Mon, 18 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
परिवर्तित समयमा मन्दिरहरु बारे

मंसिर १८, २०७५

  •                                 रोशन जनकपुरी

मन्दिरहरु  मातहतका  जग्गा  र  सम्पत्तिहरुको  सामाजिक  उपयोगिता  शुन्य  हुँंदै जानू र केही सीमित मानिसहरुलाई झन् झन् धनी बनाउँंदै जानूलाई कति उचित मान्न सकिन्छ ? यहाँंसम्म कि देशमा हुने अग्रगामी परिवर्तनको बेलामा चुपलागेर बस्नु, पुरानो सत्ताको तावेदारी गर्नु र पुरानो प्रतिगामी शक्तिहरुलाई प्रोत्साहित गर्नु जस्ता कार्यहरुले मन्दिरको पुरानो व्यवस्थापकीय परम्पराबारे गम्भीरतापूर्वक  सोच्नुपर्ने  आवश्यकता  देखिन्छ  ।  सम्वेदनशीलता  के  छ  भने  विभिन्न महन्थहरु बीचको वर्चस्वको मारामार, सरकारी सम्पत्तिको दुरुपयोग तथा  भ्रष्ट  कर्मचारीतन्त्र  र  राजनीतिलाई  प्रलोभनमा  पारी  मन्दिरको  जग्गा  बेच्दैजानुले स्थितिलाई अत्यन्त गम्भीर बनाउदै लगेको देखिन्छ । 

केहीवर्ष  पहिले  एकजना  युवा  महन्थलाई  मैले  भनेको  थिए  —  ।।।समय  फेरिएको  छ,  देशमा  गणतन्त्र  आयो  ।  जनता  सचेत  हुनथाले  ।  अब  तपाँंईहरुले  पनि  समाजमा  भिज्ने  प्रयास  गर्नुपर्दछ  ।  मन्दिरको  सम्पत्ति अन्ततः समाजकै सम्पत्ति हो, तपाँंईले गाउँंमा गएर  मानिसहरु  सित  सम्पर्क  गर्नु  पर्दछ  ।  गाउँंमा  गरिब    मानिसहरुको    निम्ति    स्कूल    खोल्नुस,    मन्दिरको  आयस्ताले  डाक्टरहरु  बोलाएर  स्वास्थ्य  क्याम्प  चलाउनुस  ।  जनतामा  भिज्नुभयो  भने  तपाँंई  र  मन्दिरप्रतिको  जनताको  सम्मान  कायम  रहन्छ,  होइनभने  जनताले  कुनैदिन  तपाँईसंग  हिसाब  माग्न  थालेभने तपाँंईका निम्ति कठिन दिन आउन सक्छन् । ’ती युवा महन्थले मेरो कुराको आसय बुझ्नसकेनन् । उनले जबाफमा भने — ।।।तपाँंईले भनेको ठिकै हो, तर म त महन्थ हुँं, मन्दिर छाडेर गाउँं–घरमा गएर मानिसहरूसंग भेट्न मलाई सुहाउँंदैन । यो सन्तहरूले गर्ने काम हो । सन्तहरु मनिसहरुका घरसम्म जान्छन्, उनिहरुले दिएको खान्छन् र उनिहरुलाई उपदेश दिन्छन् ।’ उनको भनाईको तात्पर्य  के  थियो  भने  महन्थहरु  राजासमान  हुन्छन्,  र  जसरी राजाहरु महल छाडेर जथाभावी डुल्न मिल्दैन, त्यसरी  नै  महन्थहरुले  पनि  मन्दिर  छाडेर  बाहिर  जानु  हुँंदैन  ।  सन्तहरु  त  सांसारिकताबाट  मुक्त  हुन्छन,  जहाँं  गएपनि  हुने  ।  साधु–सन्तहरुको  बारेमा  एउटा  उखान  लोकप्रिय छ — जहाँं धड, वहीँं घर । ती युवा महन्थले भनेको ठिकै हो । महन्थहरु राजाकै प्रतिनिधि हुन् ।उनिहरु विगतमा धर्मभीडू राजा र धनाढ्यहरुले मन्दिरहरुलाई दान दिएको जग्गाको देखरेख गर्ने, मन्दिरमा आएको गरिब गुरुबा र साधुहरुको सेवा–सत्कार र मन्दिरमा पूजा–पाठ तथा धार्मिक कार्यहरुको व्यवस्थापन मिलाउन राज्यद्वारा नियुक्त गरिएका हुन् । तर यसभन्दापनि उनको  महत्वपूर्ण  कार्य  मन्दिरको  जग्गामा  बसोबास  गर्ने  तथा खनजोत गर्ने मानिस र किसानहरुबाट कूत उठाएर राजासम्म  पु¥याउने  कामपनि  उनिहरुको  हो  ।  महन्थहरु  एक प्रकारले जमिन्दारपनि हुन् , जो राजशाहीमा स्थानिय सरकारको भूमिका समेत निर्वाह गर्ने गर्दथ्ये । महन्थलाई सरकार भन्ने चलनपनि छ । देशमा गणतन्त्र आईसकेको छ, जमिन्दारी प्रथा इतिहास भएको दशकौँं बितिसक्यो । तर देशमा कतै जमिन्दारीको अवशेष बाँंकी छ भने त्यो मन्दिर, महन्थ र धार्मिक जग्गाको कानूनी प्रतीक गुठीमा देखिन्छ । विषयान्तर  भयो  ,  विषयमा  फर्कौँं  ।  जानकी  मन्दिरमा शुरुमा सुरकिशोर दास देखि तीन पुस्तासम्म सन्तहरु  नै  थिए  ।  सन्  १७२७मा  मकवानपुरे  राजा  मानिकसेनले  जग्गादान  गरेर  रामदासलाई  महन्थ  घोषित गरेपछि मात्र जानकीमन्दिरमा महन्थ परम्परा शुरु  भएको  हो  ।  अर्थात्  महन्थ  रामदास  पछि  नै  जानकीमन्दिर राज्यको देखरेखमा गएको हो । पुराना परम्परा  हेर्ने  हो  भने  पहिलेका  महन्थहरु  राज्यका  प्रतिनिधि  र  राजसी  देखिएपनि  पूजापाठ,  प्रवचन,  आगन्तुक गरिब–गुरुबाको सेवा सत्कारमा रत् रहनुको कारण प्रायः समाजमा देवतुल्य नै पुज्य हुने गर्दथ्ये । यसको एउटा कारण के थियो भने मन्दिर मातहतको जग्गामा  बसेका  किसान  र  खेतिहर  मजदूरहरुलाई  गाह्रो–साह्रो पर्दा मन्दिरले मद्दत गर्ने र सदावर्त चलाउने कार्यपनि गर्थे । यद्यपि राज्यको जमिन्दार प्रतिनिधिको रुपमा  मन्दिर  र  महन्थको  विरुद्ध  पिडित  समुदायका  संघर्षका  कथाहरुका  आफ्नै  परम्पराहरु  पनि  छन्  ।  जनकपुरधाममा  यो  स्थिति  भने  सुनिएन  ।  जे  होस,  तीतो–मीठो  जे  भएपनि  विगतमा  मन्दिर  र  महन्थसंग  समाजको सम्बन्ध निकट देखिन्छ । तर  समय  फेरिएको  छ  ।  हाल  मन्दिर  र  महन्थ  एकातिर छन् भने समाज अर्कोतिर । यद्यपि धर्मभीडू मानिसहरु  अहिलेपनि  मन्दिरमा  दर्शन  गर्न  र  आफ्नो  परलोक  सुधार्न  दान–पुण्य  गर्न  जाने  गरेकै  छन्  ।  अर्को भावमा भन्नुपर्दा मन्दिरसंग समाजको एकतर्फी सम्बन्ध  जस्तो  देखिन्छ,  जहाँं  मानिसहरु  एकतर्फी  रुपमा  मन्दिरमा  आर्थिक–भौतिक  दान  दिने  गरेका  छन्  ।  विगतमा  मन्दिरहरु  आध्यात्मिक  र  भौतिक  दुबैरुपमा  समाजलाई  दिशा  र  सहयोग  प्रदान  गर्ने  गर्दथ्यो भने अहिले सबैप्रकारले मन्दिरको सामाजिक भूमिका शून्य देखिन्छ । विगतमा समाज र मन्दिरको निकटताको  कारण  नागरिक  समाजद्वारा  मन्दिर  र  महन्थको सामाजिक निरिक्षण र मुल्याङन समेत हुने गर्दथ्यो  ।  तर  समाजसंग  कट्दै  गएपछि  मन्दिर  र  महन्थहरुको जीवन चर्या फेरिँंदै गएको छ । विगतमा महन्थहरु  जस्तोसुकै  भएपनि  आध्यात्मिक  कार्य,  ब्रह्मचर्य  र  सांसारिकताबाट  निस्पृहता  उनिहरुले  जनतासामू  प्रकट  गरेकै  हुन्थे  ।  तर  समाजबाट  कटेका अहिलेका मन्दिरहरुमा महन्थ र पुजारीहरुको जीवनचर्या फेरिएको छ । कयौँं मन्दिरहरु घर जस्ता भएका  छन्,  जहाँं  महन्थ  र  पुजारीका  परिवारका  सदस्यहरु बस्ने गरेका छन् । कुनैबेला राम, जानकी र हुनमान  जस्ता  देउताको  नाममा  दर्ताभएका  जग्गाहरु  महन्थ र पुजारीको व्यक्तिगत नाममा परिणत भएका छन् र उनको शेषपछि ती जग्गाहरुको हकदार महन्थ वा पुजारीका गृहस्थ नातागोता हुने देखिन्छन् । संसारबाट विरक्त र त्यागी भनिएका वैष्णव साधु र सन्यासीहरुको परम्परा रहेका र सांसारिक घर–परिवार, नाता–गोता, जाति समेत त्यागेर साधु परम्परामा प्रवेश गरेका महन्थ र  पुजारीहरुले  आफ्नो  नाता  गोतामात्रै  खोजि  रहेका  छैनन्,  अब  त  महन्थ  र  पुजारीहरुले  अप्रत्यक्षरुपमा  श्रीमतिपनि   राख्न   थालेको   सुनिन्छ   ।   कुनैबेला   मन्दिरमा  महिला  प्रवेश  गरेको  भनेर  जनकपुरबाट  लाडलीसरण नामक साधू कचुरी कुटीमा गएर बसेका थिए  ।  त्यस  वर्ष  मध्य  परिक्रमाको  नेतृत्वमा  विवाद  खडा  भयो,  जनकपुरमा  सीताकुण्डका  तत्कालीन  महन्थले  महिलाकै  विवादको  कारण  परिक्रमाको  नेतृत्व  गुमाउनु  प¥यो  र  लाडलीसरण  बसेको  कचुरी  कुटी  (हाल  मिथिलाबिहारी)को  डोलाले  सँंधैको  निम्ति  परिक्रमाको  नेतृत्व  गर्ने  अधिकार  पायो  ।  यो  हालपनि जारी नै छ । तर यो इतिहास भइसक्यो, अब त  परिक्रमामा  कैयन  महन्थ  आफ्ना  अवैध  श्रीमति  लिएरै जान्छन् । प्रत्यक्षतः स्वीकार न गरेपनि त्यागी परम्पराका  रसिक  सम्प्रदायका  मन्दिरहरुमा  एकल  महिलाहरुको बसोबास मान्य जस्तै भएको छ । त्यसो भए अब प्रश्न उठ्छ, सामाजिक र धर्मभीडू हिन्दू समुदायहरुको निम्ति आध्यात्मिक अर्थमा समेत मन्दिरहरुको  सामाजिक  भूमिका  शून्य  हुँंदै  गएपछि  अब  मन्दिरहरुमा  त्यत्रो  खर्चिलो  व्यवस्थापनको  आवश्यकता  के  छ  ?  मन्दिरहरु  मातहतका  जग्गा  र  सम्पत्तिहरुको  सामाजिक  उपयोगिता  शुन्य  हुँंदै  जानू  र केही सीमित मानिसहरुलाई झन् झन् धनी बनाउँंदै जानूलाई कति उचित मान्न सकिन्छ ? यहाँंसम्म कि देशमा  हुने  अग्रगामी  परिवर्तनको  बेलामा  चुपलागेर  बस्नु, पुरानो सत्ताको तावेदारी गर्नु र पुरानो प्रतिगामी शक्तिहरुलाई   प्रोत्साहित   गर्नु   जस्ता   कार्यहरुले   मन्दिरको    पुरानो    व्यवस्थापकीय    परम्पराबारे    गम्भीरतापूर्वक  सोच्नुपर्ने  आवश्यकता  देखिन्छ  ।  सम्वेदनशीलता के छ भने विभिन्न महन्थहरु बीचको वर्चस्वको  मारामार,  सरकारी  सम्पत्तिको  दुरुपयोग  तथा  भ्रष्ट  कर्मचारीतन्त्र  र  राजनीतिलाई  प्रलोभनमा  पारी मन्दिरको जग्गा बेच्दैजानुले स्थितिलाई अत्यन्त गम्भीर  बनाउदै  लगेको  देखिन्छ  ।  यी  महन्थहरुको  असामाजिकताको  हद  कतिसम्म  छ  भने  उनीहरुले  स्कूल  र  मन्दिर  भएको  जग्गा  समेत  बेच्न  थालेको  समाचार अब नियमित जस्तै भएको छ । भर्खरै हजारी विद्यापीठको जग्गा किर्ते गरी बेच्न थालेको आरोपमा फरार रहेको रत्नसागर कुटीको महन्थको चर्चा ताजै छ । यो त एउटा प्रतीक घटना मात्र हो, यस्तै प्रवृत्ति देशैभरिका गुठी जग्गा र मन्दिरहरुमा हावी छ । धर्मभीडू  मानिसहरुको  आस्था  अझै  मन्दिरहरु  प्रति  प्रगाढ  नै  रहेकोले  मन्दिरहरुको  औचित्य  त  अझै  देखिन्छ  ।  तर  वर्तमानमा  आध्यात्किताभन्दा  पनि एउटा सामान्य गृहस्थजस्तै महन्थहरु समेत घर, परिवार, अर्थ लिप्सा, सांसारिकता र व्यापार धन्दामा लागेकाो   र   सामाजिकताभन्दा   टाढिँदै   गएकोले   मन्दिरको देखरेखको पुरानो महन्थ परम्पराको प्रबन्धन औचित्यहीन  देखिन्छ  ।  निश्चितरुपमा  एउटा  कुरा  के  छ  भने  मन्दिरहरुमा  बर्षभरिमा  देश–विदेशका  श्रद्धालूहरुले  जति  आर्थिक  र  भौतिक  दान  गर्दछन्,  त्यसलाई  समाजविकासमा  लगाउने  हो  भने  त्यसले  ठुलो  मद्दत  गर्न  सक्छ  ।  खास  गरि  जनकपुरधाममा  जानकीमन्दिरलाई लिएर त निश्चयपूर्वक नै यो भन्न सकिन्छ  ।  अफसोस  धर्मभीडुताको  नाममा  यसप्रति  कसैले  चासो  देखाउँंदैनन्  र  मन्दिरहरुको  आय  तथा  सम्पत्तिले  विगत  देखिनै  राजाहरु,  केही  राजनीतिज्ञ,  भ्रष्ट अधिकारीहरु लगायत केही व्यक्ति विशेषहरुको मात्र  हात  गरम  गर्दै  आएको  छ  ।  देश  गणतन्त्रमा  गइसकेको भएपनि मन्दिरहरुमा राजसी परम्परा कायम रहनु  र  यसको  उपयोग  केही  मुठ्ठीभरको  हितमा  भइरहनुलाई विडम्बना नै भन्नु पर्दछ । आश्चर्य के छ भने  यसप्रति  सबैतिर  एउटा  मौनता  नै  देखिन्छ  ।  हुन  त  वर्तमान  राज्यव्यवस्थालाई  आमजनताको  हितमा  परिवर्तित गर्न अझै संघर्षको आवश्यकता छ । तरपनि मन्दिरहरु र यसका मातहतका सम्पत्ति र आयस्तालाई सामाजिक   विकास   र   हितमा   उपयोग   गर्नलाई   पुरानो  व्यवस्थापनलाई  विस्थापित  गरेर  सामाजिक  प्रतिनिधिहरुको  नेतृत्वमा  सामुहिक  र  सामाजिक  चरित्रको   व्यवस्थापन   विधि   अवलम्बन   गरिनु   पर्दछ । एकजना पश्चिमी राजनीतिज्ञ भोल्तेयरले, हुन त  चर्चको  निम्ति  भनेका  छन्,  तर  यो  हाम्रो  देशको  मन्दिरहरुको  निम्तिपनि  सान्दर्भिक  नै  हुनेछ  —  ।।।धर्म  बग्दो  नदी  हो,  यस्मा  बाँंध(मन्दिर)  न  बाँंध  ।  बाँंध  बाँंध्यौभने पानीमा फोहोर जम्छ ।’

 

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...