Sun, 24 Feb 2019
ताजा समाचार
संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने ||
।।अथ कथा राजपाः।।

मंसिर ११, २०७५

  •                             रोशन जनकपुरी

वर्तमान नेकपाको सरकारलाई समेत संसफो र राजपा दुबैको समर्थन प्राप्त छ । भन्नलाई त दुइतिहाईको सरकारको यो सरकार सम्विधान संशोधन गर्न सक्षम रहेकोले यसै कारण समर्थन दिएको हो भनिन्छ । तर यी राजनीतिक दलहरुको प्रवृत्ति हेर्दा आन्दोलनको एजेन्डाभन्दा लेनिदेनीमा बढी व्यस्त देखिन्छन् । यसरी राजपाका नेताहरु एउटा कुनै ठोस विचार र एजेन्डाभन्दा पनि नेका र नेकपाका नेताहरुको नजिक रहेको चर्चा मिडियामा सुनिने गरिन्छ ।

राष्ट्रिय जनता पार्टीभित्र तरवार तानातानको स्थिति छ । वृद्ध नेता महन्थठाकुरलाई संयोजकको पदबाट   हटाएर   पार्टीको   नेतृत्वलाई   चक्रिय   प्रणालीमा  लगेर  हाल  राजेन्द्र  महतोले  पार्टीको  कमान सम्हालेपछि यो स्थिति उत्पन्न भएको हो । अझ  दुइदिन  पहिले  अध्यक्षमण्डलका  एकजना  नेता  महेन्द्ररायले  एउटा  अन्तरवार्ताको  क्रममा  महन्थठाकुरलाई काम नलाग्ने, मनोमानीपूर्ण ढङ्गले पार्टीभित्र  नियुक्ति  गरिरहेको  र  आफूखुशी  पार्टी  चलाईरहेको  आरोप  लगाएपछि  राजपाभित्रको  विवाद झन् तिखो हुँंदै गएको देखिन्छ । हुन  त  वर्तमान  संघीय  सरकारलाई  दिएको  समर्थन फिर्ता लिने वा जारी राख्ने भन्ने सवालमा महतोगूट र ठाकुरगूटमा विवाद यसपटकको दशैँं देखि नै देखिँंदै आएको हो । सम्विधान संशोधनको वचनबद्धतामा  सरकारलाई  समर्थन  दिएको,  तर  सरकारले आफैले दिएको समयसीमा उल्लङधन गर्दै गएकोले छठपछि समर्थन फिर्ता लिइने कुरा ठाकुरगूटका  शक्तिशाली  नेता  वृषेशचन्द्र  लाल  र  स्वयं  ठाकुरले  मिडियामा  भनेका  थिए  ।  तर  त्यसको  विपरीत  राजपाका  वर्तमान  संयोजक  महतो र उनका नेताहरुले पार्टीभित्र यसप्रकारको कुनै  निर्णय  नभएको  भनेर  तत्कालै  ठाकुरगूटको  खण्डन गरेका थिए । छवटा     ठूला–साना     घटकहरु     मिलेर     बनेको  राजपामा  राजेन्द्रमहतोको  सदभावनागूट  र   महन्थठाकुरको   तराईमधेश   लोकतान्त्रिक   (तमलोपा)  शक्तिशाली  समूहहरु  छन्  भने  अन्य  शरदसिंह  भण्डारी,  महेन्द्रराय,  अनिल  झा  र  राजकिशोर यादवको साना गूटहरु छन् । राजपामा स्थापनाकाल देखिनै पार्टीमाथी वर्चस्वको निम्ति महतो र ठाकुरगूट बीचको दाउपेँंचको स्थिति रहँंदै आएको हो । तर राजपाभित्र बौद्धिक वृद्ध नेताको प्रभावबनाएको महन्थठाकुर पार्टी स्थापनाकालमा तुलोको  डन्डीको  रुपमा  रुपमा  देखिए  ।  यसमा  उनको काँंग्रसी विगतको आदर्श भूमिकाले काम गरेको थियो । पार्टी एकीकृत रुपमा चलाउन एउटा जिम्मेवार र अधिकारसम्पन्न नेतृत्वको आवश्यकता हुन्छ । अध्यक्ष  संगठनको  सामूहिक  अभिव्यक्ति  हुन्छ,  तर   राजपाको   गठन   छवटा   घटकहरु   बाट   भएको  हो,  र  पार्टी  स्थापनाकालमा  कुनैपनि  घटकका  प्रमुखले  आफूलाई  दोयम  मान्न  तयार  भएनन्  ।  परिणामस्वरुप  पार्टीमा  छवटै  घटकका  प्रमुख   रहनेगरि   अध्यक्षमण्डलको   अवधारणा   राखियो  ।  र  राष्ट्रिय  अधिवेशनबाट  अन्तिम  निक्र्यौल  गर्नेगरि  तत्काललाई  महन्थठाकुरलाई  अध्यक्षमण्डलको संयोजक स्वीकार गरियो । राजपा     कानूनीरुपमा     पार्टी     भएपनि     त्यसपार्टीका  शीर्षनेताहरुको  प्रवृत्ति  हेर्दा  यस्ले  राजनीतिक  पार्टीको  रुप  लिन  अझै  समयलाग्ने  देखिन्छ   ।   यस्को   कारण   हो,   राजपाका   नेताहरुबीचको  गैरवैचारिक  र  निजीस्वार्थपरक  विवादहरु   ।   राजपा   मधेश   आन्दोलनबाट   विकसित पार्टी हो । नेपाली   काँंग्रेस,   एमाले,   र   सदभावना   पार्टीलगायतका पार्टीहरुमा राजनीतिक अवसरको खोजीमा रहेका मधेशी क्यारियरिस्टहरुको निम्ति मधेश आन्दोलन जबर्दस्त अवसर साबित भयो । मधेश आन्दोलनले यिनीहरुलाई एकठाउँंमा जम्मा हुने अवसर दियो । पृष्ठभूमिमा अन्तरकथा जे रहेपनि गजेन्द्रनारायण   सिंहको   परम्पराबाट   निस्केका   अनिलझा  र  राजेन्द्रमहतो,  एमाले  पृष्ठभूमिबाट  आएका  महेन्द्रराय,  नेपाली  काँंग्रेसबाट  उपेक्षित  भएर  महन्थ  ठाकुर,  राप्रपा–काँंग्रेस  पृष्ठभूमिका  शरदसिंह  भण्डारी  र  गैरराजनीतिक  पृष्ठभूमिका  राजकिशोर  यादवले  मधेश  आन्दोलनको  बेला  आ–आफ्नो  नेतृत्वमा  पार्टी  सञ्चालन  गरिरहेका  थिए । शुरुमा हाल संघीय समाजवादी फोरमका अध्यक्ष   उपेन्द्रयादवको   नेतृत्वमा   तत्कालीन   समयमा संयोजित मधेश जनअधिकार फोरमको नेतृत्वमा   मधेश   आन्दोलन   पछि   विभाजित   भयो  ।  उपेन्द्रयादव  हाल  ससफोको  अध्यक्षको  रुपमा संघीय सरकारमा मन्त्रीसुख भोग्दैछन् । यसै  मध्येको  एउटा  घटक  अनेक  आरोह  अवरोह पार गरेर हाल नेपाली काँंगे्रसमा विलय भइसकेको  छ  र  यस  घटकको  नेता  विजय  गच्छेदार  नेकामा  उपसभापति  मनोनित  भएपनि  हाल  धर्मरमा  छन्  ।  मधेश  आन्दोलनका  बाँंकी  रहेका  घटकहरुले  महन्थठाकुरको  संयोजकत्वमा  डेढवर्ष अगाडी राजपाको गठन गरेका हुन् । उपेन्द्रयादवको  संसफो  र  राजपाले  मिलेर  प्रदेशनम्बर  दुईमा  मिलेर  संसफो  उपाध्यक्ष  मो.  लालबाबू राउत गद्दीको नेतृत्वमा सरकार सञ्चालन गरिरहेको  छ  ।  तर  राजपा  गठनको  डेढवर्ष  पछि  संयोजक  महन्थठाकुरको  यो  रुखो  बहिर्गमन  र  त्यसपछि  पार्टीभित्र  तात्तिँंदै  गएको  गूटबन्दीले  प्रदेश  सरकारको  कामकाजसमेत  प्रभावित  हुने  देखिन्छ  ।  यस  पटक  पार्टी  नेतृत्वमा  ठाकुरको  संयोजक  पदबाट  बहिर्गमन  र  राजेन्द्रमहतोको  दुइमहिने ताजपोशीको निर्णय बहुमतको आधारमा गरिएको  कुरा  बाहिर  आइसकेको  छ  ।  पार्टीद्वारा  जारी   विज्ञप्तिमा   टाइप   गरिएको   ।।।सहमति’   शब्दलाई  केरेर  ।।।बहुमतबाट’  भन्ने  लेखिएको  शब्दले  पार्टीकेन्द्रको  बैठकमा  रहेको  विवाद  र  तातोपनालाई स्पष्ट गर्दछ । राजपा  एउटा  पार्टीको  रुपमा  रहेपनि  यसका  नेताहरुमा  रहेको  अवसरवादी  चरित्र  विगतमा  एकातिर  आन्दोलनमा  पनि  रहनु  र  अर्कोतिर  सरकारबनाउने  बेला  सबै  एकजुट  भएर  केन्द्रमा  सरकारमा  समर्थन  गरेको  इतिहास  रहँंदै  आएको  छ  ।  यहाँं  रोचक  के  छ  भने  मधेशकेन्द्रित  दलहरुको   समर्थनबाट   केन्द्रिय   राजनीतिका   तत्कालीन  प्रमुखदल  नेका,  एमाले  र  माओवादी  तीनवटैले सरकार बनाएका छन् । वर्तमान नेकपाको सरकारलाई समेत संसफो र राजपा दुबैको समर्थन प्राप्त छ । भन्नलाई त दुइतिहाईको सरकारको यो सरकार  सम्विधान  संशोधन  गर्न  सक्षम  रहेकोले  यसै कारण समर्थन दिएको हो भनिन्छ । तर यी राजनीतिक  दलहरुको  प्रवृत्ति  हेर्दा  आन्दोलनको  एजेन्डाभन्दा लेनिदेनीमा बढी व्यस्त देखिन्छन् । यसरी राजपाका नेताहरु एउटा कुनै ठोस विचार र एजेन्डाभन्दा पनि नेका र नेकपाका नेताहरुको नजिक  रहेको  चर्चा  मिडियामा  सुनिने  गरिन्छ  ।  विचारधारात्मकरुपमा  हेर्ने  हो  भने  महन्थठाकुर  नजिकका  नेताहरुमा  काँंग्रेसी  विगत  भएकाहरु  बढी छन् भने राजेन्द्रमहतो माथी प्रधानमन्त्री केपी शर्मा ओलीसंग हार्दिकता बढी भएको भनिन्छ । संसदीय  निर्वाचनको  बेला  त  यसबारे  हावा  नै  चलाइएको थियो । यस पटक नेकपा सरकारलाई समर्थन जारी राख्ने पक्षमा आफूलाई उभ्याएपछि उनलाई ओली नजिक भएको भन्नेहरु लाई बल मिल्ने  छ  ।  महन्थ  ठाकुरले  संघीय  सरकारबाट  समर्थन  फिर्तालिने  कुरा  गरेको  कारण  नै  उनको  बहिर्गमन भएको हो भन्नेहरुको पनि कमी छैन । जहाँंसम्म राजपाभित्रको यस ताजा विवादको प्रत्यक्ष  कुरा  हो,  आगत  राष्ट्रिय  अधिवेशनमा  पार्टीमाथी   कसरी   वर्चस्व   कायम   गर्ने   भन्ने   हो   ।   संयोजक   मनोनयन   भएपछि   ठाकुरले   आफूखुशी  पार्टीको  महत्वपूर्ण  स्थानमा  नियुक्ति  गर्दै गइरहेका थिए, भने एक्ले देशमा भ्रमण गर्दै जिल्लाहरुमा  समेत  आफ्नै  हिसाबले  कमिटीहरु  गठन गर्दैगइरहेका थिए । अध्यक्षमण्डलका अन्य सदस्यहरुको  उपेक्षा  र  आफ्ना  मानिसहरुलाई  पार्टी   कमिटीमा   प्रोत्साहित   गर्दै   लगेको   देखेपछि  राजेन्द्रमहतो  सहित  अन्य  घटकहरु  आशंकित    हुँंदैगएको    धारणापनि    व्यक्त    गरिन्छ  ।  यसपटकको  विवादमा  अनिलझा  महन्थठाकुरको   पक्षमा   छन्   भने   बाँंकी   राजेन्द्रमहतोको  पक्षमा  छन्  ।  यस  विवादको  तिव्रता  यसैबाट  बुझ्नसकिन्छ  कि  पार्टीभित्र  महन्थठाकुरले  गरेका  सबै  निर्णयहरु  एकमुष्ट  खारेज गरिएका छन् । यसले राजपामा विवाद झन् झन् चुलिँंदैजाने सम्भावना देखिन्छ । स्वाभाविकरुपमै यसको प्रभाव प्रदेशसरकारमा पनि  पर्नेछ,  जहाँं  संसफो  र  राजपा  संयुक्तरुपमा  सरकार   चलाईरहेको   छ   ।   संसफो   अध्यक्ष   उपेन्द्रयादवले  आफ्नो  पाटीभित्र  करिब  करिब  एकल वर्चस्व स्थापित गरिसकेका छन् । पार्टीमा अन्य  नेताहरु  भएपनि  उनको  निर्णय  अवज्ञा  गर्ने  स्थितिमा  कोही  छैन  ।  तर  राजपासंगको  संगतमा भने महन्थठाकुर संग उनको व्यक्तित्वको टकराहट भने विगतमा देखिँंदैआएको छ । मधेश आन्दोलनका यी दुई नेता व्यक्तित्वको टकराहटकै कारण एकठाउँंमा अँंटाउन नसकेको भन्नेहरु पनि छन्  ।  यद्यपि  यी  दुई  नेताहरु  दुईभिन्न  वैचारिक  स्कूलबाट  आएकोलाई  पनि  केहीले  कारणको  रुपमा  प्रस्तुत  गर्छन्  ।  यी  दुई  पार्टीहरुको  यो  स्थिति   रहेपनि   प्रदेशको   निर्वाचनले   सरकार   बनाउन  दुबै  पार्टीलाई  एकठाउँंमा  आउन  बाध्य  बनाइदियो  ।  नेपाली  काँंग्रेस  वा  तत्कालीन  एमाले–माओवादीसंग  मिलेर  सरकार  बनाउँंदा  आन्दोलनको   एजेन्डा   र   मधेशी   जनताको   आक्रोश खेप्नु पर्ने, र संसदीय राजनीतिमा मोल घट्ने  कुरा  उनिहरुले  बुझे  ।  र  ठिक्क  बहुमतको  संयुक्त  सरकार  बनाए  ।  प्रदेश  सरकारको  स्थिति  कति  सम्वेदनशील  छ  भने  एक–दुई  जनाले  पनि  फ्लोर क्रस गरिदिए भने यो सरकार ढल्न सक्छ । तै सम्विधानले दुई वर्षभित्र सरकार ढाल्न नपाउने वैधानिक  व्यवस्था  गरेको  ले  यस  सरकारलाई  हाल साँंस फेर्ने मौका दिएको छ । अब यो सरकार दोस्रो  वर्षमा  छ  र  संसदीय  राजनीतिमा  प्रायः  देखिने सरकार ढाल्ने र बनाउने अवसरवादीहरुको प्रिय खेल शुरु हुनसक्छ । प्रदेश सरकारमा संसफो र राजपाले संयुक्त सरकार चलाएपनि दुईपार्टी बीचको सम्बन्धभने रुखो रहेको पटक पटक सतहमा देखिने गरेको छ  ।  जहाँंसम्म  संसदीय  राजनीतिभित्र  यी  दुई  पार्टीहरुको अवस्थितिको कुरा छ, राजेन्द्रमहतो जस्तै   उपेन्द्रयादवपनि   नेपाली   राजनीतिमा   सर्वाधक अविश्वनीय कार्ड हुन् । तर हाल उनि नेकपाको  दुइतिहाई  सरकारसंग  छन्  ।  त्यसैले  अहिले  उनको  सदभाव  नेकपा  सरकारसंग  छ  भन्दा अत्युक्ति न होला । प्रदेशमा उनको उपाध्यक्ष मूख्यमन्त्री   राउत   भावनात्मकरुपमा   राजपा   नजिक देखिन्छन् । यसले निश्चितरुपमा अध्यक्ष उपेन्द्रयादवलाई  अप्ठ्यारो  पारेको  हुनसक्छ  ।  अर्कोतर्फ राजपाको दुईतर्फी स्थितिबारे माथी नै चर्चा गरियो । त्यसो भए महन्थठाकुरको बहिर्गमन र   महतोको   ताजपोशीले   प्रदेश   सरकारको   स्वरुपलाई पनि असर पार्नेछ त ? अहिले केही भन्नु  हतार  हुनेछ  ।  तथापि  सम्भावनाका  सबै  द्वारहरु  खुलेका  छन्  भन्दा  अनुचित  न  होला  ।  र  तपाँंईले  कुनै  चलचित्र  हेर्दा  सम्भावनाले  त  आकर्षण  बढाउँंने  गर्छ  ।  वर्तमानको  राजनीति  आमजनताको  निम्ति  खासै  महत्व  राख्दैन  ।  त्यसैले यसलाई कुनै तिव्रगतिको चलचित्र जस्तै हेर्नुस र सम्भावनाको आनन्द लिनुस ।

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...