Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
कांग्रेसको राजनीतिक भविष्य

पौष १, २०७५

  •                                                          देशकाल

  •                            किशोर नेपाल

नेपाली कांग्रेसका वौध्दिक तथा शक्तिशाली नेता महेन्द्रनारायण निधिले आफनो राजनीतिक विरासतको प्रारम्भगर्न चाहनु भएन । यो तथ्य देशभरी छरिएका कांग्रेसका नेता कार्यकर्ताहरुलाई थाह नहुन सक्दछ । बिश्वेश्वरप्रसाद कोइरालाले २०३६ सालको जनकपुर अधिवेशनमा नेपाल बिद्यार्थी संघजस्तो कांग्रेसको कार्यकर्ता निर्माणगर्ने संगठनका अध्यक्षमामहेन्द्रनारायण निधिका कनिष्ठ सुपुत्र बिमलेन्द्र निधिलाई मनोनीतगर्नु भएको थियो । बीपीले बिमलेन्द्रलाई अध्यक्ष पदमा रोज्दा निधिजीको अनुहार हेरेर रोज्नु भएको थिएन । बिमलेन्द्र अहिले कांग्रेसका उप–सभापति छन । उनी राजनीतिमा आफनो प्रेरणा स्रोत र गुरुका रुपमा बीपी कोइरालालाई मात्रै स्वीकार गर्दछन ।
बिमलेन्द्रका क्रियाकलाप पनि त्यसरी नै अगाडि बढेको अनुभव कांग्रेसका नेताहरुले गरेका छन । महासमितिको बैठकहुने ठाउँको नजारा हेरेर फर्किएका नेपाली जनताको पेटको अवस्थाको जानिफकार तथा देशक उम्दा चिकित्सक मधु घिमिरेले आफनो फेसबुक स्टाटसमा लेखेका छन ः यो पटक कांग्रेसले झुण्ड्याएका तुलहरुमा बीपीको बिचार अंकित एउटामात्रै तूल देखियो । यसअघि, बीपी, गणेशमानजी, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको तस्वीर लहरै छापिएको तुल ठाउँठाउँमा झुण्ड्याइएको हुन्थ्यो । यसपालाको दृश्यपनि त्यही हो । कांग्रेस संकटपूर्ण अवस्थामा रहेको समय भएकोले बीपीमात्रैको तूल एउटै टांगिएको हुनुपर्दछ ।
तस्वीर र वाणीकै कुरागर्ने हो भने अहिलेको अवस्थामा विवादको भवसागरबाट मुक्ति पाइने हो भने कांग्रेस तूल र तस्वीरमा उदार हुनेछ । अहिलेको परिदृश्यले त्यसै भन्दछ । खासगरेर, मधेशको राजनीतिमा कांग्रेस नराम्रोसंग चुकेको छ । २०५० साल यता कांग्रेसले जरो बलियो भएका नेताको खोजखबर गरेको छैन । मधेशका धेरै नेताको अवशान भै सकेको छ । कांग्रेस पार्टीको केन्द्रीय कार्यालयसंग २०४६ को परिवर्तनलाई सफल बनाएर सत्तामा गएका महेन्द्रनारायण निधि, शेख इद्रिस, रामहरि जोशी लगायतका थुप्रै नेताहरुकै बारे पनि यथेष्ट जानकारी नहोला ।पार्टीको केन्द्रिय कार्यालयमा पुराना नेताहरु रामेश्वरप्रसाद सिंह, इन्द्रदेव सिंह, देवनारायण यादव, भागवत यादव, मेघनाथ, ज्ञानीशंकर गिरि, लगायतका महत्वपूर्ण नेताको ‘ओबिच्यूरी नोट’ पनि छैनन होला । मधेशको राजनीतिमा कांग्रेस धँसिनुको एउटा महत्वपूर्ण कारण यो पनि हो । मधेशप्रति कांग्रेसको उपेक्षा भावकै कारण मधेशका धेरै नेताले कांग्रेसबाट विदा लिए । कांग्रेसले मधेशमा आफनो विरासत फर्काउन सक्नेमा धेरै शंका छ । यति हो कि, मेहनत गरेको खण्डमा उसले आफनो पहिचान स्पष्टहुने अवस्था सिर्जनागर्न सक्दछ ।
यतिबेला कांग्रेस शेरबहादुरदेखि शेखर कोइरालासम्म र कृष्ण सिटौलादेखि गगन थापासम्म विवादको भुमरीमा परेको छ । रामचन्द्र पौडेलजस्ता आफूलाई बौध्दिक देखाउने नेताले समेत आफैं आफनो अवमूल्यन गरी सकेका छन भने अरु नेताको के चर्चा गर्नु ? कांग्रेस सभापतिको महत्वपूर्ण जिम्मेवारी पाइने चुनावमा आपूm हारेपछि जित्ने शेरबहादुर देउवालाई सहयोगगर्नु पौडेलको कर्तब्य हुन्थ्यो । उनले पराजित ब्यक्तिले देखाउनपर्ने विनयशील स्वभाव प्रदर्शित गरेनन । उल्टै, देउवालाई कजाउन खोजे । अहिलेको कांग्रेस विवादको मुहानमा यो कुरा अंकित छ । तर, पौडेलले जति चिच्याएपनि उनी देउवाको अवस्थामा पुग्ने अवसर आउन चमत्कार नै हुनुपर्दछ । आगामी महाधिवेशनमा सभापतिहुने दृढताका साथ महामन्त्री शशांक कोइराला अगाडि बढेका छन । उनका अगाडि पौडेलको हैसियत के हुनेछ ? त्यो भनीराख्नु आवश्यक छैन ।
शशांक कोइरालाले बीपीको नाउँमा विरासतको राजनीति चलाउन खोजेभने शेरबहादुर देउवाले पनि आफनी धर्मपत्नी र पुत्रलाई अघि सार्नेछन । बीपीको नाम शशांकले प्रयोग गरेपनि उनले त्यो नामसंग जोडिएको आदर्शको भारी बोक्ने ताकत उनमा देखिएको छैन । उनी हिन्दूत्वको पुच्छर समातेर लोकतान्त्रिक पार्टीको नेतृत्वगर्न चाहन्छन । यो उनको छवि धमिलोपार्ने अर्को कारण हुनेछ । कांग्रेसले आजका मितिसम्म धर्मनिरपेक्ष शब्दको उच्चारण नै नगरी त्यसको पालना गर्यो । अहिले हिन्दूत्वको पुच्छर समात्यो भने योगी आदित्यनाथले चुनाव खर्च दिन्छन शशांकलाई ?
बिश्व राजनीतिको रंगमन्चमा स्थापित आदर्श नेताका पुत्रहरुको राजनीतिक उत्थान भएको छैन । भारतका राजीव गान्धी इन्दिरा गान्धीका छोरा सफलहुन खोज्दै थिए, उनको हत्या भयो । विमान दुर्घटनामा मरेका संजय गान्धीका छोरा बरुण गान्धी पनि भारतको राजनीतिमा चलेनन । अहिले राजीवका छोरा राहुल चल्छन कि भन्नेसम्म देखिएका हुन । उनी एक सिनेमाका हिरो सावित भएभने आश्चर्य मान्नु पर्दैन । बीपीलाई बिरासतको राजनीतिका बारे कुनै भ्रम थिएन । त्यसैले २०३६ सालमा बिमलेन्द्र बीपीका निमित्त बनेका थिए । त्यतिवेला उहाँले चाहनु भएको भए शहीद सरोज कोइरालाकी छोरी पनि निमित्त बन्न सक्ने थिइन । आधुनिक समयमा उत्तराधिकारको राजनीति चल्दैन भन्ने राम्ररी बुझेको हुनुपर्दछ कांग्रेस कार्यकर्ताले ।
कांग्रेस बैचारिक आधारमा कहिल्यै यति कमजोर थिएन । यो आफनै चालमा धमिलिन थालेको आदर्शको बाटो हिंडी रहेको थियो । कसैलाई कांग्रेसका मान्यता र मूल्य पध्दति अपडेट गर्नुपर्ने जस्तो लागेको थिएन । माओवादी हिंसात्मक आन्दोलनपछि सवै कुरा वदलियो । स्वर्गवासी सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी समस्याको शान्तिपूर्ण समाधानको क्रममा धर्म निरपेक्ष समाज, संघीय शासन र गणतन्त्रलाई विवेकसम्मत ढंगले स्वीकारगर्नु भएपछि कांग्रेसका केही नेता अन्तरमन देखि नै हल्लिए । पार्टीमा सभापति कोइरालाका सामु आफनो विचार कहिल्यै खुलस्त राख्न नसक्नेनेताहरु रन्थनिनुको कुनै अर्थ थिएन । अहिलेको अवस्था पनि त्यही हो । कोइराला परिवारको सदस्य भएकै कारण शशांक वा शेखरका अगाडि मुण्टो लुकाएर हिंडने धेरै छन । धेरैका लागि कोइराला निवास भक्तिमार्गको बाटो बनेको छ । धेरैले निर्भयताका साथ कोइरालाहरुको साथ छोडेका पनि छन । यो अवस्थामा कांग्रेसको बिकास प्रतिस्पध्र्दात्मक हिसावले हुनेवाला छैन ।
सुनिएको र देखिएकै कुरामा बिश्वासगर्ने हो भने नेपाली कांग्रेस आगामी महाधिवेशनसम्म पनि एक रहनसक्ने सम्भावना छैन । तर, यो ती मानिसहरुको हल्ला हो जो प्रमुख प्रतिपक्षी पार्टीलाई धूलो चटाएर कम्युनिष्ट सत्तालाई निरन्तरता दिन चाहन्छन । कांग्रेस जे जस्तो देखिएपनि लोकतान्त्रिक पार्टीका रुपमा यसको साख यथावत छ । माओवादी पार्टीसंग सहकार्यगर्दा कांग्रेस फाइदामा रहने थियो । तर, कांग्रेसीहरुकै कारण त्यसो हुन सकेन । सभापति देउवाको थाप्लोमा दोष थोपरेर आपूm पानी माथिको ओभानो बन्ने पौडल पक्षको रणनीतिका बारे सबै जानकार छन । अहिले महासमिति बैठकको सन्दर्भमा बसेको कार्य समितिको बैठकका समाचारहरु प्रायोजित खालका देखिए । देशका निष्पक्ष भनिने समाचारपत्रहरुमा देउवा बिरोधी समाचारले निकै ठूलो चलखेल र खेलकूद गरे । त्यसको पूरै असर कार्य समितिको बैठकमा देखियो । सभापति देउवाका सहयोगीहरुमा एक्काइशौं शताब्दीको पत्रकारिता बुभ्mने कोही नभएको देखियो । यसो नहुँदो हो त सभापति देउवाले बरिष्ठ नेताको पराजित हैसियतमा नून–चूक छर्किनु पर्ने थिएन । यहीक्रममा पन्चायत कालमा झण्डा हालेको मोटर चढेर प्रतिगामी राजनीतिगर्ने ससुराले राम्रै दनक पाए । देउवाको भनाइ थियो, मैले नै मनोनीत गरेर सदस्य भएकाले मेरै बिरोधगर्ने ? सभापतिको यो कथनको प्रतिक्रियामा कृष्ण सिटौला र गगन थापा एक शव्द बोलेकोे सुनिएन ।
कांग्रेस यस्तै बहस र विवादमा अल्झिने हो भने यो पार्टीप्रति जनताको रुचि घटदै जानेछ । अहिले कम्युनिष्ट सरकारले अनेकन बेथितिहरुको जन्म दिइ रहेको छ । संघीयता असफल बनाउन खेलकूद त्यतिकै चलेको छ । माओवादीलाई क्रूर ज्यानमारा सावित गरेर हिन्दूराष्ट्र पुनर्जीवित गराउने र राजा ज्ञानेन्द्रलाई गद्दीमा राख्ने खेलमा एकथरि लागेको लागेकै छन । यी सवै कुरामा कुनै ध्यान नदिएर झगडामात्रै गरी रहने हो भने यो सबभन्दा पुरानो राजनीतिक दल हुनु र नहुनुको के अर्थ हुन्छ ? कुनैबेलाको लोकप्रिय राजनीतिक दल प्रजापरिषदकै बाटोमा कांग्रेस पनि हिंडने हो भने बेग्लै कुरा हो । होइन भने, महासमितिले पार्टी एकताको बलियो सूत्र फेला पार्नै पर्दछ ।

 

 

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...