Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
आजको सत्य

मंसिर ९, २०७५

  •                                देशकाल

  •                              किशोर नेपाल

प्रम ओली चाकरी रुचाउने मानिस पक्कै होइनन । उनी बडो कडा प्रकृतिका ब्यक्तित्वका रुपमा चिनिन्छन । तर, कसैले चाकरी गरी हाल्यो भने के गर्ने ?

देश समृध्दितिर अघि बढी रहेको कुरामा अरु कसैलाई अलिकति शंका भएपनि प्रधानमन्त्री केपी ओली र उनका सिपहसालारहरु यसमा कुनै शंका गर्न चाहँदैनन । जो शंका गर्दछ त्यो प्रम ओलीको स्वतः बिरोधी साबित हुन्छ । किनभने, ओलीले देशका सामान्य जनतालाई चीनबाट रेल ल्याएर डाँडा–काँडामा कुदाउने जादू देखाएका छन । मेरो देशमा कोही भोको र प्यासो नरहोस भन्ने आफ्नो उदात्त मान्यता सार्वजनिक गरेका छन । गणतन्त्र स्थापना हुनु अघिका राजाहरुले बेला बेलामा यस्तै उदात्त मान्यता र भावना प्रकट गर्दथे । त्यो मान्य परम्पराका अनुयायी बनेका छन अहिले नेपाल कम्युनिष्ट पार्टीका सम्मान्य नेताहरु । २०३६ को हाराहारीमा बीपी कोइरालाले आफनो घाँटी राजाको घाँटीसंग जोडिएको कुरा गर्नुहुँदा धेरै कम्युनिष्ट नेताहरु राजदरबार अगाडिको लाल दरबारमा लाइन लागेको अवस्थामा भेटिन्थे । कम्युनिष्टको आन्द्रा राजाको आन्द्रासंग जोडिएको थियो ।
प्रम ओली अचेल नियमित टेलिभिजनको कार्यक्रममा देखिनुहुन्छ । ‘साना जनता’ र ‘ठूला’ प्रधानमन्त्री बीचको यो संवाद खाइलाग्दो हुने रहेछ । संयोगले गत साता विहिवार अपरान्हको समयमा ‘जनतासंग प्रधानमन्त्री’ संवादहेर्ने मौका मिल्यो । संवाद के थियो, घूँडा धसान । कार्यक्रम प्रस्तोता बडो सुन्दर पारामा प्रधानमन्त्रीलाई प्रश्न राख्दथे । प्रधानमन्त्री बडो दार्शनिक पाराले त्यसको उत्तर दिन्थे । बडो रोबदार देखिन्थे प्रधानमन्त्री । उनको यो रोवका पछाडि जनता नतमस्तक छन भन्ने सिध्दान्तले काम गरी राखेको प्रष्ट देखिन्थ्यो । कार्यक्रमको बीचमा प्रस्तुतकर्ताले जाजरकोट–डोल्पा सडक निर्माणमा प्रम ओलीको प्रेरणदायी र उत्साहप्रद नेतृत्वको चर्चागर्दै जानकारी दिएः नेपाली सेनाले जाजरकोट–डोल्पा मोटरबाटोको ट्रयाक खोल्यो । अब डोल्पामा मोटर पस्नेछन र जनता रमाउनेछन । प्रस्तुतकर्ताको प्रस्तुतिमा यी सबै महत्वपूर्ण कार्य प्रम ओलीको नेतृत्वको परिणाम बताइयो । कुरा सुनेर टेलिभिजन हेरी रहेका जनता छक्क परे । यो बाटो सेनाले खन्न थालेको बाह«बर्ष बिति सकेको थियो । यो संग भ्रष्टाचारका सयौं गाथा जोडिएका थिए । यस्तो स्थितिमा प्रम ओलीले यो राजमार्ग निर्माणको जश लिनु ठीकै थियो ।
प्रम ओली चाकरी रुचाउने मानिस पक्कै होइनन । उनी बडो कडा प्रकृतिका ब्यक्तित्वका रुपमा चिनिन्छन । तर, कसैले चाकरी गरी हाल्यो भने के गर्ने ? त्यस्तो समयमा प्रम ओलीले निन्दा होइन, चाकरीका शब्दहरु केलाउँछन । उनी भावनामा बहकिन्छन । यत्रो देश उनको हातमा सुरक्षित छ । उनले जे भन्यो त्यही हुन्छ । प्रम ओलीका अन्तरवर्ती एक ब्यक्तिका अनुसार ‘प्रम ओली सूचनाको अन्धकारमा छन भन्ने कुरा जस जसले पनि सोचेका छन ती मूर्ख हुन । प्रम ओलीलाई ३३ किलो सुनको पनि खबर छ । उनलाई एयरबस कम्पनीको वाइडबडी विमान खरीदगर्दा आएको अकूत कमिशनको पनि पत्तो छ । तर, राजनीतिमा त्यो ब्यक्तिमात्र सफल हुन्छ जो समय अनुसार काम गर्दछ । प्रम ओलीलाई कन्चनपुरकी निर्मला पन्तको बलात्कार गरेर त्यसपछि हत्यागर्ने ब्यक्तिका बारे पनि जानकारी छ । तर, कहिलेकहीं साना जानकारी सार्वजनिक गर्दा ठूलै पहिरो जाने गर्दछ । त्यसैले मात्र त्यो सूचना रोकिएको हुनुपर्दछ ।’ पक्कै यही भएको होला । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । नेपालको सत्ता र शक्तिमा जो रहेको हुन्छ त्यसको महत्व नयाँ पुस्ताका लागि सद्गुरुको महत्वभन्दा कम हुँदैन ।
बिज्ञानका अनुसार पृथ्वी तलका कुनैपनि भागमा प्रत्येक दिनछहजार पटक बिजुली गडगडाहटका साथ चम्किने गर्दछ । यही गडगडाहटका बीचमा नेताहरुकोगिडगिडाहट सुनिन्छ । प्रम ओली र अध्यक्ष प्रचण्डको मिलन संयोग यस्तो अवस्थामा भएको छ जब कौरवहरु पाण्डवको भूमिकामा छन । यस्तो लाग्दछ, नेपाल कम्युनिष्ट पार्टीका यी दुवै नेता अहिले मोक्ष यात्रामा निस्किएका छन । रमाइलो कुरा, कांग्रेस पार्टीमा खानदानी नेतृत्वको वहस चली रहँदा नेकपामा दुवै अध्यक्ष खानदानी नेतृत्वबाट आएका होइनन । यिनले अहिले टाउकामा लगाएको श्रीपोश यिनको आफनै आर्जन हो । 
देशमा आर्थिक समृध्दिको नारा अहिले जति कहिल्यै घन्किएको थिएन । नेकपाका दुवै अध्यक्ष चीनबाट रेल आए त्यसैसंग समृध्दि आउने बताए रहेकाछन । उकालोमा समृध्दि बोकेको रेलले तान्न सकेन भने दुबै नेता एकजना रेलको इन्जिन रहेको भागमा उभिएर तानी रहेको र पुच्छारको भागमा उभिएर घचेटी रहेको रमाइलो दृश्य देख्न पाइनेछ । तर, दुवै नेताले समृध्दिको प्रलोभनले परिवर्तन रोक्न सक्दैन भन्ने थाह पाएका छैनन । बेला बेलामा हुने सरकार बिरोधी प्रदर्शनहरुले परिवर्तनको उर्जा थपी राखेका हुन्छन । दुबै नेताले बुझनुपर्ने कुरा यतिमात्रै हो, बिकास र समृध्दिको नाममा राजनीतिको अधिनायकवादी प्रयोग कतै पनि सफल भएको छैन । केही समय अघिकै कुरा त हो यो ।लिवियाका तानाशाह कर्नल मोहम्मर गद्दाफीको नाम त नेताहरुले सुनेकै होलान । उनको ४२ बर्ष पुरानो सत्ता भत्कियो । ट्युनिशियाका राष्ट्रपति जाइन बेन अली ज्यान जोगाएर भागे । इजिप्टका राष्ट्रपति होस्नी मुबारकहटाइए । धेरै इस्लामिक राष्ट्रहरुमा उलटपुलट भयो । अब हेरौं त ः गद्दाफीमा आपूmप्रति ठूलो विश्वास थियो । ‘जनतालाई के चाहिएको छ त्यो मलाई थाह छ’ भन्ने अभिमान थियो उनमा । नेपालका राजाहरुमा पनि त्यस्तै अभिमान थियो जसले २४० बर्षको राजतन्त्रलाई नै खाइ दियो । प्रम ओली र अध्यक्ष प्रचण्डमा पनि यस्तै गुणहरु परिलक्षित हुने डर पलाएको छ । नेपालका यी दुवै ठूला नेता तानाशाह भै सकेका छैनन । तर, उनीहरुले तानाशाहकै शैली अपनाएका छन । 
नेपाली पक्कै पनि गरीब छन । गरीब मात्रै होइन अल्छी पनि । अल्छी मात्र होइन गफाडी पनि । देशमा यति ठूलठूला परिवर्तनका घटनापछि पनि देश शान्त छैन भने यसको कारण हो जनतामा विद्रोहको प्यास बाँकी छ । नेपाली जनता मनैदेखि सार्वभौम र शाश्वत अधिकारको खोजीमा छन । यो वा त्यो प्रयोजनले रोकिएका र रोक्न खोजिएका सार्वभौम अधिकार नपाएसम्म जनताको विद्रोहको प्यास मेटिने सम्भावना छैन । नेपाली जनताको खोजी आर्थिक विकास होइन, राजनीतिक अधिकारको पूर्णता हो । गणतन्त्रको स्थापनापछि पनि उनै पुराना, अविवेकी मानिसले राज्यको सत्ता र शक्तिको भोगगर्नु भनेको जनताको अपमान गर्नु हो । जनतालाई अधिकारसम्पन्न गराएपछि बिकास उनीहरु आफैले गर्दछन । समृध्दि जनता आफैले ल्याउँछन । यही हो आजको सत्य ।

 

 

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...