Sun, 24 Feb 2019
ताजा समाचार
संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने ||
प्रम ओलीको अन्तर्घात

माघ २०, २०७५

  •                                                         किशोर नेपाल

डा. गोविन्द केसीले अनसन तोडेका छन । नागरिक समाजका प्रतिनिधिहरुले भयानक नैतिक संकटमा परेको यो देशका लागि उनको जीवन आवश्यक रहेको अनुभूति गराएपछि उनले अनसन त्यागेका हुन । यो पटकको अनसन स्थगित गरेपनि देशमा डा.केसीले चिकित्सा शिक्षाका कार्यक्रममा सुधारका कार्यसूचिमा काम नभएसम्म अनसनको सम्भावना जीवित रहेको छ । डा.केसी जीवट प्राणी हुन । आपूmले जे गर्ने संकल्प लिएको हो त्यो पूरा नभएसम्म उनी पछाडि हटदैनन । कतिको नजरमा डा.केसी हठधर्मी हुन । तर, सामान्य नेपालीको नजरमा उनी ऋषितुल्य मानव हुन । वचनको पक्का । आत्मविश्वासले भरिपूर्ण । दृढ इच्छा शक्तिका स्रोत । उनले नउँडलेको भए चिकित्सा क्षेत्रमा चलि रहेको अनीति चलि नै रहन्थ्यो । समयले सुधारको बाटोमा यति लामो फडको मार्ने थिएन ।
यो पटक सरकारी पक्षले डा.केसीको काँधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनको एजेण्डा बोकाएको आरोप लगायो । यो आरोप आफैंमा बिषम थियो । सरकारको पूरै एउटा पक्ष चिकित्सा शिक्षा सम्बन्धी विधेयक पारित गराउन सक्रिय थियो भने अर्को पक्षले प्रचार प्रसारको कमान सम्हालेको थियो । नेपाल कम्युनिष्ट पार्टीका महत्वपूर्ण ओहोदामा रहेका महानुभावहरु मेडिकल माफियाका सक्रिय हितैषी थिए । ती हितैषीहरुको चक्का जाम भएको खण्डमा ओली सरकारको टाउकोमाथि संकटका बादल मँडारिने सम्भावनाहरु थिए । ती सम्भावनाहरुको अन्त्यगर्न ओली नेतृत्वको सरकारले विधेयकको पक्षमा साम दान दण्ड र भेदका चारै नीति अवलम्वन गरेको थियो । डा.केसीको विपक्षमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई लटपट्याउने जुक्तिपनि निकालेका थिए कामरेडहरुले । अनसन बसेकै अवस्थामा डा. केसीको निधन भयो भने के गर्ने ? भन्नेसम्मका विषय निश्चित थिए । अन्ततः ती केही कुरापनि गर्न परेन । डा.केसी स्वयं पन्छिन तयार भए ।
यसलाई नागरिक समाजको जीत त नभनी हालौं । यो डा.केसीकै उच्च मनोवलको जीत हो । यो जीतपछि डा.केसीले आफनो अभियानलाई बढी तीखो बनाउने आशा सवैले राखेका छन । अभियानमा कुनै यस्तो छिद्रको गुन्जायश हुनुहुँदैन जसले नेपालको चिकित्सा क्षेत्रलाई पंगु र चिकित्सा अध्ययनलाई फितलो बनाओस । डा.केसीका समर्थकहरु दिन दुना र रात चौगुना हिसावले बढेका छन । उनले ती समर्थकहरुको चाहना अनुसार नै आपूmलाई प्रस्तुतगर्ने कुरामा शंका नगरौं ।     डा.केसीलाई नेपाली जनता शुध्द स्वास्थ्य उपचार सहज र सर्वसुलभ ढंगले सबैका लागि प्राप्त होस भन्ने अभियानमा लागेका नेपाली चिकित्सकका रुपमा चिन्दछन । उनीहरु नेपालका डाक्टर र नेपालका अस्पताललाई क्षमता–सम्पन्न तुल्याउन चाहन्छन । नेपाली डाक्टरबाट सही उपचार पाएनन भने तिनीहरुको अन्यत्र कतै जाने क्षमता छैन । विदेशका महंगा अस्पताल धाउने आर्थिक क्षमता उनीहरुसंग हुने कुरै भएन । विहान खाए वेलुका खान नपाउने परिस्थितिमा बाँचेका छन धेरै नेपाली । न त, पार्टीका नेताहरुले उनीहरुप्रति कुनै चासो देखाएका छन, न त नेताका आसेपासेको जस्तो राज्यको ढुकुटीमा नै उनीहरुको पहूँच छ । यस्तो अवस्थामा रहेका नेपाली नागरिकहरुको जीवन रक्षाका बिरुध्द सरकार आफैं ताण्डव मच्चाउँछ । सरकारका आफन्तहरुले शिक्षण अस्पताल खोलेका छन, अस्पताल मात्रै खोलेका छन । यो स्थितिमा आफन्तहरुलाई मर्कापार्ने काम कसरी गरोस सरकारले ? यो एउटा अनौठो परिस्थिति छँदैछ सरकारका लागि । जनताभन्दा आफन्त ठूला भन्ने रोगले गाँजेको छ हाम्रो राजनीतिक र भृत्यतन्त्र समुदायका मानिसलाई ।
प्रम ओली नेतृत्वको सरकार चटकी खेलमा लागेको छ । गृहजिल्ला झापाको दमक पुगेर प्रम ओलीले बाल महोत्सवको उदघाटन गरेछन । त्यो समारोहमा उनले केटाकेटीलाई आपूmले संयुक्त राष्ट्रसंघ, ग्लोबल इकोनोमिक फोरम तथा अन्य फोरममा आपूmले गरेका ठूलठूला र असाधारण कामको कथा सुनाएको र ती कथा सुनेर विश्वका नेताहरु चकित परेको सुनाएछन । अहिले यो समाचार भाइरल भएको छ । यो प्रसंगमा डेनमार्कका लागि नेपालका पूर्व राजदूत तथा प्राध्यापक विजयकान्त कर्णले फेसबुकमा लेखेका छन – कसै कसैलाई ऐनासंग प्यार हुन्छ । कोही ऐनाको अगाडि उभिएर आफनो तारीफ गर्दछन । कतिलाई आत्मप्रशंसागर्ने खराव लत लागेको हुन्छ । त्यस्ता मानिसहरु आफनो प्रशंसामा कविता, कथा लगायतका ग्रन्थहरु पनि लेखाउँछन । त्यही कुरामा उनीहरु मस्त हुन्छन । यसैकारण उनीहरुलाई आपूmले गरेका सबै काम सर्वोत्कृष्ट लाग्दछ र चमत्कारिक पनि । उसलाई देशपनि त्यस्तै चमत्कारिक बस्तु जस्तो लाग्दछ । तर, ऐना त आखिर ऐना नै हो । जय चमत्कार । जय समाजवाद ।
साँच्चै नै केपी ओली नेतृत्वको वर्तमान सरकार चमत्कार नै पर्खेर बसेको जस्तो लाग्दछ । प्रम ओली यति विश्वस्त देखिन्छन कि पेकिंगबाट केरुङहुँदै छिटै काठमाडौ आइ पुग्दछ चीनियाँ रेल । नेपाली पानी जहाज पनि राष्ट्रिय झण्डा लहराउँदै कोशीबाट छुटेर संसारका बिभिन्न बन्दरगाहहरुमा देखिनेछन । अवका दिनहरुमा समृध्दि आकाशबाट बर्सिनेछ । नेपाली जनताले समृध्दिको सिक्का टिपेर फुर्सद नै पाउने छैनन । विस्तारै नेपालको परराष्ट्र नीतिमा नजानिदो किसिमले संशोधनहुन थालेको छ । अमेरिका रिसाए रिसाओस । रेल न अमेरिकाबाट आउने हो, न अमेरिकाले दिने नै हो । यो अवस्थामा अमेरिका रिसाएर के नै हुन्छ र ? आखिर कति दिन रिसाउन सक्दछ नेपालसंग ?
देश संघीयतामा प्रवेश गरेको छ । संघीय सरकारलाइ कुनै चिन्ता छैन । उल्टै, संघीय सरकारमा बसेका मानिसका निकटस्थहरु संघीय र स्थानीय सरकार भए नेपाल चल्नेमा किन यो प्रदेश सरकारको घाँडो भिराएको ? भन्न थालेका छन । प्रदेश सरकारका बिरुध्द आक्रोशको सिर्जना गरेर संघीय पध्दतिको हुर्मतलिन खोज्ने कम्युनिष्ट नेताको कमी छैन । बिडम्बना यस्तो कि गाउँ पालिकाको सामान्य सदस्य पनि मुख्यमन्त्रीलाई चुनौति दिन्छ । प्रम ओलीका मन्त्रीहरु कोही पनि दक्ष छैनन । सबै प्रम ओलीका सर्गमा उपसर्ग जोडने मात्रै छन । यो स्थितिमा संघीयता सम्हाल्ने कस्ले ? कहाँ के त्रुटी भएछ भनेर हेर्ने र त्यसलाई सच्याउने भाव कसैमा छैन । यो विद्रूप अवस्थामा कसले कसलाई के भन्ने ?
राम्रो कुरा कि डा.गोविन्द केसीले आफनो ज्यान जोगाएका छन । नागरिक समाजका सदस्यहरुलाई पनि धन्यवाद कि उनीहरुले डा.केसीलाई ज्यान जोगाउने कुरामा सहमत गराएका छन । अहिलेसम्मको अनुभवमा यो दुइ तिहाई भन्दा बढी संख्याको सरकार एउटा भीडभन्दा बढी केही हुन सकेको छैन । यो सरकारले शासनलाई आफनो स्वार्थ अनुकूल संचालन गरेको छ । सर्वपक्षीय हितका काममा यसको ध्यान केन्द्रित भएको छैन । सिण्डिकेट पध्दतिको अन्त्यगर्ने कुरा उठ्यो । त्यो हरायो । बजार अनुगमनका कुरा भए ती सकिए । वैदेशिक रोजगारीमा जानेलाई निरुत्साहित गरिने कुरा उठ्यो त्यो पनि वैदेशिक रोजगारीको अर्को गन्तब्य खोजेर सकियो । वाइडबडी खरीदमा भ्रष्टाचार भए नभएको भनेर थालिएको छानवीन प्रक्रिया आफै अलमलमा पर्यो । यस्तोमा डा.केसीको अनसन किन टिक्न पर्यो ? डा. केसीका अन्तर्घाती स्वयं प्रम ओली हुन । प्रम ओली आफैले डा.केसीको मांग पूरागर्ने वचन दिएका थिए । समय आएपछि उनी आफनो वचनबाट विमुख भए । आफनो वचनमा कायम रहन नसक्ने यस्ता भूmठा प्रधानमन्त्रीको समयमा ज्यान बचाउनु नै ठूलो कुरा हो । डा.केसीको ज्यान बचेको छ । जनता पुलकित छन ।

 

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...