Mon, 21 Jan 2019
ताजा समाचार
वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित ||
देश दुख्दा सर्जक रमाउन सक्छ ?

माघ २३, २०७३

प्रा.डा. बद्री विशाल पोखरेल 




यतिबेला केही कुपुत्रहरु नेपाल आमाका छातीमा दुर्वाच्य र दुष्कर्मका फलामे सुइराले घोची रहेका छन्,बिदेशीको इसारा र उक्साहटमा  मातृभूमि नेपाललाई क्षतविक्षत पार्न उद्यत देखिन्छन् । लोकतन्त्र र गणतन्त्र आए पनि नेपाल आमाको अनुहारमा खासै खुसी छाएको देखिन्न । आमा  रोग,भोक र शोकले ग्रस्त सन्तानहरु देखेर चिन्तित छिन् ।

ही कुपुत्रहरु आमाका यी दुःखमाथि नुनचुक छर्किरहेका छन् । तराई,पहाड र हिमालका आप्mना सिदासादा भोलाभाला  लालाबालालाई जात,भात,नाक र नश्लका आधारमा  उल्क्याएर आप्mनै छाती चिर्न हौसिएका केही कपूत देखेर नेपाल आमा धर्धरी रोई रहेकी छिन् । 

राजेन्द्र महतो, महन्त ठाकुर, सिके राउत, सीके लाल, लगायतहरु तराई मधेस विखण्डनको तयारीमा छन् । उपेन्द्र यादव,अशोक राई,राजेन्द्र श्रेष्ठ नेपाल आमाको  छाती चिर्न तन,मन र धनले लागि परिरहेका छन् ।

अखण्ड, स्वतन्त्र र स्वाधीन राष्टू श्रीलङ्कालाई विखण्डन गर्न त्यहाँका   असन्तुष्ट तामिलहरुलाई भित्रभित्रै उल्क्याएर उग्रवादी बाटोतिर धकेल्ने भारतीय शाषकको छिमेकी नीति जगजाहेर भएको छ । 
श्रीलङ्कालाई तामिल र सिंहाली नामका दुई राष्टू बनाउन उद्यत तत्कालीन  भारतीय सरकारले त्यसका लागि तामिल उग्रवादीहरुलाई वसौँसम्म दैनिक तीन करोड सहित सारा बन्दोबस्तीका सामान उपलब्ध गराएको मिसन टु र अ नामको किताबमा आर.के.यादव नामका पूर्व रअका प्रमुखले उल्लेख गरिसकेका छन् ।

जुनसुकै तन्त्र आए पनि आप्ना सन्ततिका अनुहारमा सुख,शान्ति र खुसी नआइरहेको देखेर दुखी भइरहेका अवस्थामा उल्टो केही कुपुत्रहरु नेपाल आमाको घाउ बल्झाइ रहेका छन् । एक समय  भारतीय शाषकको हैकम विरुद्ध सुरुङ युद्ध गर्ने चरम उग्रवादी माओवादी केन्द्र नामको पार्टी चरम अवसरवादी तथा देशघाती  चरित्रमा परिणत भएको छ ।

यस पार्टीका नेता प्रचण्ड तिनै भारतीय शाषकका पाउमा लम्पसार परिरहेका छन् । अनि कथित नयाँ शक्ति नामको पार्टीका प्रमुख डा. बाबुराम भट्राई राष्टूविरोधी छलकारी नग्न नौटङ्की प्रदर्शन गरिरहेका छन् । 
अहिले ओलीको ओलिजमबाट डा. बाबुराम भट्टराईको हिप्नोटिजम भयाक्रान्त देखिन्छ । त्यसैले बाबुराम ओलीविरुद्ध बर्बराउन थालेका देखिन्छन् ।

प्रजातान्त्रिक आन्दोलनको अगुवा भनिने पार्टीका एकाध नेता नेपाल र नेपाली विरोधी भड्काउमा संलग्न देखिन्छन् । केही जातीय,धार्मिक,भौगोलिक नामका भुरेटाकुरे पार्टीका नेता भनाउँदा पनि कुनै न कुनै खालको विखण्डनकारी मानसिकताबाट ग्रसित देखिन्छन् ।

ठीक यस्तो बेलामा राजसा महाङ्घ सुनसरीले  माघ १५ गते हुने आफ्नो सातौँ जिल्ला सम्मेलनका अवसरमा  विगत माघ ७ र ८ गते क्रमशः केन्द्रीय प्रविधि क्याम्पस,हात्तिसार,धरान र इटहरी उप महानगर पालिका सभा कक्षमा यस बखतको पहिलो खुल्ला प्रतियोगितात्मक राष्टूवादी कविगोष्ठी सम्पन्न गरेको थियो ।

देश र जनताको अहिलेसम्मकै साह्रै सकसपूर्ण,आतेसपूर्ण तथा संगीनमय घडीमा सुनसरेली युवाकविहरु नेपाल आमाका घाउहरुमा मल्हमपट्टि लागाउँदै थिए । दुवै स्थानमा गरिएको गोष्ठीबाट जम्मा १२ कवि उत्कृष्ट ठहरिएका थिए । 
उत्कृष्ट कविहरुलाई महासङ्घका केन्द्रीय अध्यक्ष,वरिष्ठ कलाकार तथा एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, वरिष्ठ कलाकार द्वय भूमिका सुब्बा (महासंघकै केन्द्रीय कोषाध्यक्ष) र  दीप किशोर लिङदम ( महासङ्घ,१ न.प्रदेश प्रमुख ) ले महत्वपूर्ण पुस्तकहरु सहित गहकिलो नगद पुरस्कार प्रदान गरेका थिए ।

महासंघ,सुनसरीको सातौँ जिल्ला सम्मेलन यही माघ १५ गते गरिएको   उद्घाटनका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राईले कवि तथा बहुआयामिक वरिष्ठ कालकार हर्क चम्मे र प्रा.डा.बद्रीविशाल पोखरेललाई आआप्ना विषय,विधा र क्षेत्रमा गरेको गहकिलो योगदान स्वरुप जिल्लाले प्रदान गरेको अभिनन्दन पत्र सहित सम्मान  गरेका थिए ।

कार्यक्रममा पुरस्कृत सबै कविहरुले जात, भात, भूगोल, नाक, नश्ल र वर्ण जस्ता लिलिपुट पहिचान भन्दा नेपाल  र नेपाली शिखर पहिचानमा जोड दिँदै शक्तिशाली मुक्त र बद्ध लय आधारित कविता वाचन गरेका थिए । 
     एक थुकी सुकी सय थुकी नदी भन्ने  उखान अनुसार महासङ्घ,सुनसरी प्रगतिशील तथा लोकतान्त्रिक देशभक्त सर्जकहरुलाई संगठित गर्दैछ ।

यसका लागि सम्मेलनको बन्दसत्रले महासंघको अध्यक्ष,मनिकुमार राई,पुरुष उपाध्यक्ष दुर्गा पराजुली,महिला उपाध्यक्ष सुषमा तिम्सिना,सचिव गिरिराज खतिवडा, सहसचिव विद्या घिमिरे कार्की, कोषाध्यक्ष नरेन्द्र कटुवाल रहेको २१ सदस्यीय समिति निर्वाचित गरेको थियो ।

एकता नै बल हो र  अठोट नै शक्ति हो भनेझैँ राजनीतिक सबै वाद विचार र मान्यताका राष्टूभक्त कला,साहित्य र सिर्जना शक्तिलाई देशभक्तिको मूलकेन्द्र वरिपरि गोलबन्द गर्न खोजिरहेको छ  ।

बेलाको बोली र मौकाको काम मात्र कामयाब हुन्छ । हरेक देशभक्त नागरिकका लागि आप्mनी जन्मभूमि हृदयको स्पन्दन र ढुकढकी हुन्छ ।

यत्ति बेला कलमधारी प्रगतिशील, प्रजातान्त्रिक र देशभक्त सर्जकहरु आप्mनै मुटुको धडकन किन छामिरहेका छैनन् ? आमाको करुण क्रन्दनलाई विभिन्न बान्कीमा सुललित सिर्जनामार्फत् क्षेप्यास्त्र प्रयोग  किन गरिरहेका छैनन् ? यत्ति बेला आम जनतालाई जगाउने बेलामा कुन बेसुरा रचनामा सर्जक रमाइरहेका होलान् ?  

ऐनमौकाको आक्रोश,क्रन्दन  पनि सौन्दर्यशाली  हुन्छ । आमा माथि दुर्वचन र दुव्र्यवहार भइरहेका चुपचाप हुनु वा रहनु निर्लज्जता हो,कायरता हो र लाछीपन हो । नेपालमाथि हैकम लाद्न खोज्नेहरु र तिनको लहैलहैमा लेन्डुपको भूमिकाका कुपुत्रहरु तमाम स्वाभिमानी नेपालीको नाडी छामिरहेका छन् । यस्तो बेलामा मौन रहनु भनेको समर्थन हो,मौनम् सम्मति लक्षणम् हो ।

केही सीमित राष्टिूय अखबार र आम सञ्चार बाहेकमा लेन्डुपहरु लेखकको लस्कर देखिन्छ । के देशको स्वाधीनता,अखण्डता तथा एकताका लागि लेख्ने कलम नभएकै हो ? हाम्रो बौद्धिक,प्राज्ञिक,लेखक तथा सञ्चार जगत् यस विषयमा कमजोर भएकै हो ? जब समाजको अगुवा भनिने शक्ति निम्छरो हुन्छ देश ओरालो र भिरालो तिर लाग्ने संभावना बढ्छ,यो कुरा एक विज्ञले भनेका थिए ।

अब अलिकति भए पनि देश र जनताका लागि लेख्ने बोल्ने बेला भएन ? भरैभरको यो संसारमा आमाको भर सन्तान नहुने हो भने जननी कसरी सुरक्षित होलिन् ? यो कुरा कुनै अगुवा सर्जक र संगठनले राम्ररी  सोचेको छ ? 
अनेक नामधारी अनेक संस्था छन्,तिनको अनेक पदाधिकारी सर्जक नेतृत्वमा छन्,के तिनले अहिलेको संगीन आवाज सुनेका छैनन् ? नेता हुन र बन्न हत्ते हाल्ने अनि मौकाको काम गर्न गराउन नसक्ने कसरी कला,साहित्य र संस्कृतिको नेता वा अगुवा हुनसक्छ ? थपना संस्था र  नेता मात्र भएर समाज कसरी उँभो लाग्छ ?   हुति,गति, मति र सुकृति बिनाको नेता र संस्था बेकामको हुन्छ ।

आधा आकाश भनेर फुटानी गर्ने आमा लेखकहरु संगठित रुपमा नलागेको देख्दा छाती चसक्क दुख्न थालेको छ  । जसरी आमाले आप्mना सन्तानको खुसी र सुखी जीवनका लागि सम्पूर्ण जीवन समसर्पित गरेकी हुन्छिन् भने एउटा आदर्श सन्तान आमाका दर्दमा हात बाधेर बस्न सक्तैन ।

यस्ता बेलामा आवाज हुनेहरु  आवाज लिएर,कलम हुनेहरु कलम लिएर कुची र मादल हुनेहरु सांस्कृतिक हुङ्कार र झङ्कार लिएर मातृभूमिको पहरेदारीका निम्ति मैदानमा आउनु पर्ने बेला हो तर मैदान खाली गरिदिएर हामीले कतै  लेन्डुपहरुलाई लङमार्च गर्न अनूकूल अवस्था त सिर्जना गरिरहेका छैनौँ ? नेपाल आमा रोई रहेको यो बेला कुनै पनि देशभक्त सर्जक हास्य कवितामा रमाउन सक्तैन ।

जान्दा बोली गोलीभन्दा प्रभावकारी हुन्छ । नबिराउनु न डराउनु भनेझै आप्mनै निरपराध आमाका विरुद्ध धावा बोल्दा मौन बस्ने नेपाली सपूत हुनसक्तैन ।

आँटिलाहरु अग्रभागमा उभ्भिने हो,अरुहरुले साथ,समर्थन र सहयोग गर्ने हो । कान दिएर,मन र ध्यान दिएर एक वचन बोलेर  पनि सहयोग गर्न सकिन्छ  ।  

विविध बाना,बान्की र बोलीका व्यक्तिगत वा सामूहिक बल एक सयवर्ष घन्काउदा  राणाशाही  ढलेको थियो,तीस वर्ष घन्काउँदा राजशाही पञ्चायत झरेको थियो । आम जनताको सचेतता,सजगता, सतर्कता तथा सबलताले ठूलाभन्दा ठूला देशी वा विदेशी अतिक्रमणकारी शक्तिले धुलो चाट्नु परेको  नेपालीले नै प्रत्यक्ष रुपमा देखे भोगेका छन् ।

चाहे सिन्धुली गढीमा होस् वा नालापानीको दुर्दान्त घडीमा नै किन नहोस् नेपाली एकता,अखण्डता र स्वाधीनतामा धावा बोल्ने भारतस्थित सशास्त्रले सुसज्जित तथा सशक्त बृटिश औपनिवेशी शक्ति पराजित भएको थियो । हामी त्यही पुर्खाका सन्तान हौ, हामीमा त्यही वीरता र स्वाभिमानी  रक्त प्रवाहित छ । पुर्खाको विरासद् स्वरुपको यो गौरवशाली देशको अखण्डता,स्वाधीनता तथा सार्वभौमसत्ताको पहरेदारी गर्नु आजको अहं सबाल हो ।

यो काम हामी र हाम्रो एकताबाट नै सम्भव छ । सबैभन्दा ठूलो अस्त्र राष्टूवादी उच्च चेतना र भावना हो । यस भावनामा हामी सबै एकढिक्का हुने हो भने हामीलाई कसैले हल्लाउन सक्तैन । यस विषयमा हामी सचेत,सतर्क र संवेदनशील हुन जरुरी छ  ।  

आत्मबलका अगाडि  सैन्यवल कमजोर हुन्छ,  हाम्रो एकताले नै हामी सुरक्षित हुनसक्छौँ । सैन्य बलले सत्यको जित हुँदैन सत्यतामा अटल,अविचल हुने हो भने जहिल्यै सत्यको जीत हुन्छ र भएको पनि छ । नेपालमा लागेका निरङ्कुशताका घना बादलहरुलाई परास्त गर्न  प्रगतिशील तथा प्रजातान्त्रिक स्रष्टाहरु

संयुक्त संगठन र सिर्जना मार्फत् परिचालित भएका हुन् । अहिले  बाह्य शक्तिका बलमा विखण्डनकारी दुस्साहस सुरु भएको छ  । यस्तो संगीन अवस्थामा वैदेशिक अतिक्रमण र आक्रमणका विरुद्ध सिर्जना मार्फत् एक ढिक्का हुनु अपरिहार्य हुन्छ  । अहिले देश र मधेस विखण्डनको डिलमा रहेको देखिन्छ । राजनीतिक,सामाजिक तथा बौद्धिक रुपमा पनि लेन्डुपहरु सलबलाइरहेको अवस्था छ । 
केही कथित नेपाली सन्तति आप्mनै जननी, जन्मभूमि र आमालाई तुच्छ र निकृष्ट गाली बर्साइरहेका छन् । देशलाई जातीय,क्षेत्रीय,धार्मिक तथा सांस्कृतिक रुपबाट विखण्डित गर्ने प्रयत्न खुल्ला रुपमा भइरहेको देखिन्छ । तर समाजका अगुवा भनाउँदा प्रगतिशील,प्रगतिवादी तथा लोकतान्त्रिक कला साहित्यिक तथा सांस्कृतिक संस्था र यसको प्रमुख नेतृत्व संगठित रुपमा अगाडि बढ्न बढाउन किन ध्यान दिइरहेको छैन ? यो अजस्र शक्ति किन चुपचाप छ ? आप्नै जननी र जन्मभूमिका दर्दनाक तथा दुःखदायी पीडालाई नदेखेजस्तो  कसरी गर्न सकिन्छ ? आमाकी पनि आमा नेपाल आमालाई लुछ्न, निमोठ्न र तिनलाई क्षतविक्षत पार्न लागेका बेलामा श्रृङ्गार कवितामा कसरी रमाउन सकिन्छ ? यसरी कसरी नेपाली देशभक्त लेखक कलाकार  हुन सकिन्छ ? यस्तो विकट परिस्थितिमा कविगोष्ठीका नाममा जता धुधु उतै कुदु कसरी गर्न सकिन्छ ? नेपाली कला साहित्यको इतिहास हेर्दा पनि पुर्खा सर्जकहरुले उहिल्यैदेखि देशभक्तिका अनमोल भावनालाई उजागर गर्दै आएको हुन् ।

समाजको अत्यन्त सचेत समुदाय भएकाले पनि एउटा लेखकले कुन बेला आप्mना सिर्जनामा कस्तो लोली र बोली कलात्मक रुपमा प्रवाह गर्ने भन्ने आफै बुझ्नु पर्ने कुरा हो । त्यसमा पनि राज्य र राष्टूले विशिष्ट लेखक कवि भनेर र मानेर गहकिला पद, पैसा र प्रतिष्ठा सहित   पुरस्कृत अभिनन्दित गरेकाअगुवा सर्जकहरुको यस बेला कुनै भूमिका हुँदैन ? यस खालका  सम्मानित तथा उच्च स्तरका व्यक्तिले ऐनमौकामा देशका लागि केही सिर्जनात्मक लोली र बोली बोल्ला भन्ने देशको अपेक्षा  हुँदैन ? लेखक त जहाँ रवि पुग्दैनन् त्यहँ पुग्ने क्षमताको हुन्छ  ।

त्यसो हो भने देश दुखेको यसले देख्नुपर्दैन ? यस बेला देशव्यापी रुपमा तमाम देशभक्त सर्जकहरु एकताबद्ध भएर राष्टिूय एकता,अखण्डता,स्वधीनता र सद्भावमूलक रचनात्मक अभियान सञ्चालन गर्नु पर्ने बेला हो । यही हो बेलाको बाली यही हो मौकाको काम ।

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...