Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
सिकाइको सकारात्मक र नकारात्मक उपाय

पौष ११, २०७५

  •                                   सञ्जय मित्र

यहाँ नकारात्मक बाटोबाट जीवनलाई सकारात्मक बाटोतर्फ लैजाने अभियान सञ्चालन भएको देखियो । सबै ठाउँमा यही वा यस्तै लागू हुन सक्दैन । नेपालमा पनि शौचालय नहुने घरका सदस्यको विवाह दर्ता नगर्ने, वडा कार्यालयले कुनै सिफारिश नगर्ने र अन्य कुनै सुविधा पनि  नदिनेजस्ता उपाय अवलम्बन गर्न थालिएको वा गरिएको देखिन्छ । हुन त ठेस लागेपछि बुद्धि बढ्छ भन्ने नेपाली समाजमा लोकोक्ति नै रहेको छ । सकारात्मक उपायबाट मानिसले नसिकेपछि नकारात्मक उपाय पनि अवलम्बन गरिनु आवश्यक हुन्छ भन्ने मान्यता राख्नेहरुको कमी छैन । 

मानिसले चाहिँ आफ्नो जिन्दगीभरि केही न केही सिकिरहन्छन् । अहिलकेका प्रौढहरु मोबाइल चलाउनलाई आफ्नो छोरा–नाती पुस्ताबाट सिकिरहेको छन् कुरो चाहिँ यथार्थ हो । अहिलेको नयाँ पुस्ताले मोबाइल चलाउन कतै तालिम लिनु परिरहेको छैन । उनीहरुको लागि वातावरण नै यस्तो भएको छ कि सजिलै आफ्नो घरमा नै सिकिरहेका छन् । सिक्नु उनीहरुको बाध्यता होइन, बाध्यता त प्रौढहरुलाई रहेको देखिन्छ । नवयुवाहरुले वातावरणबाट सिकिरहेका छन् जब कि प्रौढहरुको सिकाइ चाहिँ कसैबाट निर्देशित भइरहेको छ मोबाइलको विषयमा ।
यहाँ सन्दर्भ सिकाइको हो मानव जीवनको । मानव जीवनलाई हेर्ने हो भने सिकाइको दृष्टिमा कोही पनि पूर्ण छैन र हुँदैन पनि । औपचारिक सिकाइको माथिल्लो तहमा पुगेर पनि सोच्ने हो भने पिएचडि गर्ने वा डिलिट गर्नेहरु त झन् कुनै एउटा विषयको सानो क्षेत्रलाई विस्तृत रुपमा बुझेका हुन्छन् । अर्को अर्थमा भन्ने हो भने अझ धेरै क्षेत्र बाँकी नै हुन्छन् सिक्नका लागि । सिकाइको क्रम जीवनभर चलिरहने हुन्छ भन्ने कुरा विद्वानहरुले पनि स्वीकारेका छन् । पूर्वीय शास्त्रहरुले पनि सिकाइ हस्तान्तरण गरेको छ र हुन्छ तथा यसले मानिसको ज्ञानलाई निरन्तर विकास गरिरहेको बताएका छन् । प्रौढपछि जीवनलाई बृद्धावस्थातिर धकेल्नेले पनि हरेक दिन संसारमा नयाँ कुराहरु आइरहेको र नयाँ कुराहरु सुनिरहेको देखिन्छ । यसअघि यस्तो कहिल्यै नदेखेको तथा कहिल्यै नसुनेको कुरा भनेर टिप्पणी गरिरहेका हुन्छन्, प्रतिक्रिया दिइरहेका हुन्छन्, परिवर्तनलाई स्वीकार गरिरहेका हुन्छन् । नयाँ दुनियाँसित आफूलाई साक्षात्कार गराउँछन् । सकेसम्म आफूलाई त्यस अनुकूल बनाउने प्रयास गर्दछन् ।
जीवनको सिकाइको चर्चा कम्तीमा स्नातकहरु उपस्थित एउटा कार्यक्रममा हुँदा भयरहित शिक्षा सञ्चारको सन्दर्भमा भयरहित भन्नु विदेशको र स्वदेशकोमा फरक पर्ने कुरा आयो । संक्रमणकालीन समाजमा एकैचोटि भयरहित सिकाइ टिकाउ भइनरहेको र भयरहित सिकाइ नै प्रभावकारी भइनरहेको सन्दर्भमा छलफल चल्दा मधेसको ग्रामीण क्षेत्रका अधिकांश मानिसको घरमा शौचालय नभएको प्रसंग पनि आयो । शौचालय मानिसको आवश्यकता कि बाध्यता एउटा बहसको विषय पनि हो । बहसको बीचमा अर्को बहसले पनि ठाउँ पाएको छ । शौचालयले मानिसलाई हानि गरिरहेको छ फाइदा ? शिक्षित समुदायमा शौचालयले मानिसलाई बेफाइदा पु¥याएको छ भन्दा हास्यास्पद कुरा मात्र हो भन्न सकिन्छ । अहिले सबै शिक्षितले सोच्ने पनि यही नै हो ।
राज्यले अहिले ठूलो अभियान चलाएको छ । हरेक जिल्लामा राज्यले निकै धेरै लगानी शौचालय निर्माणमा गरेको छ । विभिन्न संघसंस्थामार्फत राज्यले लगानीको अनुमति दिएको छ । शौचालय निर्माण गरेर पनि शौचका लागि प्रयोग नगरेर बाख्रा पाल्न, दाउरा राख्न, धान राख्न र अन्य कार्यमा प्रयोग गरिरहेकालाई सही काममा प्रयोगको लागि प्रोत्साहन गर्ने काम पनि भइरहेको छ । धेरै वडाले  आफ्नो बजेटको अधिकांश भाग र धेरै एनजिओहरुले आफ्नो कार्यक्रमको अधिकांश समय लगानी र आर्थिक लगानी दुवै गरेको देखिन्छ शौचालय निर्माण तथा यसको प्रयोग र प्रचलनको लागि । लगानीअनुरुप प्रतिफल पनि आइरहेको छ । तर पनि के आरोप लागेको सुनिन्छ भने मधेसीलाई दिसा बस्न आउँदैन । केही आनीबानी पनि अनुकूल छैन भन्ने पनि गरिन्छ । जुन शौचालयमा ससुरा वा जेठाजु जान्छन् त्यसैमा बुहारीहरु जानु हुँदैन भन्ने अन्धविश्वासले पनि अवरोधक बनेको उदाहरण पाइन्छ ।
पहिलेका मानिस आशौचका लागि घरभन्दा टाढा जान्थे, आजका मानिस घरभित्र शौचालय बनाएका छन् । एकजना स्वास्थ्य क्षेत्रका जानकारले चर्चामा के अनौठो कुरो थपेर सबैलाई गम्भीर बनाइदिए भने शौचालयमा आशौच गर्नुभन्दा बाहिर जानु नै मानिसको लागि राम्रो हुन्छ । बाहिर जाँदा बिहार र बेलुकी हिँड्नुपर्ने हुन्छ र प्रकृतिको स्वस्थ्य तथा स्वस्थ हावा लिन पाइन्छ । जसले स्वास्थ्यको लागि अनुकूल काम गर्दछ । ग्रामीण समुदायका मानिस गाउँभन्दा टाढा बाहिर जानुपर्दा विभिन्न काम लाग्ने वनस्पतिले दाँत माझ्दै फर्कन्छन्, स्वास्थ्यको दृष्टिले अर्को अनुकूल पक्ष हुन पुग्छ । मानिसले अहिले अल्छी गरेर हिँड्न छाडेका छन् भन्ने अनुमानको आधारमा केहीले टाउको हल्लाए पनि उको तर्क भने फरक छ । उनको भनाइमा के कुरा आयो भने सामान्यता हावामा पाइने ग्याँसभन्दा शौचालयबाट निस्कने गन्धमा पच्चीस गुना बढी हानिकारक तत्त्व हुन्छ । यसले पृथ्वीको वातावरणलाई गम्भीर प्रभाव पारिरहेको छ । जबकि मानिस चाहिँ खुल्लास्थानमा दिसापिसाब गर्दा त्यसबाट उत्सर्जित ग्याँसलाई घामले मार्न सक्छ र त्यत्ति हानिकारक हुनै सक्दैन । शौचालयको पाइपबाट निस्कने ग्याँसले वायुमन्डलमा नराम्रो प्रभाव उत्पन्न गर्दैछ जसले गर्दा मानवलगायत सबै जीवजन्तुलाई हानि भइरहेको छ । उनले त आधिकारिक कुनै गोष्ठीकै नामोच्चारण गरेका थिए जसले सबै छक्क परेका छन् । तर समाधानको उपाय के पनि स्वास्थ्यविज्ञहरुले बताएका छन् भने शौचालयको ग्याँसलाई गोबर ग्याँसको रुपमा उपयोग गर्न थालेपछि यो समस्या समाधान हुन्छ ।
सबैतिरबाट शौचालयको विषयमा सकारात्मक कुराहरु आइरहेको अवस्थामा एकपटक यसले मनलाई रन्थन्याएपछि शौचालयको क्षेत्रमा बंगलादेशले नकारात्मक बाटोबाट सकारात्मक उपलब्धि लिएको पनि सही हो । मानिस सधैँ पुरस्कारले मात्र सिक्दैन । सकारात्मक उत्प्रेरणाले सिक्ने वातावरण नभएसम्म नकारात्मक बाटोबाट पनि सिकाउने अवस्था बंगलादेशजस्तो आउन सक्छ  । यो पनि प्रेरणादायी प्रसंग नै हो । कुरो के भने बंगलादेशको कुनै क्षेत्रका मानिसलाई जति शिक्षा दिँदा पनि शौचालयमा बस्ने बानी परेन । परम्परा, संस्कार, अन्धविश्वास, बानीजस्ता अनेक बाधालाई फुकाउने प्रयास बिफलमात्र भइरह्यो । यसलाई जति गरे पनि सुधार ल्याउन नसकेपछि केही मानिसको सुझावमा स्थानीय सरकारले नकारात्मक बाटो अपनायो । सुधारको नकारात्मक बाटो पनि गज्जबकै थियो ।
जुन क्षेत्रका मानिस शौचालय भएर पनि सडक छेउछाउ र सरेहमा जान्थे, सो क्षेत्रमा सरकारले विभिन्न ठाउँबाट विषालु सर्प ल्याएर छोडेछन् । सर्पको बिगबिगी निकै बढ्यो । गाउँको छेउछाउमा मानिसको दिसा बस्ने समयमा गस्ती बढायो । सरेहमा वा राती अँध्यारोमा सर्प पर्याप्त थियो । केहीलाई टोक्यो, केही अस्पतालमा पु¥याइए । केही मानिस मरे पनि । जति भन्दा पनि सर्पको बिगबिगीको विषयमा कसैले सुनुवाइ गरेनन् । फलतः मानिसले चाहिँ शौचालयलाई अपनाउन बाध्य भयो ।
यहाँ नकारात्मक बाटोबाट जीवनलाई सकारात्मक बाटोतर्फ लैजाने अभियान सञ्चालन भएको देखियो । सबै ठाउँमा यही वा यस्तै लागू हुन सक्दैन । नेपालमा पनि शौचालय नहुने घरका सदस्यको विवाह दर्ता नगर्ने, वडा कार्यालयले कुनै सिफारिश नगर्ने र अन्य कुनै सुविधा पनि नदिनेजस्ता उपाय अवलम्बन गर्न थालिएको वा गरिएको देखिन्छ । हुन त ठेस लागेपछि बुद्धि बढ्छ भन्ने नेपाली समाजमा लोकोक्ति नै रहेको छ । सकारात्मक उपायबाट मानिसले नसिकेपछि नकारात्मक उपाय पनि अवलम्बन गरिनु आवश्यक हुन्छ भन्ने मान्यता राख्नेहरुको कमी छैन । यदि मानव र मानवताको हकमा सकारात्मक विचार र व्यवहार फैलाउनु छ भने नकारात्मक बाटो त्यत्तिवेला मात्र अवलम्बन गरिनु उपयुक्त हुन्छ जतिवेला सकारात्मक बाटो सामान्यतया बन्द भएको अनुभूति हुन्छ । सकारात्मक बाटोको सिकाइ बढी टिकाउ हुने हुनाले व्यवहारबाट सिक्न सधैँ प्रेरित गराउनु पर्छ जसरी अहिलेका नयाँ पुस्ताले मोबाइल चलाउन सिकेका छन् ग्रामीण क्षेत्रमा पनि । सकारात्मक उपायभन्दा नकारात्मक उपाय कुनै पनि मूल्यमा राम्रो असल हुन सक्दैन । सकारात्मक उपाय एकातिर दीर्घकालीन हुन्छ भने अर्कोतिर यसले दिने सन्देश पनि स्थायी र सकारात्मक हुन्छ । सकारात्मक बाटोबाट समाजलाई अगाडि बढाउने उपाय सबैका लागि र सधैँका लागि हुन्छ ।
अन्यत्रको उदाहरण जे सुकै होओस्, हामीले आफ्नो समाजलाई जहिले पनि सकारात्मक बाटोबाट अगाडि बढाउने सकारात्मक सोच लिनुपर्दछ ।

 

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...