Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
प्रेस स्वतन्त्रतालाई चुनौति

मंसिर १६, २०७५

  •                                                   देशकाल

  •                                                किशोर नेपाल 

सरकारका संचारमन्त्री गोकुल बाँस्कोटाको शैली देखेर पत्रकारहरु छक्क परेका छन । उनी पत्रकारिताबाट राजनीतिमा आएका व्यक्ति भएपनि प्रेसप्रति उनी निर्मम हुन चाहन्छन । यो उनको दोष नभएर वर्तमान सत्ताको दोष हो । सरकार प्रमुखको प्रवृत्ति अभिव्यक्ति स्वतन्त्रताको विरुध्द देखिएपछि उनका मन्त्रीले त्यस अनुसारको व्यवहारगर्नु स्वाभाविक हो । यो प्रवृत्ति सरकारसंग संसदमा रहेको दुइ तिहाइ मतको अभिमान मात्र होइन । कम्युनिष्ट सत्ता अधिकारका मामिलामा त्रूmर नै हुन्छ । यस अघिका कम्युनिष्ट सरकारको प्रवृत्ति पनि यस्तै थियो । त्यो कुरा हाम्रो स्मृतिमा नरहेको मात्र हो ।
दोस्रो संविधान–सभाले तयार पारेको नयाँ नेपालको नयाँ संविधानको मस्यौदामा “प्रेस–स्वतन्त्रता” मात्र लेखिएकोमा संचारकर्मीहरुले चर्को प्रतिक्रिया व्यक्त गरेका थिए । अधिकांश संचारकर्मी संविधानमा “पूर्ण प्रेस–स्वतन्त्रता” लेखियोस भन्ने चाहन्थे । तर, स्वतन्त्रता कहिल्यैै पनि पूर्ण वा अध्र्द हुँदैन । स्वतन्त्रतालाई माना–पाथी, ग्राम–किलोको ढक–तराजुमा नाप्न मिल्दैन । प्रेस वा जुनसुकै स्वतन्त्रता कि पूर्ण हुन्छ कि हुँदै हुँदैन । स्वतन्त्रता शव्दमा प्रेफिक्स वा सफिक्स लगाएर जोड दिइ रहनुपर्दैन । स्वतन्त्रताको अवधारणा लोकतन्त्रसंग जोडिएर आएको हुन्छ ।देशको संविधानमा पूर्ण प्रेस–स्वतन्त्रता लेखिदैमा यसको महत्व वढने वा खुम्चिने होइन । 
कुनैपनि देशको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, आर्थिक–व्यवसायिक संस्था र समाजले समान रुपले प्रेस–स्वतन्त्रताको अवधारणा स्वीकार नगरेसम्म शव्दको प्रयोग अर्थहीन हुन्छ । संसारका प्रायः सवै संविधानमा प्रेस–स्वतन्त्रताको उल्लेख गरिएको हुन्छ । तर, प्रेसप्रति सरकारहरुको व्यवहार प्रेस–स्वतन्त्रताको अनुकूल कहीं पनि देखिदैन । उदाहरणका लागि कतै टाढा जानुपर्दैन । भारतकै उदाहरण नेपालका लागि पर्याप्त छ । भारतीय लोकतान्त्रिक व्यवस्था अन्तर्गत भारतका पत्र–पत्रिका अधिकार–सम्पन्न र जीवन्त मानिन्छन । भारतीय प्रेसले जनताका अधिकारका ठूलठूला लडाईं लडेका छन । भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले सन १९७५ मा भारतमा संकटकालीन अवस्थाको घोषणा गरेका वेला भारतीय प्रेसले स्वतन्त्रताका पक्षमा विद्रोहको झण्डा उठाएको थियो ।  
नेपालका संचार उद्योगहरु भारतीय संचार उद्योगका उपग्रह जस्तै देखिन्छन । भारतीय वहुराष्ट्रिय कम्पनीका विभिन्न उत्पादनहरुको भरपर्दो वजार भएकाले नेपाली संचार व्यवसायमा उनीहरुको राम्रो लगानी रहेकोछ । नेपाली उत्पादनका विज्ञापनले मात्र संचार व्यवसाय धानिन नसक्ने अवस्थामा यो नराम्रो कुरा पनि होइन । अन्ततः संसारका सवै उद्योग र व्यवसायको मार्ग चित्र एउटै हुन्छ । भारतीय होस वा चीनियाँ, अमेरिकी होस वा युरोपीय, सवै व्यवसायीले आफनो उत्पादनको वजार विस्तार गर्दछ । सवैको उद्देश्य एउटै हुन्छ – मुनाफा कमाउने । लगानीगर्नेले प्रतिफल खोज्नु पाप होइन । तर, आधारभूत मानव अधिकार र स्वतन्त्रताको प्रवध्र्दनमा लागेका व्यवसायीहरुले व्यवसायिक र नैतिक आचारभन्दा वाहिर गएर सँधै मुुनाफा मात्रै खोज्न मिल्दैन । 
भारत वा अमेरिकामा संस्थागत संचार व्यवसाय, सरकार र समाजका विभिन्न वर्गका वीच जस्तो व्दन्व्द चली रहेको हुन्छ, नेपालमा त्यस्तो अवस्था छैन । नेपालमा व्यवसायिक संचार गृहहरु भर्खरै संस्थागत हिसावले चल्न थालेका छन । ती संचार गृहहरु अन्तर्राष्ट्रिय व्दन्व्दवाट सानै रुपमा भएपनि प्रभावित भएका छन । अमेरिकी वा भारतीय संचार गृहहरुको जस्तो सरकारलाई चुनौति दिनसक्ने हैसियतमा नेपालका संचार गृहहरु पुगेका छैनन । यसको अर्थ, उनीहरु सरकारलाई प्रभावितगर्न सक्दैनन भन्ने होइन । खासगरेर, राष्ट्रियता र भावनात्मक विषयहरुमा संचार गृहहरुले वैधानिक सरकारका नीतिहरुलाई नै वल पुर्याउने हिसावले पछ्याएका हुन्छन । गणतन्त्र स्थापना अघिको समयमा सरकारका प्रति कठोर नीति अपनाउने संचार माध्यमहरु पछिल्लो समयमा राष्ट्रिय महत्वका विषयमा संवेदनशील भएको देखिएकोछ । धेरै विवादास्पद र समाजमा कटुता फैलाउने विषयमा संचार माध्यमहरुले निरपेक्ष समाचार दिने गरेको पाइन्छ । धेरै लामो दलीय विवाद र किचलोमा फँसेको संविधान निर्माणको विषयमा नेपालको पूरै संचार जगतले सरकारको साथ दियो । संवैधानिक विवादका कतिपय महत्वपूर्ण विषयमा समेत संचार माध्यमहरुको मौनता आश्चर्यलाग्दो थियो । सरकार, संविधान–सभा र संचार जगत एक अर्काको मौन आकर्षणमा परेको स्पष्ट देखिन्थ्यो । यो अनौठो मान्नुपर्ने विषय थिएन । सरकार र संचार–जगत दुवैले संविधान निर्माणप्रति जनताको निरपेक्षता वुझेका थिए । भुईंचालोको विनासले रनभुल्ल परेका जनतामासंविधान निर्माणको प्रक्रियामा लाग्ने जाँगर र उत्साह देखिएको थिएन । संचार माध्यमहरुले जनताको उत्साहहीनतालाई खासै महत्व दिएनन । समाचारका भित्री तहहरु खोतलिएनन । संचारकर्मीहरु समाचारका आवरणमा नै रमाएको पाइयो । संविधान निर्माण दलहरुको आपसी प्रतिस्पध्र्दा र सहमतिको विषय भएकोले पनि संचार माध्यमले संवैधानिक प्रक्रियामा हस्तक्षेप गर्नसक्ने अवस्था थिएन ।
नेपाली पत्रकारिताको इतिहास विखण्डन नहुनेगरी यसलाई दुइ कालखण्ड, २०३६ अघि र पछि, मा विभाजित गरेर हेर्न सकिन्छ । नेपाली पत्रकारिताका अध्येताहरुका लागि यी दुवै समय रोचक लाग्नेछन । २०३६ सालपछि पुनर्जीवन पाएको नेपाली पत्रकारिता र अहिलेको नेपाली संचारकर्ममाआकाश–जमीनकोे अन्तर छ । अहिले हजारौं शिक्षित तन्नेरीहरु पत्रकारिता पेशाप्रति आकर्षित भएका छन । पत्रकारिता आफैंमा आकर्षक पेशा वनेकोछ । स्वतन्त्र चेतनाको स्तर, पेशाप्रतिको निष्ठा र प्रतिवध्दता पनि वढेकोछ । प्रविधिको विकास र विस्तार भएको छ । सिक्न चाहनेहरुका लागि ज्ञानको अपरिमित र असीमित क्षेत्र खुल्ला छ । विश्वमा चलेका साना–ठूला सवै प्रकारका संचार आन्दोलनसंग संचारकर्मीहरु प्रत्यक्ष जोडिएका छन । विकासका थुप्रै आयामहरु खुल्न वाँकी नै भएपनि संचार माध्यमका लागि आवश्यक आधारभूत संरचनाहरु तयार भएका छन । नेपाली पत्रकारिताले लामै फडको मारेको छ । तै पनि, अहिले नेपाली पत्रकारितामा केही न केही अभाव खडकिएको छ । पत्रकारिताका दायित्वहरु खुम्चिदै गएको, शीप र कौशलको अपेक्षित विकास नभएको र पत्रकारिताको व्यापक आयाम जागीरमा मात्रै खुम्चिएको भान हुन्छ ।
२०३६ सालअघिको नेपाली पत्रकारिता अत्यन्त शुष्क थियो, अस्तित्वको नियमितताका लागि निरन्तरता मात्र । २०३६ सालमा राजाले तत्कालीन पन्चायत व्यवस्था र वहुदलीय व्यवस्थाका वीच जनमत संग्रहको घोषणा गरेर जनमत संग्रहको प्रयोजनका लागि आंशिक प्रेस स्वतन्त्रता दिएपछि नेपाली पत्रकारिता जीवन्त भएको थियो । त्यतिवेलाको पत्रकारिता न त संस्थागत थियो न त व्यवसायिक । पत्रिकाको संपादक–प्रकाशक आफैं संस्था र व्यवसाय दुवै हुन्थ्यो । उसले छाप्ने कागज, छापाखाना र समाचारपत्र प्रसारको व्यवस्था कसरी मिलाउँथ्यो ? आर्थिक स्रोत कसरी जुटाउँथ्यो ? त्यो कसैलाई थाह हुँदैनथ्यो । केहीलाई छाडेर त्यतिवेलाका पत्रपत्रिका साप्ताहिक रुपमा निस्किन्थे । पाठकहरुको संख्या कम थियो । केही व्यापारी र केही कर्मचारीहरु पत्रपत्रिकाका नियमित पाठक हुन्थे । कुनै व्यापारिक घरानाले विज्ञापन दिदैनथ्यो । पत्रपत्रिकाले अंगालेको विचारधाराका आधारमा सरकारले लगाम कस्दथ्यो । 
पत्रपत्रिकाहरु कांग्रेस र कम्युनिष्ट खेमाका भनेर चिनिन्थे । तर, दुवै पक्षका वीच अहिलेको जस्तो दुर्भाव थिएन । समाचारको प्रस्तुतिमा भेदभाव हुँदैनथ्यो । सरकार समर्थकका रुपमा चिनिएका पत्रकारहरुले पनि समाचारमा भेदभाव गर्दैनथे । काठमाडौलाई आधार वनाएर निस्किने पत्रपत्रिकाले पाएसम्म सवै जिल्लामा संवाददाता राख्दथे । जुन पत्रिकाको धेरै जिल्लामा संवाददाता हुन्थ्यो त्यो वढी पढिन्थ्यो । 
२०३६ सालदेखि २०४६ साल सम्मको समय आन्दोलनमय थियो । पत्रकारहरु दलका कार्यकर्ताजस्ता थिएनन । उनीहरु पक्ष, विपक्ष, सरकार र प्रतिपक्ष सवैका समाचारलाई प्राथमिकताका साथ हेर्ने गर्दथे । साप्ताहिक समाचार पत्रका सम्पादक र संवाददाताहरुका लागि पत्रिका प्रकाशनको दुइ दिन अघिदेखि तनाव हुन्थ्यो ः पहिलो पृष्ठमा मुख्य समाचार के वनाउने ? कुन कुन समाचार दिने ? समाचारको प्राथमिकता कसरी निर्धारणगर्ने ? सँधै भनेजस्तो समाचार उपलव्ध हुँदैनथे । अधिकांश साता राजनीतिका समाचार छापिन्थे । पाठकहरुको रुचि त्यसैमा हुन्थ्यो ः प्रतिपक्षका कुन नेताले देशको राजनीतिक अवस्थावारे के भने ? कहाँ भएको राजनीतिक घटनाको प्रभाव राजनीतिमा के पर्दछ ? विपक्षीहरुले कहाँ के गर्दैछन ? राजनीतिक समाचारको सुखा लागेको वेला पानी, विजुली, भ्रष्टाचार, कर्मचारीतन्त्रका समाचार वन्थे । यस्ता समाचारले पाठक र सम्पादक दुवैको एकरसता तोडिन्थ्यो । पत्रपत्रिकामा प्रकाशित समाचारका वारे सरकारले खासै चासो राख्दैनथ्यो । तर, राजाको सचिवालय भने यस्ता समाचारप्रति निकै सम्वेदनशील हुन्थ्यो । 
पत्रपत्रिकाको विक्रि मौसमी हुन्थ्यो । आर्थिक र राजनीतिक भ्रष्टाचारमा मन्त्रीहरु मुछिएका विभिन्न काण्डका समाचारहरु वढी पढिन्थे । राजाका भाईहरुको वदमासी, सुन तस्करी र सरकारी कोषको अपचलनसंग सम्वन्धित समाचार वढी विक्दथे । २०३६ र २०४६ को वीचमा वढी पढिएका समाचारमा राजाका कान्छा भाइका अंगरक्षक भरत गुरुंग र भूतपूर्व आइजीपी डीवी लामा, वैंककबाट शरीरले धान्न नसक्ने गरी सुन वोकेर ल्याउने राष्ट्रिय पन्चायत सदस्य चन्द्रवहादुर वुढा, पदम ठकुराठी गोली काण्ड, २०४५ सालको भुईंचालो, काठमाडौंको पानीमा भेटिएको इ–कोली इत्यादि थिए । २०४५ सालमा जन–आन्दोलनको घोषणाका अवसरमा गणेशमान सिंहको निवासमा आयोजित नेपाली कांग्रेसको विशेष अधिवेशनमा भारतीय नेता चन्द्रशेखरले दिएको भाषण सम्भवतः सर्वाधिक वढी विक्री भएको समाचार थियो ।

राजनीतिमा भएको तिव्र र तीखो दलीय विभाजनसंगै पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको प्रभाव खुम्चिन थाल्यो । संस्थामाथि राजनीतिक दलको पकड जमाउने होडमा लागे पत्रकारहरु । पत्रकारहरुलाई शीपमूलक तालीम, प्रशिक्षण र अध्ययनको अवसर जुटाउनुपर्ने संस्था आफैं राजनीतिको किचलोमा फँस्यो । सम्पूर्ण पत्रकारको प्रतिरक्षामा जुटनुपर्ने संस्थामा आएको विभाजनले यसको स्वतन्त्र अस्तित्वमा नै प्रश्नचिन्ह लगाउनुपर्ने अवस्था आएकोछ । 
प्रेसलाई कमजोर वनाउन सरकारका नीति कारक तत्वका रुपमा देखा परेको छ । सरकारले प्रेसको हितका लागि भनेर बेलाबेलामा जारी गरेका कतिपय कानूनहरु अपभ्रंश छन । घुमाउरो पाराले सरकारको हात माथि पार्न ती कानूनहरु सहायक भएका छन । सरकारको संचार नीति अस्पष्ट र व्दिअर्थी छ । प्रेसको हितमा गठन भएका विभिन्न संस्था र संयन्त्रहरुमा दलीय स्वार्थका आधारमा नियुक्तिदिने गरिएको छ । विशेषज्ञहरुको कुनै अर्थ छैन । सरकारले प्रेस जगतलाई आफनै अनुभागका रुपमा हेर्ने प्रवृत्तिको विकास गरेको छ । सरकारले जतिवेला चाहियोे त्यतिवेला प्रेसको मामिलामा प्रत्यक्ष–परोक्ष हस्तक्षेप गर्नसक्ने वातावरण विद्यमान रहेको छ । प्रेस काउन्सिललाई सरकारी संयन्त्रका रुपमा प्रभावहीन राखिएकोछ । प्रतिस्पध्र्दात्मक तरीकाले पत्रपत्रिका संचालनगर्ने वातावरणको निर्माणहुन सकेको छैन । प्रेस काउन्सील मार्फत निर्वाह भत्ताको रुपमा पत्रपत्रिकालाई सरकारी ढुकुटीबाट अनुदानका रुपमा पैसा वाँडने प्रचलन यथावत राखिएकोछ । यस्तो स्थितिमा स्वतन्त्र प्रेसको चर्चागर्नु निकै अप्ठेरो हुन्छ । नेपाली प्रेस पक्कै पनि स्वतन्त्र छ तर सरकारको पक्षमा स्वतन्त्र छ । समाजलाई नियमितगर्ने दायित्व वोकेको प्रेस जहिलेसम्म सरकारको निगाहमा रहन्छ तवसम्म यसको विकासहुन सक्दैन । सरकारको यो नीतिले गर्दा संस्थागत रुपमा चलेका संचार माध्यमहरुको पनि महत्व सीमित भएको छ । 
प्रेस जगतको मुख्य काम भनेको लोकतन्त्रलाई कामगर्नसक्ने वातावरणको निर्माण गरिदिने हो । प्रेसको काम जनमतको निर्माणभन्दा पनि जनमतको सम्मानहुने र अधिकारहरुको सुरक्षागर्ने वातावरण वनाउनु हो । पत्रकारहरु जति दक्ष हुन्छन पत्रकारिता त्यति नै सवल हुन्छ । नेपाली पत्रकारिताको अहिलेको अवस्था लोकतन्त्रको सुरक्षाका लागि सवल वनी सकेको छैन । वढदो राजनीतिकरणले जनताको पक्षमा सरकारका नीतिहरुको आलोचना र हस्तक्षेपगर्ने गुण कमजोर हुन थालेको छ । जनताको पक्षमा लेख्ने र वोल्ने साहस चुक्नुभन्दा पहिले नै पत्रकारहरुले यतातिर विचार पुर्याउनु आवश्यक छ । स्वतन्त्रता सित्त्तैमा पाइदैन । यसको मूल्य तिर्नु पर्दछ । तर, त्यो मूल्य पैसाले तिर्न सकिदैन । त्यसका लागि पत्रकारहरुमा निष्ठा, प्रतिवध्दता र सत्यको बाटोमा हिंडने साहस चाहिन्छ ।

 

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...