेर गर्न भ्यायको छैन् । राज्यको शासन प्रणाली नफेरिएको व्यवहारका कारण नवनेपाल कागजमै निर्माण भएको  अनुभूति आम जनताले गरेका हुन् । उनको अपेक्षा, आकांक्षा पुरा हुन नसकिरहेकाले उनीहरुको सप्ना सप्नै हुने हो कि भनि चिन्ता बढेर गएको हो । नेताहरु राणाशाही,पञ्चायत व्यवस्था झै नातागोता, सखा सन्ततिको घेराबन्दी भन्दा बाहिर निस्कन सकेका छैन्न । दुई तिहाई बहुमतको सरकारको कार्यशैली प्रति जनता सन्तुष्ठ छैन् ।           सरकारका नजिक बस्ने सिपहासल्लाहारहरु अवश्य प्रसन्न छन्, होला ! 
भोखोलाई खाना र तिर्खा लागेकालाई पानी चाहिन्छ ! तुरुन्तै चाहिन्छ !! मात्र भाषण गरेर विकास र समृद्धि हुने होइन । कानुन बनाएर संविधानले दिएको मौलिक हक्कअधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, प्रेस स्वतन्त्रता आदि अधिकारलाई कुण्डित पार्ने गरी कानुन बनाएर लादने काम गरेर शान्ति र सम्मुन्नति हुने होइन । भोखोलाई भोख लागेको बेला खाना र तिर्खालागेकोलाई तिर्खा लागेकोबेला तत्कालै पानी उपलब्द्ध भएन भने,भोख मरेपछि, तिर्खा मेटिएपछि जतिसुकै मीठो खाने कुरा खान दिएपनि बेअर्धी हुन्छ । त्यस्तो व्यर्थेको काम गर्नु भएन । समयमै जनसुहाउंदो र जनअपेक्षित कार्य गर्नुपर्छ त्यही शसक र शासन व्यवस्था जनमुखी जनसुहांउदो हुन्छन । जो सत्ताधारी शासनमा रहेकाले गर्न सक्यो त्यो नै ठिक हुन्छ भने आमनेपाली धारनालाई नेतृत्ववर्गले बुभ्mन सक्नु पर्छ । सो नबुझेका कारण जनताबाट जनमत पाएका शासन–सत्तामा रहेका सरकार र तीनका प्रतिनिधिप्रतिको उदाशिन्ता बढदो छ । जनमत पाएकाहरु सरकार चलाउन सक्छ, कानुन बनाएर लागु गर्न सक्छ आपूmले चाहेको धेरै थोक कुरा गर्न सक्छ तर जनताको मनमा बस्न सकिदैन् । जनताको मानस पटलबाट ओझेलमा सहजै पर्न सक्छ भने कुरा बुभ्mन अति आवश्यक छ । सत्ताधारक शिखर नेतृत्वतहमा रहेकाहरुलाई यो बोध नभएको होला भन्नेपनि छैन् । सोझा सीधा नेपाली जनता भनेर निरिह बनाएर राख्ने र आप्mनो शासनरुपी व्यापार चलाइ रहने युक्ति हुन् । यो युक्तिलाई निस्तेज पार्नु पर्छ । र, यो काम कुनै बहरियाले आएर गर्ने होइन र गर्न दिनु पनि हुंदैन ।  आफैले आफैमा त्यो क्षमता छ मात्र हामिले देखाउनु पर्ने हो । ठीक समयमा ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्नुपर्ने साहस  र सामथ्र्य राख्नु पर्दछ ।
सातबटै प्रदेशसरकारहरु मध्ये कर्णाली प्रदेश बाहेक अधिकांशले प्रदेशको नामकोपनि टुङ्गो लगाउन सकेको छैन् । प्रदेश सभाको पहिलो बैठकबाट प्रदेशको नाम, भाषा, राजधानी आदिको चयन गर्ने निर्णय गर्नु पर्ने वाचा बन्धन संवैधानिक रुपमापनि छ । तर, त्यसको पालन भएको छैन् । नौ महिनाको समय अवधि करिब करिब प्रदेश सरकारहरुको बीति सक्यो तर नामाकरणपनि गर्न सकेको छैन् । दलीय समिकरण र आआप्mनो तर्क, अडानका कारण भएपनि सत्ताधारकहरुको आत्मबल दल र नेतामुखी भएकाले हुन नसकेको  हो । यस यर्थात्लाई स्वीकार्नपनि उनीहरु तयार छैनन् । 
हिजोसम्म केन्द्रिकृत शासन व्यवस्था हुंदा गाली गर्ने मधेशी–पहाडी, आदिवासी–जनजाति,थारु–हिमाली, शेर्पाली–गोर्खाली,राई–तामांग आदिका नारा दिएर अधिकार खोसियो भनि गाली गर्नेहरुपनि अहिले चुप्प लागेका छन् । उनीहरु शासन सत्तामा पुगेर जो कुराको उठान गरें त्यो पुरा गर्न नसकिरहेको अवस्था छ । त्यस कार्यमा संघीय सरकारका नीति र सिधान्तका कुराहरु, कानुनी अधिकारका कुराहरु बाधक होला र छ, त्यसलाई नकार्न मिल्दैन । तर, जनअपेक्षा पूर्तिकालागि प्रदेश सरकारले राजनीतिक भावनाबाट दलीय आस्थाबाट माथि उठ्नै पर्छ, अनि मात्र आमजनताले खोजेको परिवर्तन, जनताले चाहेको कुरा जोहो पुरा हुन सक्छ । 
प्रदेश नं.२को कुरा गर्ने हो भने यस प्रदेशले धेरै थोक साहसीक र चुनौतीपूर्ण कार्यहरु गर्न पाइला टेकेको हो । त्यो काम मुख्यमन्त्री लालबाबु राउतकोपनि आटिलो स्वभावका कारण भएको होला । तर, प्रदेशको नाम, प्रदेशको कामकाजी भाषा, प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने जस्ता महत्वपूर्ण  कार्य–निर्णय नौ महिनामा प्रदेश नम्बर दुईमापनि हुन नसकेको सत्य हो । यस मामिलामा प्रदेश दुईका सत्ताधारकहरुपनि कमजोर सावित भईरहेका छन् । 
जनअपेक्षा असिमित हुन सक्छ त्यो तत्कालै र सबै पुरा गर्न सम्भव नहुन सक्छ । तर, गर्नुपर्ने धेरै महत्वपूर्ण कार्यहरु तत्काल गर्नु पर्दछ । यसकार्य पूर्तिमा स्थानीय सरकारपनि चूक्दै आइरहेका छन् । प्रदेश दुईमापनि सत्तामुखी र शासकीय प्रबृति खशवादी जस्तै देख्न थालेको छ । साथै पार्टी, जाति र लाठीको भरमा कामगर्ने शैली पनि पहिले भन्दा बढि विकसित हुंदै गएको बोध भएकोछ । यस परिपाटीलाई पनि त्याग गर्न जरुरी छ । नत्र मिथिला–मधेश–भोजपुरा प्रदेश, मध्यमधेश, मिथिला प्रदेशको प्रस्तावित नामको सार्थकता रहन जान्छ । शान्ति समृद्ध र सम्मुन्नत प्रदेश हुन सक्छन् । 
बहुप्रशिद्ध जनकपुरधामका जानकीमन्दिर, लक्ष्मणमन्दिर, राममन्दिर, रत्नसार स्थान, अग्निकुण्ड, बिहारकुण्ड, सुन्दर सदन, भूmलन कुञ्ज तथा गुठी अधिनका बहुमूल्य जग्गाहरु सन्त महन्थ र गुठीकर्मचारीहरुको मीलोमतोमा भूमाफियाहरुले अवैध कब्जा जमाएर अवैधानिक रुपमा बिक्री बितरण गर्दै आइरहेका छन् । राजनीतिक संरक्षण प्राप्त ती माफिया र सन्त महन्थहरुपनि बहरियाहरुलाई शहरिया बनाएर आप्mनो लठैत समेत तयार पारेर राखि लिएका छन् जो भोलीका दिनमा अझै समस्या थपिदै जाने छन् । यसकार्यलाई रोक्न स्थानीय सरकार र प्रदेश सरकारलाई कुनै ऐन कानुनले छेकवार गर्दैन । 
‘ तिहारको भोली पटक कार्तिक २२ गते स्थानीय जानकी नगरमा तेली कुट्टीमा आयोजित अन्नकुट भोज र पदाधिकारीहरुको सपथग्रहण समारोहमा स्वयं प्रदेश दुइका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले ‘‘ राजनीतिक रुपमा संरक्षित माफियाहरुले जनकपुरधामका गुठी, सहितका सार्वजनिक जग्गाहरुमा कब्जा जमाएर बसेका छन्  ’’ भन्नेकुरा आप्mनो सम्बोधनमा बताएका थिए । ’ यो कुरा सत्य छ भने बोध प्रदेश सरकारका कैबिनेटका मन्त्रीको पनि ठहर छ । तर, त्यसलाई रोकथाम गर्न कार्य किन नगरी रहेका छन् ? प्रश्न यहाँ निर छ ! यस बिकृति बिरुद्धमा थिति बसाउन निमित्त गयो भने संघीय सरकार बाधक बन्दैन । 
अरु देशको तुलना नगरेपनि राजधानीमा पशुपतिनाथ मन्दिरलाई ‘पशुपति विकास कोष’ कायम गरेर सञ्चालन हुन सक्छ । गौतमबुद्धको जन्मस्थली लुम्बनीमा  ‘लुम्बिनी विकास कोष’ स्थापना गरेर कार्य हुन सक्छ । जनकपुरधाममा हामि किन त्यसैगरी व्यवस्थापन गर्न सक्दैनौं । गोपाल धर्मशाला, बृहत्तरका यात्री निवास, पगला बाबा धर्मशाला आदिलाई एउटा ट्रष्ट कायम गरी गराई एउटा सिस्टम कायम गरेर सञ्चालनमा ल्याउंने काम भइरहेको छैन् ! किन ? 
जानकी मन्दिर, राममन्दिर, रत्नासागर स्थान, लक्ष्मीनारायण मठ मटिहानी, बसहिया स्थान, बेलाकुट्टी,गिनारी कुट्टी, सन्यासी आश्रम पुरानो हनुमान बस सहितका दर्जनो मठ–मन्दिरहरुलाई राज्यस्तरबाट एउटा ट्रष्ट कायम गरेर  सञ्चालनमा ल्याउनु पर्छ । यसकालागि खै किन पहल प्रदेशसरकार र स्थानीय सरकारले हालसम्म थालेको छैन् । मठ मन्दिरहरुमा मठाधिश बन्ने बनाउने गुरु शिष्यको परम्परा कायम गरेपनि वेद, उपनिषद् शास्त्र पुराण आदिको अध्ययन गरेको जानकारी भएको योग्यता दक्षता कायम गरी निश्चित मापदण्ड बनाएर यी मठ मन्दिरका मठाधीश बन्ने प्रावधान राख्नु पर्छ । गुठी अधिनका जग्गाहरु समेतलाई ट्रष्ट भित्र ल्याएर विधि र प्रकृयाबाट मठ–मन्दिरको सञ्चालन गर्दा सन्त महन्थको मनोपोली र भूमाफियाहरुको अवैध कब्जा हटिन्छ र एउटा सिस्टम डेवल्प हुन्छ । यस कार्यमा अघि बढदा कतैबाट  बाधा बिरोध आउंदैन ।आएपनि त्यो बिरोधीहरु के र कस्ता छन् आपसेआप समाजमा नाङ्गो भएर जान्छ र प्रदेश तथा स्थानीय सरकारले जनस्तरबाट निकै बाहबाही पाउने छन् । त्यो पहलको मात्र खाचों छ । विधि प्रकृया बनाएर लागु गर्ने आंट देखाउनु पर्ने साहसी नेतृत्वको रुपमा अझै म’ख्यमन्त्री राउतलाई अघि आउनु पर्ने आवश्यक्ता छ ।

 

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...