Tue, 22 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
सीतारामको विवाहयात्रा : लखनउदेखि जनकपुरसम्म

मंसिर २३, २०७५

  •                                   किशोर नेपाल

अखिलेशका पिता मुलायम सिंह यादवलाई समाजवादी नेता डा. राम मनोहर लोहियाका अनुयायी बताइन्छ । उनी प्राय भाषणहरुमा डा. लोहियाको यो भनाई– ज्यूँदो देशले (परिवर्तनका लागि) पाँच वर्ष पर्खिदैन – भन्ने उल्लेख गर्दछन । डा. लोहियाले संसदको पाँच वर्षे अवधि जनताको कामगर्नका लागि हो, काम नगर्ने सरकार हटाउन पाँच वर्ष कुरी राख्नु जरुरी नभएको मान्यता भारतीय राजनीतिमास्थापित गरेका थिए । राजनीतिगर्ने मानिसले डा. लोहियाको यो वाक्यको मर्म र महत्व वुझनु पर्दछ । 

उत्तर प्रदेश, भारतका मुख्यमन्त्री महन्थ आदित्यनाथ  विवाह  पन्चमीको  मेलाभर्न  जनकपुरधाम  आउँदैछन  ।  उनको  नेतृत्वमा  सीतासंग विवाहका लागि भगवान रामसंग जन्ती   आउँदैछन   ।   योगी   आदित्यनाथ   रामका    अवतार    होइनन    ।    उनीहरु    जनकपुरधाम   आउँदा   भगवान   रामको   प्रतिमा  लिएर  आउलान  ।  कुरा  त्यतिसम्म  हो  ।  धेरैले  आ–आफना  स्वार्थको  रोटी  पकाउन  योगीको  आगमनलाई  राजनीतिक  रंगमा  डुबाउने  प्रयत्न  गरेपनि  अन्ततः  यो  भ्रमणलाई  योगीको  तीर्थयात्राभन्दा  बढी  केही भन्न मिल्दैन । उनको      यात्राकालमा      रेलवेको      उद्घाटनका नहुने स्पष्ट भै सकेको छ । धेरैले योगीको  भ्रमण  राज्य  सरकारको  निम्तोमा  हुन  लागेको  पनि  बताएका  थिए  ।  त्यो  पनि  असत्य  सावित  भै  सकेकोछ  ।  राज्य  सरकार  भगवा  रंगबाट  रंगिने  कारण  छैन  ।  यद्यपि, राज्य सरकारलाई विवादमा फँसाउने चेष्टाहरु नभएका होइनन । जे भएपनि, योगी आदित्यनाथको  भ्रमणले  दुबै  ऐतिहासिक  शहरलाई  फाइदा  भएकोछ  ।  यही  मौकामा  लखनउका   वारे   रमाइला   जानकारीदिने   प्रयत्न गरिएकोछ यो पटक ।उर्दू   भाषामा   “नजाकत”   शव्दको   अर्थ हुन्छ – सभ्य,  शिष्ट र सांस्कृतिक । उत्तरप्रदेशका  मुख्यमन्त्रीको  यात्राले  सभ्य,  शिष्ट   र   सांस्कृतिक   शहर   लखनउसंग   जनकपुरकोप्रत्यक्ष सम्वन्ध जोडिन्छ । कुनै समयमा  अवध  राज्यको  राजधानी  थियो  लखनउ । यहाँका नवावहरु शासनमा भन्दा  शिष्टाचारमा अलमलिन्थे रे । “पहले आप र पहले आप” भन्दा भन्दै नवावहरुले राज्य गुमाएका  किस्सा  र  किम्वदन्तीहरु  लखनउ  र  त्यो  शहर  वरपरका  नगरहरुमा  बग्रेल्ती  प्रचलित   छन   ।   अवधका   नवावहरुको   अंग्रेजहरुसंगको  युध्दमा  अंग्रेजी  फौजले  लखेटदा  भाग्दै  थिए  एकजना  नवाव  ।  त्यहीवेला  उनको  जुत्ता  फुक्लियो  ।  जुत्ता  कसरी   लाउने   हो   ?   उनले   जानेका   थिएनन । जुत्ता लगाइदिने सहयोगी खोज्दा खोज्दै उनी अंग्रेजको कब्जामा परे । “किन भागेनौ  तिमी  ?”  प्रश्नको  जवाफमा  उनले  भनेका थिए, “मेरो जुत्ता लगाइ दिने कोही सहायक  थिएन  ।  म  आफैं  जुत्ता  लगाउन  जान्दिनथें ।” नवावहरुका किस्सा एक होइन लाखौं छन । नवावका किस्सा र कहानीका पुस्तकहरु   हजारौं   हजारको   संख्यामा   लेखिएका  छन  ।  नवावहरुको  विलाशपूर्ण  जीवनको  सम्झना  भारतमा  मात्र  होइन,  नेपालमा पनि गरिन्छ । नेपालगन्ज शहरको संरचनाहेर्ने  हो  भने  त्यसमा  नवावकालीन  अवध  राज्यको  महल  र  मकवराहरुको  प्रभाव   स्पष्ट   देखिन्छ   ।   नेपालगन्जको   बजारमा वनारस शहरको गल्ली र लखनउ शहरको सौन्दर्यको मिश्रित प्रयोग भएकोछ । वास्तुकलाका अदभूत नमूनाका रुपमा रहेका विशाल  दरवारहरुको  आधुनिकीकरण  र  प्रयोगले लखनउ शहरलाई जीवन्त वनाएको छ । इतिहासको सम्मानगर्न अलिकति पनि कन्जुसी गरेका छैनन लखनवीहरुले ।नेपाली जीवन हाम्रा नेपाली नेताहरुकै कारण   ह«ासोन्मुख   हुँदैै   गएको   छ   ।   नवावहरुको  पतनको  कारण  पनि    नवावी  नैे  थियो  ।  उनीहरु  आर्थिक  र  राजनीतिक  गतिविधिहरुमा   भन्दा   वढी   सांस्कृतिक   र    सांगीतिक    विकासतिर    ढल्केका    थिए  ।  मुजरा  र  शायरीको  आकर्षणमा  चुर्लुम्म डुवेका । शक्ति र सत्ताको सुरक्षाको चिन्ता थिएन उनीहरुलाई । यही परिवेशमा भएको  थियो  लखनउको  विकास।  अहिले  पनि  लखनउले  यो  परिवेशलाई  छाडेको  छैन । जताततै पार्क र मनोरन्जन स्थलहरुको निर्माण  भइ  रहेकोछ  ।  जनताका  लागि  सुविधाहरु बढदा छन । खुला छ लखनउ । उत्तर  भारतमा  यत्तिको  सफा,  विकसित  र  सभ्य शहर अर्को छैन पनि होला । भारतको   नयाँ   पुस्ताले   सवैभन्दा   ठूलो  संघीय  राज्य  भएर  पनि  विकासका  मामिलामा  पछि  परेको  उत्तर  प्रदेशलाई  विकसित   राज्यको   अघिल्लो   पंक्तिमा   उभ्याउने भाषण गरेका थिए । तर, उनीहरुको राज्य चल्न सकेन । मुलायमसिंह यादवका छोरा अखिलेश यादवको नेतृत्व प्रभावकारी थियो    ।    तर,    स्थानीय    राजनीतिको    आवश्यकतालाई    सम्बोधनगर्न    सकेनन    अखिलेशले । पछिल्लो चुनावमा सरकारको नेतृत्वमाथि  भारतीय  जनता  पार्टीले  कव्जा  जमायो । त्यसैबेलादेखि महन्थ आदित्यनाथ उत्तरप्रदेशका मुख्यमन्त्री बनेका छन । उनको नेतृत्वले अनेक विवाद जन्माएको छ । मुख्य कुरा त हिन्दू र मुसलमान बीच सदभावको स्थापना नै पहिलो हो ।आदित्यनाथले  भारतको  अयोध्यामा  राम मन्दिर बनाउने र त्यहाँ संसारकै सबैभन्दा अग्लो  रामको  प्रतिमा  ठड्याउने  बताएका  छन  ।  राम  मन्दिर  जहाँ  बनाउने  भनिएको  छ  त्यहाँ  सन  १५२८–२९  मामुसलमान  वादशाह  बाबरले  निर्माण  गरेका  विशाल  मस्जीद थियो । राम मन्दिर पनि संगै थियो । विवाद त्यसैमा थियो । दिसम्बर ६, १९९२ मा भाजपाका प्रभावशाली नेता लालकृष्ण अडवाणीको नेतृत्वमा बाबरी मस्जिदमाथि हिन्दू  स्वयमसेवकहरुले  हमला  गरेरमस्जिद  भत्काएका थिए ।“मेरा  निर्वाचित  सहयोगीहरु  वेरोजगार  छन  ।  म  उनीहरुलाई  विकासका  काममा  सक्रिय वनाउन खोजी रहेको छु,” भारतीय जनता  पार्टीले  चुनाव  जित्नुअघि  उत्तर  प्रदेशका   वाहुवली   नेता   मुलायम   सिंह   यादवका  छोरा  अखिलेश  यादवले  भनेका  थिए । उनी निर्वाचित प्रतिनिधिलाई दायित्व विहिन   राख्न   चाहदैनथे   ।   निर्वाचित   नेताहरुलाई   विकासको   केन्द्र   विन्दूमा   निर्देशकको   भूमिका   दिएर   राख्नु   पर्दछ   भन्ने उनको सोच थियो । नाराले मात्र देश वन्दैन  ।  विकासका  प्राथमिकताहरु  तोकिनु  पर्दछ  ।  अखिलेशको  हकमा  यति  भन्न  सकिन्छ–  उनलाई  यस  कुराको  पूरा  ज्ञान  थियो । तर उनी हारे । नराम्रोसंग हारे ।उनी   हारेपनि   भारतका   राजनीतिक   दलहरुमा   युवा   पुस्ताको   वर्चस्व   वढदै   गएको   छ   ।   विहारका   नीतिश   कुमार,   उडिसाका  नवीन  पटनायक,  उत्तर  प्रदेशमा  राहुल गान्धी लगायतका धेरै युवा नेताहरुले राजनीतिको कठिन यात्रा तय गरेका छन वा गर्दैछन  ।  यी  मध्ये  नीतिश  कुमारलाई  छाडेर  सवैले  आफना  पिताको  उत्तराधिकारित्वमा  पाएका  छन  राजनीति  ।  उत्तराधिकारित्व  पाउनु  नराम्रो  होइन  ।  पाएर  सफल  नै  वन्न  सकिन्छ  भन्ने  कुनै  सूत्र  पनि  छैन  ।  उत्तर  प्रदेशकै  कुरागर्ने  हो  भने  त्यत्रा  दिग्गज  नेता  मुलायमसिंहका  छोराले  इन्दिरा  गान्धीका  नातीलाई  वढारी  दिए  चुनावमा  ।  जनताले  राहुलको   विकासका   एजेन्डालाई   रत्तिभर   अनुमोदन गरेन । अखिलेशका   पिता   मुलायम   सिंह   यादवलाई   समाजवादी   नेता   डा.   राम   मनोहर  लोहियाका  अनुयायी  बताइन्छ  ।  उनी  प्राय  भाषणहरुमा  डा.  लोहियाको  यो  भनाई–    ज्यूँदो    देशले    (परिवर्तनका    लागि)  पाँच  वर्ष  पर्खिदैन  –  भन्ने  उल्लेख  गर्दछन  ।  डा.  लोहियाले  संसदको  पाँच  वर्षे  अवधि  जनताको  कामगर्नका  लागि  हो,   काम   नगर्ने   सरकार   हटाउन   पाँच   वर्ष  कुरी  राख्नु  जरुरी  नभएको  मान्यता  भारतीय  राजनीतिमास्थापित  गरेका  थिए  ।  राजनीतिगर्ने  मानिसले  डा.  लोहियाको  यो  वाक्यको मर्म र महत्व वुझनु पर्दछ । यतिबेला मुलायमसिंहको हातमा सत्ताको साँचो छैन । संसारकै राजनीतिमा पुस्तान्तर हुँदैछ  ।  योगी  आदित्यनाथ  नयाँ  पुस्ताका  राजनीतिज्ञ हुन । उनी हिन्दूहुन । हिन्दूत्वको राजनीति  गर्दछन  ।  यतिबेला  राजनीतिका  नयाँ  परिभाषाहरु  स्थापित  हुने  तरखरमा  छन  ।  यथासमय  संसारका  देशहरु  व्यापक  परिवर्तनको बाटोमा लाग्नेछन । हाम्रो आफनै देशलाई  हेरौं  ः  काठमाडौं  राजनीतिको  केन्द्र विन्दूमा छ । संघीय परिवर्तनपछि पनि राज्यहरुमा यसको प्रभाव घटन थालेकोछ । काठमाडौ अव राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयहरुमा  सीमित  हुदै  जानु  पर्दछ  ।  यो  स्वाभाविक  परिवर्तन  हो  ।  राजनीतिको  विकासवादी  धारको  प्रभावले  गणतन्त्रको  लोकतान्त्रिक स्वरुपलाई निश्चित आकारमा ल्याउँछ  ।  यसलाई  सानो  उपलव्धि  भन्न  मिल्दैन ।नेपालमा नयाँ राजनीतिक नेतृत्व निखारिन र तिखारिन पाएको छैन । राजनीतिक आधारहरुलाई  पुन  परिभाषित  गर्नका  लागि  उपयोगी  सावित हुन नयाँ पुस्ता तिखारिनै पर्दछ । अहिले प्रमुख पार्टीका सबै नेताहरु साठी बर्षमाथिका छन  ।  साठी  बर्ष  राजनीतिबाट  अवकाशलिने  उमेरको सीमा बनाइनु पर्दछ । यसका   लागि   अहिलेका   नेताहरुले   आफनो   मनस्थितिमा   परिवर्तन   ल्याउनु   पर्दछ । चीनको राजनीतिमा नयायुवा नेतृत्व स्थापित  भएको  छ  ।  त्यहाँ  कुनै  समस्या  छैन   ।   उनीहरु   जनताका   आवश्यकता   अनुसार रुपान्तरणमा लागेका छन । भारतमा त्यही  क्रम  शुरु  भएकोछ  ।  यो  अवस्थामा  नेपालले  नयाँ  वाटो  लिन  सकेन  भने  हामी  पछि पर्नेछौ । यसमा शंका नगरे हुन्छ ।

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...