Sun, 24 Feb 2019
ताजा समाचार
संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने ||
मधेशको भावना र राजनीति

माघ ६, २०७५

  •                                                देशकाल

 
  •                                             किशोर नेपाल

बिहानै फेसबुकमा विव्दान मित्र तथा पूर्व राजदूत विजयकान्त कर्णको स्टेटसले मधेश विद्रोहको सम्झनालाई जीवन्त तुल्यायो । यो सत्य हो, मधेशका धेरै शहीदहरुको आत्म बलिदानले मधेशको आत्म–सम्मान बचायो । मधेशका जनतामाथि सरकारहरुले अहिलेमात्रै अविश्वासगर्ने गरेको होइन, राणाकालदेखि नै त्यो अविश्वास राणाकालीन समयमा अझै घनिभूत थियो । त्यतिवेला सामान्य पहिरन लगाएका मधेशीहरु अदालतमा काम भएमात्र काठमाडौ आउन जान पाउँथे । नेपाली राजनीति र साहित्यका विव्दान स्वर्गीय डा. ईश्वर बरालका अनुसार, मधेशीहरु पनि नेपालीहुन भन्ने सामान्य समझ २००७ सालको क्रान्तिको देन हो । सातसाल अघि मधेशमा ठूला जमिन्दार, किसान, मजदूर, व्यवसायिक वर्ग र राणाहरुको जगजगी थियो । अहिले त्यो अवस्था छैन । 
जनताका मौलिक अधिकार, समानता, न्याय, मधेश र मधेशीको पहिचानका बिषयमा अहिले मधेशवासीहरु सक्षम छन भने त्यसका लागि मधेशले ठूलो मूल्य चुकाएको छ । शहीदहरुको रगतको कुनै मूल्य हुँदैन । त्यो अमूल्य निधि हो विद्रोहको । मधेशका जनताको स्वतन्त्रता प्रेम सवैका लागि प्रेरक छ । एक दशकको अवधिमा तीनवटा आन्दोलन र दुइसय मानिसको शहादत सानो कुरा होइन । एक्काइसौं शताव्दिको यो समयमा मानिसको पहिचान संसारकै कार्यसूची बनेको वताएका छन विव्दानहरुले । अमेरिकाको स्ट्याण्डफोर्ड विश्व विद्यालयका प्रोफेसर फ्रान्सिसी फुकुयामा भन्दछन, ‘पहिचान मानव सभ्यताको पछिल्लो कार्यसूची हो । हिजोसम्म समाजको परिचालन बजार अर्थतन्त्रले गरेको थियो । अब त्यो समय रहेन । संसारमा एकाधिकारवादी व्यवस्था नफर्किने उदघोष पनि गरेका छन प्रोफेसर फुकुयामाले ।
देशमा अहिले जे भइ रहेको छ,सबैे ठीक भइ रहेको छैन । नहुनु पर्ने कुरा रोक्ने आधिकारिक जांगर र उत्साह कसैमा देखिदैन । स्पष्टतः सरकार–प्रमुखमा यस्तो आधिकारिकता हुनुपर्ने हो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीबाटत्यस्तो आशा कसैले राखेको छैन । या त प्रम ओली आफनो आधिकारिकताको प्रयोगगर्न चाहँदैनन, या अहिलेका राजनीतिक घटनाक्रमलाई उनले सामान्य रुपमा लिएका छन । कतिपय विश्लेषकहरुले संविधान संशोधनको प्रस्तावमा प्रधानमन्त्री र प्रतिपक्षका नेताका वीच ‘अव्यक्त सहमति’ भै सकेको अनुमान गरेका छन । तर, त्यस्तो सम्भावना देखिएको छैन । 
सम–सामयिक घटनाहरुको निष्पक्ष आंकलनगर्दा यतिवेला सरकार र प्रतिपक्ष आ–आफनो शक्तिको भूmठो भ्रममा वाँचेको प्रष्ट देखिन्छ । सामान्यतः कुरा यतिमात्र हो कि सरकार र प्रतिपक्ष दुवैसंग देश वनाउन आवश्यक परिकल्पना पनि छैन र जनताका आवश्यकतालाई संवोधनगर्ने खूवी पनि छैन । दलहरुलाई अनेक सूत्रीय सहमतिहरुले एउटै डोरीमा डोर्याएर जसोतसो संविधान वनाएपनि त्यो संविधानको मूत्र्त कार्यान्वयन कसरीगर्ने भन्ने सोच–विचार कुनै दलमा पनि देखिएन । संविधान वनेर तीन तहको चुनाव भै सक्दा पनि उनीहरु वीच खिचातानीको अन्त्य भएको छैन ।
संविधानमा उल्लेख भएको संघीय संरचनालाई संविधान निर्माता मध्येको प्रमुख दल कांग्रेस तथा हालको नेपाल कम्युनिष्ट पार्टीले अनावश्यक झण्झटका रुपमा लिन थालेको आभाश हुन थालेको छ । यो कुरा कसैबाट लुकेको छैन । संविधानमा अहिले खोजिएको संशोधनले मधेशको प्रसंगलाई मात्र छुने होइन । देशमा भएका आदिवासी, जनजाति र सीमान्तकृत समूहका सदस्यहरुको मांगलाई पनि यसले पक्कै छुनेछ । पहिचान सहितको संघीयता लिम्वुवानको मांग हो । लिम्वुवानका नागरिकहरुले ‘सत्रपटक आक्रमणगर्दा पनि पृथ्वीनारायणले नजितेको’ लिम्वुवानको पहिचान मेटिनु हुन्न भन्ने मांग राख्दै आएका छन । यसलाई परिवर्तन नै मान्नु पर्दछ कि यतिवेला नेपालीहरु राष्ट्रियताको नयाँ परिभाषाको खोजीमा छन । उनीहरुको ध्येय राष्ट्रिय एकताको परिभाषा जनताको स्वाभिमानलाई उचो वनाउने खालको हुनु पर्दछ भन्ने हो । संस्कृतिले देशको विखण्डन होइन समायोजनका लागि रसायनको काम गर्दछ भन्ने मान्यता वलियो हुँदै गएको छ ।
नेपालको राजनीतिक परिवेशमा संघीयताको विचार २०६३ को आन्दोलनकाल देखि नै विवादमा पर्दै आएको छ । यो विचार मधेश पहाड र हिमालमा लामो समयदेखि तरंगित छ । नयाँ नेपालको संविधानले आठ वर्षसम्म मूर्त रुप लिन नसक्नुको मूल कारण संघीय र धर्म–निरपेक्ष समाजको निर्माणमा उठेको विवाद नै हो । सानो देश भएकोले नेपाल संघीयतामा जानु प्रत्युत्पादक हुने तर्क जनताले सुन्दै आएका हुन भने संघीयतावादीले यसको प्रतिकारमा कुनै वलियो र ठोस तर्क दिएका छैनन । संविधान सभाको पहिलो कार्यकालमा नैसंघीय कार्यसूचिको छलफलमा गैर–सरकारी संस्थाहरु हावी नभएका होइनन । राजनीतिक दलका नेताहरुमा संघीयताको व्याख्यागर्ने खूवी नभएपछि कसैले न कसैले त्यसको ब्याख्या गर्नैपर्ने थियो । 
त्यतिबेला, राज्य पुनर्संरचनाको कार्यसूची तयारगर्ने विभिन्न दलका नेताहरु नै संघीयताका सम्वन्धमा अनभिज्ञ देखिए । यही कुरा धर्म–निरपेक्षताका विषयमा पनि देखियो । सामान्य जनतालाई यसको सही अर्थ नै वुझाइएन । दुर्भाग्य, अहिले संविधान जारी भएको दुुइ बर्ष बितेपछि धर्म निरपेक्षता विवादमा तानिएको छ । त्यो पनि गणतान्त्रिक परिवर्तनका लागि मुख्य र निर्णायक भूमिका निर्वाहगर्ने नेपाली कांग्रेसका नेताहरुबाट । राजनीतिक जिज्ञासालाई सन्दर्भमा राखेर हेर्ने हो भने हाम्रा नेताहरुको जानकारी संसारमा कतिओटा मुलुकले संघीय पध्दति अपनाएका छन ? भन्नेसम्म सीमित रहेको पाइन्छ । 
दलहरुबीच यतिवेलाका असहमति पध्दति र प्रक्रियामा होइन, सत्ताको आकर्षणमा बल्झिएको प्रष्ट देखिन्छ । संविधान सभाको दोस्रो निर्वाचनपछि नेताहरुले सोचेजस्तो कांग्रेस–एमालेका वीच भद्र सहमति कायम रहने स्थिति बनेन । कांग्रेसले संविधानको निर्माणपछि एमालेका लागि सरकारको नेतृत्व छाड्ने भद्र सहमति नतोडेको भए राजनीतिको चरित्रमा खासै अन्तर आउने पनि थिएन । तर, कांग्रेस एमालेसंगको भद्र सहमतिका पक्षमा नअडिएकोले त्यसबेला एमालेले सरकार निर्माणका लागि माओवादीसंग सहकार्य शुरु गर्यो । तर, रहँदावस्दा यो सहकार्य पनि कथित भद्र सहमतिकै शिकार भयो । प्रतिवध्दता अनुसार एमालेले माओवादीका लागि सिंहाशन खाली गरेन ।
मधेशवादी दलहरुले आफनो दलले भन्दा कम मत ल्याएको, मधेशका नेताहरुभन्दा आपूmहरु मधेशमा बढी लोकप्रिय भएको र आपूmले वढी सीट जितेको भन्दै जतिसुकै चर्को स्वरमा आपूmलाई मधेशको भूमिपुत्र वताएपनि यो कहिल्यै नमिल्ने राजनीतिक हिसाव हो । कुनै एउटा चुनावमा कुनै एउटा दलले विजय पाउने वित्तिकै उसले संसारै जितेको दावीगर्नु विडम्वना मात्र हो । मूल कुरा त त्यहाँका जनताको दृष्टिकोणको चूरोसंग राजनीतिक दलहरुको सहमति छ कि छैन ? भन्ने हो । यता आएर, कांग्रेसले मधेशप्रतिको आफनो पूर्व धारणामा परिवर्तन ल्याएकोे छ । तर, यतिले पुग्दैन । कांग्रेसले आपूmले सातसालको क्रान्तिपछि मधेशको राजनीतिक नक्सामा परिवर्तन ल्याउन जति असल र अतुलनीय काम गरेको थियो त्यसको दोब्बर बढी काम गर्नु पर्दछ । मधेशले कांग्रेसलाई बिगारेको होइन, कांग्रेसले आफै ठाउँ छाडेको हो ।कांग्रेसले मधेशमा आफनो आधारको पुनरावलोकनगर्दै मधेशको महत्व वुझेर आपूmलाई परिवर्तितगर्ने हो भने समय अझै घर्किएको छैन । केन्द्रीय राजनीतिले अहिलेसम्म मधेशका प्राथमिकताहरुको उपेक्षा गरेको छ । यो उपेक्षाको आकार एकदमै ठूलो छ । मधेशी समाजमा यो उपेक्षाको अत्यन्तै बाक्लो प्रभाव परेको छ । मधेशका नागरिकहरुले परिवर्तनका केन्द्रीय कुरालाई पत्याउन छोडेका छन । 
मूलधारका मुख्य वा ठूला राजनीतिक दलहरुले जे सुकै दावा गरेपनि मधेशको राजनीतिका वारे अझैपनि यसै भन्न सकिने अवस्था  छैन । मधेशका दलहरु असहज आपसी व्दन्व्दमा छन । केन्द्रीय दलहरु विगतमा भएका आन्दोलनहरुको दमन, नाकावन्दीका वेला मधेशका मानिसलाई धराप वनाउन खेलिएको खेल र तराइ–मधेशका पूरै जातिप्रतिको असंवेदनशीलताका कारण भरोसा लायक छैनन । यस्तोमा मधेशको राजनीति स्थीर हुन सकेन भने राष्ट्रिय जनता पार्टी र समाजवादी फोरम दुबैघाटामा रहनेछन । 
मधेशका नेताहरुले किन मधेशमा तीन तीन पटक विद्रोह भएको थियो ? के खोजी रहेका छन मधेशका जनता ? कति न्यायोचित छ संविधान ? कति संवेदनशील छ मधेशको मामिलामा केन्द्रीय सरकार ? के संविधानमा रहेको मधेश र विभिन्न जाति–प्रजातिका बिरुध्दको तूष हटन सक्ला ? सन्दर्भमा, यी प्रश्नहरुले उचित जवाफ पाउनु पर्दछ । तबमात्र, मधेश बिद्रोहमा शहादतदिने शहीदहरुप्रति सच्चा श्रध्दान्जली हुनेछ । 

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...