Tue, 20 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
तराइ मधेश र स्थानीय चुनाव

चैत्र १३, २०७३


सरकारका अगाडि रहेका धेरै चटाराहरुलाई चटक्क छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार राति चीनको वोआओतिर लागे । वोआओ प्रस्थान गर्नुअघि दाहालले आफनो अनुपस्थितिमा प्रधानमन्त्रीको काम चलाउने अख्तियारी कसैलाई दिएनन ।

वितेका केही समय यताका घटनाक्रमले प्रधानमन्त्रीलाई थकाएको थियो । एकातिर, चुनावका लागि सहमति जुटाउनु र अर्कोतिर सरकार टिकाउन नैतिक–अनैतिक सवैप्रकारका गठवन्धनमा प्रवेशगर्नु सुखद कुरा पक्कै थिएनन प्रधानमन्त्रीका लागि । यी सवै घटनाक्रमले प्रधानमन्त्रीको राजनीतिक उर्जा पक्कै पनि घटायो ।

उसैपनि राजनीतिक रुपमा दाहाल नेतृत्वको गठवन्धन सरकार तदर्थवादी कार्यसूचीमा नै चलेको देखिएकोछ । वैशाख ३१ गते मतदान हुनेगरी सरकारले स्थानीय चुनावको घोषणा गरी सकेपनि प्रमुख चुनाव आयुक्त स्थानीय चुनावका लागि आवश्यक राजनीतिक वातावरण वन्न नसकेको गुनासोगर्दैछन । त्यस्तो राजनीतिक वातावरण वनाइदिन उनी राजनीतिक दलहरु गुहार्दैछन ।

यो उनको काम होइन । सरकारले निर्वाचन घोषणा गरेपछि राजनीतिक वातावरण निर्माणको पहल उसैले लिनु पर्ने हो ।
कदाचित घोषित मितिमा चुनाव हुन सकेन भने त्यो सरकारको असफलता हुन्छ । यो कुरामाथि सरकारले कति विचार पुर्याएको छ त्यो यसैभन्न सकिदैन ।

किनभने, यतिवेला कांग्रेस, एमाले र माओवादी – देशका तीनवटै प्रमुख राजनीतिक दल चुनावको पक्षमा भै सकेपछि पनि चुनावको वातावरण वन्न सकेको छैन । वर्तमान राजनीतिको सवभन्दा अप्ठेरो पाटो नै यही हो । पक्कै पनि अहिलेको अवस्थामा चुनावगर्नु प्रमुख प्रतिपक्षले मांगगर्ने र कांग्रेस–माओवादीले मांग पूरागर्ने खालको सजिलो छैन ।

मधेश केन्द्रित पार्टीहरु, मधेशका जनता र खासगरेर प्रदेश नम्वर दुइका मतदाताले आगामी चुनावलाई स्वीकार गर्नेछन कि गर्ने छैनन ? यो अहिले सवैको चासोको विषय हो । राजनीतिक दलहरुले भोलि आउन सक्नेअसामान्य परिस्थितिको पूर्वानुमानगर्न सकेका छैनन ।

प्रदेश नम्वर २ मा स्थानीय चुनावका लागि वातावरणको निर्माण हुन सकेन भने स्थानीय चुनावको कुनै अर्थ रहँदैन । प्रदेश नम्वर दुइ र मधेश तराईका अन्य भागमा चुनावहुन सकेन भने वाँकी देशका लागि त्यसको सन्देश के जाला ? कसैले भन्न सक्दैन ।

ठूला वा साना, राजनीतिक दलका नेताहरुको विवेकशील निर्णयमा नै चुनाव हुने नहुने कुरा निर्भर गर्दछ ।
मधेशका नेताहरुले वर्तमान सरकारसंग तीन वूँदे सहमति गरेर सरकारलाई समर्थन गरेका हुन ।

तर, सरकारले प्रादेशिक सीमांकन सहितका मांगहरुलाई पूरागर्न नसकेपछि मधेशी मोर्चाले त्यो समर्थन निरस्त गरी सकेको छ । मधेश केन्द्रित दलहरुले सरकारलाई दिएको समर्थन
फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा सरकार
टिकाउन वाध्य भएका छन ।

सरकार टिकाउनकै लागि अनेक प्रकारका राजनीतिक गठवन्धनमा प्रवेशगर्नु उनको वाध्यता वनेको छ । मधेशी मोर्चा र सरकारका वीचको दूरी वढदै जानु र संघीयता विरोधीहरुसंग सरकारको लसपस वढदै जानु मोर्चा र सरकार दुवैका लागि राम्रो सन्देश होइन ।

मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारसंगको सम्वन्धमा व्यतिक्रम आउनु राजनीतिक वातावरण निर्माणका लागि उत्साहजनक कुरा होइन ।
मधेशका मांगहरुमा सरकारले सारै अप्ठेरो ठहर्याएको मांग पाँच नम्वर प्रदेशको प्रादेशिक सीमांकनमा फेरवदल हो ।

यो विषयले त्यति ठूलो विवाद जन्माउनु पर्ने थिएन । तर, प्रमुख प्रतिपक्षी दल एमाले तथा कांग्रेस र माओवादीका प्रभावशाली सांसदहरुले यसैमा खोचे थापे । एमालेले यसलाई राष्ट्रिय समस्याको
जटिलताका रुपमा नहेरेर आफनो भोट वैंकको रुपमा हेर्यो ।

भोटको राजनीतिले देशको राजनीतिलाई विथोल्न हुने थिएन । तर विथोलियो । यसवाहेक पनि, एमालेले मधेश लक्षित गरेर राष्ट्रवाद र राष्ट्रघातको नारा चर्कायो । राष्ट्रवादी व्याख्याकै क्रममा, पाँच नम्वर प्रदेशमा गरिने सीमांकनको हेरफेर नेपाली राष्ट्रिय अखण्डताकै लागि खतरावन्ने तर्क अगाडि सारियो ।

क्षेत्र केन्द्रित आन्दोलन भयो । आन्दोलन राष्ट्रिय अखण्डताकोे पक्षमा भन्दापनि प्रकारान्तरले संघीयताको विरोधमा केन्द्रित रहेको कुरा वुझन धेरै समय लागेन ।

यो आन्दोलन मार्फत कांग्रेस, एमाले र माओवादीका असन्तुष्ट समर्थकहरु देशमा कायम हुन लागेको संघीय व्यवस्थाका विरुध्द एकजूट भएको देखियो । ती समर्थकहरुले आफनै पार्टी नेतृत्वका विरुध्द सांकेतिक प्रदर्शन गरेका थिए ।

नेपालको राजनीतिक इतिहासमा मधेश आन्दोलनबाट उठान भएको विषय हो संघीयता । केन्द्रीकृत शासन व्यवस्था अन्तर्गत मधेशका जनताले अधिकार हासिल गरेरपनि त्यसको उपभोगगर्न नपाएपछि संघीयताको कुरा उठनु परेको हो ।

संघीयतामा शासनमाथि जनताको प्रत्यक्ष पकड हुन्छ र जनताले अधिकार र विकासमा समान हिसावले अंशियारी पाउँछन भन्ने मान्यताले यसको उदवोधन भएको हो । नेपालको संविधानले संघीयतालाई देशको आधारभूत शासन व्यवस्थाका रुपमा स्थापित गरेपनि संघीयताका विरुध्द भ्रमको खेती रोकिएको छैन । यो अवस्थामा मधेशका दलहरु पनि अप्ठेरोमा छन ।

एकातिर, उनीहरुमा सरकारप्रतिको चिडचिडाहट वढेको छ भने अर्कोतिर स्थानीय चुनावमा सहभागी नहुने विचार अप्रासांगिक भएको छ । मधेशका दलहरुले स्थानीय चुनावमा भाग नलिंदा अहिलेसम्म प्राप्त भएका अधिकारहरु संस्थागत हुन सक्ने छैनन । राजनीतिक प्रवाहमा मधेशी दलको असहभागिताले संघीयताको प्रयोग प्रभावकारी हुन सक्दैन ।

बाटो ठूला राजनीतिक दल र मधेशी दल दुवैथरिका लागि निष्कण्टक छैन । २०६३ साल यता कमलामा धेरै पानी वही सकेको छ । मधेश आन्दोलनका उपलव्धिहरु संस्थागत नभएको अहिलेको अवस्थामा मधेशका नेताहरुको कदम सन्तुलित ढंगले अघि वढनु पर्दछ ।

नेपाल सवैको देश हो । यो देशप्रति मधेशको मोह कसैले चुनौति दिन सक्ने विषय होइन । देशका जनता विपदमा पर्दा मात्र होइन, देशको सीमामा अतिक्रमणहुँदासम्म मधेशले देशको रक्षा गरेको छ । नेपाल र भारतका वीच सीमा सम्वन्धी वार्ताहुँदा दशगजामा उभिएर देशको सीमाको रक्षागर्ने मधेशी हुन ।

नेपाल सरकारले सँधै ती मधेशी नागरिकको सम्मान गरेको छ । त्यो सम्मानको सनद अहिले पनि सुरक्षित राखेका छन जनताले । तर, आजका शासनकर्ताहरुले त्यो संवेदनशीलता वुझेका छैनन ।
राजनीतिमा राजनीतिक दलहरुले आफनो पक्षमा जीरहगर्नु कुनै ठूलो कुरा होइन ।

सत्ता प्राप्तिको यात्रामा लागेका दलका नेताहरु भय र भ्रम फैलाएर पनि स्वार्थ सिध्द गर्दछन । अहिले देशमा मधेशी र पहाडी दुइ शव्द खूव प्रचलित छ ।
मधेश र पहाड एक आपसमा टुक्रिन्छन भन्नु भ्रम र भयको खेतीगर्नु हो । यतिवेला पहाड र मधेशका वीच विवाद होइन,
राजनीतिक दलहरुले सिर्जना गरेको गतिरोध मात्र छ । मधेशलाई भाषा, भेष–भूषा, संस्कार र संस्कृति सवै तत्व सम्मिलित भएको अधिकार चाहिएको छ । यो अधिकारको होइन । अधिकार त संविधानले प्रत्याभूत गरेकै छ । यो त अधिकारमाथिको शेयरको प्रश्न हो । समान पहूँच र आत्म–सम्मानमा समान अंशियारी ।
मधेशको प्रश्नमा वर्तमान सरकारले सन्तुलन र समझदारीपूर्ण व्यवहारगर्न सक्यो भने स्थानीय चुनाव सम्पन्नगर्न त्यति कठिन हुनेछैन । तर, पुरानै राजनीतिक मान्यतालाई नयाँ शव्दमा ढाल्ने सोच वनायो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...