Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
रेशमचौधरी प्रकरण : संसदीय खेलमात्र

पौष २४, २०७५

  •                            रोशन जनकपुरी

'चौधरीको शपथग्रहणबाट उनले यस आसन्न स्थितिबाट आफूलाई जोगाएका छन्  भने  सरकार  बाहिर ' के  निहुँं  पाउँं  कनिका  बुक्याउँं’  भनेर  दाउ  पर्खेर  बसेका नेपालीकाँंग्रेसलाई पनि तराईमधेशको एजेन्डामा छिर्नबाट उनले रोकेका छन् । यसैकारण कुनैबेला रेशमचौधरी प्रति सदभावपूर्ण देखिने नेपालीकाँंग्रेस र  उसका  बौद्धिक  सञ्जालयसपटक  आक्रोशपूर्ण  देखिन्छन्  ।  उल्लेखनीय  छ  महन्थठाकुर  राजपाको  संयोजक  हुँंदा  नेका  हार्दिक  देखिन्थ्यो  ।  र  सम्भव  छ  ठाकुरको  बहिर्गमनपछि  राजपाभित्रको  तमलोपा  गूट  र  महतोको  सदभावना  गूटभित्रको द्वन्दमा राजपा कस्को नजिक हुने विषय मूख्य रहेको होस । 

बाँंचेपछि  धेरै  थोक  देख्न  पाइन्छ  भनेको  यस्तै  रहेछ । प्रहरीको एसएसपी सहित सातजना मारिएको मुद्दाको क्रममा जेलमा कैद र प्रहरीले मूख्य अभियुक्त बनाएका  रेशमचौधरीले  प्रतिनिधिसभाको  सदस्यको  रुपमा  शपथ  ग्रहण  गरे  ।  अर्को  अनौठो,  शपथग्रहण  गरेर उनि पुनः जेल फर्के । कस्तो अचम्म ! अब उनको हैसियत  सांसदको  हुनेछ,  तर  उनी  संसदमा  होइन,  जेलमै बस्नु पर्दछ । अदालतको फैसला पर्खेर । तर  रेशम  चौधरी  नेपाली  राजनीतिमा  यस्तो  पेँंच  बनेका  छन्,  जस्ले  देश,  सांस्कृतिक  पहिचान,  राजनीतिक  संघर्ष  र  सत्ताधारी  राजनीतिकवर्गको  मौकापरस्त प्रवृत्तिलाई नङ्ग्रयाईदिएको छ । ०७२साल   भदौ   ७   गते   कैलालीजिल्लाको   टीकापुरमा    थरुहट    प्रदेशको    माँंगगर्दै    भएको    जनप्रदर्शनमा  प्रहरीसंग  भएको  झडपमा  एकजना  एसएसपी  र  एकजना  नाबालकसहित  सातजनाको  ज्यान   गएको   थियो   ।   प्रहरीले   यस   घटनामा   रेशमचौधरीलाई  मूख्य  अभियुक्त  बनाएर  अन्ठाउन्न  जनामाथी  मुद्दा  दायर  गरेको  थियो  ।  पच्चीसजना  तत्कालै  गिरफ्तार  भए,  रेशमचौधरी  दुईवर्ष  भूमिगत  बसे,   भूमिगत   अवस्थामा   नै   प्रतिनिधिसभाको   निर्वाचन  लडे  र  आफ्ना  निकटतम  प्रतिद्वन्दिलाई  एक्काइस  हजार  मतको  विशाल  अन्तरले  पराजित  गरे  ।  तर  राज्यसत्ताको  इशारामा  निर्वाचन  आयोगले  उनलाई निर्वाचित भएको प्रमाणपत्र दिन मानेन । केही समयपछि  उनि  आफूसम्बद्ध  राष्ट्रियजनता  पार्टीका  नेताहरुको  सल्लाहमा  अदालतमा  समर्पण  गरे  र  त्यसपछि अदालतको आदेशमा जेलमा छन् । हुन त राष्ट्रियजनता पार्टी नेपाल (राजपा) लगायत मधेशकेन्द्रित  पार्टीहरु  मेचीदेखि  महाकालीसम्मको  तराईको समथर भागलाई मधेशभएको दावी गर्छन । तर गण्डकीपारी  महाकालीसम्म  सांस्कृतिक  पहिचानको  आन्दोलनमा  थारु  पहिचानको  आग्रह  जब्बररुपमा  स्थापित छ । यसैलाई बुझेर मधेशकेन्द्रित पार्टीहरुले गण्डकी  पारी  थरुहटप्रदेशको  आन्दोलनसंग  पनि  जोडिए । मधेश आन्दोलनमा सामेल रामजनम चौधरी , विजय गच्छेदार आदिजस्ता राष्ट्रियस्तरमा ठुला थारु नेताहरुको  सक्रियतामा  केन्द्रियस्तरमा  संघर्षसमिति  गठन गरिएको थियो । रेशमचौधरी यस संघर्षसमितिको स्थानीय  संयोजक  थिए  ।  जतिबेला  टीकापुरमा  यो  घटना  भयो,  त्यतिबेला  देशैभरि  संघिय  सम्विधानमा  आफ्नो   पहिचान   र   स्वायत्त   सत्तासञ्चालनको   मागसहित        मेचीदेखि        महाकालीसम्मको        तराईमा  मधेश  र  थारुहरुको  आन्दोलन  चर्किएको  थियो   ।   गण्डकीकभन्दा   पूर्व   मधेशआन्दोलनमा   प्रहरीको गोलीबाट कयौँं मारिएका थिएभने अर्कोतर्फ गण्डकीभन्दा  पश्चिम  थरुहट  प्रदेशको  आन्दोलनमा  थारुहरु  आन्दोलित  थिए  ।  टीकापुर  घटना  यसैको  परिणति थियो । तर सयौँंको ज्यान गएरपनि आखिर सत्ताधारीले आफू अनुकूलको सम्विधान ल्याई छाडे । र नयाँं सम्विधान आएको दुईवर्ष बितिसक्दापनि थारु र  मधेशी  आन्दोलनका  मागका  अधिकांश  मुद्दाहरु  यथावत्  नै  छन्  ।  यद्यपि  थारुआन्दोलनका  मूख्य  राजनीतिक  संयोजक  मानिने  विजय  गच्छेदार  र  रामजनम  चौधरीहरु  नेपालीकाँंग्रेसमा  प्रवेश  गरेपछि  उनको नेतृत्वको मधेशीजनअधिकार फोरम विघटित स्थितिमा छ । मधेशआन्दोलन भित्रको एउटा प्रमुख हिस्सा  उपेन्द्रयादवको  नेतृत्वका  मधेशीजनअधिकार  फोरम,  संघीयसमाजवादी  फोरममा  परिवर्तित  भएर  उपेन्द्रयादवको  रुपमा  सत्तासुख  भोग्दै  छ  ।  अर्कोतिर  महन्थ  ठाकुर  नेतृत्वको  तराईमधेश  लोकतान्त्रिक  पार्टी  सहित  अन्य  समूहहरु  मिलेर  बनेको  राजपा,  संघीय  समाजवादी  फोरमसंग  मिलेर  प्रदेशसरकार  चलाएपनि   संघीयसरकारमा   जानेबाटोमा   उसका   एजेन्डाहरु   अवरोध   बनेका   छन्   ।   कतिपयले   रेशमचोधरीको  सांसदको  रुपमा  शपथ  ग्रहणलाई  राजपाको  संघीयसरकारसंग  एकपाइला  नजिकिनुको  अर्थमा पनि लिएका छन् ।हुन त आन्दोलनका बेला मधेश एजेन्डाहरु प्रति कट्टर  देखिएका  र  वर्तमान  सम्विधानलाई  संकीर्ण  राष्ट्रवादी  र  जनविरोधीको  संज्ञा  दिँंदै  सरकारका  सबै  गतिविधिहरुमा  सामेल  न  हुने  किरिया–शपथ  समेत  खादैआएका  राजपाको  स्वर  समयसंगै  नरम  हुँंदैगएको  छ  ।  उनिहरुले  यसै  सम्विधान  अन्तरगत  निर्वाचनमा  भागपनि  लिए,  र  अहिले  सरकार  समेत  चलाउँंदैछन् । यसको निम्ति उनिहरुले आन्दोलनको संघर्षमुखी    एजेन्डालाई    सम्वैधानिक    ढाँंचामा    ढाले   ।   अर्थात्   उनिहरुले   मधेशीआन्दोलनको   एजेन्डाहरुलाई  सम्विधानमा  सामेल  हुन  निर्वाचनमा  भागलिनुपर्ने र सडकसंगै संसदमा समेत संघर्ष लिएर जानूपर्ने  अवधारणा  विकसित  गरे  ।  यसैका  निम्ति  उनिहरुले  सम्विधानसंशोधन,  झुठा  मुद्दाको  खारेजी,  आन्दोलनको  क्रममा  गिरफ्तारभएका  कार्यकर्ताको  रिहाई जस्ता परिमार्जित एजेन्डाहरु तय गरे । राजपासंगै  मधेशआन्दोलनबाट  सत्ताको  मञ्चमा  आफ्नो पाउ बलियोगरि जमाउन सफल उपेन्द्रयादवले योजनाबद्ध  किसिमले  आफ्नो  पार्टी  र  एजेन्डालाई  तराई मधेशको सीमाभन्दा बाहिर लगेर केन्द्रियसत्तामा समेत   भागिदारी   गर्न   पुग्नुपनि   राजपाको   निम्ति   लोभलाग्दो  प्रेरणादायी  हुनसक्दछ  ।  राजेन्द्र  महतो  राजपाको   अध्यक्षमण्डलको   कमान   सम्हालेपछि   रेशमचौधरीको   शपथग्रहणलाई   केपी   शर्मा   ओली   नेतृत्वको सरकारसंगको उनको अन्तरङ्गताको रुपमा पनि व्याख्या  गर्न  थालिएको  छ  ।  विगत  प्रतिनिधिसभाको  निर्वाचनको  बेला  देखिनै  महतो  र  प्रम  ओलीबीचको  निकटताको  चर्चा  चल्दै  आएको  छ  ।  महतोभन्दा  पूर्व  महन्थ  ठाकुर  राजपाको  अध्यक्षमण्डलको  संयोजक  हुँंदा  राजपाका  नेताहरु  र  प्रम  ओलीबीच  कयौँंपटक  सम्विधानसंशोधन,   रेशमचौधरीको   शपथग्रहण   र   बन्दीहरुको  रिहाई  बारे  छलफल  भएको  थियो  ।  कयौँंपटक  राजपाले  सरकारलाई  एकमहिना,  पन्द्रदिनर  सातदिनका अनेकौँं अल्टिमेटम दिँंदैआएको थियो । तर यी सबै परिणामहीन थिए । यसपटक महतो संयोजक भएपछि उनले संसदमा पनि बडो जोडदार भाषण गरे —  ।।।हजारौँंको  ज्यानजाने  आन्दोलनगरेका  प्रचण्डलाई  केही न हुने र थारुको बच्चालाई जेल हाल्ने ।’ उनले सातदिन  भित्र  माँंग  पूरा  नभए  सरकारबाट  समर्थन  फिर्तालिने  चेतावनीपनि  दिए  ।  सातदिन  पछि  उनले  सरकारबाट  समर्थन  फिर्ता  लिने  तयारी  गरेको  कुरा  पत्रकारहरु बीच सार्वजनिक गरे लगत्तै रेशमचौधरीको शपथग्रहण प्रतिनिधिसभामा गराइयो । हुन त समयसंगै राजपाको  एजेन्डाहरुको  वरियताक्रम  पनि  फेरिएको  छ  ।  पहिले  सम्विधानसशोधन  पहिलो  क्रममा  थियो  भने पछि सरकारलाई समर्थनको निम्ति रेशमचौधरीको शपथग्रहणलाई प्राथमिक बनाइयो । हुन त मधेशकेन्द्रित दलहरुले सत्ताको इच्छा विपरीतको मधेशआन्दोलनको नेतृत्व  गरेपनि  सत्ताभन्दा  टाढाभने  कहिल्यै  रहेनन्  ।  तराईमधेशमा  केन्द्रिय  सत्तालाई  जतिसुकै  सत्तोसराप  र  गालीगरेपनि संसदमा प्रधानमन्त्रीको निर्वाचनमा हमेशा सत्ताधारीको पक्षमा भोटहाल्न गएकै हुन् । यहाँं रोचक के छ भने कहिल्यै नेपालीकाँंग्रेस, त कहिल्यै तत्कालीन एमाले, त कहिल्यै माओवादीकेन्द्र र अहिले ओलीको नेकपाको  सरकार,  सबै  सरकारलाई  उनिहरुले  समर्थन  दिएकै  हुन्  ।  यसले  मधेशकेन्द्रित  दलहरु  सडकमा  केन्द्रिय  शासकवर्ग  र  एउटा  खास  समुदाय  विरुद्ध  जतिसुकै  आक्रामक  र  आलोचक  देखिएपनि  संसदमा  उनिहरु  सरकार  नजिक  नै  देखिएका  हुन्  ।  यसले  सडकआन्दोलन  र  एजेन्डाको  दृष्टि  उनिहरुको  अडान  अस्थिर देखिन्छ । यस्तो भान हुन्छ, मानौ आन्दोलनका एजेन्डाहरु उनिहरुको निम्ति सत्तासंग बार्गेनिङ्गकार्ड मात्र हो । गच्छेदारहरुले त चोला नै फेरे, उपेन्द्रयादवको बोली जति  कटुआलोचनात्मक  छ,  उनि  उत्तिनै  सरकारभित्र  छन् । राजपा सरकारमा त छैन, तर राजपाका नेताहरु चौधरीको  शपथग्रहण  पछि  जति  हौँंसिएका  देखिन्छन्,  त्यसले उनिहरु भित्रको आकांक्षा प्रष्ट गर्छ । रेशमचौधरीको  शपथग्रहण  नेपाली  राजनीतिमा  कानूनी र सत्ताभित्रको मनसाय बुझ्ने दृष्टिले अत्यन्त महत्वको  घटना  हो,  तर  नागरिकता  र  स्वायत्तताको  निम्ति   सम्विधानसंशोधन,   आदि   आन्दोलनसंग   सम्बन्धित एजेन्डासंग जोडेर हेर्ने हो भने यो सामान्य विकास मात्र हो । किनभने शपथग्रहण गरेरपनि चौधरी जेलमै  हुनेछन्  र  सफाई  नपाउन्जेल  उनि  संसदको  कुनैपनि  गतिविधिमा  सामेल  हुनसक्दैनन  ।  अन्य  एजेन्डाहरु त यथावत नै छ । तर राजपाभित्रका एकजना नेता महेन्द्रराय यादवयसलाई ठूलो उपलब्धिको रुपमा व्याख्या  गर्दै  अब  सम्विधानसंशोधनको  निम्ति  कुनै  समयसीमा न हुने भन्नपनि भ्याए । यस्ले के बुझिन्छ भने राजपा र ओली सरकारबीच कुनै भित्री खिचडी पाक्दैछ । रेशमचौधरीको शपथग्रहण प्रकरणले राजपा र सरकार दुबैलाई थोरै समयको निम्तिभएपनि राहत दिएको जस्तो देखिन्छ ।रापजा  एकातिर  सरकारबाट  समर्थन  फिर्तालिने  मनसायमा   देखिँंदैन   भने   अर्कोतिर   कार्यकर्ता   र   पार्टीभित्रको   गुटबन्दीले   एजेन्डाहरुलाई   हतियार   बनाएर महतोनेतृत्वलाई अप्ठ्यारो पार्ने सक्ने स्थिति छ । यस अवस्थालाई चौधरी शपथग्रहणले केही नरम पारेको  छ  ।  शपथग्रहणको  बेला  महतो  जति  खुशी  देखिन्थे  र  ।।।यो  त  पहिलो  स्टेप  हो,  अब  हेर्दैजानुस’  भनेर  प्रसन्नचित्त  उद्गार  व्यक्त  गरे,  त्यसले  एकातिर  नेतृत्वभित्र आफ्नो प्रभाव र अर्कोतिर कार्यकर्ताहरुलाई आश्वस्तपनि पारिरहेको भाव थियो । अर्कोतर्फ  पार्टीभित्र  र  बाहिर  चौतर्फी  आक्रमण  भइरहेको  बेला  राजपाले  समर्थन  फिर्तालिँंदा  प्रम  ओली झन् संकटमा पर्ने देखिएको थियो । चौधरीको शपथग्रहणबाट उनले यस आसन्न स्थितिबाट आफूलाई जोगाएका छन् भने सरकार बाहिर ।।।के निहुँं पाउँं कनिका बुक्याउँं’  भनेर  दाउ  पर्खेर  बसेका  नेपालीकाँंग्रेसलाई  पनि    तराईमधेशको    एजेन्डामा    छिर्नबाट    उनले    रोकेका  छन्  ।  यसैकारण  कुनैबेला  रेशमचौधरी  प्रति  सदभावपूर्ण  देखिने  नेपालीकाँंग्रेस  र  उसका  बौद्धिक  सञ्जालयसपटक आक्रोशपूर्ण देखिन्छन् । उल्लेखनीय छ  महन्थठाकुर  राजपाको  संयोजक  हुँंदा  नेका  हार्दिक  देखिन्थ्यो  ।  र  सम्भव  छ  ठाकुरको  बहिर्गमनपछि  राजपाभित्रको  तमलोपा  गूट  र  महतोको  सदभावना  गूटभित्रको  द्वन्दमा  राजपा  कस्को  नजिक  हुने  विषय  मूख्य रहेको होस ।यस समग्र प्रकरणमा विचार गर्ने हो भने सबैतिर गतिशीलता  छ,  सबै  हस्याङ्ग  फस्याङ्ग  दगुरीरहेका  देखिन्छन्,  तर  जहाँंको  त्यही  ।  मधेशआन्दोलनले  बोकेको  एजेन्डाको  गाडी  डेग  चलेको  छैन  ।  हुन  त  देशको  सरकारी  गाडीको  चक्कापनि  वेगले  घुम्दै  छ,  तर  गाडी  डेग  चलेको  छैन  ।  मधेश  र  थारु  मात्र  त  के  देशको  सबै  वर्गीय  र  सांँस्कुतिक–भौगोलिक  पहिचानको  आन्दोलनको  जनमुखी  एजेन्डा  यथावत्  छन्  ।  चौधरीको  शपथग्रहण  संसदिय  राजनीतिमा  हुने  एउटा  घटना  बाहेक  अरु  केही  होइन  ।  संसद  औपचारिक भएजस्तै योपनि एउटा औपचारिक घटना मात्र हो ।

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...