Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
गजेन्द्रपछिको गणतन्त्र : सान्दर्भिकसत्य

पौष १५, २०७५

 

                                          देश काल

                                       किशोर नेपाल

हिले देश गणतन्त्रमा रुपान्तरित भै सकेकोछ । लोकतान्त्रिक शासन अन्तर्गत सातवटा संघीय संरचनामा देशको विभाजन भएकोछ । गणतन्त्र नेपालको संविधानमा सबै कुरा स्पष्ट लेखिएपनि अहिले संघीय सरकार प्रदेश सरकारको शक्ति छिमल्न लागेको छ । दुइतिहाइ वहुमतको अभिमान प्रदर्शितगर्दै सरकारले प्रदेशको अधिकारमा लगाम लगाउने काम गरी रहेको आरोप संघीय शासनका पक्षधरहरुले लगाइ रहेका छन । संघीय सरकारले संबिधानको धारा ९ मा रहेका प्रावधान विपरित ७५३ वटा स्थानीय निकायलाई कुनैपनि कानून बनाउनु अघि केन्द्रिय सरकारको अनुमति लिनुपर्ने निर्देशन दिएकोछ ।संघीय सरकारले खासगरेर दुई नम्बर प्रदेशमाथि अधिकारको अनाधिकार प्रयोग गरेको आरोप अप्रत्यक्ष ढंगले लगाएकोछ । संघीय सरकारसंग अनुमति नलिइ विदेशी राजदूतावास र सहयोग नियोगहरुसंग सम्वन्ध राखेको आरोप लगाएकोछ दुइ नम्बर प्रदेश सरकार बिरुध्द । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय पदाधिकारी र निर्वाचित सदस्यहरु प्रदेश सरकार बिरुध्द तानाबाना बुन्न संघीय सरकारका पक्षमा सक्रिय हुन थालेका छन । प्रदेश सरकार यो बिषयमा संघीय सरकारसंग विवादमा पसेको देखिएको छैन । दुइ नम्बर प्रदेशसंग बाँकी नेपालको सम्बन्धमा ल्याउन खोजिएको जटिलता आजको मात्रै समस्या होइन ।

मधेश राजनीतिको बिकासक्रममा मधेशका मसीहा मानिनुहुने सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहसंग मैले २०४४ असोज ४ मा अन्तर्वार्ता लिएको थिएँ । यो अन्तर्वार्तामा नेता सिंहले उठाउनु भएका प्रश्नहरुको सान्दर्भिकता अहिलेसम्म पनि उत्तिकै छन । यो अन्तर्वार्ताले हाम्र्रा पाठकहरु र मधेश राजनीतिमा रुचिराख्ने सबैका लागि मधेशको समस्या ऐतिहासिक सन्दर्भमा बुझन र अहिलेसम्मका उपलव्धिहरुको मूल्यांकन गर्नउपयोगी हुनेछ ।

यो अन्तर्वार्ता लिएको समयमाराष्ट्रिय पंचायतको चुनाव भर्खरै सम्पन्न भएको थियो । पन्चहरुको मांग अनुसार चुनाव निष्पक्ष सम्पन्न गराउन राजा बीरेन्द्रले नागेन्द्रप्रसाद रिजाललाई अन्तरिम सरकारका प्रधानमन्त्रीबनाएका थिए । नेपाली कांग्रेसलाई चुनावमा भाग लिन नदिने कुत्सित खेल थियो यो चुनाव । प्रधानमन्त्री रिजालसंग कांग्रेसका सभापति कृष्णप्रसाद भट्टरार्ई र महामन्त्री गिरिजाप्रसादको वार्तापछि कांग्रेस चुनाव वहिष्कारको पक्षमा लागेको थियो । चुनावमा गजेन्द्रनारायण सिंह लगायत चुनाव बहिष्कारको पक्षमा नरहेका बहुदलवादी–सुधारवादी विपक्षीहरु बिजयी भएका थिए ।

त्यतिबेला राजाले राष्ट्रिय पन्चायतको सिफारिशमा प्रधानमन्त्री पदमा स्व.मरीचमान सिंहलाई नियुक्त गरेका थिए । सिंहको नियुक्ति रापंको सिफारिशमा भएको बताइएपनि उनको चयन राजाबाटै भएको थियो ।सिंहलाई पन्चायतभित्र हार्डलाइनर र वामपन्थी पृष्ठभूमिका बताइन्थ्यो । मधेश राजनीतिका समस्यामा मरीचमान सिंह सरकारको दृष्टिकोण र प्रभावकारिताको बिषयमा त्यतिबेला थुप्रै प्रश्न उठेको थियो । अहिले पनि कुरा त्यसरी नै उठेकाछन । मधेश समस्या समाधानका लागि सरकार कति अगाडि बढेको छ अथवा छैन ? प्रश्नहरु उस्तै छन ।

तत्कालीन समयमा विवादहरुको निष्कर्षसंग सम्बन्धित प्रश्नमागजेन्द्रबाबूको उत्तर थियो–– “हो, जति हुनुपथ्र्यो थियो, त्यति हुन सकेको छैन । विपक्षीर सरकार पक्षीय दुवैथरि रापसको ध्यान तस्करहरुमा मात्रै केन्द्रीत रहेकाले विशेष केही हुन नसकेको हो । मेरा लागि वा म जसरी सोच्ने अरु सदस्यहरुको लागि महत्वपूर्ण कुरा ः राष्ट्रिय पञ्चायतकै इतिहासमा पहिलो पटक नागरिकता र वर्क पर्मिट सम्बन्धी प्रस्ताव आयो । प्रस्तावमा छलफल भयो । नागरिकता प्रमाणपत्रको वितरणको समस्यालाई लिएर २८ जना सदस्यहरुले आ–आफ्नो विचार प्रकट गरे । ती २८ जना सदस्यले नागरिकताको समस्यालाई नसुल्झाइ वर्कपर्मिट लागु गर्न खोजियो भने खास गरी तराई क्षेत्रका नागरिकहरुलाई मुस्किल पर्छ भन्ने कुरा गरे ।

राष्ट्रिय पञ्चायतमा प्रस्ताव आउने वित्तिकै नागरिकता समस्या सुल्झिन्छ भन्ने तपाईलाई लाग्छ ?

प्रस्ताव आउने वित्तिकै समस्या निश्चय पनि सुल्झिदैन । यसको लागि त सरकारको नियत साफ हुनुपर्छ । नागरिकहरुले सहूलियत ढंगबाट कसरी नागरिकताको प्रमाणपत्र पाउन सक्छन् यसमा कानुनतः के के त्रुटिहरु छन् ? त्यो हेर्नुपर्छ । मैंले गृहमन्त्रीको च्याम्बरमा छलफल हुँदा पनि यो कुरा भनेको थिएँ । नेपालको जनसंख्या एक करोड पचहत्तर लाख भएको कुनै प्रमाण रेकर्ड छ भने त्यो आधारमा नागरिकता वितरण हुनुपर्छ । होइन भने देशको राजनीतिक भाग्यको फैसला गर्न गरिएको २०३७ सालको जनमत संग्रहको मतदाता सूचिलाई आधार बनाएर नागरिकता वितरण गर्नुपर्छ । जुन भोटर लिस्टको आधारमा देशको राजनीतिक भाग्यको फैसला गरियो त्यसमा विदेशीहरु पनि भोटर छन् भन्ने कुरा म मान्दिन ।

 

अर्थात तपाई जनमत संग्रहको मतदाता सूचीलाई नागरिकता वितरणको आधार बनाउन चाहनुहुन्छ, होइन त ?

हो । म त्यही मतदाता सूचीलाई आधार बनाउन चाहान्छु । किनभने त्यसमा मेरो नाउँ छ भने मेरो छोरोले पनि सजिलै नागरिकता पाउन सक्छ ।

तपाईले नागरिकता र तराईबासीहरुसँग बाँकी नेपालको भेदभावको प्रश्न बारम्बार उठाउँदै आइराख्नु भएको छ । तपाईलाई के लाग्छ योसुल्झिन सक्ने समस्या हो ?

यो जटिलता...ये प्रशासन के लोग है न...सी.डी.ओ.हरुको क्रियाकलाप र काम गर्ने ढंगले गर्दा बढ्न गएको छ । हामीले दिएको सुझावलाई सरकारले मानिदियो भने यो जटिलता कम हुन्छ । श्री ५ को सरकारको मनमा यो पसेको छ कि जनमत संग्रहपछि तराई क्षेत्रमा धेरै भारतीयहरु घुसेका छन् ।

तपाईलाई त्यस्तो लाग्दैन?

भारतीयहरु या और कोही विदेशीहरु जो आएका छन्, तीनको संख्या कति होला ? यहाँ नेपालमा के ‘स्कोप’छ र विदेशीहरु आउन ? केही नेपालमा स्मग्लिङ्ग गर्न पाइन्छ भनेर आएका होलान्, त्यत्ति न हो । यसरी बस्न आउने स्मगलरहरुले नागरिकता पनि सजिलै पाएका छन् । तर अरु मानिस किन आउने ?अहिले नै हेर्नुहोस, उसपारि बाढी आयो । बाढीग्रस्त क्षेत्रका मानिसलाई खुवाउन उसपारिको सरकारले हेलिकप्टरमा खाना ल्यायो । बाढी त यहाँ पनि आयो । के हामीले ती बाढीपीडितहरुलाई कुनै प्रकारको सेवा दिएका छौं ? वहाँको मान्छे यहाँ किन आउँछ ? वहाँका मान्छेले काम पाइरहेका छन् भने यहाँका मान्छेले काम पाइरहेका छैनन् । यहाँका मान्छे काम गर्नका लागि पंजाव, हरियाणा, असम पुगिराखेका छन, उताको मान्छे यहाँ के लिन आउँछ ?

भारतीय आउँदैनन् भन्ने तपाईको भनाई....

इक्का दुक्का मानिस नआएका होलान म भन्दिन । तर, ठूलो संख्यामा वा सामूहिक रुपमा नेपालमा भारतीयहरुको प्रवेश भइराखेको छ भन्ने म मान्दिन । नेपालबाट  पहाडका मानिसहरु असमतिर लागेका थिए । किन ? कामको खोजमा । नेपालका तराईका मानिसहरु कामको खोजमा पंजाव जान्छन् र राम्रो काम पाए भने त्यहीं घर बनाएर बस्छन् । हाम्रा यताका मानिस गएर उताबाट पानी तान्ने पम्पिङसेट किनेर ल्याउँछन्, रु ४०००÷५००० मा । यहाँ के पाउँछन् ? मैले भने भारतमा ‘स्कोप’ छ । मैले भारतको पक्ष लिएको होइन । आफ्नो पक्ष लिएको हुँ । बेरोजगारको संख्या तराईमा बढी छ ।गैर नेपाली भाषा–भाषीहरुमा यो समस्या अझै बढी छ ।

तपाई लामो समयदेखि तराईका मानिसहरुसँग नेपालमा भेदभाव गरिएको छ भन्दै आउनुभएको छ । तपाईसँग यसको के आधार छ ?

गोरखापत्रमा लोकसेवा आयोगको परीक्षाको परिणाम प्रकाशित हुँदा तपाई हेर्नुहोस त्यसमा तराईका मानिस कति पास हुन्छन् । त्यसलाई गौरसँग पढेर भन्नु होस–तराईका मान्छे हुन्छन् कि हुँदैनन् ?तराईका मानिसले लोकसेवा पास गर्न नसक्ने कारण भाषागत कठिनाइ हुनसक्छ । म राष्ट्रभाषा नेपालीको विरोधी होइन । तर मैले क्षेत्रिय भाषालाई मान्यता दिनुपर्छ भन्ने कुरा उठाउने वित्तिकै मलाई राष्ट्र भाषा विरोधीको संज्ञा दिइएको छ । जलेश्वरमा गिरफ्तार भएपछि सि.डि.ओ.अफिसमा बयान लिन लगियोे । त्यहाँपनि मलाई यस्तै कुरा सोधियो–तपाई भेदभावको कुरा गर्नुहुन्छ । के संविधानमा त्यस्तो भेदभाव छ ? म भन्छु–भेदभाव संविधानले होइन, ब्यवहारले गरेको छ । शाही सेनाकै कुरा गर्नुहोस भर्तीको बेला के हुन्छ मलाई थाहा छैन् । तर मैले तराईबासीलाई शाही सेनामा देखेको छैन । हिन्दुस्तानमा यस्तो हुँदैन । हिन्दुस्तानको संविधानले सबै नागरिकलाई बराबरको हक दिएको छ । मुसहर, बाँतर, चमार सबैले समान अवसर पाएका छन् । व्यवहारमा कसैसँग पनि भेदभाव गरिंदैन । तर यहाँ त्यसो भइराखेको छ । एउटा नागरिकताको प्रमाणपत्र लिन कुनै नेपाली भाषा–भाषी सी.डि.ओ. कार्यालयमा जाँदा तीन घण्टामा होइन, तीन महिनामा होइन छमहिना सम्ममा पनि पाउन सकिंदैन । यसको असर माथिसम्म पर्दछ । श्रीलंकाको समस्याको प्रारम्भ नागरिकताकै समस्याबाट भएको हो । अब हेर्नुहोस त्यहाँ हेर्दाहेर्दै के भएको छ ? तराईबासीको मनमा आफूप्रति भेदभाव गरिंदैछ भन्ने ‘भ्रम’ छ भनिन्छ । यसलाई म भ्रम भन्दिन । यो यथार्थ हो ।

के तपाई यो मान्नुहुन्छ तराईबासीहरु मुख्य धारबाट काटिएका छन् ?

यो सच्चाई हो । यो सच्चाई म, गजेन्द्र नारायणसिंह सिवाय अरु कोही पनि भन्न चाँहदैनन या भन्न डराउँछन्–किनभने कसैलाई पदको लोभ छ, कसैलाई केही कुराको भय छ, त्यो सब कुरा मलाई छैन । कुनै उच्च पदमा बसेको तराईबासी पदाधिकारीको कुनै छोरा बेरोजगार छ र घरमा खान पुग्ने आय छैन भने त्यहाँ पनि प्रसंगबस बेरोजगारीका कारण आफू तराईबासी भएको हो भन्ने कुरा चल्छ ।

जो बडे लोग है उनकी बातें कुछ भिन्न भी हो सकती है । तर, आज त्यो स्थिति छैन, जो अघि थियो । अहिले तराईबासीहरु ब्यापक रुपमा शिक्षा हासिल गरिरहेका छन्–तिनीहरुका मनमा जुन असन्तुष्टि छ, त्यसतर्फ ध्यान दिइएको छैन । तराईबासीहरु प्रति हुने भेदभावले भोलि, त्यो वर्ग, जो पढेर लेखेर बेरोजगार हुँदै जान्छ, केमा लाग्छ ?त्यति बेलाको स्थिति सोच्नुहुन्छ ? चूँकि म त राजनैतिक पैदायस हूँ । मेरो धारणा के हो भने जो कुराहरु हामी गरिरहेका छौं–यी पक्षहरुलाई राष्ट्रिय मुख्य धारहरुसँग सम्बद्ध पारेर, भोली त्यो स्थिति जन्मिन नदिऔं ।

सबैभन्दा पहिला नेपालका तराईबासीहरुसँग सद्भावना राख्नु पर्दछ भन्ने माग तपाईले राख्नुभएको थियो । तपाईको त्यो सदभावना आन्दोलनले राष्ट्रविरोधी आन्दोलनको रुप लिइरहेको आरोप लगाइएकोछ...

कहाँ लिएको छ ?

आतंकवादीहरुले त्यसैलाई प्रेरणा मानिरहेछन् ।

कहाँ ?

देशभित्र बम विस्फोट गराएर आतंक मच्चाउनेहरुले भेदभाव र सदभावको कुरा गरेको सुन्नु भएको छैन?

बमकाण्ड हुँदा त्यसको १० दिन अघि नै मलाई गिरफ्तार गरेर ल्याइएको थियो । बमकाण्ड गर्ने आतंकवादीहरु त मलाई नै उल्टो गाली गर्दछन्–मैले तराईबासीहरुको माँग राखेर उनीहरुको आन्दोलनलाई कमजोर तुल्याई दिएँ । मैले तराईको बारेमा कुरा उठाउँदा म माथि देश तोड्न खोजेको आरोप लगाइयो । वास्तवमा म माथिको यो आरोप गलत हो ।

भारत सरकार नेपालमा भारतीय छन भन्छ,तपाई छैनन भन्नुहुन्छ ।

भारतले नेपाल हाम्रो प्रान्त हो भन्यो भने तपाई मान्नुहुन्छ ? उनीहरुले भने भन्दैमा जसरी तपाई स्वीकार गर्नुहुन्न म पनि स्वीकार गर्दिन । भारतीयहरु छन् भने कहाँ छन् ? तराईको जनसंख्या ८० लाख छ । यी मध्ये सबै नेपाली हुन् भने कहाँ छन् त भारतीय ? तराईमा बस्ने ८० लाख नेपाली मध्ये पहाडिया पनि छन्, आदिवासी, थारु, मुसहर, चमार, बाँतर पनि छन् । यो सबै कटाएर मूल तराईबासी १५÷२० लाख मात्र छन् ? मै भारतवाले से पुछुंगा वे वतादे कि वे भारतीय कहाँ है ?श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहबाट नेपालको एकीकरण हुनुभन्दा अघि देखि नै तराईबासी छन् । उनीहरु उपेक्षित छन् । मूल धारामा मिल्न सकेका छैनन् । उनीहरुलाई मिलाउनुपर्छ भनेर नै मैले आवाज उठाएको हुँ ।

अर्थातः तपाई भन्नुहुन्छ : नेपालको भावनात्मक एकीकरण भएको छैन?

जुन भावनाले देशको एकीकरण भएको थियो, श्री ५ का सरकारका पदाधिकारीहरुको व्यवहारले त्यसलाई कुण्ठित तुल्याएको छ भन्ने मेरो भनाई हो । तराईबासीहरु भावनात्मक रुपले एक हुन लडिराखेका छन्, जुधिराखेका छन् । उनीहरुका भाषागत कठिनाईहरु छन् ।उनीहरु उपेक्षित छन् । मेरो भनाई यत्तिमात्रै हो ।

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...